• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Features»बर्षेनि बाढी र पहिरोको वितण्डा : प्रकृतिसँग जुहारी खेल्दाको परिणाम
    Features

    बर्षेनि बाढी र पहिरोको वितण्डा : प्रकृतिसँग जुहारी खेल्दाको परिणाम

    गौरव पोखरेलBy गौरव पोखरेलJuly 21, 2020Updated:August 18, 2020No Comments8 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    यो वर्ष मनसुन सुरु भएको ३० दिनमा ८३ जनाको मृत्यु भएको छ । तीमध्ये दुईजनाको मात्रै बाढीका कारण मृत्यु भएको हो । बाँकीले पहिरोका कारण ज्यान गुमाएका छन् ।

    राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार यसपटक मनसुनको पहिलो महिनामा भएको मानवीय क्षति दशककै सबैभन्दा उच्च हो ।

    ‘गत वर्ष पहिलो महिनामा २० जनाले ज्यान गुमाउनु परेको थियो भने त्यसअघि २५, ११, २८ जनाको मृत्यु भएको तथ्यांक छन्’, सीईओ पोखरेलले अनलाइनखबरसँग भने, ‘त्यसैले पछिल्लो १० वर्षलाई हेर्दा यो वर्ष राम्रो संकेत देखिएन ।’ यो वर्षको मनसुन जेठ ३० बाट सुरु भएको थियो ।

    मनसुन अघि भारी वर्षा

    प्राधिकरणका अनुसार मनसुनको सुरुवातमै क्षति बढी हुनुको एउटा प्रमुख कारण प्रि–मनसुनमा भएको भारी वर्षा हो । जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्ग पनि यसपालि प्रि–मनसुनमा मुलुकका विभिन्न स्थानमा औसतभन्दा बढी वर्षा भएको बताउँछन् ।

    उनका अनुसार मनसुन अघिको एक महिनाको रेकर्ड अनुसार धनगढीमा १७६.३ मिलिमिटर वर्षा भयो, जबकी त्यहाँ हुनुपर्ने औसत वर्षा ७८.९ मिलिमिटर मात्रै हो । पोखरामा २५९.२ मिलिमिटर वर्षा हुनुपर्नेमा ४६६.९८ मिलिमिटर वर्षा भएको रेकर्ड छ भने बाराको सिमरामा १३०.९ मिलिमिटर वर्षा हुनुपर्नेमा २०२.७ मिलिमिटर वर्षा भएको प्रधानाङ्ग बताउँछन् ।

    ‘भारी वर्षाका कारण जमिन पूरै गलिसकेकाले मनसुनको सुरुवातमै धेरै क्षति भएको हो’, प्राधिकरणका पोखरेलले अनलाइनखबरसँग सुनाए, ‘क्षति बढी भएका क्षेत्रमा मनसुन अघि परेको पानीको रेकर्ड तोडिएका छन् ।’

    नेपाल भूगोल समाजका अध्यक्ष नरेन्द्र खनालका अनुसार २४ घन्टामा एक सय मिलिमिटरभन्दा बढी पानी परे स–साना पहिरो जान थाल्छ भने नदीमा पानीको सतह बढ्छ । दुई सय मिलिमिटरभन्दा बढी पानी भएपछि खोलाहरुमा खतरापूर्ण स्थिति सुरु हुन थाल्छ । तीन सय मिलिमिटरभन्दा बढी पानी परेपछि क्षति भयावह बन्दै जाने उनी बताउँछन् ।

    नेपालमा वर्ष भरिमा हुने वर्षाको करिब ८० प्रतिशत मनसुनमा हुने आँकडा छ भने मनसुन सरदर १ सय ५ दिनसम्म रहने गरेको छ ।

    बझाङमा गएको पहिरो ।

    यो वर्ष पहिरो बढी

    पोखरेलका अनुसार विगतका वर्षभन्दा यो पटक गएका पहिरो फरक प्रकृतिका छन् । उनका अनुसार अधिकांश ठाउँमा भेल पहिरोले क्षति गरेको छ । यो भनेको कुनै स्थानमा डाँडा झरेर वा डिस्को खसेर नभइ रुख, पात, ढुंगा, माटो इत्यादी बगाएका कारण भएको क्षति भएको छ ।

    पोखरेलका अनुसार नदीकै ढिलमा बसोवास भएका कारण पनि क्षति बढी भएको हो । बझाङको केदारस्युँ गाउँपालिका–८, मल्लेसी २० असारमा दुई जनाको मृत्यु र १८ घर परिवार पुरिएको घटना पनि भेल पहिरो नै भएको उनी बताउँछन् ।

    सिन्धुपाल्चोकको बाह्रविसे–५, जम्बुमा भेल पहिरोसहित बाढी आउँदा दुई जनाको मृत्यु भयो भने २० जना बेपत्ता भए । सीईओ पोखरेल भन्छन्, ‘डाँडाको रुख, पात र ढुंगा बगाएर ल्याएको देखिएको छ, त्योसँगै नदीमा पनि पानी बढेपछि आसपासका बस्तीहरु प्रभावित बनेका छन् ।’

    बर्सेनि दोहोरिने विपत्ति

    हरेक वर्ष देशमा ठूलो जनधनको क्षति हुने गरी आउने विपतको दोष मनसुनलाई दिइन्छ । तर, विज्ञहरु भने यसलाई मानव सिर्जित समस्याको उपज मान्छन् ।

    चुरे पहाड प्राकृतिक रुपमा कमजोर छ, त्यसैलाई खनेर विना डिजाइनको सडक बनाउने गरिएको छ । यसले जोखिमलाई थप बढावा दिइरहेको छ

    पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य

    भौगोलिक प्रकोप विज्ञ श्रीकमल द्विवेदी भन्छन्, ‘हामीले प्रकृतिलाई आफ्नो हिसाबले चल्न दिएनौं । विकासका नाममा जथाभावी निर्माण भए, त्यसको परिणाम अहिले भोग्नु परिरहेको छ ।’

    कतिपय ठाउँमा खोल्सामै घर बनाएका कारण पनि क्षति भएको पाइएको उनको भनाइ छ । ‘हामीले कुनै ठाउँमा संरचना बनाउँदै छौं भने पानीको निकास हुने ठाउँ हुनुपर्छ’, उनले अनलाइनखबरसँग भने, ‘कति पानी पर्छ र त्यसको निकास कसरी गर्ने भन्ने विषयको वैज्ञानिक अध्ययन गरेर मात्र निर्माण थालिनुपर्छ ।’

    पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य पनि प्राकृतिक विपत्तिको असर न्यूनिकरणका लागि संरचना निर्माणमा इञ्जिनियरिङलाई जोड दिनुपर्ने बताउँछन् । ‘हाम्रो चुरे पहाड प्राकृतिक रुपमा कमजोर छ, त्यसैलाई खनेर विना डिजाइनको सडक बनाउने गरिएको छ’, उनले थपे, ‘यसले जोखिमलाई बढावा दिइरहेको छ ।’

    तराईमा उत्तर–दक्षिण बग्ने नदी र खोला माझबाट पूर्व–पश्चिम क्षेत्रका लागि बनाइएका अव्यवस्थित सडकले पनि समस्या सिर्जना गरेको आचार्य बताउँछन् । भन्छन्, ‘प्राकृतिक वहावलाई समस्या पार्ने गरी संरचना बनाइएका छन्, जसले समस्या सिर्जना गरिरहेको छ ।’

    मुलुकको राजधानी काठमाडौं पनि हरेक वर्ष डुबानमा पर्ने गरेको छ । गत वर्ष बागमती, विष्णुमती, हनुमन्त लगायतका खोलामा पानीको बहाव बढ्दा बल्खु, कलंकी, कलुेश्वर लगायतका क्षेत्र जलमग्न भए । भक्तपुर क्षेत्रमा पनि डुबानमा पर्‍यो ।

    आचार्य भन्छन्, ‘उपत्यकाको मुख्य समस्या भनेको संरचना बनेका बन्यै छन् तर, बर्खाको पानी निकासको कुनै योजना छैन ।’ सडक छेऊमा ढल राखिएका छन् । तर, त्यहीँ जथाभावी रुपमा फोहोर फालिएका छन् । जसलाई सफा समेत नगरिँदा ढल जमेर दूषित पानी सडकमै बग्ने गरेको उनी बताउँछन् ।

    आचार्यले अनलाइनखबरसँग भने, ‘यो कसैलाई थाहा नभएको विषय पनि होइन । तर, संस्थागत संरचना, मापदण्ड र निर्देशिका पनि त्यही अनुसार नहुँदा वर्षेनि एउटै समस्या दाहोरिँदो छ ।’

    जलमग्न रौतहट । फाइल तस्वीरः गौतम श्रेष्ठ

    तराई डुब्नुको खास कारण भारतीय संरचना

    गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले तराईका सीमावर्ती क्षेत्रमा भारतले समानान्तर बाँध, बाटो बनाउँदा तराईमा डुबान हुने गरेको बताए, २९ असारमा । आफ्नो रक्षाका लागि भारतले बाँध बनाए पनि उक्त कदम नेपालको राष्ट्रिय हितमा धक्का भएको थापाले बताए । साथै, उनले सीमामा संरचना बनाउने कार्यलाई ‘भारतीय हस्तक्षेप’को संज्ञा पनि दिए ।रौतहटको लालबकैया र बाग्मती नदी आसपासका क्षेत्रलाई लक्षित गरेर भारतले बनाएको बाँधका कारण सदरमुकाम गौर वर्षेनि जलमग्न हुने गरेको छ । यो वर्ष भारतले बाँधलाई थप अग्लो र बलियो बनाइसकेको छ

    प्रहरी उपरीक्षक (एसपी) छँदा तराईका विभिन्न जिल्लाका नेतृत्व गरेका अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) पिताम्बर अधिकारी पनि हरेक वर्ष भारतले दशगजासँगै निर्माण गर्ने बाटोले नेपाली भूमि डुबानमा पर्ने गरेको बताउँछन् ।

    ‘सीमामा भारतले केही अग्लो बनाएर बाँध बनाएको छ, पहिले विभिन्न क्षेत्रबाट पानीले निकास पाउने हुँदा समस्या हुँदैन थियो,’ उनले अनलाइनखबरसँग भने, ‘अहिले एकठाउँबाट मात्र पानीले निकास पाउने हुँदा तराईमा डुबान हुने गरेको छ ।’

    सप्तरीको तिलाठी क्षेत्र भारतीय संरचनाको कारण जलमग्न भएपछि १३ साउन २०७३ मा विरोध प्रदर्शन भएको थियो । भारतले निर्माण गरेको बाँध समेत नेपाली पक्षले भत्काइदिएका थिए । बाँध भत्काएपछि भारतीय र नेपाली पक्षबीच झडप समेत भयो ।

    रौतहटको लालबकैया र बाग्मती नदी आसपासका क्षेत्रलाई लक्षित गरेर भारतले बनाएको बाँधका कारण सदरमुकाम गौर वर्षेनि जलमग्न हुने गरेको छ । गत वर्ष बाँध भत्किएपछि मात्र गौर क्षेत्रमा पानीको सतह घटेको थियो । यो वर्ष भारतले बाँधलाई थप अग्लो र बलियो बनाइसकेको छ ।

    गौर नगरपालिकाका मेयर अजयकुमार गुप्ता भन्छन्, ‘भारतले बनाएको बाँधका कारण पानीले निकास पाउने ठाउँ साँघुरिएको छ र पानी जति सबै मानव वस्तीमा पस्ने गरेको छ ।’

    नेपाली क्षेत्रमा तटबन्ध निर्माण र मर्मत सम्भारमा ध्यान नदिँदा पनि वर्षेनि यो समस्या आउने गरेको गुप्ता सुनाउँछन् ।

    डुबान भएको वेला मात्र सरकारी संयन्त्रको नजर यो क्षेत्रमा पर्ने गरेको छ । तत्काल राहत, उद्दार, खोजी र लगत संकलनमा खटे पनि विपदपछि सबैले समस्या बिर्सिने गरेका छन् ।

    ‘पोहोर पनि गौर डुबेपछि संसदीय समितिले अध्ययन गर्‍यो तर, समाधानका लागि कुनै प्रयास भएको छैन,’  गुप्ताले अनलाइनखबरसँग सुनाए, ‘अफ्ठ्यारो परेका वेला भारतका कलेक्टरले पनि फोन उठाउँदैनन्, त्यसैले यो समस्या समाधानका लागि प्रधानमन्त्री स्तर वा माथिल्लो तहमै वार्ता हुनु जरुरी छ ।’

    छैन निकास

    भौगोलिक प्रकोप विज्ञ एवं इञ्जिनियर द्विवेदीका अनुसार अवस्थित सहरीकरण, इञ्जिनियरिङविनाको संरचना निर्माण, चुरेमा फडानी, तराईका भारतीय बाँध जस्ता कारण नेपालमा बर्सेनि मनसुनको समयमा ठूलो क्षति हुने गरेको छ । सरकारले पनि विपदसँग जुध्न पर्याप्त तयारी नगरेका कारण बर्सेनि क्षति बढ्दो छ ।

    ‘भोटेकोशीमा पहिरो गएको ठाउँको माथिल्लो भेगमा अव्यवस्थित रुपमा सडक निर्माण भएको पाइएको थियो’, उनले भने, ‘पहाडतिरबाट बगेर आउने लेदोले खोलामा सेडिमेन्ट लेभल बढाइदिन्छ र तल्लो बेल्टमा बाढीलाई अझ ठूलो बनाइदिने गरेको छ ।’

    अहिले तराईमा ‘बगर’ नै हराई सकेको उल्लेख गर्दै उनी थप्छन्, ‘विगतमा नदी बगेको ठाउँमा हचुवाका भरमा निर्माण गरेपछि मनसुनमा नदीले आफ्नो क्षेत्र खोज्नु कुनै नौलो कुरा होइन ।’

    सम्भावित क्षति न्यूनिकरणका लागि नदीलाई मिचेर गरिने संरचना निर्माणमा रोक लगाइनुपर्ने उनी बताउँछन् । ‘खोलालाई आफ्नो ठाउँमा बग्न दिनुपर्छ, प्रकृतिलाई हेपेर विकास निर्माणलाई अघि बढाउने कार्यलाई नियन्त्रण गरिनुपर्छ,’ द्विवेदीले थपे, ‘बाटो भन्ने वित्तिकै जताजतै बनाउनु भएन, स्लोप प्रोटेक्सन, निकासका लागि खोल्सी लगायतका कुरा राख्ने गरी वैज्ञानिक अध्ययन गरेर मात्र निर्माण गरिनुपर्छ ।’

    उपत्यकामा वर्षेनि हुने समस्या पनि नदीलाई मिचेको परिणाम भएको उनी बताउँछन् । भन्छन्, ‘आजभन्दा २० वर्षअघिसम्म यस्तो समस्या सुनिँदैनथ्यो, किनकि, बल्खुमा खेत थियो, डुबान भएको वास्ता हुँदैनथ्यो । अहिले त्यहाँ घरहरु छन्, निकास थुनिएको छ ।’

    सरकारले विपदसँग जुध्न पर्याप्त तयारी नगरेका कारण बर्सेनि क्षति बढ्दो छ

    श्रीकमल द्विवेदी, भौगोलिक प्रकोप विज्ञ एवं इञ्जिनियर

    आधुनिक जीवनशैलीसँगै फोहोर व्यवस्थापनलाई पनि ध्यान दिनुपर्ने उनको सुझाव छ ।

    ‘प्लास्टिकका बोतलहरु पनि ढलमा अड्किन्छन्, जसले पानीलाई निकास हुन दिँदैन’, उनले थपे, ‘ढलको सफाईसँगै नदीमा पनि अड्किएर बस्ने फोहोरलाई सफाइ गरेर क्षतिलाई न्यूनिकरण गर्न सकिन्छ ।’ त्यसैले विपदलाई न्यूनिकरणमा सरकार वा सम्बन्धित सरोकारवाला निकायको मात्र होइन, आमनागरिकको पनि उत्तिकै भूमिका हुने उनी बताउँछन् ।

    भूगोल समाजका खनाल पनि द्विवेदीको कुरासँग सहमत छन् । भन्छन्, ‘जलवायु परिवर्तनले तापक्रम बढ्ने र धेरै पानी पर्ने घटना भइरहेका छन्, त्यसैले सबै कुरामा सर्वसाधारण आफैं पनि सचेत हुनुपर्छ ।’

    प्राकृतिक घटना पूर्णतः रोक्न सकिन्न । तर, सावधानी अपनाएर क्षति न्यूनिकरण गर्न सकिन्छ । त्यसैले मौसम विभागको सूचना आउना साथ सम्बन्धित क्षेत्रका व्यक्तिले सावधानी अपनाउनुपर्ने खनाल बताउँछन् ।

    ‘सावधानी अपनाउँदै गर्दा पनि क्षति हुनसक्ने भएकाले सरकारी स्तरबाट घाइतेको खोजी र उद्धारसँगै औषधि, खाद्यान्न तथा राहत पुर्‍याउने संयन्त्रलाई तयारी अवस्थामा राखेर सोही अनुरुप परिचालन गर्नुपर्छ’, खनाल भन्छन् ।

    अनलाइनखबरमा प्रकाशित

    पहिरो बाढी विपद
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    गौशाला २६ – ‘श्रीमान् ! यो कस्तो न्याय ?’

    May 23, 2024

    रामबहादुर बम्जन : धर्मको आडमा अनुयायीमाथि ज्यादती

    January 27, 2024
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 202535 Views

    Book Review: नेपालका त डन होइनन्, फ्याउरा नै रहेछन्

    September 14, 202434 Views

    No Meeting, No Mention, No Hope: Bhutanese Refugees Disheartened by King’s Quiet Visit

    December 11, 202432 Views

    Type above and press Enter to search. Press Esc to cancel.