• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Nepal Police»नेपालमा बरामद करोडौंको हेरोइनमा अन्तर्राष्ट्रिय चासो : तस्करले किन प्रयोग गरे उल्टो रुट ?
    Nepal Police

    नेपालमा बरामद करोडौंको हेरोइनमा अन्तर्राष्ट्रिय चासो : तस्करले किन प्रयोग गरे उल्टो रुट ?

    गौरव पोखरेलBy गौरव पोखरेलJuly 5, 2022Updated:July 5, 2022No Comments6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

     नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले जेठ अन्तिममा तीन दिन अपरेशन ‘ह्वाइट डस्ट’ चलाएर हालसम्मकै सबैभन्दा ठूलो परिमाणमा लागूऔषध हेरोइन बरामद गर्‍यो ।

    ब्यूरोका एसपी जीवन श्रेष्ठका अनुसार प्रहरीले एउटै अपरेशनबाट ५१ किलो हेरोइन बरामद गरेको छ । जबकी, आर्थिक वर्ष २०७३/०७४ देखि २०७७/७८ सम्म पाँच वर्षको अवधिमा नेपालमा जम्मा ३५ किलो ७३५ ग्राम मात्र हेरोइन बरामद भएको तथ्यांक छ ।

    नेपालमा ठूलो परिमाणमा हेरोइन समातिएपछि यसमा संयुक्त राष्ट्र संघको लागूऔषध तथा अपराध नियन्त्रण कार्यालय (यूएनओडीसी) ले पनि चासो देखाएको छ । यसको थप अनुसन्धानका लागि प्रहरीले भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) र दक्षिण अफ्रिकाको ‘साउथ अफ्रिकन पुलिस सर्भिस’सँग पनि सहकार्य गरिरहेको छ ।

    नेपालका लागि ५१ किलो हेरोइनको बरामदी अहिलेसम्मकै कीर्तिमानी भए पनि अन्य मुलुकमा योभन्दा ठूलो परिणाममा हेरोइन बरामद नभएका होइनन् ।

    तर नेपाल प्रहरीको अपरेशनप्रति अन्य मुलुकका सुरक्षा संयन्त्रले पनि चासो राख्नु पछाडिको मुख्य कारण हो, हेरोइन तस्करले प्रयोग गरेको अन्तर्राष्ट्रिय रुट, जुन अन्य बेलाको भन्दा ठिक उल्टो छ ।

    यूएनओडीसीको वेवसाइटमा उल्लेख भएअनुसार हेरोइन तस्करीको रुटलाई यसको उत्पादन हुने मुलुकका आधारमा विभाजन गरेर हेर्न सकिन्छ ।

    इरान, अफगानस्तान र पाकिस्तानलाई जोडेर ‘गोल्डन क्रिसेन्ट’ र म्यानमार, थाइल्याण्ड र लाओसलाई जोडेर ‘गोल्डन ट्रयाङ्गल’ मार्फत विश्वभरि हेरोइन जाने बताइन्छ । विश्वमा खपत हुने कुल हेरोइनको ८० प्रतिशत अफगानिस्तानमै उत्पादन हुने यूएनओडीसीको प्रतिवेदन छ ।

    ‘गोल्डन क्रिसेन्ट’मा उत्पादन हुने हेरोइन इरान, टर्की हुँदै युरोप र अन्य अमेरिकी मुलुकहरुमा जाने गर्छ । ‘यसपालि काठमाडौंमा बरामद भएको हेरोइनको परिमाण हेर्दा यो पनि गोल्डन क्रिसेन्ट अन्तरगत पर्ने मुलुक अझ अफगानस्तानबाटै आएको हुनसक्ने आशंका छ’ एनसीबी काठमाडौंका एक अधिकृत भन्छन्, ‘तर अफ्रिका पुगिसकेको सामान त्यहीँबाट सिधै अमेरिका, क्यानडातिर जानुपर्नेमा उल्टो बाटो भएर फर्किँदै एसिया छिरेपछि अचम्मित भएका छौं ।’

    यही कारण अन्य मुलुकले पनि अहिले काठमाडौंमा बरामद हेरोइनबारे चासो देखाइरहेको प्रहरी स्रोत बताउँछ । पाकिस्तानबाट आउने हेरोइन पूर्वी र दक्षिण एसियाली मुलुक हुँदै अफ्रिकाबाट बाहिरिने गर्छ ।

    इरानमा उत्पादन हुने हेरोइन टर्की हुँदै युरोपिन मुलुकतिर छिर्ने गरेको विवरणहरुले देखाउँछ । त्यसैले अफ्रिका पुगिसकेको हेरोइन नेपाल आउनुलाई अन्तर्राष्ट्रिय ‘ड्रग माफिया’को नयाँ चलाख्याइँको रुपमा सुरक्षा अधिकृतहरुले विश्लेषण गरिरहेका छन् ।

    ब्यूरोका प्रहरी नायव उपरीक्षक (डीएसपी) फणिन्द्र प्रसाईंका अनुसार नेपालमा विगतमा स–साना परिणाममा मात्रै हेरोइन बरामद हुने गर्थे ।

    ‘तीमध्ये कतिपय भारतबाटै आउने गर्थे, केही पाकिस्तानलगायतका मुलुकबाट पनि आएको देखिन्छन्’ प्रसाईँ भन्छन् । भारतमा पनि मध्यप्रदेश, राजस्थान र उत्तर प्रदेशका २२ जिल्लामा अफिमको व्यावसायिक खेती हुन्छ, अफिमकै प्रशोधनबाट हेरोइन बन्ने हो । तर भारतमा उत्पादन हुने हेरोइनको परिमाण एकदमै थोरै हुने जानकारहरु बताउँछन् ।

    उल्टो बाटोबाट किन हेरोइन नेपाल भित्रियो ?

    दक्षिण अफ्रिकाबाट उल्टो बाटो फर्किएर तस्करहरुले किन ठूलो परिमाणमा हेरोइन नेपाल पठाए त ?

    लागूऔषध नियन्त्रण ब्यूरोमा लामो समय काम गरेका अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरीको बुझाइमा अफ्रिका हुँदै युरोप, अमेरिकातिर जाने रुटमा त्यहाँका प्रहरीले कडाइ गरेपछि तस्करहरुले नयाँ विकल्पको खोजी गरेको हुनसक्छ ।

    ‘त्यहाँ प्रहरीले कडाइ गरेपछि अफ्रिकाबाट फर्काएर नेपाल ल्याएको हुनसक्छ र यहाँबाट फेरि युरोप, अमेरिकातिर पठाउने योजना हुनसक्छ’ उनी भन्छन्, ‘अर्को चाहिँ युरोप, अमेरिका छिराउन नसकेपछि भारतमा बिक्री गर्ने हिसाबले पनि ल्याइएको हुनसक्छ ।’

    तर भारतमा आउने हेरोइन यूएई, साउदी अरब लगायतमा मुलुकमा पुगेर सिधै दिल्लीसम्म पुगेको गरेको एनसीबी भारतको वेवसाइटमा उल्लेखित विवरणले देखाउँछ । त्यसैले यस विषय विस्तृत अनुसन्धानको खाँचो भारतीय प्रहरीले पनि औंल्याएका छन् ।

    पूर्वडीआईजी मल्लको बुझाइमा जुन परिमाणको हेरोइन नेपालमा बरामद भयो, त्यसले अफगानस्तानबाटै ‘कन्साइनमेन्ट’ आएको हुनसक्ने आशंका गर्ने आधारहरु देखाएको छ ।

    ‘यत्रो परिमाणमा हेरोइन आउनुले अन्तर्राष्ट्रिय लागूऔषध तस्करले नेपालमा पनि सञ्जाल विस्तार गरिसकेको हुनसक्ने देखाउँछ’ मल्ल भन्छन्, ‘अर्को कुरा उनीहरुले दक्षिण अफ्रिकाबाट हेरोइन बोकेर आउँदा शंका नहुने भएकाले पनि तस्करीको प्रयोग गरेको हुनसक्छ ।’

    नेपालमा हेरोइन प्रयोगकर्ता उल्लेख्य छैनन् ।

    जब ९ करोडको ‘कोकिन’ हेरोइन निस्कियो…

    एनसीबी काठमाडौंले १३ भदौ २०७८ मा पत्रकार सम्मेलन गरेर ९ करोड रुपैयाँ बराबरको कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरिएको भन्दै पत्रकार सम्मेलन गर्‍यो । अफ्रिकी नागरिक ३० वर्षीया सिर्ले गामाले ल्याएको २ किलो ९६६ ग्राम कोकिन विमानस्थलको एक्सरे मेसिन पार गरेर काठमाडौं छिरेपछि एनसीबीको टोलीले निगरानी थालेको थियो ।

    पछि सामान लिन आउने २६ वर्षीया तान्जानियन नागरिक गेट्युड नियोनार्द किमारो र भारतीय नागरिक ३३ वर्षीय विजय सिंहलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

    झण्डै ९ करोड बराबरको कोकिन समातिनु ठूलो सफलता भएको बताइरहँदा प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको जाँचबाट आएको परिणामले चाहिँ एनसीबी काठमाडौं झस्कियो । किनकी, प्रयोगशालामा गरिएको जाँचबाट प्रहरीले बरामद गरेको वस्तु कोकिन नभइ महँगो मूल्य पर्ने हेरोइन भएको पुष्टि भयो ।

    नेपालमा अफ्रिकाबाट हेरोइन आएको रेकर्ड थिएन, त्यसैले लागूऔषध नियन्त्रण ब्यरोले सुटकेशमा फल्स बटम बनाएर आएको सामानबारे थप अनुसन्धान थाल्यो । तत्काललाई कुनै नयाँ ‘टिप’ त थिएनन्, तर अफ्रिकाबाट आउने नागरिकलाई पनि निगरानीमा राख्नुपर्छ भन्ने सन्देश त्यो घटनाले दिएको थियो ।

    ३ दिनमा पक्राउ परेका उनीहरुको साथबाट ५१ किलो हेरोइन बरामद भएको हो । उनीहरु एउटै समूहका रहेको प्रहरीको दाबी छ । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

    ब्यूरोका अधिकृतहरुका अनुसार त्यही अनुसार विमानस्थलमा अफ्रिकी नागरिकमाथि निगरानी बढाइरहेका बेला २ वैशाख २०७९ मा कतारबाट आएको विमानमा एक शंकास्पद यात्रु भेटिइन् । दक्षिण अफ्रिकाको जोहानेस्वर्गबाट दोहा हुँदै काठमाडौं आएकी ३५ वर्षीया कपुतुला अबिसार्गले साथमा ल्याएको सुटकेश खतलासी गर्दा फल्स बटम बनाएर लुकाएको अवस्थामा ७ किलो हेरोइन बरामद भएको थियो ।

    यो हेरोइन एकजना भारतीय नागरिकलाई हस्तान्तरण गर्न लागिएको थियो । तर प्रहरीले दुवैजनालाई पक्राउ गर्‍यो । दुईवटा घटनामा फल्स बटम बनाएर सुटकेशमा महिलालाई काठमाडौं पठाएको थाहा पाएपछि प्रहरीले निगरानी अझ बढाउँदै लग्यो । अझ सुटकेश बोकेका महिलामाथि नै विशेष जाँच गर्न थालियो ।

    त्यहीक्रममा २९ जेठमा दुबई हुँदै काठमाडौं आएका अफ्रिकन महिला २९ वर्षीया सिबिसी थन्डेकिई र ४६ वर्षीया मुरइल साम्बा प्रहरीको शंकामा परे । चेक गर्दा १६ किलो हेरोइन बरामद भयो ।

    उस्तै प्रकृतिका अफ्रिकी नागरिकहरुलाई निगरानी गर्ने क्रममा ३० जेठमा दुबईबाट आएकी ३९ वर्षीय साबलाला भोनी पनि पक्राउ परिन् । उनको साथमा ८ किलो हेरोइन बरामद भयो ।

    सोही दिन दुबईबाट काठमाडौं आएकी अफ्रिकन नागरिक रोश्ना जन्जेईको साथबाट ८ किलो हेरोइन बरामद भयो । थप दुबई र दोहाबाट सुटकेश बोकेर आएका थप तीनजनालाई पनि प्रहरीले पक्राउ गर्‍यो, उनीहरु पनि उस्तै सुटकेश बोकेर काठमाडौं आएका थिए ।

    सबैबाट बरामद गरिएको हेरोइन जोड्दा ५१ किलो भयो, यसको बजार मूल्य अहिले एक अर्ब २ करोड रुपैयाँ रहेको ब्यूरोका डीएसपी फणिन्द्र प्रसाईं बताउँछन् ।

    खाना डेलिभर गर्ने महिला हेरोइन तस्करीमा

    प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका महिलाहरुले एउटै किसिमका कथा सुनाएका छन् । २९ जेठमा पक्राउ परेकी महिला सिबिसीका अनुसार उनी जोहानेसवर्गमा फुड डेलिभरीको काम गर्थिन्, राम्रो कमाइ हुन्नथ्यो ।

    एकदिन सँगै काम गर्ने मुरइल साम्बाले उनलाई नेपाल जाने प्रस्ताव राखिन्, साथमा एउटा सुटकेश लिएर गए २५ सय अमेरिकी डलर पाउने बताइन् । आफू दुई पटक त्यसरी गइसकेको बताउँदै उनले केही समस्या नहुने आश्वासन दिएकी थिइन् ।

    ‘मैले काम गरिरहेको पैसाले चल्नै धौधौ पथ्र्यो, त्यही भएर उनीसँगै नेपाल आएँ’ सिबिसीले भनेकी छिन्, ‘तर काठमाडौंमा पक्राउ परेँ ।’ मुरइल चाहिँ यसअघि भारत समेत गइसकेको पासपोर्टको विवरणबाट देखिन्छ ।

    ‘भारतमा पनि सामान पास गर्न गाह्रो भएपछि नेपालबाट आएको हुनसक्छ’ एक अधिकृत भन्छन्, ‘तर नेपालमा उनीहरुले स्थलमार्ग प्रयोग गरेर भारत सामान लैजाने तयारी गरेका थिए ।’ प्रहरीले उनीहरुको साथबाट भारतीय नम्बर प्लेटको गाडी बरामद गर्नुले पनि यसको पुष्टि गर्छ ।

    अनुसन्धान अधिकृतका अनुसार मुरइलको चाहिँ दक्षिण अफ्रिकाका लागूऔषध तस्करसँग सम्पर्क देखिएको छ । एकदिन होटलमा बसिरहेका बेला चिनजान भएका व्यक्तिले नै उनलाई त्यो काम दिएको साम्बाको भनाइ छ । त्यसरी दक्षिण अफ्रिकाबाट हिँडेदेखि नेपालमा बस्ने होटल, सामान दिनुपर्ने व्यक्तिलगायतका सम्पूर्ण विवरण उनले अनलाइनमार्फत नै पाउँथिन् ।

    ‘सामान्य चल्नलाई सय/दुई सय डलर दिने गरेको रहेछ, होटल, खाने बस्ने सबै उतैबाट बुक गरेर पैसा तिरिदिने गर्दा रहेछन्’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन् ।

    २०७९ असार १७ गते २०:२४ मा अनलाइनखबर डटकममा प्रकाशित

    अपराध जस्ट इन नेपाल प्रहरी
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025

    लखनऊमा लुक्दै आएका गुड्डु कसरी आइपुगे काठमाडौं ?

    March 4, 2025

    No Meeting, No Mention, No Hope: Bhutanese Refugees Disheartened by King’s Quiet Visit

    December 11, 2024
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025

    लखनऊमा लुक्दै आएका गुड्डु कसरी आइपुगे काठमाडौं ?

    March 4, 2025

    No Meeting, No Mention, No Hope: Bhutanese Refugees Disheartened by King’s Quiet Visit

    December 11, 2024
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    No Meeting, No Mention, No Hope: Bhutanese Refugees Disheartened by King’s Quiet Visit

    December 11, 202414 Views

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 202510 Views

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 20259 Views

    Type above and press Enter to search. Press Esc to cancel.