Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: गौरव पोखरेल
गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।
भारतविरुद्ध गतिविधि गरेको अभियोगमा सुनसरीको हरिनगर गाउँपालिकामा खुर्सिद अन्सारी मारिएको चार वर्षपछि फेरि काठमाडौंमा उस्तै आरोपमा अर्का नेपाली नागरिक मारिएका छन् । सोमबार साँझ साढे ६ बजे गोली हानी मारिएका लाल मोहम्मदमाथि भारतीय पक्षले आफ्नो मुलुकविरुद्ध गतिविधि गरेको आरोप लगाउँदै आएको थियो । भारतको खुफिया निकाय रिसर्च एण्ड एनालाइसिस विङ (रअ) ले उनलाई भारतीय जाली नोटको कारोबारमा संलग्न रहेको दाबी गर्ने गरेको थियो । यही आरोपमा केही अघि नेपाल प्रहरीलाई मोहम्मदलाई हस्तान्तरण गरिदिन भारतीय अधिकारीहरुले प्रस्ताव गरेको उच्च सुरक्षा स्रोतको दाबी छ । त्यसबेला मुम्बईका अन्डरवर्ल्ड डन दाउद इब्राहिमका सहयोगी इजाज लकडावालालाई नेपाल प्रहरीले गुपचुप हस्तान्तरण गरेको थियो । नेपाली नागरिक मोहम्मदलाई…
संसाँझै राजधानीमा मच्चिएको गोली काण्डले उब्जाएका प्रश्न हरिवन नगरपालिका–२, सर्लाहीका लाल मोहम्मद सोमबार अपराह्न गार्मेन्टका लागि प्लास्टिक लिन काठमाडौंको जोरपाटी गएका थिए । कपडा लिन आएका ग्राहक रामप्रसाद गौतमलाई सामान दिन प्लास्टिक नपुगेपछि उनकै बा ६ च ५१५२ नम्बरको कारमा निस्किएका थिए । गौतमका अनुसार फर्किँएर आउँदा साढे ६ बजिसकेको थियो । उनले मोहम्मद बस्ने घर आँगनमा पार्क गर्न गाडी घुमाए । दुईजना व्यक्ति अगाडि बसिरहेका थिए । ‘साइड लाग्न’ भन्दै गौतमले गाडी अघि बढाएर रोके । रोकिने वित्तिकै मोहम्मद गाडीबाट उत्रिएका मात्र के थिए, एक्कासी झिल्कोसहित केही पड्किएको आवाज आयो । ‘आवाज आउने वित्तिकै झ्यालबाट बाहिर हेरेँ, माथि रातो…
नेपालमा दुई विदेशी नागरिकको हत्या गरेका सिरियल किलर चार्ल्स शोभराजले २०८० मा जन्मकैदको २० वर्षे जेल सजाय पूरा गर्नेछन् । यद्यपि, उनी तत्काल थुनामुक्त भने हुँदैनन् । किन ? सुन्धारास्थित केन्द्रीय कारागारको गोलघरमा रहेका सिरियल किलर चार्ल्स शोभराज गुरुमुखले साउन अन्तिम साता आफूलाई भेट्न आएका एक जनालाई भनेका थिए, ‘अब दुईदेखि तीन सातामा थुनामुक्त हुँदैछु ।’ आगन्तुकलाई मात्र होइन, निरीक्षणका लागि कारागारभित्र छिर्ने सुरक्षा अधिकारीलाई पनि ७८ वर्षका शोभराजले उही कुरा सुनाउने गरेका छन् । अधिकृतहरुका अनुसार शोभराजको आफ्नो कुरामा यति विश्वस्त सुनिन्छन् कि उनको स्वभाव थाहा नहुनेले सहजै उनलाई पत्याइदिन्छन् । कारागारभित्रको पनि कारागार भनिने गोलघरभित्र रहेका उनले २०७७…
इन्टरनेट र इमेलका कारण हिजोआज आम नागरिकले हुलाक सेवा हम्मेसी प्रयोग गर्दैनन्, तर केही दुर्व्यसनी र तस्करहरूले चाहिं यसैलाई प्रयोग गरेर लागूऔषध ओसारिरहेका छन् । कसरी ?
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले जेठ अन्तिममा तीन दिन अपरेशन ‘ह्वाइट डस्ट’ चलाएर हालसम्मकै सबैभन्दा ठूलो परिमाणमा लागूऔषध हेरोइन बरामद गर्यो । ब्यूरोका एसपी जीवन श्रेष्ठका अनुसार प्रहरीले एउटै अपरेशनबाट ५१ किलो हेरोइन बरामद गरेको छ । जबकी, आर्थिक वर्ष २०७३/०७४ देखि २०७७/७८ सम्म पाँच वर्षको अवधिमा नेपालमा जम्मा ३५ किलो ७३५ ग्राम मात्र हेरोइन बरामद भएको तथ्यांक छ । नेपालमा ठूलो परिमाणमा हेरोइन समातिएपछि यसमा संयुक्त राष्ट्र संघको लागूऔषध तथा अपराध नियन्त्रण कार्यालय (यूएनओडीसी) ले पनि चासो देखाएको छ । यसको थप अनुसन्धानका लागि प्रहरीले भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) र दक्षिण अफ्रिकाको ‘साउथ अफ्रिकन पुलिस सर्भिस’सँग…
नेपाल–भारतका सुरक्षा अधिकारीहरू ‘कसूरदार’ लाई खुसुक्क समातेर सुटुक्क बुझाउने गरिरहेका छन् । एकअर्का देशमा मारिने सम्भावना समेत रहेका नागरिकको यो अवैध हस्तान्तरण गम्भीर मानवअधिकार उल्लंघन र अनुसन्धानकर्मीलाई जुनसुकै बेला जोखिममा पार्ने काम हो ।
दक्षिणी भेगमा रहेको झापा बजारको नामबाटै जिल्लाको नामाकरण भएको हो । तर जुन ठाउँले जिल्लालाई चिनायो, त्यही नाम चाहिँ ओझेलमा छ । धन्न संघीयताले अहिले ‘झापा गाउँपालिका’ बनाइदियो, नत्र त मान्छेले यो ठाउँ बारे थाहै पाउँदैनथे ।
काठमाडौंले पुरातन दलहरूको पुरातन राजनीतिक शैलीको विकल्प खोजिरहेको छ भन्ने सन्देश ०७४ कै स्थानीय निर्वाचनमा दिइसकेको थियो । तर दलहरूले मतदाताको मन बुझेनन् । मतदाताले दलहरूको दलदलबाट उन्मुक्ति पाउने बाटो रोजे र बालेन उदाए ।
कतिपय देशमा हदम्याद नै नराखिएका उदाहरण पनि छन्, नेपालमा आज घटना भयो भने भोलि नै गएर पीडितले जाहेरी दिन्छ भनेजस्तो गरी यो प्रावधान राखिएको छ
सौन्दर्य प्रतियोगिताका नाममा किशोरी तथा युवतीमाथि कसरी यौन हिंसा हुन्छ ? एक प्रतियोगितामा फ्रस्ट रनर अप भएकी युवतीको खुलासा