• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Nepal Army»नरवणेको नेपाल भ्रमणमा सेनाको उत्कृष्ट व्यवस्थापन
    Nepal Army

    नरवणेको नेपाल भ्रमणमा सेनाको उत्कृष्ट व्यवस्थापन

    गौरव पोखरेलBy गौरव पोखरेलAugust 19, 2020Updated:June 15, 2021No Comments6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    नेपालको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कन लागेका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा । तस्वीरः नारायण न्यौपाने, रासस
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    भारतीय सेनाध्यक्षलाई नेपालमा मानार्थ महारथीको सम्मान दिने नियमित परम्परा नै हो । सामान्य अवस्था भएको भए भारतीइ सेना प्रमुखको नेपाल भ्रमणले खासै चर्चा पाउने थिएन । तर, यसपटक भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणले अलि बढी नै चर्चा पायो ।

    भारतीय पाहुना नरवणेले काठमाडौंमा तीन दिनसम्म रहँदा उच्च सुरक्षा चुनौतीका बीचमा रहनुपर्‍यो । यसको कारण थियो, नेपालका सम्बन्धमा नरवणेले पाँच महिनाअघि दिएको रुखो अभिव्यक्ति । सोही अभिव्यक्तिका कारण उनी नेपालीहरुमाझ तारो बनेका थिए ।

    भ्रमणको अघिल्लो दिनसम्म नरवणेको नेपाल भ्रमण रोक्नसमेत माग हुँदै आएको थियो । नेपालले चीनको इशारामा लिपुलेकको मुद्दा उचाल्यो भन्ने नरवणेको अभिव्यक्तिले नेपालीहरुमाझ उनीविरुद्ध आक्रोश जन्मिएको थियो ।

    नेपालविरुद्ध बोलेको केहीसमयपछि देहरादूनमा आयोजित अर्को कार्यक्रममा नेपाल र नेपालीको चित्त दुखाउने मनसाय नभएको बताउँदै नरवणेले आफ्नो भनाइ सच्याएका थिए । त्यसपछि बल्ल उनलाई नेपाल भ्रमणमा बोलाइएको सरकारी स्रोतको दाबी छ ।

    पूर्ववतः टिप्पणी सच्याए पनि नरवणे उच्च सुरक्षा थ्रेटमा रहेको विश्लेषण नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले गरेका थिए । तर, तीन दिनको अवधिमा नरवणेलाई लक्षित गरेर कुनै गतिविधि भएनन् । विगतका भीआईपीहरुको भ्रमणमा जस्तो धेरै व्यक्तिलाई धरपकड पनि गर्नुपरेन । नरवणेको भ्रमणताका केही सीमित व्यक्तिलाई मात्र प्रहरीले गिरफ्तार गर्‍यो ।

    यो सुरक्षा व्यवस्थापन कसरी सम्भव भयो त ? यसपटक सुरक्षा निकायले नरवणेको सुरक्षा व्यवस्थापनमा नयाँ शैली प्रयोग गरेको दाबी गरेको छ ।विरोध गर्न पाउने नागरिकको अधिकार भए पनि सेनाले भ्रमणको संवेदनशीलतालाई बुझेर संयमित भइदिन आग्रह गरेको थियो । सेनाको आग्रहमा प्रहरीले ज्ञानेन्द्र शाहीलाई समेत उनको गतिविधिबारे चासो राखेको थियो ।

    सोसियल मिडियामा निगरानीदेखि संवादसम्म

    स्रोतका अनुसार नरवणेको भ्रमणको टुंगो लागेपछि पनि जंगीअड्डाले कार्यतालिका सार्वजनिक गरेन । बरु भ्रमणको तयारी थालिएको बताउँदै आम सर्वसाधारणको मनस्थिति बुझ्ने प्रयास गर्‍यो ।

    योबीचमा नरवणेले गल्ती सच्याएको विषय सार्वजनिक गरिए भने लामो संवादहीनतापछि हुन लागेको उच्चस्तरीय भ्रमणको महत्व देखाउने खाल्का विषय बाहिर ल्याइए ।

    नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग रहेको ‘संयुक्त अपरेशन सेल’ पनि स्थापना गरियो । जसले सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाको आधारमा नरवणे भ्रमणको विरोध गर्न सक्ने ३० व्यक्ति र संस्थालाई पहिचान गर्‍यो ।

    त्यसका आधारमा नेपाली सेनाको उपत्यका पृतना र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको अग्रसरतामा सबैजनाको निगरानी राख्न थालियो । जंगीअड्डाका एक सैन्य अधिकारीका अनुसार पहिलो चरणमा विरोध गर्न सक्ने केही व्यक्तिलाई टेलिफोन सम्पर्क गरेर भ्रमणको महत्वबारे प्रष्टाइयो ।

    स्रोतका अनुसार जंगीअड्डाले केही नायिकालाईसमेत फोन गरेको थियो भने आफूलाई सामाजिक अभियन्ता बताएर सामाजिक सञ्जाल युट्युवमा सक्रिय केही व्यक्तिलाई पनि छुट्टै किसिमले समन्वय गरिएको अधिकृतहरु बताउँछन् । जंगीअड्डाले केही विश्लेषकलाई समेत फोन गरेर नरवणेको भ्रमणले दिल्लीलाई बुझ्न सहयोग पुर्‍याउने बताउँदै सहयोग गरिदिन आग्रह गरेको थियो ।

    युट्युवमा उग्र अन्तरवार्ता दिएका पुण्य गौतमलाई समेत सुरक्षा निकायका अधिकारीले फोन गरेर सहयोग गरिदिन आग्रह गरेको थियो । तर, उनले कालो झण्डा देखाउने टिप्पणी गरेपछि प्रहरीका एक वरिष्ठ अधिकारीले उनलाई पुनः सम्पर्क गरेर पक्राउ गर्ने चेतावनी दिएका थिए ।

    उनले नरवणे भ्रमणको तीन दिन आफू काठमाडौंमा देखा नपर्ने प्रतिवद्धता जनाए पनि लगत्तै युट्युबमा अन्तरवार्ता दिन थाले । त्यसपछि उनलाई पक्राउ गरेर अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद थपेर अनुसन्धान थालिएको थियो ।

    ग्रेटर नेपाल अभियानका फणीन्द्र नेपाल लगायतलाई पनि प्रहरीले निगरानीमा राखेको थियो । विरोध गर्न पाउने नागरिकको अधिकार भए पनि सेनाले भ्रमणको संवेदनशीलतालाई बुझेर संयमित भइदिन आग्रह गरेको थियो । सेनाको आग्रहमा प्रहरीले ज्ञानेन्द्र शाहीलाई समेत उनको गतिविधिबारे चासो राखेको थियो । जवाफमा शाहीले ललितपुरमा केही गतिविधि नगरे पनि अन्यत्र गर्न सक्ने बताएका थिए । त्यसपछि एक वरिष्ठ प्रहरी अधिकारीले शाहीलाई सम्झाएका थिए ।

    यति हुँदाहुँदै पनि शान्तिपूर्ण रुपमा छुट्टै ठाउँमा विरोध जनाए केही नगर्ने नीति सुरक्षाकर्मीको थियो । तर, सम्भावित व्यक्तिलाई पहिल्यै निगरानीमा राखेर काउन्सिलिङ गरिसकेकाले भारतीय सेनाध्यक्ष नरवणेले कुनै असहज परिस्थितिको सामना गर्नु नपरेको सुरक्षा अधिकारीहरु बताउँछन् ।

    भौतिक सुरक्षाका हिसाबले पनि सेनाले यसपटक फरक प्रयोग गर्‍यो । सेनाध्यक्ष नरवणेले यात्रा गर्ने रुट अन्तिम समयसम्म पनि सीमित अधिकृतबाहेकलाई थाहा दिइएन । रुट सार्वजनिक भएपछि पनि सडकमा कारगेड मात्र कुद्यो भने नरवणेलाई हेलिकोप्टरमार्फत यात्रा गराइयो ।

    नरवणे पनि संयमित

    जंगीअड्डाका एक अधिकृतका अनुसार नरवणे पनि भ्रमण अवधिभर संयमित देखिएका थिए । नेपालमा बिग्रिएको छविलाई सुधार्नेतर्फ उनी केन्द्रित भए ।

    नरवणे नेपाल आउनुको मुख्य कारण नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्नु भए पनि उनी भ्रमणको अधिकांश समय नेपालका धार्मिक सम्पदाको अवलोकन भ्रमणमा व्यस्त रहे ।

    ढाकाटोपीमा सजिएका नरवणेले कोभिड–१९ भाइरसका कारण जनस्वास्थ्यको मापदण्ड पालना गर्दै मन्दिरभित्र प्रवेश नगरी दर्शन गरे । सुरुमै मन्दिरभित्र प्रवेश गर्ने प्रावधानबारे जिज्ञासा राखेका उनले सामान्य नागरिकलाई लागू हुने नियमअनुसार नै आफूले दर्शन गर्ने जनाएका थिए ।

    सोही अनुसार कुमारी घर चोकमा उभिएर उनले कुमारी देवीको दर्शन गरे भने पशुपति मन्दिरमा पुगेर बागमती पारिबाट साँझको आरती हेरे । धार्मिक क्षेत्रको भ्रमणबाट नरवणेले नेपाल र भारतबीच धार्मिक र सांस्कृतिक सम्बन्ध प्रगाढ रहेको सन्देश दिएको जंगीअड्डाका एक अधिकृत बताउँछन् ।

    जंगीअड्डामा आयोजित बिहीबार साँझ आयोजित रात्रीभोजमा पनि उनी संयमित भएर प्रस्तुत हुँदै दुई देशबीच सदियौंदेखि रहँदै आएको सम्बन्धको चर्चा गरे । साथै, दुई देशबीचको सेनाको सम्बन्धबारे पनि व्याख्या गरे । बरु नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले भने केही लामो सम्बोधन गरेका थिए ।

    भोजमा सहभागी एक अधिकारीका अनुसार सेनापति थापाले सीमामा समस्या रहे दुबै देशको सुरक्षालाई असर गर्ने बताउँदै कुनै पनि समस्यालाई हल गर्नुपर्ने जिकिर गरे ।

    नरवणेले विवादास्पद अभिव्यक्ति दिएका बेला प्रधानसेनापति थापाले ‘उपयुक्त समय र मञ्चमा जवाफ दिने’ बताएका थिए । त्यसैअनुरुप थापाले केही लामो सम्वोधन गर्दै कूटनीतिक र सैनिक मर्यादाभित्र रहेर आफ्नो भनाइ स्पष्ट रुपमा राखेको जंगीअड्डाका एक अधिकृत बताउँछन् ।

    सोही अवसरमा नेपाली भूमि कुनै छिमेकीविरुद्ध प्रयोग हुन नदिने समेत थापाले बताएका थिए ।

    यो पनि पढ्नुहोससेनाध्यक्ष नरभानेको नेपाल भ्रमण : सीमा विवादमा दिल्लीलाई बुझ्ने अवसर

    भ्रमणको सन्देश

    लामो संवादहीनतापछि भएको नरवणेको यो भ्रमणले दुई देशबीच संवादको वातावरण तय गर्न मद्दत गरेको जानकारहरुको विश्लेषण छ । जंगीअड्डाको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले पनि ‘सुरक्षा चासोका वृहत’ विषयमा छलफल भएको भनेको छ । यद्यपि, छलफलका विषयहरु हाल सार्वजनिक गरिएका छैनन् ।

    तर, हालको परिस्थितिमा प्रधासेनापति थापा र नरवणेबीच अनौपचारिक संवादका क्रममा सीमा विवादको विषयले पनि प्रवेश पाएको स्रोत बताउँछ । ‘विवादास्पद अभिव्यक्तिको विषयमा पनि चिफ सा’बले स्पष्टसँग आफ्नो भनाइ राख्नुभएको छ’, जंगीअड्डा स्रोत भन्छ, ‘नेपाली सेना पेशागत कुरामा एकदमै संवेदनशील छ, राष्ट्र र राष्ट्रियताको सवालमा कुनै मोलाहिजा गर्दैन ।’

    महामारीका वेला भारतीय सेनाध्यक्षले नेपाल भ्रमण स्वीकार गर्नु समेत नेपाल भारतको प्राथमिकतामा छ भन्ने कुराको सन्देश भएको कतिपयको विश्लेषण छ । दुई देशबीच सुरक्षा जोडिएको विषय भएकाले पनि भारतले नेपालसँगको सम्बन्धलाई चिढ्याउन चाहँदैन । त्यसलाई नेपाली सेनाले पनि इज्जत गरेर सेनाध्यक्ष नरवणेलाई स्वागत गरेको अधिकृतहरुको भनाइ छ ।

    भेटमा भारतीय सेनाध्यक्षसँग सैन्य सहयोगलाई थप बढाउने विषयमा छलफल भएको छ । सधैँ भारतबाट सहयोग मात्र लिइरहेको सेनाले यसपटक भने भारतीय सेनाध्यक्षलाई पनि उपहार स्वरुप एक लाख थान मास्क दिएको छ ।

    भारतीय सेनाका लागि यो ठूलो संख्या नभए पनि नरवणले यो उपहार स्वीकारेका छन् । यसले देश ठूलो–सानो जे भए पनि एकअर्काको सार्वभौमिकता बराबर रहेको भन्ने विषय भारतले स्वीकार गरेको सन्देश गएको अधिकारीहरु बताउँछन् ।

    दुई देशबीच सदैव शान्ति रहोस् भन्ने संकेत दिने गरी नरवणेलाई प्रधासेनापति थापाले बुद्धको मूर्तिसमेत उपहार दिएका छन् ।

    २०७७ कार्तिक २४ गते १५:५२ मा अनलाइनखबरमा प्रकाशित

    नेपाली सेना भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभाने
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    भावी प्रधानसेनापतिका रुपमा अघि सारिएका पाण्डेको जन्ममितिमा केरमेट

    November 8, 2023

    प्रेम शाहीसहित ३ सैनिकको रिहाइसँगै उठेका प्रश्नहरु

    March 7, 2023

    अनियमितताको आरोपमा दुई महिना थुनेर सैनिक विद्रोहको गम्भीर मुद्दा

    March 7, 2023
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025

    लखनऊमा लुक्दै आएका गुड्डु कसरी आइपुगे काठमाडौं ?

    March 4, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    No Meeting, No Mention, No Hope: Bhutanese Refugees Disheartened by King’s Quiet Visit

    December 11, 202416 Views

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 202513 Views

    नेपालका त डन होइनन्, फ्याउरा नै रहेछन्

    September 14, 202412 Views

    Type above and press Enter to search. Press Esc to cancel.