Author: गौरव पोखरेल

गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

अहिले म्यानमारको स्वास्थ्य प्रणाली कुन परिस्थितिबाट गुज्रिरहेको छ भन्ने थाहा पाउन नेपाली सेनाको स्वास्थ्य टिमले त्यहाँ कसरी काम गर्‍यो भन्ने हेरे पुग्छ । (नेपिताउबाट फर्केर) २ वैशाख, काठमाडौं । लामो आन्तरिक द्वन्द्वबाट गुज्रिएको दक्षिण पूर्वी एसियाली मुलुक म्यानमारको स्वास्थ्य प्रणाली सैनिक शासन लागू हुनुअगावै संकटमा थियो । चार वर्षअघि भएको सैन्य ‘कू’पछि थप चर्किएको आन्तरिक युद्धका कारण कयौं अस्पतालहरू बन्द भए, औषधि आपूर्तिमा अवरोध भयो । यस्तो स्थितिमा पाँच महिनाअघि संयुक्त राष्ट्रसंघले समेत म्यानमारको ‘स्वास्थ्य प्रणाली ध्वस्त भइसकेको’ भन्दै प्रतिवेदन सार्वजनिक गर्‍यो, जसमा एक करोड २९ लाख मानिसहरूलाई स्वास्थ्य सहायता आवश्यक रहेको उल्लेख थियो । पहिल्यै संकटमा रहेको स्वास्थ्य प्रणालीलाई…

Read More

१८ वैशाख, काठमाडौं । तीन साताअघि भारतीय सुरक्षाकर्मीको एउटा समूहले नागार्जुन क्षेत्रमा प्रवेश गरेर अपरेशन चलाएपछि नेपाल प्रहरीले पक्राउ गरेको सूचना छ्याप्छ्याप्ती भयो । राजावादी समूहले प्रदर्शन गरिरहेका बेला यो गिरफ्तारीलाई जोडेर कतिपयले सामाजिक सञ्जालमा भ्रामक र उत्तेजक अभिव्यक्ति समेत दिए । खासमा दुई महिना पुरानो घटनालाई लिएर भारतको गृह मन्त्रालयले ‘विदेशमा अनुसन्धान गर्न जाँदा अपनाउनुपर्ने कार्यविधिबारे सकुर्लर’ जारी गरेपछि यो विषय चर्चामा आएको थियो । भारतीय अखबार ‘द हिन्दुस्तान टाइम्स’ले ७ अप्रिलमा पञ्जाब प्रहरीले चलाएको एउटा अपरेशनले कूटनीतिक तनाव सिर्जना गरेपछि गृह मन्त्रालयले विदेशी भूमिमा गरिने अपरेशनका लागि कडा निर्देशिका जारी गरेको लेखेको थियो । यो निर्देशिकामार्फत ‘विदेशी मुलुकमा…

Read More

नेपालमा साना–ठूला गरेर करिब २ हजार माथि ‘भीआईपी’ छन् । ‘विशिष्ट’ भनिने यो वर्गको बोझ यति चर्को छ कि सर्वसाधारणले मन्दिरदेखि अस्पताल र सडकदेखि आकाश मार्गसम्म हैरानी खेप्नुपर्छ । लोकतन्त्रको लज्जा ‘भीआईपी’ संस्कार माथिको खोजबिन । १५ भदौ, काठमाडौं । सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश गर्न २० वैशाख २०७६ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी बानेश्वरस्थित संसद भवन पुग्ने कार्यक्रम थियो । ‘अतिविशिष्ट’ व्यक्तिको औपचारिक सवारी भन्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले महाराजगञ्ज–दरबारमार्ग–सिंहदरबार हुँदै बानेश्वरसम्मको रुट आधा घन्टा अगावै खाली गरायो । कफ्र्यू लागे सरह भयो राजधानीको भित्री भाग । यसरी सडक खाली गराएर भएको गणतान्त्रिक मुलुकका राष्ट्रप्रमुखको सवारीको विरोधमा सडक…

Read More

टोखा गोलीकाण्ड : गुड्डु पटेलको आपराधिक पृष्ठभूमि र भारतीय सुरक्षा संयन्त्रसँगको साँठगाँठ लाल मोहम्मद प्रकरणका सुटरलाई प्रहरीले अनौठो पृष्ठभूमिमा काठमाडौंमा ‘फेला पारेको’ छ । मोहम्मद हत्याको सुपारी दिने भारतीय नागरिक बब्लु पासवानलाई समेत प्रहरीले १० महिनाअघि पर्सामा गोली हानेर समातेको थियो । आइतबार साँझ ७ बजे उपत्यका अपराध अनुसन्धान कार्यालयबाट सूचना सार्वजनिक भयो, ‘टोखामा एक फरार आरोपीलाई समात्न प्रहरीले गोली चलाएको छ ।’ त्यसबेला दुई राउण्ड हवाई फायरपछि पनि स्थिति नियन्त्रणमा नआएपछि थप गोली चलाउँदा आरोपीको दाहिने खुट्टामा लागेको भनिएको थियो । कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतको दाबीमा, टोखाबाट झोर जाने बाटोमा बाँस झाडी नजिक हिँडिरहेको अवस्थामा फरार…

Read More

काठमाडौंका गुण्डा भनिएकाहरुलाई कुनै बेला रमेश खरेलले भनेका थिए – ती डन होइनन्, फ्याउराहरु हुन् । सबका नाडी छामिसकेको भन्दै ‘एसपी खरेल’ उनीहरुलाई ‘मुसा’ भन्थे, आफूलाई चाहिँ तिनलाई तह लगाउने बिरालो । प्रहरी प्रमुख बन्न नपाएपछि डीआईजीबाटै स्वेच्छिक अवकाशको बाटो रोजेका खरेलको बुझाइमा, तिनीहरु अनेक आवरणमा जोगिँदै आएका मामुली अपराधी मात्र हुन् । मुम्बई अन्डरवर्ल्डका इन्साइक्लोपीडिया हुसेन जाहिदीको पुस्तक ‘डोङ्ग्री टू दुबई : सिक्स डिकेड्स अफ मुम्बई माफिया’ पढ्ने हो भने लाग्छ – खरेलले ठिकै भनेका थिए । झण्डै ६ दशकदेखि मुम्बईमा राज गरेका अन्डरवर्ल्ड नाइकेहरुको कथा पढ्दा लाग्छ, नेपालका डन त के डन ! बलिउडदेखि फोर्ब्स म्यागजिनको विश्व शक्तिशाली…

Read More

३० साउन, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हाई–प्रोफाइल संलग्नतासम्म पुग्ने बाटो तत्काललाई बन्द भएको छ । भारतबाट समातेर ल्याइएका बेचन झामाथि काठमाडौं प्रहरीले गरेको अनुसन्धान त्यो तहसम्म नपुगेपछि तत्काललाई राजनीतिक संलग्नता निकाल्ने च्याप्टर क्लोज भएको हो । झाविरुद्ध अनुसन्धान सकेर प्रहरीले बुझाएको रायसहितको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मंगलबार अदालतमा दायर गरेको अभियोग पत्रमा प्रकरणबारे कुनै नयाँ तथ्यहरु उल्लेख छैनन् । उनलाई बयानमा समेत उच्च राजनीतिक तहको संलग्नताबारे प्रश्न नसोधिएको प्रहरी स्रोत बताउँछ । पहिल्यै फेला परेको आधार, प्रमाणका आधारमा झाविरुद्ध ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ । केन्द्रीय अनुसन्धान…

Read More

गौरव पोखरेल/कृष्ण ज्ञवाली अनलाइनखबर डटकममा प्रकाशित उच्च अदालत पाटनले मंगलबार नै अन्तिम आदेश सुनाउने अपेक्षा थियो, सन्दीप लामिछाने र पीडित गौशाला २६ दुवै बन्द इजलासभित्र थिए । बाहिर लामिछानेको पक्षमा कोही दमाहा लिएर ‘उत्सव’ मनाउने तरखरमा थिए । कोही पीडितविरुद्ध आपत्तिजनक टिप्पणी गरिरहेका थिए । त्यो होहल्ला र नाराबाजी इजलासबाटै थाहा पाइरहँदा गौशाला २६ टोलाइरहिन् । आफ्नो होस्टल अगाडि आएका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीपसँग फोटो खिचाउने लोभमा निस्किंदा १९ महिनाअघि उनी अप्रिय घटनाबाट गुज्रिनुपरेको थियो । आफूमाथि भएको अन्यायविरुद्ध आवाज उठाउन परिवार, साथीभाइ र समाजबाट साथ नपाइरहेका बेला उनले एक्लै भए पनि आवाज उठाउने दृढता लिएकी थिइन् । पटकपटक…

Read More

पारिवारिक विरासतविरुद्धको शासन प्रणाली गणतान्त्रिक व्यवस्थामा पनि केही नेताका छोराछोरी ‘युवराज’को भूमिकामा देखिन्छन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजाक गर्न यही एउटा उदाहरण पर्याप्त छ । ११ वैशाख, काठमाडौं । मानवशास्त्री डोरबहादुर विष्टले ४० को दशकमै आफ्नो पुस्तक ‘फ्याटलिज्म एण्ड डेभलप्मेन्ट’ मा राज्य संरचनामा ‘आफ्नो मान्छे’ संस्कृति व्याप्त भएको लेखेका थिए । राज्यको उपल्लो तहमा आफ्नो मान्छे, साथीभाइ र नातागोता भए सहज अवसर पाइने र गलत क्रियाकलापमा सजायको भागीदार पनि हुनु नपर्ने उनको व्याख्या थियो । इतिहासले पनि राणाकालबाटै भाइभारदार, सेना प्रमुख नियुक्तिदेखि प्रहरी बन्नसमेत नातागोता र चिनजानका मान्छे हेरिन्थे भन्ने बताउँछ । राजतन्त्रमा पनि आफ्नो उदण्ड गतिविधिका कारण युवराजहरू आलोचित…

Read More

मिटरब्याज पीडित र तिनका साहुहरू बीचको विवादको चुरो भनेको ५ अर्ब रुपैयाँ भन्दा माथिको अंकमा भएका तमसुकहरू हुन् । जबसम्म यिनको वैधानिकता निर्क्यौल हुन्न तबसम्म यो समस्या रहिरहन्छ । ४ फागुन, काठमाडौं । कपिलवस्तुकी ६५ वर्षीया सुमित्रा कुर्मी अहिले आफ्नै घरबाट निकालिएकी छन् । छोराले पाँच वर्ष मलेसिया बसेर कमाएको पैसाजति साहुलाई बुझाउँदा पनि ऋण सकिएन, बरु तौलिहवामा रहेको खेत पनि अर्कैले लग्यो । ‘बाहिरबाट फर्किएर आउँदा पैसा पनि रहेन, खेत पनि बाँकी थिएन । त्यसपछि घरझगडा भयो । भाइले आमामाथि हातपात गर्‍यो’ छोरी शारदा कुर्मी (३५) भन्छिन्, ‘भाइले खान पनि दिएन, घरमै हेलाँ गर्न थालेपछि ममी सडकमा आउन बाध्य हुनुभयो ।’ त्यसपछि शारदाले नजिकै रहेको…

Read More

विलासी जीवन : घरमै थियो जिम र बक्सिङ हल १८ दिनदेखि बूढानीलकण्ठ नगरपालिकाको हात्तीगौंडा क्षेत्रमा चहलपहल बढेको थियो । कहिले कोठा खोज्दै त कहिले सामान बेच्दै नयाँ मानिसहरु आइरहेका थिए । त्यसरी आउनेहरुमध्ये एक महिलाले मंगलबार साँझ एउटा आलिशान बंगलाको ढोका ढक्ढक्याइन् । ढोका खोलेकी महिलाले उनलाई घरमा कोही नभएको भन्दै रोक्न खोजिन् । भित्र प्रवेश गर्न खोज्ने र नदिने महिलाबीच ठेलमठेलको स्थिति भयो । त्यहीबेला घरको माथि पट्टी केही खसेजस्तो सुनियो । कोही भाग्न खोज्दै थिए । फरक भेषमा गएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बुझिहाल्यो, लिटल बुद्ध भनेर चिनाउने रामबहादुर बम्जनले उम्किने प्रयास गरे ।…

Read More