Author: गौरव पोखरेल

गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

१६ चैत, काठमाडौं । नयाँबानेश्वर चोकमा खटिएका ट्राफिक प्रहरी जवान रामेश (नाम परिवर्तन) लाई लकडाउन अघि सवारी नियम उल्लंघन गर्नेहरुको निगरानी गर्न भ्याइनभ्याई हुन्थ्यो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नफैलियोस् भनेर सरकारले लकडाउनको घोषणा गरेपछि धेरै मानिस घरमा छन् । तर, उनलाई भने उस्तै चटारो छ । लकडाउन उल्लंघन गर्दै हिड्नेहरुको निगरानी गर्न सडकमै खटिएका छन् । ‘मास्क त लगाएका छौं तर मान्छे हिँड्न छाड्दैनन्’, उनी भन्छन्, ‘अझै कतिपय त मास्क पनि नलगाई हिँडिरहेका छन् ।’ सर्जिकल वा कपडाको मास्कको भरमा सुरक्षाकर्मीहरुले दैनिक १२ घण्टासम्म ड्युटीमा गर्नुपर्छ । त्यसैले उनीहरु सकेसम्म सर्वसाधारणको नजिक जानु नपरोस् भन्ने…

Read More

१३ वैशाख, काठमाडौं । बाल्यकालमा ‘चोर–पुलिस’ नखेल्ने कमै होलान् । तर, नेपाल प्रहरीमा यस्ता पनि अफिसर छन्, जो झण्डै तीन दशकदेखि ‘चोर–पुलिस’ गरिरहेका छन् । उपत्यकाभित्र हुने जघन्य प्रकृतिको अपराध अनुसन्धान गर्ने निकाय ‘केरकार’ (हाल महानगरीय अपराध अनुसन्धान महाशाखा) मातहत चोरी हेर्ने छुट्टै शाखा छ । ‘पिल्लर २’ नाम दिइएको शाखामा करिब २० जना प्रहरी काम गर्छन् । उनीहरु मध्ये एक हुन् प्रहरी निरीक्षक भरत थापा, जो २६ वर्षदेखि निरन्तर चोरलाई पछ्याइरहेका छन् । हाल पिल्लरका प्रमुख रहेका थापा चोरीको प्रकृति हेरेर घटनामा संलग्न हुनसक्ने सम्भावित समूहबारे बताइदिन सक्छन् । यही खासियतका कारण महाशाखाको नेतृत्वमा जो आए पनि थापालाई अन्यत्र…

Read More

१८ पुस, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा घटनास्थल नजिकै रहेको नेपाली सेनाको २५ नम्बर बाहिनीले अनुसन्धानमा सहयोग नगरेको नेपाल प्रहरीका अधिकारीहरुले आरोप लगाए । पन्तको बलात्कार र हत्या भएको दिन बाहिनीबाट बाहिर निस्किएका अधिकारीहरुको सूची माग्दा सेनाले नदिएको उनीहरुको आरोप थियो । सहायक रथीको नेतृत्वमा रहेको त्यस बाहिनीबाट निर्मलाको हत्या भएको दिन १६ जना बाहिर निस्किएका जनाइएको थियो । उनीहरुलाई प्रहरीले शंकास्पदको सूचीमा राखेको भए पनि अनुसन्धान गर्न नसकिएको अधिकारीहरुले दाबी थियो । पछिल्लो समय भने घटनास्थल नजिकै घर भएका केही सैनिक जवानको डीएनए परीक्षणका लागि प्रयोगशाला पठाइएको प्रहरी बताउँछ । तर, उनीहरु २५…

Read More
APF

१४ साउन, काठमाडौं । दुवै सुरक्षा निकायमा एउटै ब्याचका महानिरीक्षक भएपछि साम्य भएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको विवाद पुनः बल्झिएको छ । कार्यक्षेत्रको विषयबाट सुरु भएर पानी बाराबारको स्थितिमा पुगेर मथ्थर भएको मनमुटाव तीन वर्षपछि फेरि देखा पर्न थालेको हो । कोषराज वन्त सशस्त्र प्रहरी महानिरीक्षक भएका बेला नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्यालसँग बोलचाल थिएन । वन्तपछि आईजीपी बनेका दुर्जकुमार राई र अर्यालले विवादलाई साम्य पारेका थिए । उनीहरु ३ फागुन २०४३ मा एकैदिन नेपाल प्रहरीको सेवामा प्रवेश गरेका थिए । राई २०५८ सालमा सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए । गृह मन्त्रालयले तयार पारेको ‘सशस्त्र प्रहरी बल,…

Read More

१८ चैत, काठमाडौं । सिंगो देश लकडाउनमा छ । शहरबासी घरभित्रै बसेको सात दिन भइसक्यो । अब कम्तिमा पनि २५ चैतसम्म यसरी नै लकडाउनमा बस्नुपर्नेछ । यदि जरुरी काम पर्‍यो र बाहिर निस्कियो भने पनि प्रहरीले केरकार गर्छ, सडक किनारामा दुई घण्टासम्म उभ्याउँछ । झोला बोकेका मानिसहरु ओहोर–दोहोर गरिरहेका थिए । उनीहरू बस चढ्नका लागि दौडादौड गरिरहेका थिए । तरकारी पुर्‍याएर फर्किएका गाडी आयो कि मानिसहरु ज्यानको परवाह नगरी दौडिएर झुण्डिन पुग्थे । त्यही दौडधुपमा थिए रौतहट सदरमुकाम गौरका ४१ वर्षीय रामागन साह । उनी दैनिक ज्यालामा कोटेश्वरमा निर्माणसम्बन्धी काम गर्थे । सात दिनसम्म जसोतसो काटिएला भन्ने सोचेँ । सरकारले…

Read More

गौरव पोखरेल (setopati.com मा प्रकाशित विचार) “१५ सय जति पैसा दिने, बेलुका पकाएर ख्वाउने एक छाक। बिहान ख्वाउनु परेन। तपाईंलाई माया लाग्छ भने एक कप चिया ख्वाएर पठाउनु। बेलुका आएर तपाईलाई पकाएर ख्वाउँछे, रातभरि तपाईंसगैँ सुत्छ। माया गरेर बस्छ।” माथि उल्लखित एक तर्फी संवाद समाजसेवी दिलशोभा श्रेष्ठको टेलिफोन वार्ता उनकै कर्मचारीले रेकर्ड गरी सार्वजनिक गरे पश्चात दिलशोभा प्रकरणले सम्पूर्ण संचार जगतमा नै उधुम मच्चायो। आज नेपालका राष्ट्रियदेखि लिएर स्थानीय सम्पूर्ण विद्युतिय तथा छापा सञ्चार माध्यमहरुमा यस प्रकरणको बबण्डर चरम उत्सर्गमा पुगेको छ। समाजसेवी दिलशोभा श्रेष्ठमाथि यौन दुराचार, देहव्यापार, मानवबेचविखन जस्ता विभिन्न आरोप लगाइएको छ। – को हुन् त दिलशोभा श्रेष्ठ?…

Read More