Author: गौरव पोखरेल

गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

अहिलेको पुस्ताका धेरै प्रहरीलाई थाहा नहुन सक्छ, नेपाल प्रहरीको इतिहासमा खड्गजित बराल यस्ता व्यक्ति हुन्, जो १४ वर्ष सेवा अवधिमै फौजको सर्वोच्च पदमा पुगे । पेन्सनका लागि चाहिने २० वर्ष जागिर अवधि पुग्नु अगावै प्रहरी महानिरीक्षक (आईजीपी) को चार वर्षे कार्यकाल पनि पुरा गरे । आईजीपी बनेको व्यक्तिले पेन्सन नपाउने स्थिति बनेपछि तत्कालीन सरकारले उनको कार्यकाल दुई वर्ष थपिदियो । जसका कारण बरालले नेपाल प्रहरीको इतिहासमा ६ वर्ष महानिरीक्षक बन्ने दुर्लभ अवसर पाए । त्यसो त उनलाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रतिष्पर्धाको पहिलो ब्याचबाट महानिरीक्षक बन्ने पहिलो अधिकृतका रुपमा पनि चिनिन्छ । २००७ सालपछि एकतन्त्रीय राणा शासनविरुद्ध लडेका मुक्ति सेनाका सिपाहीमध्येबाट…

Read More

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मध्यपश्चिम कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द (वीरजंग) लाई धरौटीमा छाड्न अदालतले आदेश दिएको सात महीना भइसक्यो । २२ भदौ २०७७ मा जिल्ला अदालत नवलपरासीले तोकेको रु.२५ हजार धरौटी नबुझाउँदा अहिलेसम्म उनी कारागारमै छन् । यसबीचमा सरकार र उनको पार्टीबीच तीनबुँदे समझदारी पनि भएको छ । प्रतिबन्ध फुकुवा गरेर कैदीबन्दी छाड्ने निर्णय सरकारले गरेको छ । केन्द्रीय सदस्यसमेत रहेका महासचिव विप्लवका दाइ चन्द्रबहादुर चाहिं नवलपरासी कारागारबाट सरुवा भएर चितवन कारागारमा बसिरहेका छन् । जिल्ला कारागार, चितवनका जेलर कमलप्रसाद काफ्लेका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि चितवन गएका उनी नवलपरासी फर्किएका छैनन् । चन्द जस्तै…

Read More

उपत्यकामा निषेधाज्ञाको निर्णय हुनु एक दिन अगाडि कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले महामारीको ‘चेन ब्रेक’ गर्नु अत्यावश्यक भइसकेको निष्कर्ष निकालेको थियो । त्यसका लागि लकडाउन अथवा बढी संक्रमण देखिएको क्षेत्रमा निषेधाज्ञाको विकल्प नरहेको सीसीएमसीको निचोड थियो । निषेधाज्ञाले मात्रै चेन ब्रेक गर्न सक्छ त ? जनस्वास्थ्यविद्हरूका अनुसार ‘मोबिलिटी’ बन्द गरेर मात्र चेन ब्रेक गर्न सम्भव हुँदैन । ‘समुदायमा संक्रमण फैलिरहेको दर कम हुन्छ भन्ने उद्देश्यले निषेधाज्ञा गरिने हो’, संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी भन्छन्, ‘निषेधाज्ञा गरेर हात बाँधेर बस्नु चाहिं गम्भीर गल्ती हुन्छ ।’ उनका अनुसार निषेधाज्ञाको अवधिमा परीक्षणलाई व्यापक बनाउनुपर्छ, कन्ट्याक्ट ट्रेसिङमा जोड दिनुपर्छ । त्योसँगै स्वास्थ्य मन्त्रालय,…

Read More

टोले गुण्डादेखि मन्त्रीसम्म दिपक मनाङको यात्रा २०५० देखि ७५ सालसम्म काठमाडौं प्रहरी प्रमुखमा जो प्रमुख भएर आए, हरेकको सूचीमा हुन्थे राजीव गुरुङ उर्फ दिपक मनाङ्ग । चुनाव हुँदा होस् या ‘गुण्डा समूह’सँग जोडिएका जुनसुकै घटना हुँदा होस्, उनी पक्राउ पर्नु सामान्य बनिसकेको थियो । पक्राउ परेनन् भने चाहिँ उनी आफैं कनिष्ठ प्रहरीहरुसँग सोध्थे, ‘मलाई … (प्रहरी प्रमुखको नाम) दाइले किन समातेनन् ?’ अधिकारीहरुका अनुसार प्रहरीले पक्राउ नगर्दा उनी छायाँमा परेको महसुस गर्थे, आफ्नो गतिविधि जारी रहेको छनक दिन पनि हिरासत पुग्नुपर्छ भन्ने मान्थे । तर मनाङ्गबाट स्वतन्त्र प्रदेशसभा सदस्यका रुपमा गण्डकी प्रदेशसभामा प्रवेश पाएका उनी शुक्रबार मन्त्री समेत बनेका छन् । मुख्यमन्त्री…

Read More

सरकारले २८ फागुन २०७५ मा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि प्रतिबन्ध लगाउन गरेको निर्णय धेरैका लागि ‘सरप्राइज’ थियो । सुरक्षा निकायसँग समेत कुनै सुझाव नलिई प्रतिबन्ध लगाएको भनेर कतिपयले सरकारी निर्णयको विरोध पनि गरे । त्यसयता नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले यो मामिलामा वार्ताबाट समाधान खोज्नुपर्ने भन्दै आएका थिए । सरकारले प्रतिबन्ध लगाएको दुई वर्षपछि अर्को ‘सरप्राइज’ दिने गरी विप्लव समूहसँग बिहीबार तीन बुँदे सहमति गरेको छ । विप्लव समूहका नेताहरुले हालको सहमतिलाई लामो समयको अनौपचारिक संवादपछि सिर्जित परिस्थिति भएको बताए पनि यति चाँडै निकास निस्किनेमा उनीहरु नै विश्वस्त थिएनन् । त्यसमा पनि दुई दिनमा तीन…

Read More

खोचलेक प्रहरी चौकी, बैतडीमा सामान्य अवस्थामा प्रहरी नायब निरीक्षक (सई) को कमाण्डमा १० जनाको टोली बस्थ्यो । अझ दरबन्दी त प्रहरी सहायक निरीक्षक (असई) को मात्रै हो, सुरक्षा संवेदनशीलताका कारण पछिल्लो समय सई खटाउन थालिएको थियो । तर पछिल्लो दुई साता ७५ जना प्रहरी अधिकारीहरुले यही चौकीमा अड्डा जमाए, सिंगो मुलुकलाई स्तब्ध पार्ने गरी भएको १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याको गुत्थी सुल्झाउन खटिए । यो टोलीमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, क्षेत्रीय अनुसन्धान टिम (आरआईटी), संघीय प्रहरी इकाई, केन्द्रीय अनुसन्धान ब्युरो, जिल्ला प्रहरी कार्यालय, बैतडीका गरी ४५ जना त अनुसन्धान अधिकारी मात्र थिए । घटनाको दोषी पत्ता लगाउन माग…

Read More

ललितपुरको लुभुमा डेरा गरी बस्ने सप्तरीका ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती २२ वर्षीया निर्मला अघिल्लो साताको सोमबार मृत भेटिए । बन्द कोठाभित्र लडिरहेको शव नजिकै ‘सल्फस’ विषादीको बट्टा बरामद भयो । दुवैजनाले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । महानगरीय प्रहरी परिसर, ललितपुरले घटनामा सागर र निर्मलाको मृत्युबीच फरक परेको समयलाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेको छ । पछिल्लो समय परिवारभित्रै देखिएको श्रृंखलाबद्ध हत्या र त्यसपछि आत्महत्याको श्रृंखलालाई ध्यानमा राखेर मृत्युको समयलाई महत्व दिइएको अनुसन्धान अधिकृतहरु बताउँछन् । यो घटना भएको ११ दिनअघि काठमाडौंको टोखामा सुदिक्षा गिरीले पति उमेश केसीको हत्यापछि आत्महत्या गरेकी थिइन् । त्यसैले लुभुको घटनामा पनि…

Read More
APF

कोरोना महामारीमा देशभर भएको मृत्यु संख्या दुई हजार हाराहारीमा पुगिरहँदा काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड–१९ विशेष अस्पतालमा मृत्यु हुनेको संख्या नगन्य छ । इन्टेसिभ केयर युनिट (आईसीयू) मा राख्नुपर्ने र लक्षणयुक्त संक्रमित मात्र भर्ना हुने यो अस्पतालले ५९ जनालाई बचाउन सकेन । हालसम्म निको भएर फर्कनेको संख्या भने दुई हजार २६६ छ । अस्पतालका फिजिसियन डा. रोशन झा अर्ली इन्टरभेन्ट (स्थिति बिग्रिर्नु अगावैको उपचार) र रेगुलर मोनिटरिङ (नियमित निगरानी) विधि अपनाइएको कारण अन्य कोभिड अस्पतालको तुलनामा बलम्बुमा कोरोना संक्रमितको मृत्यु दर न्यून भएको बताउँछन् । उनका अनुसार कोभिड विशेष अस्पताल बनाइएदेखि नै क्लोज सर्किट (सीसी) क्यामरामार्फत विरामीको चौबिसै घन्टा…

Read More

सामान्यतयाः कुनै पनि देशबाट हाई–प्रोफाइल पाहुना आउने तयारी सुरु भएलगत्तै नेपालस्थित दूतावासले सुरक्षा समन्वयका लागि गृह मन्त्रालयलाई खबर गर्छ । गृहको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले सुरक्षा प्रबन्ध मिलाउँछ । तर, यो नियमित प्रक्रिया आइतबार चिनियाँ कम्युनिष्ट पार्टीको टोली काठमाडौं आउँदा पालना भएन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सिर्जित संकटका बीच नेपाल आएका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली नेपाल आउनुअघि न प्रहरीले कुनै जानकारी पायो, न आइसकेपछि नै । उनीहरुको भेटघाटको सूचीलाई पनि चिनियाँ पक्षले गोप्य राखेको छ । बरु प्रहरीले चाहिँ पाहुनाको सुरक्षामा कुनै कमी देखिए प्रश्न उठ्न सक्ने भन्दै अनौपचारिक…

Read More

प्रधानन्यायाधीशले वकिललाई भने– तपाईं बाहिर गइहाल्नुस् ! रामशाहपथमा रहेको सर्वोच्च अदालतभित्र प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सुनुवाई चलिरहँदा बाहिर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भइरहेको थियो । कडा सुरक्षा व्यवस्थाका बीच भइरहेको प्रदर्शनमा सहभागीले लगाएको नारा इजलाससम्मै सुनिन्थ्यो । चर्को नाराबाजी सुन्दा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा, प्रधानन्यायाधीश हरिकृष्ण कार्की मुसुमुसु हाँसिरहेका देखिन्थे । बहसको अधिकांश समयमा भने प्रधानन्यायाधीश जबरा कानुन व्यवसायीमाथि हाबी देखिए । शुक्रबार करिब साढे ११ बजेबाट भएको बहसको सुरुवातमै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र गोविन्द बन्दीले संवैधानिक इजलास गठनमाथि प्रश्न उठाए । न्यायाधीश हरिकृष्ण कार्की केपी ओलीको अघिल्लो कार्यकालमा महान्यायाधिवक्ता भएकाले स्वार्थ बाझिने त्रिपाठीको भनाइ थियो । उनले भने,…

Read More