Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: गौरव पोखरेल
गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।
२६ मंसिर, मण्डनदेउपुर (काभ्रे) । मण्डनदेउपुर नगरपालिका–६, काभ्रेका विदुर ढकाल (५०) को मोबाइलमा गएको १३ मंसिरमा रुसबाट छोरा सिद्धार्थको अडियो म्यासेज आयो, ‘बुबा, म आजबाट उता वार (युद्ध) मा जाँदैछु, ८/१० दिन टावर हुँदैन । कुरा नहुन पनि सक्छ ।’ छोरा विदेश गएपछि किनेको एन्ड्रोइड फोन विदुरले राम्रोसँग चलाउन जान्दैनन् । ‘पल्लो घरका छोरीहरुलाई बोलाएर छोराले पठाएको म्यासेज सुनें’ उनी भन्छन्, ‘दुई तीन वटा अडियो रहेछ ।’ नजिकै रहेको स्कुलमा वाईफाई छ, उनी इन्टरनेट चलाउन त्यहीं जान्छन् । त्यही सुनेको अर्को अडियोमा सिद्धार्थले उनलाई आजभोलि सपना राम्रो नदेखेको बताउँदै आमालाई पूजा गर्न लगाउन भनेका छन् । ‘सपना पनि नराम्रो नराम्रो…
१६ कात्तिक, काठमाडौं । नेपाली सेनाको जंगीअड्डाले भावी प्रधानसेनापतिका रुपमा अघि सार्न खोजेका उपरथी ताराध्वज पाण्डेको ‘मार्क रजिस्टर’मै केरमेट गरेको फेला परेको छ । परीक्षा नियन्त्रण कार्यालयको ढड्डामै केरमेट गरेर पाण्डेको जन्ममिति झण्डै दुई वर्ष घटाएको फेला परेको हो । परीक्षा नियन्त्रण कार्यालय स्रोतबाट अनलाइनखबरले प्राप्त गरेको जन्ममितिको मार्क रजिस्टरमा सुरुमा उनको जन्ममिति १२ माघ २०२१ उल्लेख छ । तर, पछि त्यसलाई केरेर २३ मंसिर २०२३ बनाउँदै उमेर घटाइएको छ । उनको जन्ममिति सच्याइएको व्यहोरा मार्क रजिष्टरको माथिल्लो भागमा पनि उल्लेख छ । (हेर्नुस् तस्वीर) पाण्डेले तनहुँको चुँदीस्थित चन्द्रवती माध्यमिक विद्यालयबाट २०३८ सालमा प्रवेशिका परीक्षा दिएका थिए । प्रवेशिका परीक्षा…
भन्छन् – भाग्यमा यस्तै रैछ २९ भदौ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा २७ वैशाखमा पक्राउ पर्नु केही दिनअघि बालकृष्ण खाँणले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने खेलमा पूर्वगृहमन्त्री खाँणलाई मुछ्दै समाचार आएपछि भएको भेटको सुरुवात त समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भयो । अन्तर्यमा त खाँणलाई शरणार्थीबारे नै कुरा गर्नु थियो । खाँण निकटस्थहरुका अनुसार, यो भेटपछि उनी उत्साहित भएर फर्किएका थिए । रामबहादुर थापा ‘बादल’ नेतृत्वको गृह मन्त्रालयले १७ मंसिर २०७६ मा भुटानी शरणार्थी समस्या समाधानका लागि गठित कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रिपरिषद्मा पठाउने सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को निर्णय अनुसार तत्कालीन मुख्यसचिव…
२३ भदौ, काठमाडौं । नेपाल प्रहरीको ‘पुलिसिङ’ बुझाउने पुस्तक खासै लेखिएको भेटिँदैन । छिमेकी मुलुक भारतमा इण्डियन पुलिस सर्भिस (आईपीएस) का अफिसरहरुले सेवामै रहँदा थुप्रै पुस्तकहरु लेखेका छन् । त्यसमा आधारित भएर भिडियो स्ट्रीमिङ प्लेटफर्म नेटफ्लिक्समा पनि सिरिजहरु बनेका छन् । नेपालमा भने त्यो अभ्यास देखिँदैन । यद्यपि, हालै नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसीले लेखेको नेपालको पुलिसिङ शैली बुझाउने अनुसन्धानमूलक पुस्तक ‘इन्ह्यान्सिङ पुलिसिङ इन नेपाल : ए ह्यूमन सेक्यूरिटी–इन्फर्म्ड एप्रोच, कन्सेप्टस् एण्ड ईम्प्लिकेशसन’ सार्वजनिक भएको छ । पुस्तकमा द्वन्द्वपछिको अवस्थामा प्रहरीले अपनाएको पुलिसिङ शैली र त्यसका सबल, दुर्बल पक्षहरु केलाइएको छ । प्रहरीको पुलिसिङ शैलीबारे आमनागरिकको…
ललितानिवास प्रकरणमा सरकारी वकिलले किर्तेमा मात्रै मुद्दा दर्ता गरेसँगै आरोपीलाई एक महिना गैरकानूनी हिरासतमा राखेको प्रश्न प्रहरीले सामना गर्नुपर्ने परिस्थिति बनेको छ । जानकारहरुका अनुसार, यसमा म्याद थपका लागि अनुमति दिने न्यायाधीश र सरकारी वकिल पनि जिम्मेवार छन् । १० भदौ, काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेर प्रहरीले सुरु गरेका ललितानिवास जग्गा प्रकरणको अनुसन्धान ६२ दिनपछि सरकारी लिखत किर्तेको कसूरमा सीमित भएको छ । संगठित अपराध र सरकारी लिखत किर्तेको कसूरमा अनुसन्धान गरेर प्रहरीले बुझाएको रायसहित प्रतिवेदनलाई जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले किर्ते कसूरमा मात्र सीमित गराएको हो । कानूनतः कीर्तेको कसूरमा प्रहरीले अधिकतम २४ दिनभित्र अनुसन्धान…
उपत्यका अपराध अनुसन्धान कार्यालयले नयाँ जाहेरी लिएको सार्वजनिक भएपछि सत्तारुढ दल नेपाली कांग्रेसका सभापति देउवा सशंकित बनेको स्रोतको दाबी छ । त्यहीबीच अनुसन्धान अघि बढाउने मुख्य अधिकारीहरुलाई सरुवा गर्न सरकारसमक्ष दबाब दिएको स्रोतको भनाइ छ । ३१ साउन, काठमाडौं । सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाउने दुई वरिष्ठ प्रहरी अधिकृतको सरुवा गर्ने तयारी थालेको छ । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबाबपछि सरकारले प्रहरीका महत्वपूर्ण कार्यालयको नेतृत्व फेरबदल गर्ने तयारी गरेको हो । सरकारले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा.…
तीन मुलुक जोडिएको इतिहासकै सबैभन्दा ठूलो सुन बरामदी प्रकरणको अनुसन्धान हालसम्म संगठित अपराध अन्तर्गतको कसूरमा अघि बढेको छैन । सरकारले अहिलेसम्म यसलाई राजस्व चुहावट सम्बन्धी मामलाका रुपमा मात्रै हेरेको छ । नेपालको इतिहासमा सबैभन्दा ठूलो परिमाणको सुन राजश्व अनुसन्धान विभागले २ साउन २०८० मा सिनामंगलबाट बरामद गर्यो । कम्तीमा एक क्वीन्टल सुन बरामद गरेको विभागले १५ दिनसम्म गरेको अनुसन्धानले यसमा संगठित गिरोहको संलग्नता देखाउँछ । विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार, कम्तीमा १० दिनअघि आएको सूचनालाई पछ्याउँदै जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास गरेर बाहिरिएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरिएको थियो । विभागले पहिलो दिन भन्सारबाट सुनसहितको सामग्री बाहिर ल्याउने…
हालका प्रहरी प्रमुख धिरजप्रताप सिंह एक महिनापछि अवकाश पाउँदैछन्, त्यसपछि आउने नयाँ नेतृत्वका लागि बलियो दाबेदार मानिएका अशोक सिंहको प्रहरीबाट बहिर्गमन भएको छ । योसँगै भावी आईजीपी दौडको दृश्यमा बदलाव देखिएको छ । १६ फागुन, काठमाडौं । गृह मन्त्रालयले असार पहिलो साता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाको तयारी गरिरहँदा बसन्त कुँवरको ठूलो अपेक्षा थिएन । उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका बेला एसएसपी कुँवर आफूलाई भेट्न आउनहरुसँग शीर्ष तीनमध्ये जुनसुकै वरियता पाए पनि फरक नपर्ने बताउँथे । गृह मन्त्रालयले ८ असारमा पहिलो नम्बरमा बढुवा गर्दा कुँवर स्वयं आश्चर्यमा परे । हक्की अधिकृतको छवि बनाएका कुँवर…
१९ फागुन, काठमाडौं । नेपाली सेनाले दिएको अवकाश पत्रविरुद्ध सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर जंगीअड्डा पुगेका उपरथी प्रेम शाहीलाई ५९ दिन थुनेर बिहीबार साँझ छाड्यो । उनलाई दुई महिनासम्म किन थुनियो ? अनि सर्वोच्चले तत्काल काम गर्न दिनू भनेका शाहीलाई किन निष्कासन गरियो भन्ने जंगीअड्डाले स्पष्ट जवाफ दिएको छैन । सुरुमा आर्थिक अनुशासनको कसुरमा अनुसन्धान थालेको बताएको सेनाले पछि उनलाई सैनिक बिद्रोह, सैनिक अनुशासन उल्लंघन र सम्पत्ति हानी नोक्सानीको कसूरमा मुद्दा चलाएको छ । तर, सैनिक बिद्रोह जस्तो गम्भीर कसुर लगाएको सेनाले उनलाई निष्कासन गरेर कारबाही टुंग्याएको छ । ‘सैनिक बिद्रोह जन्मकैदसम्म कारबाही हुनसक्ने कसुर हो, बिद्रोह नै गरेको भए निष्कासन मात्रै पर्याप्त…
जंगीअड्डाको निर्णयविरुद्ध अन्तरिम आदेश लिएर आउने वित्तिकै ‘आर्थिक अनियमितता’को आरोपमा पक्राउ परेका उपरथी प्रेम शाहीलाई दुई महिना थुनामा राखेर सेनाले सैनिक विद्रोहको गम्भीर कसूरमा कारबाही अघि बढाएको छ । १८ फागुन, काठमाडौं । नेपाली सेनाविरुद्ध सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर हाजिर हुन जंगीअड्डा पुग्नेबित्तिकै पक्राउ परेका उपरथी प्रेम शाहीविरुद्ध आर्थिक अनुशासनको अभियोग पुष्टि हुन नसकेको देखिएको छ । आर्थिक अनियमितता सम्बन्धी कसूर पुष्टि हुन नसकेपछि सेनाले शाहीविरुद्ध सैनिक विद्रोह (म्यूटिनी) सम्बन्धी कसूरमा कारबाही प्रक्रिया अघि बढाएको भेटिएको हो । सैनिक उच्च स्रोतबाट अनलाइनखबरलाई प्राप्त कागजातमा शाहीलाई सैनिक विद्रोहको कसूरमा मुद्दा प्रक्रिया अघि बढाइएको उल्लेख छ । सेनामा सैनिक विद्रोह सबैभन्दा…