• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Nepal Police»लाल मोहम्मदको हत्यामा ‘भारतीय खुफिया एजेन्सी’को हात ?
    Nepal Police

    लाल मोहम्मदको हत्यामा ‘भारतीय खुफिया एजेन्सी’को हात ?

    गौरव पोखरेलBy गौरव पोखरेलSeptember 20, 2022Updated:September 20, 2022No Comments6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    संसाँझै राजधानीमा मच्चिएको गोली काण्डले उब्जाएका प्रश्न

     हरिवन नगरपालिका–२, सर्लाहीका लाल मोहम्मद सोमबार अपराह्न गार्मेन्टका लागि प्लास्टिक लिन काठमाडौंको जोरपाटी गएका थिए । कपडा लिन आएका ग्राहक रामप्रसाद गौतमलाई सामान दिन प्लास्टिक नपुगेपछि उनकै बा ६ च ५१५२ नम्बरको कारमा निस्किएका थिए ।

    गौतमका अनुसार फर्किँएर आउँदा साढे ६ बजिसकेको थियो । उनले मोहम्मद बस्ने घर आँगनमा पार्क गर्न गाडी घुमाए । दुईजना व्यक्ति अगाडि बसिरहेका थिए । ‘साइड लाग्न’ भन्दै गौतमले गाडी अघि बढाएर रोके । रोकिने वित्तिकै मोहम्मद गाडीबाट उत्रिएका मात्र के थिए, एक्कासी झिल्कोसहित केही पड्किएको आवाज आयो ।

    ‘आवाज आउने वित्तिकै झ्यालबाट बाहिर हेरेँ, माथि रातो कपडा र तल जिन्स लगाएको युवकले पेस्तोल ताकेर लखेटिरहेको देखेँ,’ गौतमले अनलाइनखबरसँग भने, ‘ड्राइभरको सिटमा छु, बन्दुक हानी रहेको देख्छु, के गर्नु सोच्नै सकिनँ ।’ उनी भाग्न खोजे, तर मोहम्मदलाई ती आक्रमणकारीले लखेटिरहेका थिए ।

    घटनालाई पसलबाट देखेका शंकर दाहाल कुनै फिल्ममा देखेको दृश्यझैँ लखेटी–लखेटी गोली हानिएको बताउँछन् । ‘चार÷पाँच पटक जति गोली पड्किएको आवाज आयो, मैले सटर तानेर निस्किएँ,’ उनले अनलाइनखबरसँग भने, ‘मैले हेर्दाहेर्दै माथिबाट छोरीले पनि हाम फालिन् ।’

    प्रत्यक्षदर्शीहरुका अनुसार मोहम्मदले गोठाटारस्थित घरको तेस्रो फ्ल्याट पुरै भाडामा लिएर ‘एभेन्जर इन्टरप्राइज’ नामक गार्मेन्ट फ्याक्ट्री चलाइरहेका थिए । त्यहीँ उनका श्रीमती, छोरीसहित अन्य सदस्य बस्दै आएका थिए ।

    ‘तल गोली हानेको देख्ने वित्तिकै तेस्रो तलाबाट सुरुमा दोस्रो तलामा रहेको टिनमा, त्यसपछि सिधै तल छोरीले हामफालिन्,’ दाहाल भन्छन्, ‘त्यसपछि उनी लखेट्दै पछि लागिन् ।’

    कारका चालक गौतमले प्रहरी कन्ट्रोल १०० मा फोन गरेर गोली चलेको जानकारी गराए । केहीबेरमा प्रहरी आइपुग्यो, आफन्तले नजिकैको शंकरापुर अस्पताल लगे ।

    छिमेकी सुस्मिता तिवारीका अनुसार बुबालाई गोली हानेको देखेपछि घरबाट फाल हानेर झरेकी छोरीले पाँच सय मिटरसम्म गोली हान्नेलाई पछ्याइरहिन् ।

    ‘एकजना मोटरसाइकल लिएर बाटो छेउमै बसिरहेका थिए,’ उनले भनिन्, ‘अर्का पनि पल्सर मोटरसाइकलमा भागेका थिए, जम्मा तीनजना थिए ।’ तर मोटरसाइकलमा भएका उनीहरुलाई छोरीले रोक्न सकिनन् । तिवारी थप्छिन्, ‘बाइकमा भएकालाई पछ्याउन सक्ने कुरै थिएन ।’

    प्रहरीले घटनास्थलमा एउटा ‘मेड इन यूएस’ लेखेको पेस्तोल पनि बरामद गरेको छ । मोहम्मदको चाहिँ शंकरापुर अस्पतालमा उपचार सम्भव भएन । टाउकोमा दुई र दाहिने तिघ्रामा एक राउण्ड गोली लागेका उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगियो ।

    उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्रबहादुर धानुकका अनुसार राति चिकित्सकहरुले मोहम्मदको मृत्यु भएको घोषणा गरेका छन् ।

    घटनाको अनुसन्धानमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली खटिएको छ ।

    यो पनि पढ्नुहोस

    मोहम्मद कार वरिपरि भागिरहे, हतियारधारी समूहले गोली हानिरह्यो (भिडियोसहित)

    पहिल्यैदेखि सुरक्षा थ्रेटमा

    लाल मोहम्मदका रुपमा चिनिए पनि उनको खास नाम मोहम्मद दर्जी हो ।

    उनको पारिवारिक स्रोतका अनुसार मोहम्मदमाथि केही साताअघि पनि आक्रमणको प्रयास भएको थियो । त्यही घटनापछि उनले जम्बुडाँडा प्रहरी चौकीमा आफू असुरक्षित भएको भन्दै निवेदन दिएका थिए ।

    मोहम्मदले राष्ट्रिय मानवअधिकार आयोग पनि निवेदन दिएको स्रोतको भनाइ छ । ‘सुरुमा प्रहरीले निवेदनलाई गम्भिररुपमा लिएन, अहिले ज्यानै गयो,’ परिवारका एक सदस्यले अनलाइनखबरसँग भने, ‘प्रशासनले बेवास्ता नगरिदिएको भए सायद अहिले यो घटना हुने थिएन ।’

    प्रहरीले मोहम्मदको घटनापछि उनको पृष्ठभूमिलाई केलाएर अनुसन्धान थालेको छ । उपत्यका प्रहरी प्रमुख एआईजी धानुकका अनुसार उनको विगत स्वच्छ देखिएको छैन ।

    ‘हत्या अभियोगमा झण्डै १० वर्ष केन्द्रीय कारागार बसेर छुटेको रहेछ,’ धानुकले अनलाइनखबरसँग भने, ‘पछिल्लो समय चाहिँ उनको गतिविधि के थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।’

    उनको हत्यालाई आतंकवाद र अन्तर्राष्ट्रिय संगठित अपराध हेर्ने नेपाल प्रहरीको विशिष्टकृत इकाइ विशेष ब्यूरोले पनि चासोका साथ हेरेको छ ।

    काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालयका अलावा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पनि यो हत्या प्रकरणमा नजर राखेको छ । यसपछाडिको कारण मोहम्मदको विगतको विवादास्पद पृष्ठभूमि हो ।

    जानकार स्रोतहरुका अनुसार मोहम्मद विगतमा नेपालबाट हुने जाली भारतीय नोटको कारोबारमा संलग्न व्यक्ति हुन् ।

    नेपालमा युनुस अन्सारीलाई नक्कली नोट कारोबारको ‘मास्टर माइन्ड’ मानिन्छ । २०६५ सालमा पक्राउ परेपछि उनलाई जेलमै भारतीय ‘सार्प सुटर’ मनमित भाटियाले गोली हानेका थिए । तर संयोगवश उनी बाँचेका थिए ।

    युनुस जेल गएपछि नेपालमा नक्कली नोट कारोबारको र्‍याकेट सम्हालेका इल्ताफ हुसेन अन्सारीको समूहमा बसेर सोमबार मारिएका लाल मोहमदले काम गरेको स्रोतको दाबी छ ।

    प्रहरी उच्च स्रोतका अनुसार मोहमदले इल्ताफसँग मिलेर २० असार २०६४ मा अनामनगर–बानेश्वर पुल नजिक बलराम पटुवारको हत्या गरेका थिए । बलराम पनि नक्कली नोट कारोबारी भएपनि समूहगत द्वन्द्वका कारण उनी मारिएको बताइन्छ ।

    त्यसबेला अनुसन्धानमा खटिएका हालका एक प्रहरी उपरीक्षक (एसपी) भन्छन्, ‘त्यस घटनामा लाल मोहमद कन्ट्याक्ट किलरका रुपमा प्रयोग गरिएका थिए ।’ इल्ताफले पछि अदालतबाट यो घटनामा सफाइ पाएका थिए ।

    लाल मोहमद चाहिँ लामो समय जेल बसेर छुटेको प्रहरी अधिकृतहरु बताउँछन् । घटनामा बाहिद खान, बडे भाइ भनिने असरफ अली, उपेन्द्र चौधरी लगायत पनि संलग्न थिए ।

    इल्ताफ हुसेन अन्सारी, जसको समूहमा बसेर सोमबार मारिएका लाल मोहमदले काम गरेका थिए । इल्ताफ हाल जेलमा छन् ।

    युनुस, इल्ताफले रोजे सेफसाइड, मारिए लाल मोहम्मद

    विशेष ब्यूरोको एक रिपोर्ट अनुसार लाल मोहमदले नेपालमा नक्कली नोट कारोबारको बीचको लेयरका रुपमा काम गरेका थिए । त्यही कारण उनी भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालाइसिस विङ (रअ) को र्‍याडरमा परिरहेका थिए ।

    भारतीय सुरक्षा अधिकृतहरुले नेपाली सुरक्षा अधिकारीहरुसँग उनीबारे समयसमयमा जिज्ञासा राख्ने गरेका थिए । त्यही कारण उनलाई प्रहरीले ‘रेड’ लिस्टमा राखेर निगरानी पनि गरिरहेको थियो । रोचक कुरा त मोहमद जसका लागि काम गर्थे, तिनै व्यक्ति इल्ताफ हुसेन अन्सारी चाहिँ २९ साउन २०७७ मा अपत्यारिलो तरिकाले पक्राउ परेका थिए ।

    ‘फेक करेन्सी किङ’ भनेर चिनिने अन्सारी नक्कली १५ किलो सुन बोकेर गाडीमा हिँडेको प्रहरी अनुसन्धानले देखाएको थियो । तर उनीजस्तो आपराधिक दुनियाँका खेलाडी नक्कली सुन नै बेच्नुपर्ने अवस्थामा किन ५७ लाख खर्चेर चाँदीमा जलप लगाएर बोकेर हिँडे भन्ने प्रश्नको जवाफ प्रहरीले भेटेको थिएन ।

    अझ इल्ताफ जस्तो खुंखार अपराधी बन्दाबन्दीको बेला किन आफैं गाडी चढेर ‘सुन’ लिएर भारत जान खोजे भन्ने प्रश्न पनि अनुत्तरित थियो । त्यसैले इल्ताफको सुनमा कनेक्सनलाई अपत्यारिलो मानिन्छ र उनले आफूलाई थ्रेट महसुस गरेका कारण पक्राउ पर्ने बाटो रोजेको हुनसक्ने विश्लेषणसमेत गरिन्छ ।

    यो पनि पढ्नुहोस

    डबल एजेन्ट इल्ताफको सुनमा ‘अपत्यारिलो कनेक्सन’ !

    लामो समय जेल बसेर छुटेका युनुस अन्सारी पनि १० जेठ २०७६ मा रहस्यमय तरिकाले ३५ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफैं नक्कली नोट लिन गएका बेला उनी समातिएका थिए ।

    ‘अन्सारी जस्तो नाइकेले आफैं यति ठूलो परिमाणको नक्कली नोट लिन जानु अपत्यारिलो थियो,’ एक अनुसन्धान अधिकृत भन्छन् । यसरी इल्ताफ र अन्सारी दुवैले सुरक्षित बाटो राजेको हुनसक्ने बताइन्छ ।

    तर इल्ताफका लागि काम गरेका लाल मोहमद चाहिँ भारतीय खुफिया एजेन्सीको शिकार बनेको हुनसक्ने कतिपयको आशंका छ । यद्यपि, पछिल्लो समय नेपालबाट जाली नोटको कारोबार हुने गरेको नदेखिएको सुरक्षा अधिकृतहरु बताउँछन् ।

    यस्तो अवस्थामा सोमबार लाल मोहमद मारिनुले के नेपालमा कुनै समूहले अहिले पनि सुषुप्तरुपमा जाली नोट करोबारको धन्दालाई चलाइरहेको छ ? भन्ने प्रश्न पनि उब्जाएको जानकारहरु बताउँछन् ।

    नेपाल–भारत सुरक्षा मामिलाका एक जानकार भन्छन्, ‘यदी यसमा भारतीय पक्षको संलग्नता हो भने कुनै बलियो थ्रेट महसुस नगरी यो घटना भएको छैन, त्यसैले अहिले पनि कुनै समूह सक्रिय छन् कि भन्ने शंका गर्ने ठाउँ छ ।’

    भारतविरुद्ध गतिविधि गरेको दाबीमा पेशेवर अपराधीको प्रयोगबाट फैजान अहमद, महमुद आलम, रमाशंकर यादवलगायत मारिएको इतिहास छ ।

    युनुस अन्सारी स्वयम्को पनि जेलभित्रै हत्या प्रयास भएको छ । यस्तो अवस्थामा मोहम्मदको हत्यापछि पनि यस्तै कारण हुनसक्ने आशंकालाई नकार्न सकिन्न ।

    तर एक अनुसन्धान अधिकृत भन्छन्, ‘अनुसन्धानका लागि त्यो पनि एउटा महत्वपूर्ण कोण हो, तर कहिलेकाहीँ अरु नै कुनै निजी विषय पनि हुनसक्छन् । विभिन्न पाटो केलाइरहेका छौं ।’

    २०७९ असोज ४ गते ०:०६ मा अनलाइनखबर डटकममा प्रकाशित

    अपराध जस्ट इन नेपाल प्रहरी
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025

    लखनऊमा लुक्दै आएका गुड्डु कसरी आइपुगे काठमाडौं ?

    March 4, 2025
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 202535 Views

    Book Review: नेपालका त डन होइनन्, फ्याउरा नै रहेछन्

    September 14, 202434 Views

    No Meeting, No Mention, No Hope: Bhutanese Refugees Disheartened by King’s Quiet Visit

    December 11, 202432 Views

    Type above and press Enter to search. Press Esc to cancel.