• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Politics»पपुलर भोटको बलमा सांसद बने विश्वप्रकाश
    Politics

    पपुलर भोटको बलमा सांसद बने विश्वप्रकाश

    गौरव पोखरेलBy गौरव पोखरेलNovember 24, 2022Updated:November 24, 2022No Comments4 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शेरबहादुर देउवा र डा. शेखर कोइराला दुवै समूहमा नपर्दा महामन्त्रीमा विश्वप्रकाश शर्माको प्रतिस्पर्धा एकदमै कठिन देखिएको थियो । तर, धेरैलाई चकित बनाउँदै उनले सहज जित निकाले ।

    प्रदीप पौडेल, डा. प्रकाशशरण महत र डा. मिनेन्द्र रिजाललाई रोक्दै महामन्त्री बन्नुको आधार थियो, ‘पपुलर भोट’ । महाधिवेशन प्रतिनिधिहरुले पार्टी नेतृत्वमा युवालाई हेर्न चाहे र गगनकुमार थापासँगै विश्वप्रकाश पनि लोकप्रिय मतको बलमा निर्वाचित भए ।

    महामन्त्री भएको वर्ष दिन नपुग्दै विश्वप्रकाशले ‘पपुलर मत’कै बलमा संसदको यात्रा तय गरेका छन् ।

    शर्मा ३९ हजार ६२४ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलले २५ हजार ३४९ मत मात्र पाए ।

    तेस्रो प्रयासमा संसद यात्रा तय

    विद्यार्थी राजनीतिबाट आएका शर्मा २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पहिलो संसदीय प्रतिस्पर्धामा उत्रिएका थिए । झापा–१ मा एमालेका रविन कोइरालासँग उनी ६०० मत अन्तरले पराजित भए । लामो समय काठमाडौं बसेर राजनीति गरेका कारण त्यो चुनावमा उनलाई विपक्षीले ‘टुरिष्ट’ उम्मेदवारको संज्ञा दिएका थिए ।

    निर्वाचनमा पराजित भएपनि उनले झापा केन्द्रित गतिविधि गरिरहे । २०७४ सालको निर्वाचनमा फेरि उम्मेदवार भए, तर वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता राम कार्कीसँग पराजित भए । मतान्तर पनि बढेर २ हजार ८६३ पुगेको थियो ।

    तेस्रो प्रतिस्पर्धा पनि उनलाई सहज थिएन । गत वैशाखको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतको अंकगणित उनको पक्षमा थिएन । यो क्षेत्रमा एमालेले ३१ हजार २३२ मत पाएको थियो भने कांग्रेसले २४ हजार ५९ मत मात्र । उनलाई सत्तारुढ गठबन्धनमा रहेको माओवादी र एकीकृत समाजवादीको समर्थन त थियो, तर त्योभन्दा धेरै मत भएको राप्रपाले एमालेलाई साथ दिएको थियो ।

    तर विश्वप्रकाश भारी मतान्तरले निर्वाचित भए । त्यसको प्रमुख कारण पार्टी महामन्त्री भएपछि बढेको उनको राजनीतिक उचाई त हो नै, एमालेको अन्तर कलह पनि सहयोगी बन्यो ।

    एमालेले अन्तिम समयमा झापा–२ मा तयारी गरिरहेका अग्नि खरेललाई क्षेत्र नं १ को टिकट दिएको थियो । जबकी क्षेत्र नं. १ बाट एमाले क्षेत्रीय कमिटीले २०७० मा चुनाव जितेका रविन कोइरालालाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको थियो । स्थानीय स्तरमा भिजेका रविनले टिकट पाएको भए विश्वप्रकाशलाई चुनाव सहज हुने थिएन ।

    तर झापा–२ को टिकट देवराज घिमिरेलाई दिन एमाले अध्यक्ष ओलीले अग्निलाई १ मा पठाए, त्यसले एमालेमा देखिएको असन्तुष्टिको लाभ समेत विश्वप्रकाशले लिए ।

    राजनीतिक परिवारमा हुर्किएका विश्वप्रकाश

    मेचीनगर नगरपालिकाको धुलाबारी घर भएका विश्वप्रकाश राजनीतिक पृष्ठभूमिको परिवारमा जन्मे हुर्केका व्यक्ति हुन् । उनका बुबा परशुराम भण्डारी पनि कांग्रेस नेता थिए ।

    पञ्चायत कालमा पार्टी भूमिगत भएका बेला भण्डारी नेपाली कांग्रेस झापा जिल्ला समितिका सदस्य थिए । ‘राजनीतिक परिवारको सदस्य भएकाले पनि होला, उहाँमा सानैदेखि राजनीतिक चेतना थियो’ विश्वप्रकाश शर्माका सहपाठी इन्द्र बुढाथोकी भन्छन्, ‘मलाई अझै याद छ, कक्षा ४ मै पढ्दा उहाँको झोलामा राजनीतिक पर्चाहरु हुन्थ्यो ।’

    धुलाबारी माविमा कक्षा ८ मा पढ्दा नेविसंघको इकाइ सभापति भए । राजनीतिमा शर्माको औपचारिक प्रवेश त्यहीँबाट भयो ।

    २०४३ मा झापाको मेची क्याम्पसमा नेविसंघको सभापति बने भने २०४७ सालमा जिल्ला सभापति भए । त्यसको एक वर्षमा नेविसंघको केन्द्रीय सदस्यमा चुनिएका उनी २०५३ सालमा महामन्त्री र चार वर्षपछि सभापति बने । नेविसंंघमा दुई वर्षे कार्यकाल सकिनु एक साताअघि निर्वाचन गराएर गुरु घिमिरेलाई पद हस्तान्तरण गरे ।

    २०६७ सालमा भएको कांग्रेसको १२ औं महाधिवेशनका क्रममा उनी पार्टीको झापा जिल्ला सभापतिको उम्मेदवार बने । तर झापाकै अर्का नेता कृष्ण सिटौला पक्षका उम्मेदवार उद्धव थापासँग झिनो अन्तरले पराजित भए । जिल्लामा पराजित भएका बेला शर्माले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेनन् भने १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिए ।

    २०७४ को आम चुनावमा कांग्रेसले नराम्रो हार व्यहोरेपछि धनराज गुरुङ, गुरुराज घिमिरे, विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल लगायतका युवाहरुले नेतृत्व परिर्वतनको एजेण्डा उठाए । त्यसको काउन्टरमा सभापति देउवाले पुस २०७४ मा विश्वप्रकाशलाई पार्टी प्रवक्ता बनाए ।

    राजनीतिबाहेक शर्माको गीत, संगीतप्रति पनि लगाव छ । विश्वप्रकाशले लेखेका र संगीत गरेका गीतहरु अञ्जु पन्त, राजेशपायल राई, प्रमोद खरेल, आनन्द कार्की, सुकमित गुरुङ लगायतका गायकले गाएका छन् ।

    नेपालमा आयोजना हुने जेसिजका कार्यक्रममा बजाइने जेसिजको शीर्ष गीतको शब्द र संगीत विश्वप्रकाशकै हो । उनले समाजको विभिन्न पक्ष समेटिएको टेलिभिजन कार्यक्रम ‘ऐना’ पनि सञ्चालन गरे ।

    ‘यसबाट राजनीतिकभन्दा समाजको फरक पाटो र आफ्नै अनुहार ऐनामा हेर्ने अवसर मैले पाएँ’, अनलाइनखबरसँग उनी भन्छन् ।

    २०७९ मंसिर ७ गते १८:०९ मा अनलाइनखबर डटकममा प्रकाशित

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    स्वतन्त्र पार्टीमा दुई धार : दायाँ जाने कि बायाँ ?

    December 12, 2022

    राजनीतिबाट ‘फोर्सफुल एक्जिट’को बाटोमा कृष्ण सिटौला

    November 25, 2022

    EXIT POLL Chitwan 2 – रवि लामिछानेको जित निश्चित, दोस्रो र तेस्रोमा कांग्रेस–एमालेबीच प्रतिष्पर्धा

    November 21, 2022
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 202559 Views

    Politics Behind The Bar

    August 17, 202258 Views

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 202543 Views

    Type above and press Enter to search. Press Esc to cancel.