Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: गौरव पोखरेल
गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।
सम्भवतः नेपाली सेनाको इतिहासमै पहिलो र दुर्लभ घटना हुनुपर्छ, २० वैशाख २०६६ मा एकै दिन ‘दुई प्रधानसेनापति’ जंगीअड्डामा थिए । तत्कालीन प्रधानमन्त्री एवं नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारसँग टकरावका बीच सेना प्रमुख रुक्मांगद कटवाललाई बर्खास्त गरिएको पत्र थमाइएको थियो । कटवाललाई वर्खास्त गरेर प्रचण्ड सरकारले दोस्रो वरियताका बलाध्यक्ष रथी कुलबहादुर खड्कालाई सैनिक नेतृत्व सुम्पिएको थियो । सरकारी आदेश पालना नगरेर सेनापति कटवाल नागरिक नियन्त्रणबाट बाहिर जान खोजेको आरोप सत्तारुढ दलको थियो भने कटवालले पनि माओवादीले सत्ता कब्जा गर्न खोजेको आरोप लगाए । र, विपक्षी दलको समर्थन आफ्नो पक्षमा जुटाए । निमित्त सेनापतिको जिम्मेवारी पाएका खड्काले नियुक्तिको…
भारतीय सेनाध्यक्षलाई नेपालमा मानार्थ महारथीको सम्मान दिने नियमित परम्परा नै हो । सामान्य अवस्था भएको भए भारतीइ सेना प्रमुखको नेपाल भ्रमणले खासै चर्चा पाउने थिएन । तर, यसपटक भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणले अलि बढी नै चर्चा पायो । भारतीय पाहुना नरवणेले काठमाडौंमा तीन दिनसम्म रहँदा उच्च सुरक्षा चुनौतीका बीचमा रहनुपर्यो । यसको कारण थियो, नेपालका सम्बन्धमा नरवणेले पाँच महिनाअघि दिएको रुखो अभिव्यक्ति । सोही अभिव्यक्तिका कारण उनी नेपालीहरुमाझ तारो बनेका थिए । भ्रमणको अघिल्लो दिनसम्म नरवणेको नेपाल भ्रमण रोक्नसमेत माग हुँदै आएको थियो । नेपालले चीनको इशारामा लिपुलेकको मुद्दा उचाल्यो भन्ने नरवणेको अभिव्यक्तिले नेपालीहरुमाझ उनीविरुद्ध आक्रोश जन्मिएको…
भारतको रिसर्च एण्ड एनालाइसिस विङ (रअ), इन्टेलिजेन्स ब्युरो (आईबी) र पाकिस्तानी गुप्तचरी संस्था इन्टर सर्भिस इन्टेलिजेन्स (आईएसआई) दुबैसँग निकट रहेको दाबी गरिएका बाराका इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् । नेपाल प्रहरीको अपराध महाशाखा र काठमाडौं प्रहरीको मोस्ट वान्टेड एवं विशेष ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को समेत निगरानीको सूचीमा रहेका अन्सारी बाराबाट पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय, पर्साको टोलीले पक्राउ गरेको प्रदेश नं. २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले अनलाइनखबरलाई बताए । ‘पर्सा प्रहरीले उनलाई पक्राउ गरेको छ, थप अनुसन्धानका लागि अपराध महाशाखा, काठमाडौं पठाउँछौं’, उनले भनेका छन् । सिंहका अनुसार मोटरसाइकलमा हिँडिरहेका बेला अन्सारी पक्राउ…
यो वर्ष मनसुन सुरु भएको ३० दिनमा ८३ जनाको मृत्यु भएको छ । तीमध्ये दुईजनाको मात्रै बाढीका कारण मृत्यु भएको हो । बाँकीले पहिरोका कारण ज्यान गुमाएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार यसपटक मनसुनको पहिलो महिनामा भएको मानवीय क्षति दशककै सबैभन्दा उच्च हो । ‘गत वर्ष पहिलो महिनामा २० जनाले ज्यान गुमाउनु परेको थियो भने त्यसअघि २५, ११, २८ जनाको मृत्यु भएको तथ्यांक छन्’, सीईओ पोखरेलले अनलाइनखबरसँग भने, ‘त्यसैले पछिल्लो १० वर्षलाई हेर्दा यो वर्ष राम्रो संकेत देखिएन ।’ यो वर्षको मनसुन जेठ ३० बाट सुरु भएको थियो । मनसुन…
१२ असार, २०७७ कान्तिपुर पब्लिकेसन प्रा.लि.ले आफ्ना तीन प्रकाशन बन्द गर्ने घोषणा गरेको छ । कोरोना महामारीलाई कारण देखाउँदै पब्लिकेशनले नेपाल साप्ताहिक, साप्ताहिक र नारी बन्द गर्ने घोषणा गरेको हो । शुक्रबार आफ्ना सहकर्मीसँग कुरा गर्दै नेपाल म्यागजिनका सम्पादक वसन्त बस्नेतले पत्रिका बन्द भएको जानकारी दिएका छन् । केही दिनअघिबाट कान्तिपुले आफ्ना केही सह–प्रकाशन बन्द गर्न लागेको हल्ला चलेको थियो । यसबारे माइसंसार डटकमले पनि ब्लग लेखेको थियो । कान्तिपुरको यो निर्णयले एक सय जनाभन्दा बढी पत्रकार प्रभावित हुनेछन् । यद्यपि, कतिपयलाई कान्तिपुर दैनिकमा समायोजन गर्ने तयारी गरिएको छ । योसँगै कान्तिपुरका केही पुराना पत्रकारको भने जागिर खोसिन सक्ने भनिएको…
सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई छेऊमा राखेर प्रधानसेनापति थापाले छाङरुस्थित बोर्डर आउट पोष्ट (बीओपी) मा रहेका फौजलाई भने, ‘जुन सुरक्षा निकाय भए पनि हाम्रो उद्देश्य एउटै हो, दुवै निकायबीच सदैव सहकार्य रहन्छ । उच्च मनोबलका साथ सरकारले दिएको जिम्मेवारी पूरा गर्नुस् ।’
गौरव पोखरेल झापामा बिहीबार ८ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि जिल्लामा २७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको थियो । तीमध्ये दुई जना दमक नगरपालिका र बाह्रदशी गाउँपालिकाका थिए, जो निको भएर घर फर्किसकेका छन् । बाँकी ३३ जना संक्रमित झापाका कचनकवल गाउँपालिकाका हुन् । र, उनीहरु सबै भारतका विभिन्न जिल्लाबाट आएका मजदुर हुन् । गाउँपालिकाका अध्यक्ष अञ्जार आलम भन्छन्, ‘भारतमा काम रोकिएपछि खानै पाएन भन्दै गाडीमा कोचिएर सीमासम्म आइपुगेपछि हामी पनि व्यवहारिक समस्यामा पर्यौं ।’ सीमामा हरेक व्यक्ति नेपाल छिर्ने वित्तिकै जनप्रतिनिधि र प्रहरीले क्वारेन्टाइनमा राख्ने गरेका थिए । जसका कारण अहिले कचनकबलको समुदायमा त संक्रमण फैलिएको छैन…
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फेसबुकमा जथाभावी टिप्पणी गरेको अभियोगमा बिहीबार पत्रकार दीपक पाठक पक्राउ परे । रेडियो नेपालका बोर्ड सदस्यसमेत रहेका पाठकलाई प्रहरीको साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ । साइबर ब्युरोका एसएसपी नविन्द अर्याल पाठकविरुद्ध कारबाहीका लागि प्रेस काउन्सिलले समेत अनुरोध गरेको बताउँछन् । ‘सामाजिक सञ्जाल फेसबुकमा उहाँले पछिल्लो समय गर्नुभएको टिप्पणीलाई लिएर दुई जनाबाट उजुरी परेको थियो’, अर्यालले अनलाइनखबरसँग भने, ‘उहाँका अन्य स्टाटसहरु पनि खोजी गरिरहेका छौं ।’ पाठकले फेसबुकमा प्रचण्डले घरमा मासु पकाउँदै गरेको तस्वीर राखेर फेसबुकमा लेखेका छन्, ‘म जस्ता धेरैले समर्थन गरेका…
काठमाडौं । महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल आइतबार बुढानीलकण्ठ पुग्दा एउटा गाडी सडक छेउमा पार्किङ गरेको भेटियो । गाडीमा मान्छे थिएनन् । ‘छेउमा भएका प्रहरीसँग सोधपुछ गर्दा पाससहित आएको थाहा भयो’, एसएसपी ढकालले सुनाए, ‘त्यहाँ गाडी राखेर दुईजना हाइकिङका लागि जंगलतिर गएका रहेछन् ।’ जावलाखेलमा कार्यरत ट्राफिक प्रहरीले दैनिकजसो एउटा मोटरसाइकल पछाडि कार्टुन राखेर एक व्यक्ति हिँड्ने गरेको नोटिस गरेका थिए । ‘कार्टुनमा औषधि लेखिएको थियो तर सधैं एउटै कार्टुन जस्तो देखेपछि ड्युटीमा खटिएका जवानलाई शंका लागेछ’, एक अधिकृतले सुनाए, ‘उनीहरूले खोलेर हेर्दा कार्टुनभित्र कागज मात्र थियो ।’ ती व्यक्तिलाई तीनघण्टा सडकमै होल्ड गराएर छाडियो । महानगरीय प्रहरी…
काठमाडौं प्रहरी परिसर, टेकुका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले आइतबार फरक परिस्थितिको सामना गर्नुपर्यो । प्रहरीका निवर्तमान सर्वोच्च कमाण्डर सर्वेन्द्र खनालविरुद्ध अपहरण तथा शरीरबन्धकसम्बन्धी कसुरको किटानी जाहेरी उनको टेबुलमा आइपुगेको थियो । जाहेरी लिएर आउनेमा पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीदेखि बहालवाला सांसदहरूसमेत थिए । आइतबारबाटै काठमाडौं प्रहरीको नेतृत्व सम्हालेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीको अनुपस्थितिमा जाहेरी लिएर आउने जनता समाजवादी पार्टी (जसपा) का नेताहरूलाई समन्वय गर्ने जिम्मेवारी राठौरको काँधमा आइपरेको थियो । अपराध अनुसन्धानमा अब्बल मानिने प्रहरीका सीमित अधिकृतमध्येका एक राठौरका लागि यो परिस्थिति यसकारण पनि फरक थियो कि उनी पूर्वआईजीपी खनालका प्रियपात्र पनि हुन् र उनै खनालविरुद्ध कुनैदिन यसरी अपहरणसम्बन्धी कसुरको…