• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Miscellaneous»कान्तिपुर प्रकाशनको ‘नेपाल’ म्यागजिन, ‘साप्ताहिक’ र ‘नारी’ बन्द
    Miscellaneous

    कान्तिपुर प्रकाशनको ‘नेपाल’ म्यागजिन, ‘साप्ताहिक’ र ‘नारी’ बन्द

    गौरव पोखरेलBy गौरव पोखरेलJune 26, 2020Updated:July 21, 2020No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    पत्रिका बन्द गर्ने प्रकाशनको निर्णयबारे जानकारी गराउँदै नेपाल म्यागजिनका सम्पादक बस्नेत । तस्वीरः रविराज बरालको ट्वीटर
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    १२ असार, २०७७

    कान्तिपुर पब्लिकेसन प्रा.लि.ले आफ्ना तीन प्रकाशन बन्द गर्ने घोषणा गरेको छ ।

    कोरोना महामारीलाई कारण देखाउँदै पब्लिकेशनले नेपाल साप्ताहिक, साप्ताहिक र नारी बन्द गर्ने घोषणा गरेको हो ।

    शुक्रबार आफ्ना सहकर्मीसँग कुरा गर्दै नेपाल म्यागजिनका सम्पादक वसन्त बस्नेतले पत्रिका बन्द भएको जानकारी दिएका छन् । केही दिनअघिबाट कान्तिपुले आफ्ना केही सह–प्रकाशन बन्द गर्न लागेको हल्ला चलेको थियो । यसबारे माइसंसार डटकमले पनि ब्लग लेखेको थियो ।

    कान्तिपुरको यो निर्णयले एक सय जनाभन्दा बढी पत्रकार प्रभावित हुनेछन् । यद्यपि, कतिपयलाई कान्तिपुर दैनिकमा समायोजन गर्ने तयारी गरिएको छ । योसँगै कान्तिपुरका केही पुराना पत्रकारको भने जागिर खोसिन सक्ने भनिएको छ ।

    पछिल्लो समय यी तिनै प्रकाशन अनलाइनमा मात्र सीमित थिए ।

    इतिहास

    सन् १९९५ को मे महिनाबाट सुरु भएको साप्ताहिक युवा पुस्ता माझ लोकप्रिय पत्रिका हो । मनोरञ्जन क्षेत्रका गतिविधिलाई प्राथमिकता दिएर गैरराजनीतिक विषयलाई यो पत्रिकाले प्रस्तुत गर्दै आएको थियो ।

    नेपालमा युवा लक्षित साप्ताहिक पत्रिका यो नै पहिलो भएको पब्लिकेसनको दाबी थियो । यो पत्रिका कान्तिपुर र काठमाडौं पोष्ट जस्तै काठमाडौं, भरतपुर र बिराटनगरबाट प्रकाशन हुँदै आएको थियो ।

    यसका २० लाख पाठक भएको कान्तिपुरको दाबी थियो ।

    नेपाल म्यागजिन सन् २००० बाट प्रकाशनमा आएको थियो । प्रारम्भमा हरेक पाक्षिकमा प्रकाशन हुने यो पत्रिकापछि साप्ताहिक रुपमा प्रकाशन गर्न थालिएको थियो ।

    गहन खोज, अनुसन्धान र विश्लेषणात्मक रिपोर्टताजका लागि नेपाल साप्ताहिक लोकप्रिय थियो । यसलाई नेपालको सबैभन्दा बढी विक्री हुने म्यागजिन मानिन्थ्यो ।

    कान्तिपुर पब्लिकेसनले सन् २००२ मा सर्वोत्तम नामक मासिक पत्रिका निकाल्थ्यो, जसमा विश्वभरिका मनोरञ्जनात्मक गतविविधि समेटिन्थे । पछि नेपाली महिलाको आवाजलाई पनि प्राथमिकता दिने नीति अनुरुप कान्तिपुर प्रकाशनले दुई वर्षपछि सर्वोत्तम नारी मासिक चलाउन थालेको थियो ।

    नारी शसक्तिकरण, अधिकार, सुन्दरता, खाना, स्वास्थ्य र फेसन लगायतका विषय समेट्ने यो पत्रिका नेपाली महिला माझ लोकप्रिय थियो । यसमा महिला लेखकलाई प्राथमिकता दिइन्थ्यो ।

    यो पत्रिका भारतको दार्जिलिङ र मिरिकमा पनि लोकप्रिय थियो ।

    कान्तिपुर पब्लिकेसन नेपाल मिडिया
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    सौन्दर्य प्रतियोगिताका नाममा यसरी हुन्छ यौन हिंसा

    May 19, 2022

    मेचीपारिको गाउँ : नेताले भोट देखे, दुःख देखेनन्

    April 21, 2022

    आइसोलेसनमा देउवा सरकार !

    January 27, 2022
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Politics Behind The Bar

    August 17, 202270 Views

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 202562 Views

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 202543 Views

    Type above and press Enter to search. Press Esc to cancel.