• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Politics»स्वतन्त्र पार्टीमा दुई धार : दायाँ जाने कि बायाँ ?
    Politics

    स्वतन्त्र पार्टीमा दुई धार : दायाँ जाने कि बायाँ ?

    गौरव पोखरेलBy गौरव पोखरेलDecember 12, 2022No Comments7 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

     सिद्धान्त र विचारबारे धेरै सोधिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हालै प्रश्न गरेका छन्, ‘चोर समाउन विचार चाहिन्छ ? भ्रष्टाचार र कालोबजारी रोक्न, मूल्यवृद्धि नियन्त्रण गर्न, पूर्वाधारलाई गुणस्तरीय बनाउँदै समयमा सम्पन्न गर्न विचार चाहिन्छ ?’

    विधि र सिद्धान्त भएका अरु पार्टीहरु पनि रहेको भन्दै उनले जनताको सामान्य समस्यालाई प्राथमिकता दिने बताएका छन् । तर, उनकै पार्टीभित्र सुशुप्त रुपमा रास्वपाको वैचारिक लाइन सेन्टर टु राइट (मध्यबाट दक्षिणपन्थ), सेन्टर टु लेफ्ट (मध्यबाट वामपन्थ) वा सेन्ट्रिजम (मध्यमार्ग) के हुने भन्ने विषयमा बहस चलिरहेको छ ।

    चुनावअघि सभापति लामिछानेले स्वयंले अनलाइनखबरसँग अन्तर्वार्ता दिँदै वैचारिक हिसाबले रास्वपा ‘मिडल राइट’ (मध्यबाट दायाँ) अर्थात् मध्य दक्षिणपन्थी हुने बताएका थिए ।

    तर, काठमाडौं–६ बाट निर्वाचित सांसद शिशिर खनालले पार्टीको वैचारिक लाइन ‘सेन्टर टु लेफ्ट’ (मध्यबाट बायाँ) भएको बताएका छन् । पार्टीबाट उम्मेदवार बनेकामध्ये सभापति लामिछानेको विचारसँग बाझिने गरी सार्वजनिक अभिव्यक्ति दिनेमा खनाल एक्ला होइनन् ।

    विवेकशील साझा पार्टीको पृष्ठभूमिबाट आएर काठमाडौं–८ बाट निर्वाचित विराजभक्त श्रेष्ठले दुवैभन्दा भिन्न तर्क पनि अघि सारेका छन् । उनको बुझाइमा रास्वपा ‘सेन्ट्रिजम’ (मध्यमार्ग) मा अडिएर ‘लेफ्ट–राइट’ गर्दै अघि बढ्नुपर्छ ।

    ‘वादहरुको कुरा गर्ने हो भने अहिलेका अरु दलहरु हेर्नुस्, उनीहरुका वैचारिक स्पष्टताको परिणाम के छ ?’, प्रश्न गर्दै उनी भन्छन्, ‘एजेण्डाको हिसाबमा कहिले राइट कहिले लेफ्टतिर जानुपर्छ । लेफ्ट–राइट गर्दै अघि बढ्नुपर्छ ।’

    पार्टीका पदाधिकारीहरुले स्पष्ट व्यक्त नगरे पनि निर्वाचित सांसद र उम्मेदवारहरुले दिएका एकआपसमा बाझिने अभिव्यक्तिले पार्टीको वैचारिक धरातलबारे उनीहरुमा स्पष्टता देखिन्न ।

    आपसमा बाझिने तर्कहरु सार्वजनिक हुन थालेपछि निर्वाचित सांसद र घण्टी चुनाव चिह्न लिएर उम्मेदवार बनाउनेहरुलाई पार्टीले तत्काल यसबारे कुनै अभिव्यक्ति नदिन निर्देशन दिएको छ । योसँगै पार्टीको वैचारिक धरातल कस्तो हुने भन्ने विषयले पार्टीको आधिकारिक छलफलमै प्रवेश पाउने देखिएको छ ।

    वैचारिक भिन्नता

    पार्टीले तयार गरेको वाचापत्र र अन्य कागजातमा उल्लेखित विषयहरुका आधारमा पार्टीको लाइन ‘सेन्टर टु लेफ्ट’ भनेर आफूले भनेको सांसद् खनाल बताउँछन् ।

    ‘पार्टीले संवैधानिक समाजवाद मान्छौं भनेको छ, मिश्रित अर्थव्यवस्था मानेको छ । निजी क्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रको भूमिका अर्थतन्त्रमा हुन्छ भनेको छ’, खनाल भन्छन्, ‘शिक्षा स्वास्थ्य जस्ता विषयहरुमा सरकारको इन्टरभेन्सन हुने जस्ता कुराहरु पार्टीको आधिकारिक दस्तावेजमा लेखिएकाले त्यो समाजवादी धार हो भन्ने मेरो बुझाइ हो ।’ त्यसैले आफूले पार्टीको धार ‘सेन्टर टु लेफ्ट’ भनेको बताउँछन् ।

    शिशिर खनाल, नवनिर्वाचित सांसद्

    रास्वपाले चुनाव अघि सार्वजनिक गरेको वाचा पत्रमा निजी, सहकारी र सार्वजनिक क्षेत्र राज्यको तीन प्रमुख आर्थिक खम्बा भएको उल्लेख छ । नागरिकका अनिवार्य आवश्यकताका वस्तु वा सेवा व्यवसायको हकमा राष्ट्रिय पुँजीको पर्याप्त मात्रामा विकास भएपछि आवश्यक समय दिएर सामुदायिकरण गर्ने भनिएको छ ।

    पार्टी प्रवक्ता डा. मुकुल ढकाल चाहिँ पार्टी स्थापनाको छोटो समयमा चुनावमा होमिएकाले राजनीतिक प्रशिक्षणका लागि समय नहुँदा बुझाइमा केही फरक देखिएको हुनसक्ने देखिएको बताउँछन् । ‘खासमा पार्टी दर्ता भएकै दिन पनि पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा सभापतिज्यूले सेन्टर टु राइट भन्नुभएको थियो’, ढकाल भन्छन्, ‘भदौमा भएको पार्टी प्रशिक्षणमा पनि सेन्टर राइट नै भनेका थियौं ।’

    अहिले फरक मत राख्ने कतिपय चुनावी अभियानका क्रममा मात्रै जोडिएकाले त्यसबेला राजनीतिक प्रशिक्षण हुन सम्भव नभएको ढकाल बताउँछन् । ‘पार्टी सञ्चालनपछि एकपटक मात्रै राजनीति प्रशिक्षण गर्न सक्यौं, त्यतिबेलासम्म पनि तपाईंले भनेका साथीहरु जोडिसक्नु भएको थिएन’, उनी भन्छन्, ‘तर, वाचा–पत्रहरु मजाले अध्ययन गर्ने हो भने यसमा कुनै विवाद रहन्छ जस्तो लाग्दैन ।’

    ढकालका अनुसार कुनै पनि देशको लेफ्ट र राइट त्यहीँको परिस्थिति अनुसार तय हुनुपर्छ भन्ने सभापतिको बुझाइ हो । ‘देशको सेन्टर संविधानलाई आधार मान्ने भन्ने कुरा हो, चाहे लेफ्टमा हिँड्नस् वा राइटमा हिँड्नुस्, समाजवादमा पुग्नुपर्छ भनिसकेको छ’, उनी भन्छन्, ‘त्यसका लागि अलिकति बढी आर्थिक उदारताको नीति लिएका छौं, निजी क्षेत्रलाई व्यापार, व्यवसाय गर्नमा अलिकति स्वतन्त्रता अनि संस्कृति र संस्कार जोगाउने कुरामा धेरै कडा हुने भएकाले संविधानको सेन्टरभन्दा राइट प्लेसमेन्ट हो ।’

    तर, शिक्षा, स्वास्थ्य र रोजगारीका कुराहरु गरेका कारणले कसैलाई यसलाई ‘लेफ्ट’का रुपमा बुझिदिएको ढकाल बताउँछन् । ‘तर त्यो चाहिँ नेपालभन्दा बाहिर बसेर लेफ्ट र राइटको हिसाबले परिभाषा बुझेकाले त्यस्तो देखिएको हो’, उनी थप्छन्, ‘संविधानको सेन्टरमा हेर्दा शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रुपमा व्याख्या भएको छ, त्यसैले यसको कुरा गर्नेबित्तिकै लेफ्ट हो भनेर डिफाइन गरिएको देखिन्छ ।’

    उनले यसरी विश्लेषण गर्नेलाई ‘लेफ्ट’ र ‘राइट’को परिभाषा बुझ्न जरुरी रहेको बताउँदै भनेका छन्, ‘अमेरिकाको दृष्टिकोणबाट हेर्दा शिक्षा, स्वास्थ्यका एजेण्डाले लेफ्ट भयौं होला । तर, नेपालको दृष्टिकोणले राइट हो ।’ विकिपिडियामा पनि ‘रास्वपा’लाई लेफ्ट उल्लेख गरिएको भन्दै उनले भने, ‘जसले त्यो विवरण राख्नु भयो, उहाँले यसलाई फरक तरिकाले डिफाइन गर्नुभएको छ ।’

    विराजभक्तको भिन्न मत

    २०७४ सालको निर्वाचनमा विवेकशील साझा पार्टीबाट बागमती प्रदेशसभामा समानुपातिक सांसद रहिसकेका विराजभक्त श्रेष्ठ अहिले रास्वपाबाट निर्वाचित सांसद हुन् । उनले पार्टीभित्र देखिइरहेको वैचारिक बहसमा भिन्न तर्क अघि सारेका छन् ।

    सिद्धान्तले मात्र अवस्था परिवर्तन नहुने बताउँदै उनी भन्छन्, ‘पालैपिच्छे सबै वाद मान्ने दल सत्तामा पुगिसके, उनीहरुको वैचारिक स्पष्टता कुहिएर पनि गन्हाउने भइसकेको सबैले बुझेकै कुरा हो ।’ त्यसैले ‘थर्ड पोल’मा जानुपर्ने श्रेष्ठको बुझाइ छ ।

    विराजभक्त श्रेष्ठ

    कतिपय विचारमा आफूले ‘लेफ्ट’ त कतिपयमा ‘राइट’का विचारहरुलाई समर्थन गर्ने बताउँदै उनी अहिले वादमा अड्किएर बौद्धिक विलासिता गर्ने समय नभएको बताउँछन् ।

    ‘अहिले हाम्रो समाजको माग भनेको नागरिकहरुले ट्राफिक जामबाट मुक्ति पाउनुपर्‍यो । पानीको सुविधा हुनुपर्‍यो, कर तिर्न जाँदा दुई दिन विताउनुपर्ने उल्झनबाट मुक्त गर्नुपर्‍यो भन्ने हो’, श्रेष्ठ भन्छन्, ‘पहिले जनताका यी सामान्य कुरा समाधान गर्न छलफल गर्नुपर्ने छ । बजार र अर्थतन्त्रका कुरा त्यसपछि मात्र आउने हो ।’

    विगतमा वैकल्पिक शक्तिका रुपमा उदाएको विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण हुँदा पनि वैचारिक अस्पष्टता देखिएको थियो । साझा पार्टीका तत्कालीन नेता रवीन्द्र मिश्रले पार्टीको वैचारिक आधार ‘सेन्टर लेफ्ट’ बताउँदा सँगै रहेका विवेकशीलका नेता उज्वल थापाले उनलाई सच्याउँदै वैकल्पिक राजनीतिको कुनै वाद नहुने बताएका थिए

    हालको अवस्थामा देशको अवस्थालाई सुधार लेफ्ट–राइट गर्दै अघि बढ्नुपर्ने उनी तर्क राख्छन् । ‘अवस्था अनुसार आवश्यकताका आधारमा लेफ्टतिर अलिकति ढल्किनुपर्ने हुनसक्छ, कहिलेकाहीँ राइटतिर पनि ढल्किनुपर्ने हुनसक्छ’, श्रेष्ठ थप्छन्, ‘अझ म त व्यवहारवादमा जानुपर्छ भन्छु ।’

    पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी अहिलेको व्यवहारिकतामा सेन्टर राइट वा लेफ्ट कुन नजिक हुन्छ, त्यस हिसाबले जानुपर्छ भनेको बताउँछन् ।

    ‘व्यवहारिकतामा आधारित भएकाले अरु वादलाई नजोडी जान सकिन्छ कि भनेर पनि हेरेका छौं,’ उनी भन्छन्, ‘तर, अहिलेको अवस्थामा सेन्टर टु राइट व्यवहारिक हो भन्ने बुझाइ रह्यो ।’

    पार्टीमा देखियो दुई धार

    राष्ट्रिय स्वतन्त्र पार्टी १७ असार ०७९ अर्थात् पाँच महिनाअघि मात्रै स्थापना भएको पार्टी हो । दर्ता गर्ने बेलाका पदाधिकारी र पार्टीमा क्रियाशिल हुनेबाहेक समाजमा नोटेड व्यक्तिहरुलाई पनि रास्वपाले उम्मेदवार बनाउने नीति अघि सारेको थियो ।

    पार्टी सभापति लामिछानेले त्यसबेला कतिपयसँग चुनाव चिह्न मात्र भएपनि प्रयोग गर्न भनेका थिए । अहिले त्यसरी चिह्न मात्र लिएर जोडिएका र पार्टी दर्ताबाटै साथमा रहेका बीच पार्टीको वैचारिक विषयमा मतान्तर देखिएको हो । रास्वपाका एक जना केन्द्रीय सदस्यका अनुसार उम्मेदवारी दिएकामध्ये धेरैले चिह्न मात्र प्रयोग गर्ने सर्त थियो ।

    ‘त्यसबेला उम्मेदवारी दिनुपर्ने हतारो थियो, अहिले जस्तो परिस्थिति बन्ला भन्ने पनि सोचिएको थिएन’, उनी भन्छन्, ‘वैचारिक विषयमा छलफल गर्ने समय पनि भएन । त्यसैले अहिले मत बाझिएजस्तो देखिएको मात्र हो ।’

    यद्यपि, अहिले वैचारिक विषयमा देखिएको बहसले पार्टी निर्माण अघि पर्याप्त पूर्वतयारी नभएको भन्ने सन्देश बाहिर गएको भन्ने उनले स्वीकारे । विगतमा वैकल्पिक शक्तिका रुपमा उदाएको विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण हुँदा पनि वैचारिक अस्पष्टता देखिएको थियो ।

    एकता घोषणापछि आयोजित सभामा साझा पार्टीका तत्कालीन नेता रवीन्द्र मिश्रले पार्टीको वैचारिक आधार ‘सेन्टर लेफ्ट’ भएको बताएका थिए । सँगै रहेका विवेकशीलका नेता उज्वल थापाले उनलाई सच्याउँदै वैकल्पिक राजनीतिको कुनै वाद नहुने बताउँदै आफूहरु व्यवहारिकतामा विश्वास गर्ने बताएका थिए ।

    काठमाडौं ५ मा रास्वपाबाट उम्मेदवारी दिएका डा. प्रणयशम्शेर राणा कुनै वादभन्दा पनि डेलिभरी बेस्ड पार्टी बनाउने भन्ने विषय आएकाले उम्मेदवारी दिनुअघि वैचारिक विषयमा धेरै छलफल नभएको बताउँछन् ।

    ‘सामान्य छलफलमा दैनिक आवश्यकताका नीति निर्माणमा जोड दिने, बेथिति हटाउने र प्रदेश संरचनालाई चुस्त, दुरुस्त बनाउने भन्ने आएको थियो’, राणाले अनलाइनखबरसँग भने, ‘अरु धेरै विषयमा छलफल भएन ।’

    रास्वपाबाट काठमाडौं १ मा उम्मेदवार बनेका पुकार बम ।

    पार्टीबाट उम्मेदवारी दिएका मध्ये डा. राणासहित शैक्षिक अभियन्ता शिशिर खनाल, विवेकशील साझा पार्टीको पृष्ठभूमिबाट जोडिएका पुकार बम, विराजभक्त श्रेष्ठ लगायतले त्यसबेला रास्वपाको चुनाव चिह्न ‘घण्टी’ मात्रै प्रयोग गर्ने सहमति गरेका थिए ।

    काठमाडौं १ मा चुनाव लडेका बमले त चिह्न मात्र प्रयोग गर्न लिखित सम्झौता नै गरेको एक केन्द्रीय सदस्य बताउँछन् । सहमतिबारे जानकारहरुका अनुसार चुनाव अघि उनीहरुसँग सहमति गर्दा राष्ट्रिय मुद्दाबाहेकका विषयमा ह्वीप समेत नलाग्ने भनिएको थियो ।

    चिह्न मात्र प्रयोग गर्ने सहमति गरेकामध्ये एक जना भन्छन्, ‘तर, निर्वाचित भइसकेको अवस्थामा पार्टीप्रति बफादार नहुने भन्ने हुँदैन । कसरी अघि बढ्ने भन्ने छलफल हुन्छ ।’

    पार्टीका एकजना सदस्य चाहिँ सभापति लामिछानले बिहीबार काठमाडौं फर्किएलगत्तै छलफल राख्ने तयारी गरिएको बताउँछन् । उनी भन्छन्, ‘पहिल्यैदेखि पार्टीमा जोडिनु भएको र चुनावको ठ्याक्कै अघि जोडिनु भएका साथीहरुबीच केही विषयमा स्पष्टता चाहिएको छ । छलफल गरेर बुझाइमा भएका कमजोरीहरु स्पष्ट गर्छौं ।’

    २०७९ मंसिर १५ गते २१:१९ मा अनलाइनखबर डटकममा प्रकाशित

    जस्ट इन
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025

    गणतन्त्रका युवराजहरू

    April 25, 2024
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Book Review: नेपालका त डन होइनन्, फ्याउरा नै रहेछन्

    September 14, 202431 Views

    Politics Behind The Bar

    August 17, 202231 Views

    No Meeting, No Mention, No Hope: Bhutanese Refugees Disheartened by King’s Quiet Visit

    December 11, 202430 Views

    Type above and press Enter to search. Press Esc to cancel.