Author: गौरव पोखरेल

गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

जंगीअड्डाको निर्णयविरुद्ध अन्तरिम आदेश लिएर आउने वित्तिकै ‘आर्थिक अनियमितता’को आरोपमा पक्राउ परेका उपरथी प्रेम शाहीलाई दुई महिना थुनामा राखेर सेनाले सैनिक विद्रोहको गम्भीर कसूरमा कारबाही अघि बढाएको छ । १८ फागुन, काठमाडौं । नेपाली सेनाविरुद्ध सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर हाजिर हुन जंगीअड्डा पुग्नेबित्तिकै पक्राउ परेका उपरथी प्रेम शाहीविरुद्ध आर्थिक अनुशासनको अभियोग पुष्टि हुन नसकेको देखिएको छ । आर्थिक अनियमितता सम्बन्धी कसूर पुष्टि हुन नसकेपछि सेनाले शाहीविरुद्ध सैनिक विद्रोह (म्यूटिनी) सम्बन्धी कसूरमा कारबाही प्रक्रिया अघि बढाएको भेटिएको हो । सैनिक उच्च स्रोतबाट अनलाइनखबरलाई प्राप्त कागजातमा शाहीलाई सैनिक विद्रोहको कसूरमा मुद्दा प्रक्रिया अघि बढाइएको उल्लेख छ । सेनामा सैनिक विद्रोह सबैभन्दा…

Read More

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुख डा. जीवन रिजाल नेतृत्वको समिति र मानवअधिकार आयोगले निर्मला प्रकरणको अनुसन्धानमा डीएनएमा मात्र भर नपर्न सुझाएको छ । तर अनुसन्धान अधिकृतहरूले यसैलाई प्रकरण सुल्झाउने ‘एक मात्र विकल्प’ मानिरहेका छन् । किन ? उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मन्त्रालयमा पदभार ग्रहण गरेपछि पहिलो निर्णय गरे, ‘निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने ।’ चार दिनपछि निरीक्षणका लागि प्रहरी प्रधान कार्यालय, नक्साल पुग्दा समेत लामिछानेले निर्मला पन्त प्रकरणको अनुसन्धानबारे चासो राखे । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीसहितका अधिकृतहरूले अनुसन्धानमा भइरहेको गतिविधिबारे ब्रिफिङ गरे । लगत्तै प्रहरी प्रधान कार्यालय, नक्सालले यो…

Read More

सिद्धान्त र विचारबारे धेरै सोधिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हालै प्रश्न गरेका छन्, ‘चोर समाउन विचार चाहिन्छ ? भ्रष्टाचार र कालोबजारी रोक्न, मूल्यवृद्धि नियन्त्रण गर्न, पूर्वाधारलाई गुणस्तरीय बनाउँदै समयमा सम्पन्न गर्न विचार चाहिन्छ ?’ विधि र सिद्धान्त भएका अरु पार्टीहरु पनि रहेको भन्दै उनले जनताको सामान्य समस्यालाई प्राथमिकता दिने बताएका छन् । तर, उनकै पार्टीभित्र सुशुप्त रुपमा रास्वपाको वैचारिक लाइन सेन्टर टु राइट (मध्यबाट दक्षिणपन्थ), सेन्टर टु लेफ्ट (मध्यबाट वामपन्थ) वा सेन्ट्रिजम (मध्यमार्ग) के हुने भन्ने विषयमा बहस चलिरहेको छ । चुनावअघि सभापति लामिछानेले स्वयंले अनलाइनखबरसँग अन्तर्वार्ता दिँदै वैचारिक हिसाबले रास्वपा ‘मिडल राइट’ (मध्यबाट दायाँ) अर्थात् मध्य…

Read More

Four months ago, 16-year-old Sumana (name changed) from Kumaripati, Lalitpur received a friend request from Ramiz Raja on Facebook. Raja, of Indian origin, saw the teenage girl’s attractive picture in a Facebook friend suggestion and sent a friend request. Sumana also accepted the request, thinking more friends mean more likes and comments. As expected, Raja also liked her posts and would regularly comment “Looking beautiful”. Gradually, Sumana reciprocated. After they became friends, they met a couple of times, upon his insistence. She started falling for his sweet words. And through sharing their sorrows and joys, they fell in love. But,…

Read More

संसदीय निर्वाचनमा लगातार दोस्रो पराजयसँगै सिटौलाको राजनीतिक भविष्य जोखिममा परेको छ । पार्टीमा नयाँ पुस्ताको हस्तक्षेप बढिरहेका बेला पाँच वर्षपछिको चुनाव उनका लागि उमेरका कारण पनि सहज देखिँदैन । झापा ३ मा उम्मेदवार बन्दैगर्दा कांग्रेस नेता कृष्ण सिटौलाले भन्ने गरेका थिए, ‘यसपालि मतदाताले राजतन्त्रवादी होइन, गणतन्त्रवादी नै छान्छन् ।’ गणतान्त्रिक संविधानको कार्यान्वयन गर्ने २०७४ सालको पहिलो चुनावमा तिनै सिटौलाले हार्नुपर्‍यो, राजतन्त्रवादी राजेन्द्र लिङ्देनसँग । उनलाई हराउन एमालेले लिङ्देनलाई साथ दिएको थियो । यसपालि पनि उही नियति दोहोरियो । लिङ्देनले एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ पाए । बदलामा उनले झापा ५ मा ओलीलाई सघाए । सिटौला चाहिँ सत्ता गठबन्धनका अरु…

Read More

काठमाडौं क्षेत्र नं. ६ मा पर्ने बानियाँटार क्षेत्रका करिब ७ सय घरधुरी खानेपानीको समस्याले व्याकुल छन् । स्थानीय नरेन्द्रराज पाठकका अनुसार नजिकै रहेको साङ्ले खोला डिप बोरिङको पानी बालाजुसम्म पुग्छ, छेवैको टोलमा आउँदैन । हरेक चुनावमा स्थानीयवासी उम्मेदवारबाट आश्वसन पाउँछन्, पानी पाउँदैनन् । रामेछापकी सुन्दरी खड्का टोखा नगरपालिका–८, बानियाँटारमा बस्न थालेको ८ वर्ष भयो । उनले यो अवधिमा बिरलै मात्र धारामा पानी थाप्न पाएकी छन् । ‘पानी आएको खासै याद छैन’, उनले अनलाइनखबरसँग भनिन्, ‘लुगा र भाडाकुँडा धुन बोरिङको पानी छ, खानलाई त किनेरै ल्याउने हो ।’ उनका अनुसार बोरिङको पानी पनि हिउँदमा सुक्छ । बर्खायाममा पानी त आउँछ ।…

Read More

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शेरबहादुर देउवा र डा. शेखर कोइराला दुवै समूहमा नपर्दा महामन्त्रीमा विश्वप्रकाश शर्माको प्रतिस्पर्धा एकदमै कठिन देखिएको थियो । तर, धेरैलाई चकित बनाउँदै उनले सहज जित निकाले । प्रदीप पौडेल, डा. प्रकाशशरण महत र डा. मिनेन्द्र रिजाललाई रोक्दै महामन्त्री बन्नुको आधार थियो, ‘पपुलर भोट’ । महाधिवेशन प्रतिनिधिहरुले पार्टी नेतृत्वमा युवालाई हेर्न चाहे र गगनकुमार थापासँगै विश्वप्रकाश पनि लोकप्रिय मतको बलमा निर्वाचित भए । महामन्त्री भएको वर्ष दिन नपुग्दै विश्वप्रकाशले ‘पपुलर मत’कै बलमा संसदको यात्रा तय गरेका छन् । शर्मा ३९ हजार ६२४ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलले २५ हजार ३४९…

Read More

गौरव पोखरेल र सुवास पण्डित | चितवनबाट स्थलगत ४ मंसिर, भरतपुर । आइतबार मतदान सुरु भएको एक घन्टासम्म भरतपुर महानगरपालिका–११ स्थित नयाँ किरण कमलकुसुम माध्यमिक विद्यालयमा मतदाताको उपस्थिति उत्साहजनक थिएन । मतदान स्थलमा पुग्ने मतदाताले एकैक्षण पनि लाइनमा बस्नु परेन । मतदान केन्द्रमा भेटिएका रामकृष्ण घिमिरेका अनुसार यो त्यही मतदान केन्द्र हो, जहाँ विगतमा बिहान ५ बजेबाटै मतदाता लामबद्ध भएका हुन्थे । मतदान गर्ने पालो कुर्न घन्टौं बस्नुपर्थ्यो । चितवन क्षेत्र नं. २ को सबैभन्दा बढी मतदाता भएको केन्द्र पनि यही हो । ‘पहिले चार घन्टा लाग्ने काम पनि एक घन्टामा भइरहेको छ’, घिमिरे भन्छन्, ‘मतदाता त बढेकै हुन् ।…

Read More

झापा ५ : चुनाव २०७९ झापा ५ मा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी फेरि आमनेसामने भएका छन् । सत्तारुढ गठबन्धनबाट उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाहिरिएर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्रिएसँगै यो क्षेत्र नेपाली कांग्रेसको भागमा परेको थियो । त्यसपछि भएको भागबण्डामा माओवादीले झापा–५ छाडेपछि कांग्रेसबाट अधिकारीले पुनः ओलीसँग प्रतिस्पर्धा गर्ने अवसर पाएका हुन् । एमालेबाट ओली उम्मेदवार बन्ने निश्चित भएपनि कांग्रेसले कसलाई उम्मेदवार बनाउने भन्ने अन्तिम समयसम्म टुंग्याएको थिएन । कांग्रेसबाट ओलीसँग प्रतिस्पर्धा गर्न २०६४ सालमा उनलाई हराएका विश्वदीप लिङ्देनसहित कांग्रेस नेता पदम पौडेल र मेदनी…

Read More

प्रचण्ड उठ्ने भएपछि गोरखामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बाटो खाली गरिदिए । राजनीतिक विश्लेषक राजेन्द्र महर्जनको बुझाइमा प्रचण्डले चितवन–३ मा जोखिम महसुस गरेपछि गोरखा–२ मा जाने सहज बाटो अपनाएका हुनसक्छन् ।

Read More