• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Nepal Police»शम्भुकुमार चौधरी : जसले आफ्नै हत्याको ‘सुपारी’ दिए
    Nepal Police

    शम्भुकुमार चौधरी : जसले आफ्नै हत्याको ‘सुपारी’ दिए

    गौरव पोखरेलBy गौरव पोखरेलMarch 8, 2022Updated:March 8, 2022No Comments6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    बिराटनगरको होटलमा सँगै बसेका साथी अनिल मण्डलले एक सातामा दुई साझेदारको हत्या गरिसक्दा व्यवसायी शम्भु चौधरीले भेउ पाउन त सकेनन् नै, थाहै नपाइ आफ्नै हत्याका लागि ‘सुपारी’ समेत दिए ।

    गौरव पोखरेल

    २३ फागुन, काठमाडौं । साझेदारसँग भेटेर जग्गाको विवाद सल्ट्याउन भन्दै बिराटनगर हिँडेका व्यवसायी शम्भुकुमार चौधरीले एकसाताभित्र आफ्ना दुई साथी मारिइसक्दा पनि कुनै भेउ पाएका थिएनन् ।

    भोलिपल्ट आउँछु भनेका साथी मोहनप्रसाद लिम्बु २८ मंसिरमा ललितपुरस्थित गोदाममा ‘कन्ट्याक्ट किलर’बाट गाडिइसकेका थिए, बिराटनगर पुगेको पाँचौं दिनमा उनीसँगै बसेका साथी राजेन्द्रकुमार श्रेष्ठ पनि मारिए । यद्यपि, उनले चाहिँ अझै त्यसको छनक पाएनन् ।

    चौधरीले दुई साझेदार गायब भएपछि साथमा रहेका अर्का साथी अनिलकुमार मण्डललाई उनीहरुबारे नसोधेका होइनन् । तर हत्याका ‘मास्टर माइन्ड’ मण्डलले आफन्तकहाँ गएको भनेर सहजै टारिदिए ।

    केही समय चुपचाप बसेपनि उनले फेरि दुई साथीको खोजी गर्लान् र आफूलाई नं शंका होला भन्ने डर मण्डललाई थियो । ‘शम्भुलाई नमारे बाहिर हल्ला हुन्छ र फसिन्छ भन्ने भएपछि उनलाई पनि हत्या गर्ने योजना बनेको थियो’ प्रहरीसँग बयान दिँदै मण्डलले भनेका छन्, ‘त्यसपछि ललितपुरमा मोहनप्रसादलाई हत्या गर्न प्रयोग गरेकै टोली बिराटनगरमा पनि बोलाएको थिएँ ।’ त्यसपछि राजेन्द्रकुमार श्रेष्ठ मारिएको दुई दिनपछि ७ पुसमा शम्भु पनि मोरङको धनपालथान गाउँपालिका–७ को उखुबारीमा मारिए ।

    कुनै वेला जग्गा कारोबारको सिलसिलामा आर्थिक झमेलामा फसेपछि मण्डल ठगी मुद्दामा पक्राउ परेर नख्खु कारागार चलान गरिएका थिए । कारागारमै लागूऔषध मुद्दामा पक्राउ परेका अमित भन्ने दिनानाथ सोनारसँग उनको चिनजान भएको थियो । उनले आफू थुनामुक्त भएपछि मण्डललाई छुटाउन धरौटीवापतको रकम जोहो पनि गरिदिएका थिए ।

    पछि उनै सोनारलाई मण्डलले आर्थिक प्रलोभन देखाएर तीन साझेदारको हत्यामा प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । नेपाल बंगलादेश बैंकले लिलाम गर्न लागेको हरिसिद्धीको २५ रोपनी ७ आना जग्गा उकासिदिएवापत डेढ करोड रुपैयाँभन्दा बढी कमिसन आउँदै थियो ।

    तर तीन साझेदारले आफूलाई नै बाइपास गर्न लागेको छनक पाएपछि उनले हत्या योजना बनाएका थिए । ‘मैले सबैले बराबर हिस्सा लिने भनेको थिएँ, तर मोहनले ५० प्रतिशत हिस्सा नछाड्ने, बरु सबै प्रक्रिया आफैं मिलाउछु भनेर अडान लिएका थिए’ मण्डलले भनेका छन्, ‘त्यसपछि नै समस्या सुरु भएको थियो ।’

    यो पनि पढ्नुस्, कमिसनको चक्करमा तीन साझेदारको हत्या

    अञ्जानमै दिए आफ्नै हत्याको ‘सुपारी’

    विराटनगरको मेट्रोसिटी होटलमा १ पुसमा राजेन्द्रकुमार श्रेष्ठ, शम्भुकुमार चौधरी र मण्डल एउटै कोठामा बसेका थिए । राजेन्द्रकुमारले जग्गाको कारोबारका लागि मोहन लिम्बु त्यहाँ हुनै पर्ने अडान राखिरहेका थिए, तर उनी पहिल्यै ललितपुरमा मारिइसकेका थिए ।

    लिम्बुको धेरै खोजी हुँदा आफैं फस्न सक्ने सम्भावना थियो, त्यसैले राजेन्द्र मण्डलको तारो बनिरहेका थिए । राजेन्द्रकुमार रही रहे आफूलाई नै जोखिम रहेको उनले सोच्न थालेका थिए ।

    काठमाडौंमा २८ पुसमा मोहनको हत्यापछि मण्डलका साथी सोनारसहितका अन्य व्यक्तिहरु राति गाडी चढेर विराटनगरतर्फ नै आएका थिए । ‘सोनारले आफ्नो घर नजिक सुनसार एकान्त उखुबारी रहेको र अरु साथीहरु पनि त्यहाँ भेला हुन सजिलो हुने बताएका थिए’ मण्डलको बयान छ, ‘मैले पनि गएर हेर्दा त्यहाँ ठाउँ उपयुक्त लागेपछि त्यहीँ लगेर हत्या गर्ने योजना बनाएको थिएँ ।’

    योजनाअनुसार ३ पुसको साँझ ६/७ बजेतिर राजेन्द्रलाई साथीको गाउँतिर घुम्न जाउँ भनेर उनले लिएका गएको प्रहरी बताउँछ । त्यतिवेला ललितपुरमा हत्या गरेर विराटनगर गएका सोनार उनीहरुलाई लिन अटो लिएर गएका थिए । ‘रामचौकसम्म पुगेपछि म जाडरक्सी खाँदिन, तपाईंहरु खानुहुन्छ तपाईंहरु विस्तारै आउनु भनेर म दक्षिणतिरको नहरमा पर्खी बसेँ’ मण्डल भन्छन्, ‘पछि सोनार र श्रेष्ठ आएपछि पूर्वयोजना अनुसार गाम्छाले घाँटीमा कसेर हत्या गरेका थियौं ।’

    प्रहरीमा उनले दिएको बयान अनुसार पूर्वयोजना अनुसार शव भेटिएको स्थानबाट एक सय मिटर उत्तरतर्फ सोनारले काठमाडौंबाट गएका नासिर मिया, सुभान मिया, हकिम मिया, सहित मिया लगायतलाई लुकाएर राखेका थिए । उनीहरुले राति ८/९ बजेतिर एक्कासि आएर गाम्छाले पछाडिबाट घाँटीमा कसेर लडाएको पाइएको प्रहरी बताउँछ । त्यसपछि सबैले हात, खुट्टा र टाउको समातेर प्रतिकार गर्ने मौका नदिइ हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    घटना भएको उखुबारी । तस्वीरः हरि अधिकारी/ अनलाइनखबर डटकम

    ‘हत्यापछि सोनारले मण्डललाई साइकलमा विराटनगरको महेन्द्र चोक नजिक पु¥याएका थिए’ एक अनुसन्धान अधिकृत भन्छन्, ‘त्यसपछि मण्डल कोठामा गएका थिए, शम्भुकुमार चौधरी पनि त्यही कोठामा थिए ।’ भोलिपल्ट सोनारले विराटनगरमा मण्डललाई भेटेर उखुबारीमा खाल्डो खनेर कसैले थाहा नपाउने गरी शव गाडिदिएको मण्डलको पनि बयान छ । त्यसपछि मण्डलले शम्भुप्रसाद चौधरीले दिएको रामशरण खड्काको नामको चेक उनलाई दिएको पाइएको छ ।

    अधिकृतहरुका अनुसार मोहनप्रसाद र राजेन्द्रकुमार श्रेष्ठ पूर्वयोजना अनुसार मारिए पनि मण्डलले सुरुवातमा शम्भुकुमार चौधरीलाई मार्न चाहेका थिएनन् । ‘तर एउटा अपराध लुकाउन अर्को अपराध गर्दै जानुपर्ने स्थिति सिर्जना भएछ’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘शम्भुबाट पोल खुल्न सक्ने भएकाले उनलाई पनि मार्ने योजना बनेको देखिन्छ ।’

    तर, सोनारले उनको हत्या गर्न थप पैसा मागे । मण्डलसँग त्यतिवेला पैसा थिएन । त्यसपछि जसको हत्या योजना बुनिरहेका थिए, उनैलाई उनले सापटी मागेको पाइएको छ । ‘सोनारले चौधरीलाई पनि राजेन्द्रलाई जस्तै गरी मार्नुपर्छ, घटनास्थलमा लिएर आउनु भनेका थिए’ मण्डलले प्रहरीसँग दिएको बयानमा पनि भनेका छन्, ‘त्यसपछि मैले शम्भुलाई कामका लागि जरुरी छ भनेर ८० हजार रुपैयाँ मागेको थिएँ, उनले नै दिएको पैसा सोनारलाई बुझाएपछि मात्रै टोलीले शम्भुको हत्या गरेको थियो ।’

    उनलाई पनि राजेन्द्रलाई जस्तै घटनास्थल नजिकसम्म अटोमा लिएर थप पैदल हिँडाउँदै एकान्त स्थानमा लगेको पाइएको छ । ‘उखुबारीमा पहिलेकै टोली लुकेर बसेका थिए, उनीहरुले घाँटीमा कसेर लडाएर उनको हत्या गरेका थिए’ अनुसन्धानमा संलग्न अधिकृत भन्छन् ।

    यो पनि पढ्नुस्, तीन साझेदारको हत्याको कारण : जग्गा कारोबारको तीन प्रतिशत कमिसन

    ३/३ लाखको दरले सुपारी

    अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार मण्डलले हत्या योजना बनाउँदा सुरुमा जग्गा कारोबारवापत आउने तीन प्रतिशत कमिसनको ५० प्रतिशत रकम दिने प्रस्ताव गरेका थिए ।

    तर पछिल्लो समय लसुन, प्याजको व्यापार गरिरहेका सुनारले अरु व्यक्तिलाई पनि प्रयोग गर्नुपर्ने भन्दै सबैलाई तीन/तीन लाख रुपैयाँको दरले रकम दिनुपर्ने प्रस्ताव गरेका थिए ।

    त्यति रकम दिन सहमत भएपछि सुनारले पूर्वतयारीका लागि अग्रिम ८० हजार रुपैयाँ मागेका थिए । त्यसवापत उनले २९ कात्तिकमा आईएमईमार्फत रकम पठाएको पाइएको छ ।

    ‘उनले ८० हजार रुपैयाँ पठाएपछि मैले नासिर मियाँ, शाहिद मियाँ, सुभान मियाँ र हकिम मियाँलाई १५ हजार रुपैयाँका दरले पैसा दिएको थिएँ’ सोनारको बयान छ, ‘मसँग बाँकी रहेको पैसाले गाडी भाडाका लागि मैसा दिएको थिएँ ।’

    मोहन लिम्बुलाई गाडिएको स्थान ।

    योजना अनुसार मोहनलाई ललितपुरको गोदाममा हत्या गर्नु २/३ दिनअघि बिराटनगरबाट गाडी चढेर गोदाममै आएर बसेको उनले भनेका छन् । ‘त्यतिवेला बस्ने खाने व्यवस्थाका लागि अनिलले सबै मिलाएका थिए’ उनले भनेका छन्, ‘त्यहीँ अनिलले मसहित सबैलाई भेटेर काम पूरा भएपछि सबैलाई तीन/तीन लाख रुपैयाँ दिने बताएका थिए ।’

    त्यसपछि मोहन लिम्बुको हत्याका लागि खाल्डो खन्न गैंची, बेल्चा, गम्छा, शव गलाउन एक बोरा नुन, सिमेन्ट लगायत खरिद गरेर ल्याएको उनले भनेका छन् । उनका अनुसार योजनाअनुसार २८ मंसिरमा भण्डलले लिम्बुलाई गोदाममा बोलाएका थिए ।

    ‘उनी कोठामा आएपछि सँगै मासु चिउरा खाएर खाएर मार्नुपर्ने मानिस यही हो भनेर चिनाएका थिए, त्यसपछि उनी केही समयमा आउँछु भनेर कोठाबाट बाहिर गएका थिए’ सोनारको बयान छ, ‘उनी गएपछि मोहनसँग गफ गर्दै बसिरहेका वेला सहिद, सुभानहरुले गाम्छा बेरेर घाँटी बसेर लिम्बुको हत्या गरेका थिए ।’

    हत्यापछि घर पछाडि शव व्यवस्थापन गरेर आफूहरु बिराटनगरतिर गएको सोनारले भनेका छन् । घटनामा संलग्न मध्ये अनिल, दिनाथ, नासिर, हकिम र सोहानलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरु जिल्ला कारागार, मोरङमा पुर्पक्षका लागि थुनामा छन् । घटनामा संलग्न मध्ये मोहमद सहिद मियाँ चाहिँ अझै फरार छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    भुटानी शरणार्थी प्रकरणमा हाई–प्रोफाइल कनेक्सनको ‘च्याप्टर क्लोज’

    August 15, 2024

    सरकारी वकिल VS CIB : संगठित अपराधमा ६२ दिन थुनेर किर्तेमा मुद्दा

    August 29, 2023

    शरणार्थी प्रकरण अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई हटाउन देउवाको दबाब

    August 18, 2023
    Leave A Reply Cancel Reply

    काठमाडौंका सीडीओसँग बातचित
    https://youtu.be/PEfv2YGdOsM
    फरक क्षमता भएका विद्यार्थीबारे बिराट विशेष

    मेरो बारे

    गाैरव पोखरेल अनलाइनखबर डटकमका लागि सुरक्षा र सैनिक सम्बन्धी मामिलामा रिपोर्टिङ गर्छन् ।

    A young news reporter, writes on Crime, Security & Military/Defense.

    फेसबुकमा पछ्याउनुस्

    Type above and press Enter to search. Press Esc to cancel.