• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Politics»लौरो बोकेर घरदैलोमा बालेन (भिडियोसहित)
    Politics

    लौरो बोकेर घरदैलोमा बालेन (भिडियोसहित)

    गौरव पोखरेलBy गौरव पोखरेलMay 9, 2022Updated:May 9, 2022No Comments5 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    बिहीबार अपरान्ह ५ बजे मैतीदेवी मन्दिर अगाडि युवाको एक समूह नारा लगाइरहेको थियो, ‘अब पालो युवाको युवा अघि सर्छ, देश अघि बढ्छ ।’

    भिडको बीचतिर थिए, आफ्नै शैलीको दाह्री र चश्मामा सजिएका काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ।

    ‘महानगरवासी के भन्छ, बालेन साहलाई ले भन्छ’ भन्दै नारा लागिरहँदा उनी सडकमा छेउछाउमा रहेकालाई हेर्छन् र हात हल्लाउँदै मुसुक्क हाँस्दै अघि बढ्छन् । सडक छेउमा रहेका युवा जमात साहलाई देखेपछि मोबाइल बोकेर उनीतिर आउँछन्, सेल्फी खिच्छन् । साह नमस्कार गर्छन्, अगाडि बढ्छन् ।

    नारा चलिराख्छ, ‘भोट केमा लौरोमा ।’ र्‍यापरका रुपमा चिनिएका साहलाई हेर्न मोटरसाइकल चढेकाहरु पनि रोकिन्छन् । उनी हात मिलाइदिन्छन्, अघि बढिहाल्छन् ।

    भिडको अगाडि रहेका साह मतदाताको दैलोसम्म चाहिँ पुगेनन्, तर बाटोबाटै दैलोतिर हेर्दै हात हल्लाइरहे । बरु उनलाई चिन्ने मतदाता आफैं सडकमा निस्किएर सेल्फी खिचे ।

    ०००

    मैतीदेवीबाट अनामनगरतिर जाँदै गर्दा एउटा घर अगाडि ६१ वर्षीय रामलाल महर्जन टुक्रुक्क बसिरहेका थिए । साह उनी नजिकै गएर नमस्कार गरे र फेरि अघि बढे । महर्जनलाई साहका सहयोगीले घोषणा पत्र थमाए ।

    ‘अहिले जाने मान्छेलाई चिन्नुभएको छ ?’ अनलाइनखबरको प्रश्नमा उनले जवाफ दिए, ‘हालसालै देखेको हो, पछिल्लो समय ठीक छ ।’ खासमा टेलिभिजन अन्तर्वार्तामा देखेपछि उनले साहलाई चिनेका रहेछन् ।

    साह सांगीतिक क्षेत्रमा जमेका व्यक्ति हुन् भन्ने उनलाई थाहा छैन । तर एक अन्तर्वार्ता सुनेपछि ‘केही गर्छ कि जस्तो लागेको’ महर्जनले बताए ।

    ‘कांग्रेस, एमाले, माओवादी सबले वाक्कदिक्क भए अब कि राजतन्त्रवादी आउँछन् कि स्वतन्त्र आउने हुन्’ महर्जनले दुःख मिश्रित भावमा सुनाए, ‘देश बेचुवालाई कसैले भोट हाल्दैन, बुद्धु घाँस खानेले मात्र हाल्ने हो ।’

    आफूले पनि यसपालि साहलाई भोट हाल्ने उनले बताए । महर्जनले भने, ‘युवा आए केही हुन्छ कि त ।’

    टोली मैतिदेवीको मूल सडकमा पुग्दा सवारी व्यवस्थापनमा पनि हम्मेहम्ये भयो । भित्री सडकमा हुँदा तीन म्यादी प्रहरी बालेनको समूहसँगै हिडेको थियो । मूल सडकमा आएपछि प्रहरी सहायक निरीक्षककै नेतृत्वमा टोली परिचालन भयो ।

    प्रहरीले एकछेउबाट हिँड्न भिडलाई आग्रह गर्‍यो । तर साहको पक्षमा समर्थकको आवाजअघि प्रहरीको कुरा सुनिएन । त्यसपछि प्रहरीले साहलाई नै टोलीलाई एकछेउबाट हिँड्न भनिदिन आग्रह गर्‍यो । साह आफैंले माइकमा छेउबाट हिँड्न भनेपछि टोली छेउतिर आयो ।

    तर सडकमा हिँडिरहेका व्यक्तिले पनि साहसँग हात मिलाउन र सेल्फी खिच्न खोजेपछि फेरि सडक अस्तव्यस्त भइहाल्थ्यो । मैतिदेवीमा ‘वान वे’ सडक छाडेर टोली देब्रेतिर मोडियो ।

    मैतीदेवीमा ८६ वर्षीय रामकृष्ण पन्तले साहलाई अंगालो हाले । समर्थकले हुटिङ गर्दै नारा लगाए, ‘भोट फर बालेन ।’ पन्तले यो चुनावअघि कहिल्यै साहको नाम सुनेका थिएनन् । तर जब साह उम्मेदवार बनेको भन्दै समाचारमा आउन थाल्यो, त्यसयता नै उनको नजर बालेनमाथि परेको रहेछ

    घरदैलो अभियानमा सँगै हिँडेका एक समर्थकले साहलाई नजिकैको एक पसलमा लिएर गए । पसलमा ४१ वर्षीय सुमन श्रेष्ठ खादा बोकेर बसेका थिए । साहलाई खादा लगाइदिँदै उनले ‘पुराना मान्छेले देशलाई खत्तम बनाइसकेको’ बताए ।

    ‘अब तपाईं जस्तो पढेलेखेको मान्छे आउनुपर्‍यो’ श्रेष्ठले भने, ‘देशको विकास गर्नुपर्‍यो ।’ श्रेष्ठले यति भन्दा साहचाहिँ चुपचाप हात जोडेर बसिरहे । अलि अगाडि युवाको एक समूह थियो, साहले भ्याए जतिसँग हात मिलाए । तर ती काठमाडौंका मतदाता थिए कि थिएनन् ? थाहा छैन ।

    ०००

    मैतीदेवीको सडकमा हिँडेका बेला सडक पारिपट्टी चार/पाँच जना ज्येष्ठ नागरिकले हात हल्लाए । त्यसपछि साह त्यतैतिर गए । नजिकै पुगेपछि ८६ वर्षीय रामकृष्ण पन्तले साहलाई अंगालो हाले । समर्थकले हुटिङ गर्दै नारा लगाए, ‘भोट फर बालेन ।’

    पन्तले यो चुनावअघि कहिल्यै साहको नाम सुनेका थिएनन् । तर जब साह उम्मेदवार बनेको भन्दै समाचारमा आउन थाल्यो, त्यसयता नै उनको नजर बालेनमाथि परेको रहेछ । ‘देखेर एकदम खुशी लाग्यो, एकदम योग्य मान्छे हो’ उनले अनलाइनखबरसँग भने, ‘पार्टीका सबै खत्तम छन् ।’

    कान राम्रोसँग नसुन्ने पन्तलाई अघिल्लो चुनावमा कसलाई भोट हालेँ भन्ने याद छैन । तर जसलाई हाले पनि राम्रो काम गरेनन् भन्ने लागेको छ । ‘यसपालि कसलाई भोट हाल्नु हुन्छ त ?’ यो प्रश्नमा उनले जवाफ फर्काए, ‘चुनाव छ, स्वागत गरेपछि त्यो त बुझिहाल्नु भयो !’

    पन्तसँगै रहेका एसपी लोहनीले चाहिँ साहलाई अगाडि थुप्रिएको फोहोर देखाए । ‘हेर्नु बाबु, चार दिनदेखि फोहोर उठेको छैन, यति धेरै दुर्गन्ध छ’ उनले समस्या सुनाए ।

    साहले नजिक गएर केही भने तर चर्को नारावाजीले आवाज सुनिएन । अनलाइनखबरसँग कुरा गर्दै लोहनीले चाहिँ साहले काठमाडौंलाई स्वच्छ र सफा बनाउछु भनेको बताए ।

    ‘उहाँले अन्तर्वार्तामा पनि फोहोरमुक्त बनाउने भन्नुभएको थियो, भ्रष्टाचार रोक्नु भन्नुभएको थियो’ लोहनीले भने, ‘मैले यो फोहोर र पार्टीको दुर्गन्ध पनि हटोस् भनेको छु ।’

    उनले प्रजातन्त्रमा पार्टी मुख्य कुरा भएपनि अब वाक्क भइसकेको बताए । ‘पार्टीले यति धेरै वाक्क बनायो कि अब स्वतन्त्र मान्छेले मात्र केही गर्न सक्छ भन्ने देखिइसक्यो’ लोहनीले भने, ‘बलियो पार्टीको अगाडि बलियो उम्मेदवार भएर उहाँले माया बटुल्न सक्नुभयो, यही ठूलो कुरा हो ।’

    अलि अगाडि बढेपछि ७४ वर्षीय नरेन्द्र उपाध्याय लगायत केही व्यक्तिहरु बसिरहेका थिए । साह उनीहरु नजिकै पुगे र नमस्कार गरे ।

    उपाध्यायले घर कहाँ हो भनेर सोधे, उनले साहको नाम यसअघि सुनेकै रहेनछन् । ‘उहाँले बर्दिवास घर हो भन्नुभयो, योभन्दा अगाडि नाम सुनेको थिइनँ’ उपाध्यायले अनलाइनखबरसँग भने, ‘युवा उठेको रहेछ, ठीकै छ, राम्रो हो ।’ उनले युवालाई अवसर दिनुपर्ने बताए ।

    ‘साहलाई भोट हाल्नुहुन्छ त ?’ भन्ने अनलाइनखबरको प्रश्नमा चाहिँ फिस्स हासेँ मात्रै बोलेनन् । फेरि सोधेपछि भने, ‘यो त गाह्रो प्रश्न हो, कसैले पनि भन्दैन ।’

    अलि अगाडि बढ्दै जाँदा तीन महिला साह भएतिर आए र हात मिलाउँदै सेल्फी खिचे ।

    ०००

    साहको टोली घट्टेकुलोबाट अनामनगरतिर निस्किँदा प्रहरी वृत्त, सिंहदरबारका एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) नै आए । सुरक्षाकर्मीको संख्या पनि बढ्यो । केहीबेर सडक जाम भएपछि उनले सबैलाई सडक पेटीबाट मात्रै हिँडिदिन आग्रह गरे । साहले पनि समन्वय गरिदिन माइकबाटै आग्रह गरे ।

    साहले बोलेर मात्र नपुगेपछि ती प्रहरी निरीक्षक आफैं अगाडि बढे र माइक समाते । ‘यो संवेदनशील क्षेत्र हो, यहाँ कुनै चुनाव चिह्न वा नारा नलगाइदिनु होला’ उनले बालेनका समर्थकलाई आग्रह गरे, ‘सिंहदरबार वरिपरि कुनै पार्टीका झण्डा देखाउन पनि रोक लगाइएको छ ।’

    बालेनले पनि प्रहरी निरीक्षकले भनेअनुसार नै समन्वय गरिदिन समर्थकलाई आग्रह गरे । त्यसपछि उनीहरुले एकैसाथ राष्ट्रिय झण्डा उठाए, अरु चुनाव चिह्न अंकित सामग्री तल राखे । अनि, एकस्वरमा गीत गाउन थाले, ‘रातो र चन्द्र सूर्य, जंगी निशान हाम्रो… ।’

    तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

    २०७९ वैशाख २३ गते २१:४० अनलाइनखबर डटकममा प्रकाशित

    बालेन शाह स्थानीय तह निर्वाचन
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    स्वतन्त्र पार्टीमा दुई धार : दायाँ जाने कि बायाँ ?

    December 12, 2022

    राजनीतिबाट ‘फोर्सफुल एक्जिट’को बाटोमा कृष्ण सिटौला

    November 25, 2022

    पपुलर भोटको बलमा सांसद बने विश्वप्रकाश

    November 24, 2022
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 202535 Views

    Book Review: नेपालका त डन होइनन्, फ्याउरा नै रहेछन्

    September 14, 202434 Views

    No Meeting, No Mention, No Hope: Bhutanese Refugees Disheartened by King’s Quiet Visit

    December 11, 202432 Views

    Type above and press Enter to search. Press Esc to cancel.