Author: गौरव पोखरेल

गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

नेपालमा नक्कली सरकारी कागजात सजिलै बन्छन, बरु सक्कली काम गर्न गाह्रो छ । देशभित्र चलेको एउटा ‘अपराध कारखाना’ बारे खोजमुलक प्रस्तुति ।

Read More

नेपाली सेनाको ३०० वर्षभन्दा पुरानो इतिहासमा पहिलो पटक ब्राह्मण समुदायबाट प्रधासेनापति नियुक्ति हुने पक्का भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिन सिफारिस गर्ने निर्णय गरेको हो । हालका सेनापति पूर्णचन्द्र थापाले २५ भदौमा अवकाश पाउनेछन् । तर अवकाशको एक महीना अघि विदा बस्ने परम्परा अनुरुप थापाले २४ साउनबाट जंगीअड्डा छाड्नेछन् । त्यसपछि लागू हुने गरी सरकारले शर्मालाई कामु सेनापतिको जिम्मेवारी दिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो । सरकारले शर्मालाई कामु सेनापतिको जिम्मा दिन अहिले सिफारिस गरे पनि जंगीअड्डामा नेतृत्व हस्तान्तरण प्रक्रिया तीन महीना अघिबाटै सुरु भइसकेको थियो । सेनापति थापाले २३ जेठमा…

Read More

सुशील कोइरालाको निधनपछि ०७२ फागुन तेस्रो साता सम्पन्न १३ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भए । देउवाले तोडेको कोइरालाको विरासत फेरि फर्किएला कि नफर्किएला ? कांग्रेसभित्र यसबारे बहस हुँदै आएको छ ।

Read More

सिन्धुपाल्चोकका ३१ वर्षीय सागर श्रेष्ठले मंगलबार जस्तो मेलम्ची नदीको रौद्ररुप कहिल्यै देखेका थिएनन् । जीवनकालमा उनले मेलम्चीमा २५ वटाभन्दा बढी बाढी देखे, भोगे । ती हरेक वर्षजसो आउँथे, जान्थे । सामान्य नदी कटान त हुन्थ्यो, बस्तीतिर सोझिंदैनथ्याे । यसपालि चाहिं मनसुनको शुरुआतमै मेलम्ची बजारलाई नै उठिवास लगाइदिने गरी नदी उर्लियो । ‘बाउ–बाजे आएर यहाँ बसेको पनि वर्षौं भइसक्यो, अहिलेसम्म यस्तो बाढी आएको सुनेको पनि थिइनँ’ श्रेष्ठले अनलाइनखबरसँग भने। उनलाई मात्र होइन, मेलम्चीका हरेक नागरिकको मनमा अहिले एउटा प्रश्न उब्जिरहेको छ, ‘आखिर मेलम्ची किन यति साह्रो कठोर बन्यो ?’ शुक्रबार मेलम्ची पुग्दा बजारवासी यही विषयमा चर्चा गरिरहेका थिए । उमेरले ६७…

Read More

गृह प्रशासनमा आउने अधिकांश मन्त्रीले कार्ययोजना त आकर्षक नै बनाउँथे । तर कार्यान्वयनमा समस्या देखिने गरेका थिए । अधिकारीको कार्यकाल चाहिँ कस्तो रहन्थ्यो, त्यसको परीक्षण हुन नपाइ उनले १२ दिनमै मन्त्री क्वार्टर छाडेका छन् ।

Read More

For Japanese national Tenjin Shimizu, July 27, 2019, remains a day that he will never forget. Tenjin was fast asleep at his home in Tinchuli, Bauddha of Kathmandu, on a rainy night when suddenly he heard a thud. The clock showed 2 am as he got up, anxious and scared, to see what was going on. As he left his room, he got hit on the back of his head leaving him in a minimally conscious state. When he recalls that night, he still gets shivers down his spine. “The incident still haunts me,” Tenjin tells Onlinekhabar. When Tenjin regained…

Read More

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बारम्बार भन्थे, ‘उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रभावकारी समन्वय गर्ने हो भने कोरोना महामारी धेरै हदसम्म नियन्त्रणमा लिन सकिन्छ । यसले जनताको जीवन रक्षा त हुन्छ नै, पोखरेलको राजनीतिक जीवनमा पनि ठूलो फड्को मार्न सक्छ ।’ उच्चस्तरीय समन्वय समिति र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको संयोजक गरी पोखरेल झण्डै १५ महिना कोरोना महामारी नियन्त्रण गर्ने मुख्य निकायको नेतृत्वमा रहे । ईपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख समेत रहेका डा. मरासिनीको निष्कर्ष छ, ‘पोखरेलले ठूलो अवसर गुमाए ।’ कोरोना महामारीको दोस्रो लहरमा संक्रमित नागरिकलाई बेड (शय्या) र अक्सिजन दिन पनि असफल भएपछि सिंगो सरकार आलोचित…

Read More

११ चैत, इलाम । २०३७ सालमा एकतप्पाबाट हराउनुअघि दुर्गाप्रसाद तिम्सिना भन्ने गर्थे, ‘अब जमिन जोडेर घर बनाउनुपर्छ, काम गर्न जान्छु, फर्किएपछि सुख हुन्छ ।’ सोमबार इलामको माई नगरपालिका– १०, लुम्बाकमा भेटिंदा ८६ वर्षीया आमा धनमाया तिम्सिना ती पुराना कुरा सम्झिइरहेकी थिइन् । ‘त्यसबेला यही साइँलोको त भर थियो, तोरी बेच्न हिंडेको छोरो कहाँ हरायो, हरायो’, उनले अनलाइनखबरसँग भनिन् । आफन्त धीरेन्द्ररमण शर्माका अनुसार २०२४ सालमा बुबा चम्पाखर बिते, बिफरको महामारीले एक महिनाभित्रै दुई छोरा र एक छोरीको ज्यान गयो । क्षतिपूर्तिबाट थोरै रकम आए जीविकोपार्जनका लागि खर्च गर्ने र अलि धेरै पैसा आए दाइको अस्तित्व सधैं रहिरहने गरी उहाँ जस्तै…

Read More

पार्टी जत्रोसुकै होस्, नेपाली राजनीतिज्ञहरु आफूले पाएको पद सितिमिति गुमाउन चाहँदैनन् । राजनीतिबाट ‘अवकाश’ भन्ने शब्द सुन्न पनि विरलै रुचाउँछन् । उज्ज्वल थापा भने नेपाली राजनीतिका एक अपवाद पात्र हुन् । अमेरिकाबाट फर्किएर परिवर्तनका लागि ‘हामी नेपाली एक’ भन्ने अभियान चलाएका थापाले आफू जस्तै युवाहरू मिलेर ‘विवेकशील नेपाली दल’ स्थापना गरे । उस्तै धारको साझा पार्टीसँग एकता गरे र पार्टीले एउटा उँचाइ लिंदै गर्दा सहज रूपमा नेतृत्व हस्तान्तरण गरे । वैकल्पिक राजनीतिक धारका अभियन्ता समेत रहेका थापाको मंगलबार ४४ वर्षको अल्पायुमै निधन भएको छ । कोरोनाभाइरसबाट संक्रमित उनको फोक्सोमा गम्भीर संक्रमण भएको थियो । पछिल्लो समय पीसीआर रिपोर्ट नेगेटिभ आइसके पनि स्वास्थ्यमा…

Read More