Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: गौरव पोखरेल
गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।
९ वैशाख, काठमाडौं । थानकोटस्थित त्रिभुवन पार्कको खुला कटेरो । माथिल्लो तलामा कालो म्याट बिछ्याइएको छ । तर, ओढ्ने लुगा छैन । पानी नछिरोस् भनेर एउटा त्रिपालले माथिल्लो भाग बार्ने प्रयास गरिएको छ, तर तीनै तिरको भाग ह्वाङ्गै छ । ‘राति पानी पसेर सुत्नै पाइएन । हावाले पनि हान्दो रहेछ । बडो समस्यामा परियो’, त्यही कटेरोमा रात बिताएका सल्यानका बेलबहादुर बुढाथोकीले दुःख बिसाए, ‘ओछ्याउने त भयो तर, ओढ्ने छैन । ज्याकेटले पनि नधान्ने रहेछ ।’ पैदल हिँडेर घरतर्फ जान लागेका उनीजस्तै एक सय ७६ जनालाई थानकोटमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘पैदल हिँडेर जान नदिनू । जहाँ छन्,…
काठमाडौं । नेपाली सेनाले २०७५ सालमा दुई हजार ९१६ क्याडेटका लागि दर्खास्त आह्वान गर्दा ७७३ जना मात्र छनौट परीक्षामा उत्तीर्ण भए । यो संख्या मागभन्दा ८० प्रतिशत कम हो । लेखा, मेडिकल, सिग्नल, चालक लगायतका लागि गरिएको दरखास्त आह्वानमा आवेदक संख्या पनि ११ हजार ९३१ मात्र थियो । त्यसअघि २०७४ सालमा सेनाले चार हजार ४५२ क्याडेटका लागि दरबन्दी खुलाउँदा ४९ हजार १६० जनाले दर्खास्त दिएका थिए । त्यो बेला पनि उत्तीर्ण संख्या भने चार हजार ४५२ मात्र थियो । त्यस्तै, २०७५ सालमा ४३ जना पदिक क्याडेटका लागि सेनाले गरेको विज्ञापनमा मागभन्दा कम दर्खास्त परेको थियो । जंगी अड्डा स्रोतका अनुसार,…
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न स्वास्थ्यकर्मीसँगै सुरक्षाकर्मी फ्रन्टलाइनमा खटिएका छन् । सरकारले घोषणा गरेको लकडाउन कार्यान्वयमा नेपाल प्रहरीका अधिकृतहरु अग्रपङ्तिमा छन् । तर, प्रहरी प्रधान कार्यालय, नक्सालले ‘कोरोना उपचार राहत कोष’मा रकम जम्मा गर्न भन्दै अधिकृतहरुलाई तलबको रकम कटौती गरेपछि चौतर्फी आलोचना भइरहेको छ । यो पनि पढ्नुहोस् कट्टा हुने भयो प्रहरीको तलब प्रहरी प्रवक्ता उमेशराज जोशी भने विषम परिस्थितिमा प्रहरी संगठनले सरकारलाई स्वतः स्फूर्त सहयोग गर्न खोजेको बताउँछन् । ‘अप्ठ्यारोमा हामीले पनि केही योगदान गर्न खाजेका हौँ’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जोशीले भने, ‘सर्वसाधारणले हामीप्रति देखाउनु भएको माया, सद्भाव प्रशंसनीय छ ।’ प्रहरीका अवकाश प्राप्त अधिकृतहरुको…
काठमाडौं । भनिन्छ, राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन् । मंगलबार दिउँसो सशस्त्र प्रहरी बलको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा एउटा यस्तै रोचक दृश्य देखियो । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको कार्यक्रम आरम्भ भएलगत्तै दिवंगत सशस्त्र प्रहरीका कर्मचारीमाथि माल्यार्पण गर्ने कार्यक्रम थियो । ओलीसहित अन्य अतिथिहरुले क्रमशः शालिकमा माल्यार्पण र सलाम गर्दै गए । त्यहाँ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि उपस्थित थिए । जब गृहमन्त्री बादलले स्व. सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठको शालिक छेउमा गएर भावुक हुँदै सलाम गरे, तब केही अतिथिले मुखामुख गरेको देखिन्थ्यो । श्रेष्ठ तिनै सुरक्षा अधिकारी हुन्, जो तत्कालीन विद्रोही माओवादीको गोलीबाट मारिएका…
काठमाडौं । नेपाल एयरलाइन्सको चार्टर्ड विमानमा स्वास्थ्य सामग्री लिनका लागि शनिबार चीनको ग्वान्झाओतर्फ उड्यो । प्रारम्भमा विमानले २२ टन स्वास्थ्य सामग्री ल्याउने भनिए पनि फर्किँदा ७.५ टन सामान मात्र आयो । जसमा मंगलबार दिउँसो पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवालसहित चौधरी ग्रुप, नर्भिक अस्पताल र अन्य मेडिकल सप्लायर्सका सामग्री थिए । यद्यपि, अधिकांश सामग्री शंकर ग्रुपकै थियो । ती सामग्री आउने बित्तिकै कालोबजारी गरेर बिक्री हुनसक्ने आशंका सुरक्षासम्बद्ध अधिकृतहरुले गरेका थिए । जसअनुसार प्रहरीका विभिन्न इकाइ चनाखो बनेका थिए । यहीबीच आइतबार महानगरीय अपराध अनुसन्धान महाशाखाले शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई नयाँ नम्बरबाट सम्पर्क गरेर ‘थर्मल गन’ खरिदका लागि…
कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने राज्यको अंग प्रहरी आफैं विवादमा तानिएको छ । प्रश्न के उठेको छ भने प्रहरीले अहिलेसम्म के गर्यो ? ‘मानसिक सन्तुलन’ गुमाएका व्यक्ति दिलिपसिंह विष्टलाई मुख्य अभियुक्त बनाएर पर्दा पछाडिका ‘भीआईपी हत्यारा’ लाई जोगाउने चक्करमा अनुुसन्धान घुमेको स्थानीयको दाबी थियो । जसलाई बल पुर्याउने गरी डीएनए रिपोर्ट पनि आइसकेको छ । र, विष्ट साधारण तारेखमा छुटिसकेका छन् । विष्टको डीएनए बलात्कृत बालिका पन्तको ‘भेजिनल स्वाव’ बाट निकालिएको शुक्रकीटसँग मेल नखाएपछि उनलाई छाडिएको बताइएको छ । प्रकरणको अनुसन्धानको लागि संगठित अपराध अनुसन्धानको लागि मुलुककै मुख्य निकाय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)…
४ माघ, काठमाडौं । जघन्य प्रकृतिका अपराध अनुसन्धानको सुरुवातमा ‘क्राइम सिन फोटोग्राफर’ खटिन्छन् । घटनास्थललाई टेपले घेरा हालेपछि उनीहरु अनेक कोणबाट तस्वीर/भिडियो खिचेर घटनास्थललाई वर्षौंसम्मका लागि सुरक्षित पार्छन् । विश्वभरका देशका सुरक्षा अंगले अपराध भएको ठाउँको फोटो खिच्न अलग जनशक्ति तयार गरेका हुन्छन् । हाल नेपालमा सिन अफ क्राइम अफिसर (सोको) ले त्यस्तो तस्वीर खिच्ने गरेका छन् । नेपाल प्रहरीको इतिहासमा एक जना यस्ता अधिकृत पनि थिए, जसले जागिरे जीवनभर ‘क्राइम सिन फोटोग्राफी’ मात्रै गरे । उनी हुन्– पूर्वएसपी शेरबहादुर कार्की । उनलाई संगठनले क्राइम सिन फोटोग्राफरकै रुपमा प्रशिक्षित गराएको थियो । २०३० सालमा प्रहरी सहायक निरीक्षक (असई) बाट सेवामा…
१९ माघ, काठमाडौं । फौजी संगठनमा प्रवेश गर्ने हरेकको इच्छा हुन्छ, बढुवासँगै राम्रो ठाउँमा पोष्टिङ होस् । तर, स्याङ्जाका जयविष्णु नेपाली भने नेपाल प्रहरीको एउटै युनिटमा १७ वर्ष बिताउने अपवाद अफिसर बने । २०३५ सालमा प्रहरी सहायक निरीक्षक (असई) बाट सेवामा प्रवेश गरेका उनले एसपी भएर ०६६ सालमा अवकास लिए । तर, अवकास पाउनुपूर्वका १७ वर्ष प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत् उनी सिन अफ क्राइम (सोको) अफिसर उत्पादनमा जुटिरहे । उनको बेला बखत दरबन्दी नफेरिएको पनि होइन तर, हरेक पटक काजमा प्रतिष्ठानमै ल्याइए । त्यसको खास कारण थियो, जयविष्णु ‘सिन अफ क्राइम’ अफिसरको तालिम लिने नेपाल प्रहरीका पहिलो दुई अधिकृतमध्ये एक…
२७ माघ, काठमाडौं । हरेक साताझैं सोमबार बिहान पनि पूर्वसचिव अर्जुन कार्की पशुपति दर्शनका लागि निस्किएका थिए । सानेपा हाइटमा रहेको निजी निवासबाट प्रदेश–३–०१–०२२ च ०७०९ नम्बरको कारमा ७ बजेतिर निस्किएका कार्की चार घन्टापछि घर फर्किए । तर, घरमा प्रवेश गर्नेवित्तिकै देखेको दृश्यले उनलाई अहिलेसम्म अचेतजस्तै बनाइदिएको छ । जब ११:२० मा कार्की घरभित्र छिरेर भर्याङ्ग छेउमा पुगे, घरेलु कामदार २२ वर्षीय विजय चौधरीलाई भुइँमा लडिरहेको अवस्थामा देखे । भर्याङमा चुँडिएको नाइनलको आधा डोरी तुन्दुङ्ग झुण्डिरहेको थियो । बाह्र वर्षको छँदै आफ्नो साथमा राखिएका दाङ घर भएका चौधरीको शव देखेको केहीबेरमै कार्कीको नजर भुइँमा यत्रतत्र छरिएको रगतको टाटामा पर्यो ।…
१३ चैत, काठमाडौं । कारोना (कोभिड–१९) भाइरसको संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनको पहिलो दिन मंगलबार सडकमा छिटफुट रुपमा मानिसहरु देखिए । त्यसको विपक्षमा लकडाउन उल्लंघन गरेका व्यक्तिलाई भारतमा प्रहरीले पिटेको भिडियो र तस्वीर सामाजिक सञ्जालमा व्यापक रुपमा शेयर भयो । नेपाल प्रहरी भने सकेसम्म बल प्रयोग नगर्ने मनस्थितिमा थियो । सम्झाई बुझाई गर्दा पनि अटेर गर्नेलाई केही घन्टा नियन्त्रणमा लिएर प्रहरीले छाडिरहेको थियो । विनाअनुमति गुडेका सवारी साधन पनि साँझ छाडिँदै थिए । तर, खुकुलो नीतिपछि लकडाउनको ‘आंशिक अवज्ञा’ गर्ने क्रम बुधबार बढ्यो । त्यसैले बिहानैबाट प्रहरी केही आक्रामक बन्न थाल्यो । उपत्यकाबाट एकाबिहानै ३०२ सवारीसाधन नियन्त्रणमा परे । विभिन्न जिल्लामा…