• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Miscellaneous»सौन्दर्य प्रतियोगिताका नाममा यसरी हुन्छ यौन हिंसा
    Miscellaneous

    सौन्दर्य प्रतियोगिताका नाममा यसरी हुन्छ यौन हिंसा

    गौरव पोखरेलBy गौरव पोखरेलMay 19, 2022Updated:May 19, 2022No Comments5 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    सौन्दर्य प्रतियोगिताका नाममा किशोरी तथा युवतीमाथि कसरी यौन हिंसा हुन्छ ? एक प्रतियोगितामा फ्रस्ट रनर अप भएकी युवतीको खुलासा

    सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीले आफूमाथि जबरजस्ती करणी भएको खुलासा गरेकी छन् । बुधबार सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै उनले आफूलाई कार्यक्रमका आयोजकमध्येका एक व्यक्तिले जबरजस्ती करणी गरेको खुलाएकी हुन् ।

    प्रतियोगितामा दोस्रो भएकी उनले कार्यक्रमपछि ‘सक्सेस पार्टी’का लागि भन्दै एभरेष्ट होटलमा बोलाएर आफूमाथि हिंसा भएको खुलाएकी छन् । ‘कार्यक्रम सकिएपछि उनले एक दिन कल गरेर सक्सेस पार्टी छ, रेडी भएर आउनू भनेका थिए,’ पीडितले भनेकी छन्, ‘म उनले बोलाए अनुसार होटलमा जाँदा अरु कोही देखिनँ, अरु खोइ त भनेर सोध्दा उनले तिमी धेरै चाँडो आयौं, पार्टी ६-७ बजेदेखि छ भनेका थिए ।’

    केहीबेरपछि होटलका कर्मचारीले आफूलाई ‘लेमनेड’ दिएको उनले बताएकी छन् । तर त्यो खाएको १०-१५ मिनेटमा आफू लठ्ठिएको उनको भनाइ छ । ‘त्यसपछि मैले त्यो व्यक्तिलाई म घर जान चाहन्छु, मलाई असहज महसुस भयो भनेकी थिएँ,’ उनले भनिन्, ‘तर उनले तिमी विजेता भएर यस्तो भन्ने ? मिडिया अनि अरुले के सोच्छ भन्दै बस्न दबाब थिए ।’

    आफूलाई यौन हिंसा गर्ने व्यक्तिले ‘केटीहरुले धेरै पिउन सक्छन्, समस्या हुनसक्छ भनेर राख्नलाई रुम लिएको’ बताएको र त्यहाँ आराम गर्न भनेको उनले भनेकी छन् । ‘गएर रेस्ट गर, सबै आएपछि उठाउन बोलाउँछु भनेको थियो,’ उनले भनेकी छन्, ‘तर म बेहोसीमा थिएँ, मैले उसले जबरजस्ती करणी गरिरहेको थाहा पाएँ । त्यो एकदमै दुःखदायी थियो ।’ उनले बिहान साढे ४-५ बजे होस खुल्दा आफू र ती व्यक्तिलाई नग्न अवस्थामा पाएको बताएकी छन् ।

    त्यहाँ आफू एकदमै रोइरहेका बेला ती व्यक्तिले आफ्नो झोलामा २० हजार हालिदिएर उल्टै ‘तलाईं पैसा चाहिएको थियो, त्यसैले तैंले भने अनुसार नै सबै भएको’ भन्दै धम्क्याएको उनले बताएकी छन् । ‘मैले त्यतिबेला मलाई के भयो भनेर विश्वासै गर्न सकेको थिइनँ, किनकि, म जत्तिको मान्छे पनि बलात्कृत हुन्छु होला भनेर मैले कल्पनै गरेको थिइनँ,’ उनले भनेकी छन् ।यो घटना हाम्रो नोटिसमा छ, तर प्रहरीको दायरामा नआउञ्जेल अनुसन्धानमा जटिलता हुन्छ । उजुरी आए, त्यसको प्रकृति हेरेर अनुसन्धान हुन्छ – प्रवक्ता, नेपाल प्रहरी

    त्यतिबेला उनले आफ्नो नग्न तस्वीर र भिडियो खिचेको र कसैलाई घटनाबारे बताए सार्वजनिक गरिदिने भन्दै धम्की दिएको उनले भनेकी छन् । ‘उसले अनलाइनमा साथी छ, त्यहाँ निकालिदिन्छु भनेको थियो,’ उनले भनेकी छन्, ‘त्यहाँ मैले लुगा लगाएँ, ब्याग लिएँ । उसैले ट्याक्सी बोलाइदिएको थियो ।’ धम्कीका कारण आफूले घटनाबारे कसैलाई भन्न नसकेको उनले बताएकी छन् । र, ६ महिनासम्म आफूमाथि पटकपटक बलात्कार भएको उनले बताएकी छन् ।

    ‘६ महिनासम्म जतिबेला उसलाई चाहिन्थ्यो, उसले कल गरिरहन्थ्यो,’ उनले भनेकी छन्, ‘यो अवधिमा म एकदमै ट्रमाटाइज्ड भएको थिएँ, मैले केही सोच्नै सकिरहेको थिइनँ ।’ यही घटनाको कारण आफू लामो समयसम्म डिप्रेसनमा गएको पनि उनले बताएकी छन् ।

    पूर्वमिस नेपालले मागिन् माफी

    पीडित युवतीले घटना भएका बेला पूर्वमिस नेपाल माल्भिका सुब्बा कोरियोग्राफर रहेको र आफूले उनलाई घटनाबारे बताएको भनेकी छन् । तर सुब्बाले आफूलाई सहयोग नगरेको उनको भनाइ छ ।

    पीडितले हालै घटनाबारे भिडियो बयान सार्वजनिक गरेपछि सुब्बाले उनलाई म्यासेज गर्दै त्यतिबेला आफू नाबालिग करणी, बालयौन दुर्व्यवहार र सहमतिको सम्बन्धबारेका कानुनबारे पूर्ण जानकार नभएको बताएकी छन् ।

    उनले हालै एक सन्देश सार्वजनिक गर्दै हिंसाका यस्ता घटनामा मौन बस्नु कुनैबेला झनै हानिकारक हुने आफूले सिकेको बताउँदै भनेकी छन्, ‘अब म मौन बस्ने छैन, उनी र उनी जस्तै अन्य अरु धेरै पीडितका लागि म लड्नेछु ।’ सुब्बाले आफूले पीडितलाई सहयोग गर्न नपाएकोप्रति माफी पनि मागेकी छन् र आफू अझै पनि धेरै कुरा सिकिरहेको बताएकी छन् ।

    पीडितले आफूमाथि भएको हिंसाबारे बोलेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरु पनि उनका पक्षमा खुलिरहेका छन् । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले उनीमाथि भएको हिंसाबारे सुन्दा आफू अत्यन्तै दुःखी भएको बताएकी छन् । उनले भनेकी छन्, ‘यदि मिल्थ्यो भने म त्यो समयमा पछाडि जान चाहन्थे र तपाईंलाई बताउँथे कि आफूमाथि भएको हिंसाबारे बोल्नु कहिल्यै पनि गल्ती होइन ।’

    दुर्व्यवहार गर्ने व्यक्तिबारे आवाज उठाउन सक्ने परिस्थितिको समाज बनाउन नसकेकोमा पनि समाजको एक सदस्यका रुपमा आफू एकदमै दुःखी रहेको उनले भनेकी छन् । साथै, उनले अबको लडाइँमा पीडित एक्लै नभएको र आफूहरु साथमै रहेको उल्लेख गरेकी छन् ।

    अभिनेत्री पूजा शर्माले पनि सामाजिक सञ्जालमा फेसबुकमा स्ट्याटस लेख्दै यो घटना एउटा यौन हिंसाको घटना मात्र नभएको बताउँदै सिंगो मानवतामाथिकै प्रहार भएको बताएकी छन् ।

    प्रहरी भन्छ- उजुरी परे अनुसन्धान हुन्छ

    पीडितले विगतमा आफूले प्रहरीमा जानेबारे आफ्नो केही साथीलाई बताएको भए पनि सामाजिक प्रतिष्ठामा आँच आउने भन्दै साथ नदिएकाले नसकेको बताएकी छन् । हाल उनले सामाजिक सञ्जालमा घटनाबारे सार्वजनिक गरेपछि धेरैले नेपाल प्रहरीलाई मेन्सन गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

    तर नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसी चाहिं पीडितले प्रहरी कार्यालयमा उजुरी नदिएसम्म अनुसन्धान गर्ने आधार नहुने बताउँछन् ।

    ‘यो घटना हाम्रो नोटिसमा छ, तर सामाजिक सञ्जालभन्दा पनि अड्डा, अदालत वा प्रहरीको दायरामा नआउञ्जेल अनुसन्धानमा जटिलता हुन्छ,’ उनले भने, ‘प्रहरीकहाँ उजुरी आए, त्यसको प्रकृति हेरेर अनुसन्धान हुन्छ ।’

    मानवअधिकारकर्मी एवं अधिवक्ता मोहना अन्सारीको भनाइमा जबरजस्ती करणीको मुद्दामा एक वर्षभित्र उजुरी दिइसक्नुपर्ने हदम्याद छ । ‘तर यो बन्धक बनाएर करणी गरिएको घटना हो, यसमा कहिलेकाहीं प्रहरीले अनुसन्धान गर्दै जाँदा थप प्रमाण भेटिए बीचको बाटो पनि निस्किन सक्छ,’ उनले अनलाइनखबरसँग भनिन्, ‘यस्तो घटनामा हदम्याद हुनु हुँदैन भनेर विश्वभरि नै बहस भइरहेको विषय हो, यस्तो कुरामा पीडितको बयानलाई नै महत्वपूर्ण मानिनुपर्छ ।’

    यो गम्भीर घटना भएको भन्दै उनले मध्यमार्गी बाटो निकालेर प्रहरीले यसमा अनुसन्धान गर्नुपर्ने बताइन् ।

     २०७९ जेठ ५ गते १४:५७ बजे अनलाइनखबर डटकममा प्रकाशित

    अपराध नेपाल प्रहरी
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    लखनऊमा लुक्दै आएका गुड्डु कसरी आइपुगे काठमाडौं ?

    March 4, 2025

    भुटानी शरणार्थी प्रकरणमा हाई–प्रोफाइल कनेक्सनको ‘च्याप्टर क्लोज’

    August 15, 2024

    रामबहादुर बम्जन : धर्मको आडमा अनुयायीमाथि ज्यादती

    January 27, 2024
    Leave A Reply Cancel Reply

    काठमाडौंका सीडीओसँग बातचित
    https://youtu.be/PEfv2YGdOsM
    फरक क्षमता भएका विद्यार्थीबारे बिराट विशेष

    मेरो बारे

    गाैरव पोखरेल अनलाइनखबर डटकमका लागि सुरक्षा र सैनिक सम्बन्धी मामिलामा रिपोर्टिङ गर्छन् ।

    A young news reporter, writes on Crime, Security & Military/Defense.

    फेसबुकमा पछ्याउनुस्

    Type above and press Enter to search. Press Esc to cancel.