Author: गौरव पोखरेल

गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

मोरङको पहाडी गाउँ मिक्लाजुङमा मंगलबार बिहान विप्लव समूहले एक निहत्था शिक्षकको घाँटी रेटेर हत्या गर्‍यो । विगतमा शिक्षक मुक्तिनाथ अधिकारीकै झल्को आउनेगरी गरिएको यो हत्याको जिम्मेवारीसमेत विप्लव समूहले लिएको छ । यो घटनासँगै अब विप्लव समूह ‘व्यक्तिहत्याको राजनीति’तर्फ लागेको संकेत देखिएको सुरक्षा निकायको विश्लेषण छ । नख्खुमा भएको एनसेल बम प्रकरण र वर्षको सुरुवातमा भएका श्रृंखलावद्ध ‘आत्मघाती’ विष्फोटमा चारजना सैन्य कार्यकर्ता मारिएपछि नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह रक्षात्मक स्थितिमा पुगेको थियो । त्यसयता भ्रष्टाचार र विभिन्न प्रकरणमा आलोचित व्यक्ति र संस्थालाई ‘कारबाही’ गरेको देखाएर उपस्थिति जनाउने रणनीति प्रतिवन्धित विप्लव समूहले लिँदै आएको थियो । तर, मिक्लाजुङको घटनाले अब उसको निशानामा सर्वसाधारण नागरिकहरुसमेत पर्न थालेको…

Read More

मोतिलाल बोहोरा प्रकरणपछि प्रहरीमा राजनीति घुसेको हो । यो घटनालाई प्रहरी संगठनभित्र भएको ‘राजनीतिक कु’ का रुपमा व्याख्या गरिन्छ

Read More
APF

भारतसँग सीमा विवाद चर्किएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २९ वैशाखमा दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको स्थायी बोर्डर आउट पोष्ट (बीओपी) राख्ने तयारी गरिएको घोषणा गरे । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै ज्ञवालीले सीमा विवाद रहेको ठाउँमा सरकारको उपस्थिति गराउन नसकेको स्वीकार्दै सशस्त्र प्रहरीको बटालियन नै राख्ने योजना रहेको उल्लेख गरेका थिए । त्यसका लागि हेलिकप्टरबाट फौज लैजाने तयारी गरिएको उनले खुलाएका थिए । त्यसको दुई दिनपछि सरकारले तामझामका साथ छाङरुमा सशस्त्र प्रहरीको बीओपी स्थापना गर्‍यो । नेपाली सेनाको एमआई–१७ हेलिकप्टरद्वारा प्रहरी निरीक्षक लिलिबहादुर चन्दको नेतृत्वको फौज छाङरुमा तैनाथ गरियो । सरकारको यो निर्णयले आम नागरिकबाट वाहवाही पायो । तर, दुर्गम र कठिन भौगोलिक…

Read More

Gaurav Pokharel/KATHMANDU Indian Army Chief Manoj Mukund Naravane is scheduled to visit Nepal in November at a time when the relation between the two countries has been strained for a year due to the border dispute. The official is coming to Nepal to receive the honorary title of the Chief of Army Staff of the Nepal Army as per the decades-old tradition, existing between the two countries, of awarding the honorary title to army chiefs of each other. The relationship between Nepal and India has deteriorated for some months due to the dispute about the ownership of the Kalapani-Limpiyadhura region. So, Naravane’s…

Read More

सीमा विवादका कारण दुई देशको सम्बन्धमा एक वर्षदेखि चिसोपन आइरहेको समयमा भारतीय सेना प्रमुख मनोज मुकुन्द नरभाने कात्तिक महिनामा नेपाल भ्रमणमा आउने तय भएको छ । भारतीय सेना प्रमुख नेपाली सेनाको मानार्थ महारथीको उपाधि लिनका लागि नेपाल आउने लागेका हुन्, जुन एउटा नियमित भ्रमण नै हो । सेना प्रमुखको पदभार सम्हाले लगत्तै एक अर्काको मुलुकको भ्रमण गरेर मानार्थ महारथीको उपाधि दिने सन् १९५० देखिकै पुरानो प्रचलनको निरन्तरता हो । तर दुई देशबीचको सम्बन्ध विग्रिएका वेला भने यो सम्मान दिइएको छैन । अहिले सीमा सम्बन्धी वार्ता सुरु हुन नसकिरहेको वेला नरभानेको भ्रमण हुन लागेकाले यसलाई ‘अर्थपूर्ण’ रूपमा हेरिएको छ । गत वर्ष नोभेम्बरमा…

Read More

नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रमुख कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने मनिषमान श्रेष्ठमाथि प्रहरीले शुक्रबार माइतीघरमा लाठी बजार्‍यो । लाठी प्रहारबाट उनको टाउकोमा गम्भीर चोट लाग्यो । रगताम्ये देखिएको श्रेष्ठको तस्वीर क्षणभरमै सामाजिक सञ्जालमा भाइरल बन्यो । काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले भुइँमा बजारिँदा उनी घाइते भएको सञ्चारकर्मीलाई प्रतिक्रिया दिए । तर, राठौरको भनाइ त्यतिबेला गलत साबित भयो, जब युट्युबमा श्रेष्ठलाई प्रहरीले लाठी हालेलगत्तै टाउकोबाट रगत बगेको देखिने भिडियो सार्वजनिक भयो । निहत्था नागरिकमाथि प्रहरी निर्ममता त्यतिमा मात्र सीमित भएन । श्रेष्ठलाई उपचारका लागि ट्रमा सेन्टरमा पुर्‍याइएपछि अर्की एकजना महिला समर्थकमाथि पनि दुर्व्यवहार भयो । महिलाले अस्पतालमा हो–हल्ला…

Read More

सागर बुढाथोकी/गौरव पोखरेल २०७७ असोज २२ गते २०:३० मा प्रकाशित कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी येट्खा, काठमाडौंकी ५६ वर्षीया महिलालाई बुधबार दिउँसो अचानक गाह्रो भयो । ‘पल्स रेट लो’ हुनुका साथै सास फेर्न गाह्रो भएपछि परिवारका सदस्यले अस्पताल लैजान खोजे । सुरुमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फोन गरे । तर वेड छैन भन्ने जवाफ आयो । त्यसपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, ललितपुरको पाटन अस्पतालमा पनि वेड भेटिएन । एकपछि अर्को सरकारी अस्पतालमा वेड नभेटिएपछि निजी अस्पतालमा प्रयास गरे । परिवारका सदस्यले किस्ट, मेगा, स्टार, ह्याम्सलगायतका अस्पतालमा फोन लगाए । चिनेजानेका आफन्तमार्फत पनि सोधीखोजी…

Read More

महामारी नियन्त्रणका लागि सरकारले ११ चैतमा लकडाउन घोषणा गरेपछि नेपाल–भारत सीमा क्षेत्रमा सयौं नेपाली अलपत्र परे । लुकिछिपी अधिकांश नागरिक स्वदेश भित्रिएपछि कोरोना गाउँ–गाउँसम्म पुग्यो । गाउँमा संक्रमण देखिन थालेपछि बल्ल सरकारले १२ जेठमा २० वटा सीमा नाकाबाट नेपाल प्रवेश गर्न दिने निर्णय गर्‍यो । त्यतिञ्जेल सीमामै रहँदा थुप्रै नेपाली संक्रमित भइसकेका थिए, घर फर्किएपछि क्वारेन्टिनको समेत राम्रो व्यवस्थापन नहुँदा संक्रमणले थप फैलिने मौका पायो । त्यतिञ्जेल काठमाडौं उपत्यकामा संक्रमितको संख्या नगन्य थियो । तर, जब ६ साउनमा सरकारले १२० दिन लामो लकडाउन अन्त्य भएको घोषणा गर्‍यो, त्यसयता काठमाडौं, भक्तपुर र ललितपुरमा संक्रमितको संख्या ह्वात्तै बढेको छ । शुक्रबार उपत्यकामा…

Read More

कार्यकालको सुरुवातमा चलाएको संगठन शुद्धिकरण अभियानका कारण प्रधानसेनापनि पूर्णचन्द्र थापाले संगठनभित्र र बाहिरबाट वाहवाही पाए । तर, कार्यकालको उत्तरार्द्धतिर आइपुग्दा नेपाली सेना आलोचनाको शिखरमा मात्र पुगेको छैन, रक्षामन्त्री ईश्वर पोखरेलसँग पनि तिक्तता बढेको छ ।

Read More

नेपालमा कोरोना भाइरस संक्रमणको सुरुवाती चरणमा नेपाल एम्बुलेन्स सेवा १०२ का हस्त कठायत रातोपुलस्थित घर जाँदा छिमेकीको भागभाग हुन्थ्यो । स्वास्थ्य प्राविधिक कठायतसहित एम्बुलेन्समा कार्यरत ५२ कर्मचारीलाई थाहा थियो, कोरोना प्रत्यक्ष सम्पर्कमा नगइ सर्दैन । तर छरछिमेकलाई यो रोग हावाबाट सर्दैन भनेर सम्झाउन सकेका थिएनन् । चार महिनापछि अवस्था केही फेरिएको छ । मानिसहरुमा कोरोना त्रास कम भएको छ, तर संक्रमण बढ्दो छ । कठायत हत्तपत्त घर जानै पाउँदैनन् । गइहाले पनि छरछिमेकबाट पहिले झैँ छिःछिः दुरदुर हुँदैन । पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई), फेस शिल्ड, शु–कभर लगायतका व्यक्तिगत सुरक्षा सामाग्री प्रयोग गरेर कठायतहरुले कोभिड–१९ का विरामी ओसारिरहेका छन् भन्ने सबैलाई…

Read More