• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Miscellaneous»उपत्यकामा संक्रमितलाई आईसीयू र भेन्टिलेटर पाउन ‘महाभारत’
    Miscellaneous

    उपत्यकामा संक्रमितलाई आईसीयू र भेन्टिलेटर पाउन ‘महाभारत’

    गौरव पोखरेलBy गौरव पोखरेलOctober 14, 2020Updated:October 14, 2020No Comments5 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    सागर बुढाथोकी/गौरव पोखरेल २०७७ असोज २२ गते २०:३० मा प्रकाशित

    कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी येट्खा, काठमाडौंकी ५६ वर्षीया महिलालाई बुधबार दिउँसो अचानक गाह्रो भयो । ‘पल्स रेट लो’ हुनुका साथै सास फेर्न गाह्रो भएपछि परिवारका सदस्यले अस्पताल लैजान खोजे ।

    सुरुमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फोन गरे । तर वेड छैन भन्ने जवाफ आयो ।

    त्यसपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, ललितपुरको पाटन अस्पतालमा पनि वेड भेटिएन । एकपछि अर्को सरकारी अस्पतालमा वेड नभेटिएपछि निजी अस्पतालमा प्रयास गरे । परिवारका सदस्यले किस्ट, मेगा, स्टार, ह्याम्सलगायतका अस्पतालमा फोन लगाए । चिनेजानेका आफन्तमार्फत पनि सोधीखोजी गराए, तर बेड भेटिएन ।

    अस्पतालमा बेड नभेटिएपछि परिवारले अनलाइनबाट डाक्टरसँग परामर्श गरे । डाक्टरले घरमै निगरानी गर्ने तरिका सिकाएपछि अहिले उनी घरमै उपचाररत छिन् ।

    उपत्यकाकाको निजी अस्पतालको आईसीयूमा भर्ना भएका काठमाडौंका ७३ वर्षीय पुरुषमा एकाएक स्वास्थ्यमा समस्या आयो । डाक्टरहरुका अनुसार कोरोना संक्रमणपछि आईसीयूमा उपचाररत उनलाई भेन्टिलेटरको आवश्यकता छ ।

    परिवारका सदस्यले उपत्यकाका निजी तथा सरकारी गरेर २ दर्जनभन्दा बढी अस्पताललाई फोन गर्दा गर्दा एउटै आशयको जवाफ आयो, ‘माफ गर्नुस्, अहिले खाली छैन, भेन्टिलेटरमा भएका कोही संक्रमित बिते भने खबर गर्छौं ।’

    हामीसँग उपलब्ध सबै बेडहरु प्याक छन्, नयाँ संक्रमित थपिए राख्ने ठाउँ छैन

    डा. केदार सेञ्चुरी, वीर अस्पतालका निर्देशक

    येट्खाकी ५६ वर्षीया महिला र काठमाडडौंका ७३ वर्षीय पुरुष प्रतिनिधि पात्र मात्र हुन् । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका तथा कोरोनाको लक्षण देखिएकालाई काठमाडौं उपत्यकाका अस्पतालहरुमा बेड पाउन मुश्किल छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार मात्र उपत्यकामा २५४० संक्रमित थपिएका छन् । यससँगै संक्रिय सक्रिमतको संख्या १५ हजार ५८३ पुगेको छ, जसमध्ये काठमाडौमा १२ हजार ४४१, ललितपुरमा २०१६ र भक्तपुरमा ११२६ छन् ।

    उपत्यकाका अस्पतालहरुमा अरु जिल्लाबाट आएका संक्रमितहरुको पनि उपचार भइरहेको छ ।

    मन्त्रालयको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरको तथ्यांकअनुसार उपत्यकाका अस्पतालमा ८२ जनाको संक्रमितको आईसीयू र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । जबकी सरकारी र निजी अस्पतालहरुमा गरी १९३ आईसीयू र ८२ भेन्टिलेटर छन् ।

    तर अधिकांश अस्पतालमा कोभिडका लागि छुट्याइएको आईसीयू र भेन्टिलेटर वेड भरिएका छन् । साथै आईसीयूका लागि वेटिङमा बस्नेहरुको संख्या ठूलो छ ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बेड क्षमताभन्दा बढी संक्रमितलाई राख्नुपर्ने अवस्था छ । उक्त अस्पतालको ५ क्याबिनसहित २५ बेडको आइसोलेसेन सेन्टर भरिएको छ । २० बेडको आईसीयू र ६ बेडको भेल्टिलेटर पनि प्याक छ । अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बास्तोला भन्छन्, ‘अधिकांश बेड भरिएको छ । मुख्य समस्या आईसीयूमा बेड व्यवस्थापन गर्नु भएको छ । बेड खाली भएको छैन, वेटिङमा धेरै भइसके ।’

    वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार अस्पतालमा ३ सय आइसोलेसनमा २६ वटा आईसीयू र २६ भेन्टिलेटर प्रयोग भइरहेको छ । उनी भन्छन्, ‘हामीसँग उपलब्ध सबै बेडहरु प्याक छन्, नयाँ संक्रमित थपिए राख्ने ठाउँ छैन ।’

    पाटन अस्पतालको अवस्था त्यो भन्दा फरक छैन । डा. विमल पाण्डे भन्छन्, ‘हामीसँग जति बेड छन्, सबै भरिएका छन् ।’ उनका अनुसार संक्रमणमुक्त भएर कोही डिस्चार्ज भएको हुन्न, अर्को संक्रमितलाई राख्नु परिहाल्छ ।

    सुरक्षा निकायका तीन अस्पतालमा कोरोना भाइरसका संक्रमितलाई भर्ना गर्ने गरिएको छ । तर वीरेन्द्र अस्पताल, छाउनी र नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा संगठनका कर्मचारी र परिवारका सदस्यलाई मात्र भर्ना गर्ने गरिएको छ ।

    छाउनीमा ८० आइसोलेसन, २० आईसीयू र ८ भेन्टिलेटर बेड कोरोना संक्रमितको उपचारका लागि छुट्याइएको छ । त्यसमध्ये आइसोलेसनमा २२ र भेल्टिलेटरमा २ बेड खाली छ ।

    नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा १०२ आइसोलेसन, १० आईसीयू र २ भेन्टिलेटर छन् । नेपाल प्रहरीका कर्मचारी र उनका परिवारलाई मात्र भर्ना लिने गरिएको यो अस्पतालको आइसोसलेनमा ९४ र आईसीयूमा २ जना उपचाररत छन् ।

    प्रहरी नायव महानिरीक्षक (डीआईजी) डा. सुन्दर हेजुका अनुसार लक्षण नभएका संक्रमित कर्मचारीहरुलाई सम्बन्धित कार्यालयमा नै आइसोलेसन बेड बनाएर राख्ने गरिएकाले अस्पतालमा व्यवस्थापन गर्न केही सहज भएको छ । ‘हाइकेयर चाहिने बिरामीहरुलाई मात्र अस्पतालमा भर्ना गर्ने गरेका छौं’ उनले भने ।

    सर्वसाधारणलाई पनि भर्ना गर्ने गरिएको सशस्त्र प्रहरीको बलम्बुस्थित कोभिड–१९ विशेष अस्पतालमा १२० आइसोलेसन, २० आईसीयू बेड भरिएका छन् । ८ मध्ये ४ वटा भेन्टिलेटरमा संक्रमितको उपचार भइरहेको डा. प्रविण नेपालले बताए ।

    लक्षण नभएका संक्रमितहरुलाई राख्न केही अन्यत्र ८० वेडको आइसोलेसन सेन्टर बनाइएको छ । तर त्यो पनि भरिएको छ । ‘९ जना वेटिङमा हुनुहुन्छ । उहाँहरुलाई कुर्सी वा अन्यत्र बस्ने व्यवस्था मिलाएका छौं’ उनले भने, ‘साँझसम्म संक्रमणमुक्त भएकाहरु डिस्चार्ज भएपछि उहाँहरुलाई बेडको व्यवस्था गर्छौं ।’

    उनकाअनुसार हरेक दिन जसो ४ देखि १० जना कोरोनाको संक्रमणबाट मुक्त भएर डिस्चार्ज हुन्छन्, तर बेड खाली नहुँदै भर्ना गर्नुपर्ने संक्रमित आइपुग्छन् ।

    कान्ति बाल अस्पतालमा लेभल टू र थ्री गरेर २४ आइसोलेसन, ८ आईसीयू र ४ भेन्टिलेटर छन् । आइसोलेसनमा १० बेड खाली छ । आईसीयूमा चार संक्रमितको उपचार भइरहेको छ भने भेन्टिलेटरमा खाली रहेको डा. कृष्ण पौडेलले बताए ।

    सरकारी मात्र होइन, निजी अस्पतालहरुमा समेत कोभिडका लागि छुट्याइएका बेड भरिएका छन् ।

    स्टार अस्पतालले कोभिडका विरामीका लागि २० आइसोलेसन, २ आईसीयू र २ भेन्टिलेटर बेड छुट्याएको थियो । यो सबै भरिएको छ । अस्पतालका कार्यकारी निर्देशक शैल रुपाखेती भन्छन्, ‘कोभिडका बिरामीहरुको चाप बढेपछि हाम्रो अस्पतालले १५ आइसोलेसन वेड र ६ आईसीयू बेड थप्ने तयारी गरेका छौं ।’

    उनका अनुसार निजी अस्पतालहरुमा भदौदेखि नै संक्रमितको संख्या ह्वात्तै बढेको हो । ‘अब निजी अस्पतालले पनि धान्न सक्दैनन्, प्रिफ्याबकै भएपनि कोभिड डेडिकेडेट अस्पताल बनाउन जरुरी छ । नभए अवस्था थप भयावह हुनसक्छ’ उनले भने ।

    किस्ट अस्पतालमा लक्षण नभएकाहरुका लागि ३०, लक्षण भएकाहरुका लागि १० बेडको आइसोलेसन छ । आईसीयू ४ र भेन्टिलेटर २ वटा छुट्याइएको छ । अस्पतालका चिफ अपरेटिङ अफिसर (सीओओ) अमिश पाठक भन्छन्, ‘लक्षण नभएकाहरुलाई राख्ने वेड चार वटा खाली छ । अरु सबै भरिएको छ ।’

    अल्का, ह्याम्स, ग्राण्डी र मेडसिटी अस्पतालको अवस्था यो भन्दा फरक छैन ।

    के भन्छ स्वास्थ्य मन्त्रालय ?

    यो अवस्था आउँछ भनेर मन्त्रालयले सूरुदेखि नै जनतालाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतम बताउँछन् ।

    अमेरिकाका जस्तो देशका नागरिकले आईसीयू र भेन्टिलेटर नपाएर मरेको अवस्थामा नेपालको नागरिकले भेन्टिलेटर नपाउनु अनौठो नभएको उनको तर्क छ । तैपनि सरकारले व्यवस्थापन गर्न लागिपरेको उनी बताउँछन् ।

    ‘४० लाख जनसङख्या भएको काठमाडौंमा १-२ लाख मानिस संक्रमित हुँँदा धान्ने पुर्वाधार नै कहाँ छ र, आइसियू र भेण्टिलेटर पाउनु ?’ डाक्टर गौतमले भने, ‘यो दिन आउँछ भनेर मन्त्रालयले नागरिकहरुलाई सतर्क बनाएको थियो, तर मानिसहरु कोही नारा जुलुस गर्ने, कोही जात्रा गर्ने अनि डाक्टरहरु नै सडकमा निस्केर आन्दोलन गर्ने भएपछि यो अवस्था आउनु स्वाभाविक नै हो ।’

    कोरोना भाइरस स्वास्थ्य
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    सौन्दर्य प्रतियोगिताका नाममा यसरी हुन्छ यौन हिंसा

    May 19, 2022

    मेचीपारिको गाउँ : नेताले भोट देखे, दुःख देखेनन्

    April 21, 2022

    आइसोलेसनमा देउवा सरकार !

    January 27, 2022
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 202535 Views

    Book Review: नेपालका त डन होइनन्, फ्याउरा नै रहेछन्

    September 14, 202434 Views

    No Meeting, No Mention, No Hope: Bhutanese Refugees Disheartened by King’s Quiet Visit

    December 11, 202432 Views

    Type above and press Enter to search. Press Esc to cancel.