Author: गौरव पोखरेल

गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

बिहीबार अपरान्ह ५ बजे मैतीदेवी मन्दिर अगाडि युवाको एक समूह नारा लगाइरहेको थियो, ‘अब पालो युवाको युवा अघि सर्छ, देश अघि बढ्छ ।’ भिडको बीचतिर थिए, आफ्नै शैलीको दाह्री र चश्मामा सजिएका काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) । ‘महानगरवासी के भन्छ, बालेन साहलाई ले भन्छ’ भन्दै नारा लागिरहँदा उनी सडकमा छेउछाउमा रहेकालाई हेर्छन् र हात हल्लाउँदै मुसुक्क हाँस्दै अघि बढ्छन् । सडक छेउमा रहेका युवा जमात साहलाई देखेपछि मोबाइल बोकेर उनीतिर आउँछन्, सेल्फी खिच्छन् । साह नमस्कार गर्छन्, अगाडि बढ्छन् । नारा चलिराख्छ, ‘भोट केमा लौरोमा ।’ र्‍यापरका रुपमा चिनिएका साहलाई हेर्न मोटरसाइकल चढेकाहरु पनि रोकिन्छन् ।…

Read More

आपत्तिजनक अभिव्यक्ति दिएका स्थापितको सर्वत्र आलोचना भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चाहिँ उल्टै उनको बचाउमा सार्वजनिक अभिव्यक्ति दिएका छन् । उनको अभिव्यक्तिबाटै पनि महिला हिंसाका विषयमा एमाले नेतृत्व कति असंवेदनशील छ स्पष्टै हुन्छ ।

Read More

प्रधानसेनापतिले मनासिब आधार कारण खोली सेनाका अधिकृतहरूको पदावधि थप गर्न सरकार समक्ष सिफारिश गर्न सक्ने सैनिक ऐनमा प्रावधान छ । तर, यो प्रावधानलाई बदला लिने र आफू निकटलाई अगाडि बढाउने हतियार बनाइएको छ । लोकतान्त्रिक प्रणालीमा यस्तो हुनु ठीक होइन ।

Read More

‘हामीलाई आफ्नै मुलुकले पराइजस्तो ठान्छ’ महेशपुर (झापा) । पूर्वमा नेपाल र भारतको सीमा मेची नदीले छुट्याउँछ । सीमाविदहरुका अनुसार सुगौली सन्धि गर्ने क्रममा नै जताजता नदी बग्यो, त्यतै पिलर राखेर नेपाल र भारतको सीमा तय गरिएको थियो । तर मेची नदीले धार परिवर्तन गर्‍यो । स्थानीयवासीका अनुसार भारतले तटबन्ध बनाएपछि नदी नेपालतिर सरेको थियो । झापा सदरमुकाम भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख चिन्तामणि दाहाल भन्छन्, ‘यो बस्तीबाट पारि सीमा तोकिएको थियो । तर पछि मेची नदी बस्तीभन्दा निकै वरबाट बग्न थाल्यो र भद्रपुर नगरपालिका–३ महेशपुरको यो बस्ती मेचीपारीको बस्ती बन्यो ।’ नेपाली नागरिकको बसोबास नभएको भए यो बस्ती उहिल्यै…

Read More

बिराटनगरको होटलमा सँगै बसेका साथी अनिल मण्डलले एक सातामा दुई साझेदारको हत्या गरिसक्दा व्यवसायी शम्भु चौधरीले भेउ पाउन त सकेनन् नै, थाहै नपाइ आफ्नै हत्याका लागि ‘सुपारी’ समेत दिए ।

Read More
NID

नेपालमा दल, नेता र विज्ञहरू खुलेआम विदेशी चलखेल बढेको स्वीकार्छन् । तर, यस्तो चलखेल निस्तेज पार्ने प्रति–जासूसी संयन्त्र बनाउन भने रुचि देखाउँदैनन् । राष्ट्रिय सुरक्षाका लागि आवश्यक तर तीन दशकदेखि अकारण अलपत्र एउटा सुरक्षा संयन्त्र माथिको विवेचना ।

Read More

कोभिड-१९ बाट दैनिक पाँच हजारको संख्यामा नागरिक संक्रमित भइरहँदा सरकार नियमित काममा रमाइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले न आफैं महामारी विरुद्धको लडाईंको कमाण्ड सम्हालेका छन्, न सीसीएमसीसीलाई त्यसरी काम गर्न दिएका छन् । बरु ‘नंग्रा विनाको बाघ’ जस्तै बनाएर छाडेका छन् । पाँचदलीय समन्वय समितिको बैठक (२२ पुस) मा सहभागी सत्तारुढ नेताहरूलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एक साता आइसोलेसनमा बसे । पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आए पनि देउवा अझै जरुरी भेटघाट तथा बैठकहरूमा मात्र सहभागी हुने गरेका छन् । तर कोरोना महामारी नियन्त्रणमा सरकारी भूमिका हेर्दा लाग्छ, प्रधानमन्त्री देउवा मात्र होइन, सिंगो सरकार नै कोभिड-१९ बाट आइसोलेट…

Read More

साढे ३३ किलो सुन प्रकरण चर्चामा आउँदा सुन ‘लुटिएको’ भनिएको थियो तर तथ्यहरुले सुन ‘लुकाइएको’ देखाउँछ । त्यही सुन बरामद नहुँदा आरोपीहरुले अदालतबाट उन्मुक्ति पाएका छन् । १७ मंसिर, काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणले तीन वर्षअघि जति चर्चा पायो, सुन बरामद नहुँदा त्यति नै सहजरुपमा आरोपीहरुले जिल्ला अदालत, मोरङबाट सफाइ पाए । तर सरकारी वकिलको दाबी छ, ठोस प्रमाण नभए पनि थुप्रै परिस्थितिजन्य प्रमाण छन्, जसले विदेशबाट सुन तस्करी भएर नेपाल आएको पुष्टि गर्छ । तत्कालीन उच्चस्तरीय छानविन समितिका सदस्यहरु पनि अदालतमा चलखेल भएको आशंका छन् । र, उच्च अदालतबाट आदेश उल्टिने दाबी गर्छन् । अदालतले सुन…

Read More

संघीय सरकारको प्रतिनिधि भनिने प्रमुख जिल्ला अधिकारीको अहिलेको नियमित काम नागरिकता र राहदानी विभागले बनाइदिएको पासपोर्ट बाँड्नु मात्रै हो । लामो समयसम्म शान र मान बोकेको यो शक्तिकेन्द्र आज किन एउटा समन्वय इकाइमा सीमित भयो ?

Read More

झापाको कमल गाउँपालिकाकी ६९ वर्षीया देवका अधिकारीलाई पुरानो घाउ कोट्याउन कोही नआइदिए हुन्थ्योजस्तो लाग्छ । इराकमा आतंकवादी समूहबाट २२ वर्षीय छोरा प्रकाशको विभत्स हत्या भएको १३ वर्ष कटिसक्दा पनि उनले त्यो दिन भुल्न सकेकी छैनन् । छोराको उमेरका मान्छे देख्दा पनि उनी भक्कानिन्छिन् । उनलाई भेट्न अनलाइनखबरकर्मी पुग्दा उनी एकतले काठको घरको भूईं तलामा बसिरहेकी थिइन् । नातिनातिनाको स्कुल जाने बेला भएको थियो । छोराको प्रसंग कोट्याउन साथ उनी भावुक बनिन् । ‘धेरै वर्ष भएको थियो, सोध्न कोही आएका थिएनन्,’ उनको अनुहार मलिन बन्यो, ‘अब त कसैले त्यो घटना नसम्झाइदिए हुन्थ्योजस्तो लाग्छ ।’ हुरिसँगै तुहियो सपना १६ भदौ ०६१ । बिहानैदेखि…

Read More