• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Politics»ओली र अधिकारीको तानातानमा राप्रपा, के गर्लान् राम थापा ?
    Politics

    ओली र अधिकारीको तानातानमा राप्रपा, के गर्लान् राम थापा ?

    गौरव पोखरेलBy गौरव पोखरेलOctober 17, 2022Updated:October 17, 2022No Comments5 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    झापा ५ : चुनाव २०७९

    झापा ५ मा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी फेरि आमनेसामने भएका छन् ।

    सत्तारुढ गठबन्धनबाट उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाहिरिएर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्रिएसँगै यो क्षेत्र नेपाली कांग्रेसको भागमा परेको थियो । त्यसपछि भएको भागबण्डामा माओवादीले झापा–५ छाडेपछि कांग्रेसबाट अधिकारीले पुनः ओलीसँग प्रतिस्पर्धा गर्ने अवसर पाएका हुन् ।

    एमालेबाट ओली उम्मेदवार बन्ने निश्चित भएपनि कांग्रेसले कसलाई उम्मेदवार बनाउने भन्ने अन्तिम समयसम्म टुंग्याएको थिएन । कांग्रेसबाट ओलीसँग प्रतिस्पर्धा गर्न २०६४ सालमा उनलाई हराएका विश्वदीप लिङ्देनसहित कांग्रेस नेता पदम पौडेल र मेदनी सिटौला पनि आकांक्षी थिए ।

    तर, अन्तिम समयमा कांग्रेसले २०७४ सालको चुनावमा पनि प्रतिस्पर्धा गरेका डा. अधिकारीलाई नै टिकट दिएको छ ।

    ‘पहिले पनि चुनाव लड्न उहाँ प्राध्यापनबाट राजीनामा दिएर मैदानमा आउनुभएको हो’, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईं भन्छन्, ‘पहिले पनि उठेकाले पुनः परिचित गराउनु नपर्ने भएकाले केन्द्रको रोजाइमा उहाँ पर्नु भएको हुनसक्छ ।’

    अघिल्लो निर्वाचनमा प्रतिष्पर्धी बन्नुअघि डा. अधिकारी त्रिचन्द्र कलेजमा प्राध्यापन गर्थे । पार्टीबाट टिकट पाउने निश्चित भएपछि उनी साढे १७ वर्षको प्राध्यापन पेशा छाडेर पूर्वप्रधानमन्त्री ओलीविरुद्ध लड्न झापा फर्किएका थिए ।

    प्राध्यापक भएपनि उनी २०४८ सालबाटै कांग्रेससँग जोडिएका व्यक्ति हुन् । गौरादह क्याम्पसमा पढ्दा अधिकारी नेपाल विद्यार्थी संघ (नेविसंघ) को इकाइ अध्यक्ष थिए । पछि कांग्रेसमा महासमिति सदस्य र पार्टी अनुसन्धान तथा अभिलेखालय विभागको केन्द्रीय सदस्य पनि बनेका थिए ।

    हाल अधिकारी पार्टीका केन्द्रीय कार्यसमिति सदस्य छन् ।

    दुवैको नजर राम थापातिर

    २०७४ सालको निर्वाचनमा एमाले अध्यक्ष ओली झापा–५ मा ५७ हजार १ सय ३९ मत ल्याउँदै निर्वाचित भएका थिए । त्यसबेला अधिकारीले २८ हजार २ सय ९७ मत पाएका थिए ।

    अघिल्लो निर्वाचनमा नेकपा एमाले वाम गठबन्धन बनाएर प्रतिष्पर्धामा उत्रिएको थियो । गठबन्धनको साथ भएकाले ओलीको जित लगभग निश्चित थियो । तर अन्तर फराकिलो बनाउन ओलीले त्यसबेला झापा–५ मा राप्रपासँग गठबन्धन गरे ।

    बदलामा झापा क्षेत्र नं. ३ मा कांग्रेस नेता कृष्ण सिटौलाविरुद्ध राप्रपाका तत्कालीन महामन्त्री राजेन्द्र लिङ्देनलाई ओलीले सहयोग गरे । र, एमालेको साथ पाएर लिङ्देन निर्वाचित पनि भए ।

    ‘तर यसपटक परिस्थिति ठ्याक्कै उल्टो छ, उहाँले पहिले गठबन्धन गरेर कांग्रेसलाई झापामा एक्लो बनाउनु भएको थियो, अहिले ओलीजी एक्लै हुनुहुन्छ’, कांग्रेस उम्मेदवार डा. अधिकारी भन्छन्, ‘अरु दलहरु हामीसँग छन्, यसपटक उहाँका लागि स्थिति प्रतिकुल छ, मेरो विजय सुनिश्चित छ ।’

    राजनीति हो, कल्पनै नगरेका कुरा पनि भइरहेका छन् । अहिल्यै निर्णय लिन मैले किन हतार गर्नु ?

    राम थापा, राप्रपा नेता

    गएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत परिणाम हेर्ने हो भने अधिकारीले भने जस्तो सहज स्थिति भने देखिन्न । किनकी, झापा क्षेत्र नं. ५ मा एमाले एक्लैको ४१ हजार ६१९ मत छ ।

    नेपाली कांग्रेसको २२ हजार २२, नेकपा माओवादी केन्द्रको १० हजार ७८८ र नेकपा एकीकृत समाजवादी पार्टीको १ हजार ९८८ मत छ । अर्थात्, झापा ५ मा गठबन्धनको कुल मत ३४ हजार ७९८ हो ।

    दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को साथ पाउने निश्चित रहेको भन्दै डा. अधिकारी आशावादी देखिन्छन् । स्थानीय निर्वाचनको मतपरिणाम अनुसार झापा ५ मा राप्रपाको मत ८ हजार ३५३ छ । यो मत गठबन्धनको मतसँग जोड्ने हो भने ४३ हजार १५१ हुन्छ । अर्थात्, राप्रपा पनि गठबन्धनतिर जोडिने हो भने एमालेभन्दा एक हजार ५३२ बढी मत गठबन्धनको हुन आउँछ ।

    तर थापाको पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले नेकपा एमालेसँग गठबन्धन गरेका छन् । र, झापा–५ मा एमालेलाई सघाउने वाचा गरेका छन् । बदलामा विगतमा जस्तै आफ्नो निर्वाचन क्षेत्र झापा ३ मा एमालेको साथ उनले खोजेका छन् ।

    स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनको साथ पाएर दमक नगरपालिकाको मेयरमा राम थापा निर्वाचित भएका कारण राप्रपाको साथ पाउनेमा कांग्रेस नेताहरु आशावादी देखिन्छन् । स्थानीय चुनावमा देशभरि राप्रपाले एमालेसँग गठबन्धन गर्दा दमकमा चाहिँ सत्ता गठबन्धनसँग राप्रपाले सहकार्य गरेको थियो ।

    यसपालि कांग्रेसलाई सहयोग गरेर राप्रपाका प्रदेश अध्यक्षसमेत रहेका मेयर थापाले गठबन्धनलाई गुन तिर्ने सत्ता गठबन्धनका कांग्रेस नेताहरु बताउँछन् । ‘यसका लागि राम दाइसँग भद्र सहमति पनि भइसकेको छ, उहाँले समय आएपछि बोल्छु भन्नुभएको छ’, दमकका एक कांग्रेस नेता भन्छन् ।

    राम थापा, राप्रपा नेता एवं दमक नगरपालिकाका मेयर । फाइल तस्वीर ।

    पार्टी निर्णय एकातिर र सत्ता गठबन्धनले मेयरमा निर्वाचित हुँदा गरेको सहयोगको गुन तिर्नुपर्ने दोहोरो दबाबबीच राम थापा चाहिँ मौन देखिन्छन् । ‘बल्ल मनोनयन दर्ता भएको छ, सल्लाह गरौंला । अहिल्यै के हुन्छ भन्न सक्दिन’, थापाले अनलाइनखबरसँग भने, ‘राजनीति हो, कल्पनै नगरेका कुरा पनि भइरहेका छन् । अहिल्यै निर्णय लिन मैले किन हतार गर्नु ?’

    मेयर निर्वाचित भइसकेपछि नगर परिषद्मा एमालेले असहयोग गरेको भन्दै थापा दमक एमालेसँग रुष्ट छन् । उनी स्वयम् भन्छन्, ‘मलाई स्थानीय निकायमा एमालेले पेलान गरेको भुलेको छैन, धेरै कुरा छन् । त्यसबारे पनि छलफल हुन्छ, के भन्छन् । सबै हेरेर निर्णय हुन्छ ।’

    झापाका एक एमाले नेता चाहिँ दमकको विकास लागि बजेट ल्याउन पनि थापाले ओलीलाई सहयोग नगरी नहुने बताउँछन् । ‘भोलि योजना ल्याउनुपर्छ, बजेट ल्याउनुपर्छ । त्यतिबेला खगेन्द्रबाट बलियो सहयोग हुन्छ कि पूर्वप्रधानमन्त्री ओलीबाट ?’, उनले भने, ‘यो कुरा उहाँले राम्रोसँग बुझ्नु भएको छ, राप्रपाको केन्द्रीय निर्णयबाट उहाँले हलचल गर्नु हुँदैन ।’

    कांग्रेस नेताहरु चाहिँ विगतमा केन्द्रीय निर्णय विपरित तत्कालीन महामन्त्री एवं हालका अध्यक्ष राजेन्द्र लिङ्देनले झापामा छुट्टै गठबन्धन गरेको बताउँदै झापा ५ मा पनि त्यही हुने दाबी गर्छन् ।

    ‘राम दाइको एकपटकको इच्छा भनेको मेयरमा जित्ने थियो, त्यो साकार पार्न कांग्रेस, माओवादीका साथीहरुले हलोमा मतदान गर्नुभयो, त्यो मसी अझै सुकेकै छैन’, कांग्रेस उम्मेदवार अधिकारी भन्छन्, ‘यस्तो अवस्थामा उहाँले कसलाई साथ दिनु होला भन्ने प्रश्नै गरिरहनु पर्छ जस्तो लाग्दैन ।’

    एमाले दमकका नेताहरु चाहिँ ओलीले यो पाँच वर्षे कार्यकालमा दमकमा ल्याएका योजना र राष्ट्रिय छविका कारण झन् फराकिलो अन्तरले विजयी हुने बताउँछन् ।

    २०७९ असोज २३ गते २२:०८ मा अनलाइनखबर डटकममा प्रकाशित

    केपी शर्मा ओली चुनाव झापा
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    स्वतन्त्र पार्टीमा दुई धार : दायाँ जाने कि बायाँ ?

    December 12, 2022

    राजनीतिबाट ‘फोर्सफुल एक्जिट’को बाटोमा कृष्ण सिटौला

    November 25, 2022

    पपुलर भोटको बलमा सांसद बने विश्वप्रकाश

    November 24, 2022
    Leave A Reply Cancel Reply

    काठमाडौंका सीडीओसँग बातचित
    https://youtu.be/PEfv2YGdOsM
    फरक क्षमता भएका विद्यार्थीबारे बिराट विशेष

    मेरो बारे

    गाैरव पोखरेल अनलाइनखबर डटकमका लागि सुरक्षा र सैनिक सम्बन्धी मामिलामा रिपोर्टिङ गर्छन् ।

    A young news reporter, writes on Crime, Security & Military/Defense.

    फेसबुकमा पछ्याउनुस्

    Type above and press Enter to search. Press Esc to cancel.