• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Features»कचनकवलका अध्यक्ष भन्छन् – व्यवहारिक समस्याले गाउँमा कोरोना फैलिने डर भो
    Features

    कचनकवलका अध्यक्ष भन्छन् – व्यवहारिक समस्याले गाउँमा कोरोना फैलिने डर भो

    गौरव पोखरेलBy गौरव पोखरेलMay 21, 2020Updated:June 25, 2020No Comments4 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    गौरव पोखरेल

    झापामा बिहीबार ८ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि जिल्लामा २७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको थियो । तीमध्ये दुई जना दमक नगरपालिका र बाह्रदशी गाउँपालिकाका थिए, जो निको भएर घर फर्किसकेका छन् ।

    बाँकी ३३ जना संक्रमित झापाका कचनकवल गाउँपालिकाका हुन् । र, उनीहरु सबै भारतका विभिन्न जिल्लाबाट आएका मजदुर हुन् । गाउँपालिकाका अध्यक्ष अञ्जार आलम भन्छन्, ‘भारतमा काम रोकिएपछि खानै पाएन भन्दै गाडीमा कोचिएर सीमासम्म आइपुगेपछि हामी पनि व्यवहारिक समस्यामा पर्यौं ।’

    सीमामा हरेक व्यक्ति नेपाल छिर्ने वित्तिकै जनप्रतिनिधि र प्रहरीले क्वारेन्टाइनमा राख्ने गरेका थिए । जसका कारण अहिले कचनकबलको समुदायमा त संक्रमण फैलिएको छैन तर, क्वारेन्टाइनमा पनि पूर्ण रुपमा सामाजिक दूरी कायम नहुँदा जोखिम बढ्दो छ ।

    ‘हामीले दूरी कायम गरेर सुत्ने गरी व्यवस्थापन गरेका छौं’, आलम भन्छन्, ‘तर, खाना खान जाने भने ब्रस गर्न जाने वेला सबै हुर्रिएर जान्छन् । सामाजिक दूरी व्यक्ति आफैंले पनि पालना गर्नुपर्ने हो, हामीले बाहिरबाट कति भन्नु ?’

    उनै अध्यक्ष आलमले झापाका कोरोना संक्रमितबारे गरिएको कुराकानी यहाँ प्रस्तत गरेको छुः-

    कचनकवल गाउँपालिकामा ४६ किलोमिटर खुला सीमा छ । कोरोनाको महामारीपछि चार सय मिटरको दूरीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली बसेको छ । सुरक्षाकर्मीको २४ सै घन्टा ड्यूटी हुने गरेको छ ।

    रोटेसनका आधारमा खटिएको टोलीलाई राति काम गर्न लाइटको पनि व्यवस्था गरेका छौं । हाम्रो गाउँपालिकाबाट मजदुरीका लागि भारतको विभिन्न ठाउँमा जाने चलन छ । कोही पञ्जाब गएर धान काट्छन्, कोही बम्बई र दिल्लीका रेष्टुरेन्टर अन्य मजदुरीका क्षेत्रमा काम गर्छन् ।

    भारतका मजदुरले कामबाट निकालिदिएपछि उनीहरु समस्यामा परेछन् । अधिकांश काम गर्ने ठाउँ बन्द छन् । त्यहाँ बसिरहँदा खानै समस्या हुने भएपछि जेजे भेटिन्छ, त्यसमा चढेर सीमासम्म आएछन् । कोही गाडीमा कोचिएर आएका छन् । कोही पैदलै हिँडेका छन् । कोही भारतले रेल सेवा सुरु गरेपछि चढेर आएका छन् ।

    क्वारेन्टाइनमा पनि उहाँहरु जति संयमित हुनुपर्ने हो, त्यति हुनु भएको छैन । हामीले सामाजिक दूरी कायम गरेर सुत्ने ठाउँ वेग्लावेग्लै बनाएका छौं । तर, दात माझ्ने, खाना खाने समयमा उहाँहरु एकैपटक हुर्रिएर जानु हुन्छ

    अञ्जार आलम, गाउँपालिका अध्यक्ष

    खासमा उहाँहरुलाई भारतले नै राख्नुपर्ने हो । तर, त्यहाँबाट सुरक्षाकर्मी आफैंले पनि पठाइदिँदा रहेछन् । त्यति गर्दा पनि हामीलाई जानकारी गराइदिए हुन्थ्यो । पारि किसनगञ्ज छिरेपछि मात्र हामीलाई एकैचोटी खबर गर्दा समस्या हुन्छ ।

    सीमामा आइसकेपछि मात्र आमाबुबाहरुले आत्तिँदै फोन गर्छन् । हामी त बारम्बार छोराछोरीलाई अब नबोलाउनुस् भनेर माइकिङ गर्छौं । जो जहाँ छौं, त्यही सुरक्षित बस्नुपर्छ भन्छौं । तर, उहाँहरुको भनाइ पनि छोराछोरी भोकै छ भन्ने हुन्छ । उहाँहरुको कुरा सुनेपछि हामीलाई पनि के गर्ने भन्ने हुन्छ । एकदमै व्यवहारिक समस्या देखिएको छ ।

    त्यसैले सीमामा आइपुगेको व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने गरी प्रवेश दिन थाल्यौं । सीमामा ज्वारो नाप्ने व्यवस्था गरेका थियौं । तर, अधिकांश संक्रमितलाई ज्वरो रहेनछ । फेरि सीमामा दैनिक ४० देखि ५० जना आउने भएकाले प्रहरीलाई पनि नजिक जान गाह्रो भयो । खटिने सबै प्रहरीलाई पनि जोखिम छ ।

    सीमामा १६० बढी सुरक्षकर्मी छन्, सबैलाई पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) दिन सकेका छैनौं । हामीले दुई ठाउँबाट मात्र छिर्न दिएकाले पनि संख्या धेरै छ । यद्यपि, हाल संख्या घट्दो क्रममा छ ।

    अहिलेसम्म हाम्रो गाउँपालिकामा २५ जना कोरोना संक्रमित भेटिएका छन् । भर्खरै ८ जना पनि थपिए । अब सीमामा थप कडाइ र सतर्कता अपनाउँछौं ।

    हाल लक्ष्मीप्रसाद देवकोटा माविमा ६५, महेन्द्ररत्न माविमा ९५, जानकी माविमा ४० जना र पथरिया माविमा २३ जना व्यक्ति क्वारेन्टाइनमा छन् । सुरुमा हामीले ३५ जना र दोस्रो पटक ६५ जनाको परीक्षण गराएका थियौं । सबैको रिपोर्ट अझै आइसकेको छैन ।

    पहिले दुबई, कतारबाट फर्किएकालाई पनि क्वारेन्टाइनमा राखेका थियौं । तर, उहाँहरुमा संक्रमण देखिएन । भारतबाट आउनेमा भने संक्रमण देखिएको छ । यसले गाउँमा पनि त्रास बढाएको छ । गाउँमा संक्रमण नफैलियोस् भनेर सचेत छौं । त्यसैले क्वारेन्टाइनमा उहाँलाई राखेका छौं ।

    यसको व्यवस्थापनका लागि वडाध्यक्षको नेतृत्वमा समिति पनि बनाएका छौं । तर, क्वारेन्टाइनमा पनि उहाँहरु जति संयमित हुनुपर्ने हो, त्यति हुनु भएको छैन । हामीले सामाजिक दूरी कायम गरेर सुत्ने ठाउँ वेग्लावेग्लै बनाएका छौं । तर, दात माझ्ने, खाना खाने समयमा उहाँहरु एकैपटक हुर्रिएर जानु हुन्छ । यसले समस्या सिर्जना गरेको छ । यद्यपि, व्यवस्थित गर्ने प्रयास गरिरहेका छौं ।

    हामीले बाहिरबाट माइकिङ गरिरहने भित्र उहाँहरुले पालना नगरिदिने हो भने यसको अर्थै रहँदैन । उहाँहरु आफैं पनि अब सचेत बन्नुपर्छ । अहिलेको जटिल परिस्थितिलाई हेरेर हामीले सबैलाई संक्रमितको नजरबाट हेरेका छौं र सोही अनुसार सतर्कता अपनाएका छौं ।

    कचनकबल गाउँपालिका झापा
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    गौशाला २६ – ‘श्रीमान् ! यो कस्तो न्याय ?’

    May 23, 2024

    रामबहादुर बम्जन : धर्मको आडमा अनुयायीमाथि ज्यादती

    January 27, 2024
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 202535 Views

    Book Review: नेपालका त डन होइनन्, फ्याउरा नै रहेछन्

    September 14, 202434 Views

    No Meeting, No Mention, No Hope: Bhutanese Refugees Disheartened by King’s Quiet Visit

    December 11, 202432 Views

    Type above and press Enter to search. Press Esc to cancel.