• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Politics»अस्थिर प्रचण्डः चुनावैपिच्छे निर्वाचन क्षेत्र परिवर्तन
    Politics

    अस्थिर प्रचण्डः चुनावैपिच्छे निर्वाचन क्षेत्र परिवर्तन

    गौरव पोखरेलBy गौरव पोखरेलOctober 13, 2022Updated:October 13, 2022No Comments6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    प्रचण्ड उठ्ने भएपछि गोरखामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बाटो खाली गरिदिए । राजनीतिक विश्लेषक राजेन्द्र महर्जनको बुझाइमा प्रचण्डले चितवन–३ मा जोखिम महसुस गरेपछि गोरखा–२ मा जाने सहज बाटो अपनाएका हुनसक्छन् ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार गोरखा पुगेर प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गर्दै देशका धेरै भाग र क्षेत्रबाट चुनाव लडेर रेकर्ड बनाएको सुनाए ।

    ‘मैले पहिला रोल्पा, काठमाडौं, मधेशमा सिरहा र चितवनबाट निर्वाचन लडेको छु’, उनले भने, ‘यसरी देशको पूर्व–पश्चिम, मधेश–पहाड घुम्दै चुनाव लड्ने सायद नेपालको इतिहासमा म नै पहिलो भएको छु कि जस्तो लागेको छ ।’

    गोरखा गएर ‘गर्व महसुस गरेको’ बताएका प्रचण्ड स्वयम्ले ठ्याक्कै एक महिना अघिसम्म चाहिँ चितवन छाड्दा राम्रो सन्देश नजाने बताउँदै चितवन–३ बाट दायाँ–बायाँ नगर्ने बताइरहेका थिए । प्रेस सेन्टर, कास्कीले २४ भदौमा पोखरामा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भनेका थिए, ‘यसपटक म चितवनबाटै चुनाव लड्छु, जित्छु भन्नेमा विश्वस्त छु ।’

    साउनमा जापान भ्रमणका लागि जाँदा पनि प्रचण्डले चार/पाँच महिना अघिदेखि भनिरहेको बताउँदै ‘चितवन क्षेत्र नम्बर ३ बाट नै चुनाव लड्छु’ भन्दै भ्रममा नपर्न भनेका थिए । चितवनको विकल्प नखोजेको छनक दिने गरी १० असोजमा प्रचण्ड भरतपुर महानगर–१४, शिवनगरमा बनाएको घरमा पनि सरे ।

    पटकपटक चितवन–३ बाट उठ्ने भाषण दिएका प्रचण्ड मनोनयन दर्ता गर्ने बेलासम्म आफ्नो अडानमा टिक्न सकेनन् । पार्टीको २१ असोजमा बसेको पदाधिकारी बैठकले उनलाई गोरखा–२ बाट उठाउने निर्णय गर्‍यो । प्रचण्ड उठ्ने भएपछि गोरखामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बाटो खाली गरिदिए ।

    राजनीतिक विश्लेषक राजेन्द्र महर्जनको बुझाइमा प्रचण्डले चितवन–३ मा जोखिम महसुस गरेपछि गोरखा–२ मा जाने सहज बाटो अपनाएका हुनसक्छन् ।

    ‘जनआधारित संगठन निर्माण भएन भने चुनाव जित्ने निश्चित हुँदैन, व्यक्तिगत लोकप्रियताको आधारमा मात्र चुनाव जितिन्छ भन्ने होइन’, महर्जन भन्छन्, ‘प्रचण्डलाई सबैभन्दा बढी चितवनमा यो क्राइसिस भएको हुनसक्छ, त्यसैले उनले सबैभन्दा सहज, बढी समर्थन र सद्भाव भएको क्षेत्र रोजेको देखिन्छ ।’

    प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गर्ने निर्णय गरेपछि उनकी सुपुत्री समेत रहेकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले ‘भित्री बाहिर षड्यन्त्रकारीहरुको नियत इतिहासले उजागार गर्ने’ उल्लेख गरेकी छन् । निर्वाचन क्षेत्र परिवर्तनको निर्णय चितवनका बासिन्दाका लागि दुर्भाग्य भएको पनि उनले भनेकी छन् ।

    चितवनका माओवादी नेताहरुका अनुसार प्रचण्डले पछिल्लो समय चितवनमा जोखिम महसुस गरिरहेका थिए ।

    दुईपटकसम्म मेयर माओवादीलाई छाडेको र फेरि माओवादीलाई टिकट दिने हो भने आफूहरुको अस्तित्व नै सकिने बताउँदै कांग्रेस नेताहरुले सार्वजनिकरुपमै भाषण दिइरहेका थिए । ‘त्यसैले गठबन्धनकै दल नेपाली कांग्रेसबाटै बागी उम्मेदवारी पर्नेप्रति प्रचण्डको पहिलो चिन्ता थियो’, चितवनका एक माओवादी नेता भन्छन् ।

    चितवन–३ मा नै पर्ने माडी नगरपालिकामा स्थानीय तह निर्वाचनमा व्यहोरेका हारका कारण पनि प्रचण्ड सशंकित रहेको नेताहरु बताउँछन् । माडीमा नेकपा एमालेकी ताराकुमारी काजी महतोले गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार ऋषिराम काफ्लेलाई हराएकी थिइन् । महतोले ९ हजार ९०१ मत ल्याउँदा काफ्लेले ७ हजार ७२९ मत ल्याएका थिए ।

    काफ्लेको हार पछाडि पार्टीभित्रकै अन्तरविरोधले काम गरेको चितवनका कतिपय नेताहरुको बुझाइ छ । त्यसमाथि पाँच पटकसम्म माओवादी केन्द्र जिल्ला कमिटीका अध्यक्ष भइसकेका नेता यमबहादुर परियारसहितका नेता कार्यकर्ता ३० भदौमा एमाले प्रवेश गरेपछि प्रचण्ड थप सशंकित बनेको नेताहरु बताउँछन् ।

    मनोनयन दर्ता गर्दै प्रचण्ड ।

    यस्तो अवस्थामा नेकपा एमालेले पनि आफूलाई हराउन सक्दो प्रयास गर्ने प्रचण्डको बुझाइ थियो । नेकपा एमालेले चितवन–२ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार विक्रम पाण्डेलाई समर्थन गर्ने सम्भावना छ । आज (सोमबार) रातिसम्मै यसबारे छलफल चल्ने पार्टी स्रोतले जानकारी दिएको छ ।

    २०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बनेका प्रचण्ड उनै पाण्डेसँगै ९ हजार ३४१ मतान्तरले विजयी भएका थिए । प्रचण्डले ४८ हजार २७६ मत ल्याउँदा पाण्डेले ३८ हजार ९४२ मत ल्याएका थिए ।

    अझ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि चितवनबाटै उठ्ने तयारी गर्नुले पनि चुनौति बढेको प्रचण्डको बुझाइ थियो । राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर चितवनमा प्रचण्ड चौतर्फी घेराबन्दीमा परेको बताउँछन् ।

    ‘आफ्नै पार्टीका अध्यक्ष अर्कातिर लागेका थिए, परिवारवादको घेराबन्दीमा परेको आरोप थियो । बाँदरमुढे घटनाले पनि उहाँलाई कहिल्यै छाडेन’, पिटर भन्छन्, ‘चुनावको बेला यिनै कमजोरीमा टेकेर अर्को पक्षले चलखेल गर्ने भइहाल्यो, त्यसैले जसरी युद्धमा सेनापतिले अन्तिमलाई तुरुप बचाएर राखेका हुन्छन्, त्यसै गरी प्रचण्डले पनि मनोनयन दर्ता गर्ने बेला त्यो निकालेका हुन् ।’

    गोरखाको सहज परिस्थिति

    गएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतपरिणाम हेर्ने हो भने गोरखा–२ मा माओवादी केन्द्र एक्लैको २२ हजार २५० मत छ ।

    नेपाली कांग्रेसको २१ हजार १३६ र जनता समाजवादी पार्टी, नेपालको ७ हजार ५०४ मत छ । त्यसबेला डा. बाबुराम भट्टराई जसपामा थिए ।

    बाबुराम अहिले नेपाल समाजवादी पार्टीमा छन् र आफैं समर्थक बसेर प्रचण्डलाई मनोनयन दर्ता गराएका छन् । यो हेर्दा सत्ता गठबन्धनको गोरखा–२ मा कुल ५० हजार ८९० मत रहेको देखिन्छ ।

    यो क्षेत्रमा एमाले (७ हजार ९२६) र राप्रपाको (८७८) मत जोड्दा विपक्षी गठबन्धनको भोट ८ हजार ८०४ मात्र देखिन्छ । त्यही कारण प्रचण्डले गोरखामा गएर जित निकाल्ने सजिलो बाटो अपनाएको हुनसक्ने नेताहरु बताउँछन् । यसो गर्दा देश दौडाहा गर्न सहज हुने बुझाइका कारण पनि उनले निर्वाचन क्षेत्र परिवर्तन गरेको हुनसक्ने उनीहरुको बुझाइ छ ।

    हरेकपटक निर्वाचन क्षेत्र परिवर्तन

    प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गरेको यो पहिलो पटक भने होइन । माओवादी शान्ति प्रक्रियामा आएयता प्रचण्डले चार पटक चुनाव लडे । सबैमा उनले आफ्नो चुनाव क्षेत्र परिवर्तन गरेका छन् ।

    ‘एउटै क्षेत्रमा टिकिरहन नसकेको हिसाबले हेर्दा उहाँ अस्थिर पनि देखिनुहुन्छ, तर उहाँले हरेक पटक परिस्थितिको आकलन अनुसार नै निर्णय लिनुभएको हो जस्तो लाग्छ’, विश्लेषक पिटर भन्छन्, ‘माओवादी भन्ने वित्तिकै बाबुराम, बादल, किरण वा अरु कसैलाई भन्दैनन्, अन्तिम पात्र प्रचण्ड भन्ने नै हुन्छ, सबैको निशानामा उहाँ मात्र रहनु भएकाले कतिपय अवस्थामा प्रचण्डले यस्तो निर्णय लिनुभएको हुनसक्छ ।’

    २०६४ सालमा संविधानसभा निर्वाचनबाट पहिलो पटक चुनावी प्रतिपस्र्धामा भाग लिँदा प्रचण्डले काठमाडौं क्षेत्र नं. १० र रोल्पा क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका थिए । त्यसबेला उनी दुवै क्षेत्रमा विजयी भए । पछि उनले रोल्पा छाडेर काठमाडौं–१० रोजे । पहिलो चुनावमा माओवादी २२९ सिट हात पार्दैै पहिलो दल बन्यो । प्रचण्ड प्रधानमन्त्री पनि भए ।

    तर तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई हटाउन खोजेपछि सिर्जित परिस्थितिका बीच प्रचण्डले राजीनामा दिए ।

    २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा प्रचण्डले काठमाडौं–१० र सिराहा–५ रोजे । काठमाडौंमा दोहोर्‍याउँदा प्रचण्ड कांग्रेसका राजन केसीसँग पराजित भए ।

    नेपाली कांग्रेसका तत्कालीन जिल्ला स्तरीय नेता राजन केसीले २० हजार ३९२ मत ल्याउँदा १३ हजार ६१५ मत ल्याएर नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धर निकटम प्रतिद्वन्द्वी बन्न पुगे । प्रचण्ड १२ हजार ८५२ मतसहित तेस्रो भए ।

    सिरहामा उनी झिनो मतान्तरले विजयी भए । सिरहामा प्रचण्ड १५ हजार २ सय ४४ मतसहित विजयी हुँदा निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लीलानाथ श्रेष्ठले १४ हजार ३२३ मत ल्याएका थिए । यो निर्वाचनमा देशभर माओवादी २५ सिटमा मात्र सीमित भएको थियो ।

    २०७४ सालको निर्वाचनमा चितवन–२ रोज्नु अघि पनि प्रचण्डले रोल्पा वा सिराहा मध्ये एकमा जाने बारेमा छलफल गरेका थिए । अन्तिममा चितवन नै रोजेर विजयी भए । यसपालि पनि प्रचण्डले चितवनको विकल्पमा रोल्पा र गोरखा देखेका थिए ।

    अन्तिममा सुरक्षित स्थान खोज्दै उनी गोरखा–२ तिर पुगेका छन् ।

    तर माओवादी केन्द्र, चितवनका संयोजक रामचन्द्र अधिकारी ‘आरसी’ प्रचण्ड गतिशिल नेता भएकाले स्थायी निर्वाचन क्षेत्र नभएको बताउँदै भन्छन्, ‘उहाँले आफूलाई अनुमोदित गर्न विभिन्न जिल्लामा विभिन्न समयमा उठ्नु भएको छ, गोरखा जानु पनि त्यसैको निरन्तरता मात्र हो ।’

    २०७९ असोज २४ गते २०:०६ मा अनलाइनखबर डटकममा प्रकाशित

    जस्ट इन प्रचण्ड
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025

    गणतन्त्रका युवराजहरू

    April 25, 2024
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 202535 Views

    Book Review: नेपालका त डन होइनन्, फ्याउरा नै रहेछन्

    September 14, 202434 Views

    No Meeting, No Mention, No Hope: Bhutanese Refugees Disheartened by King’s Quiet Visit

    December 11, 202432 Views

    Type above and press Enter to search. Press Esc to cancel.