• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Miscellaneous»जसले उपत्यकाका १५ सय कोरोना संक्रमितलाई अस्पताल पुर्‍याए
    Miscellaneous

    जसले उपत्यकाका १५ सय कोरोना संक्रमितलाई अस्पताल पुर्‍याए

    गौरव पोखरेलBy गौरव पोखरेलAugust 19, 2020No Comments4 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपालमा कोरोना भाइरस संक्रमणको सुरुवाती चरणमा नेपाल एम्बुलेन्स सेवा १०२ का हस्त कठायत रातोपुलस्थित घर जाँदा छिमेकीको भागभाग हुन्थ्यो ।

    स्वास्थ्य प्राविधिक कठायतसहित एम्बुलेन्समा कार्यरत ५२ कर्मचारीलाई थाहा थियो, कोरोना प्रत्यक्ष सम्पर्कमा नगइ सर्दैन । तर छरछिमेकलाई यो रोग हावाबाट सर्दैन भनेर सम्झाउन सकेका थिएनन् ।

    चार महिनापछि अवस्था केही फेरिएको छ । मानिसहरुमा कोरोना त्रास कम भएको छ, तर संक्रमण बढ्दो छ ।

    कठायत हत्तपत्त घर जानै पाउँदैनन् । गइहाले पनि छरछिमेकबाट पहिले झैँ छिःछिः दुरदुर हुँदैन ।

    पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई), फेस शिल्ड, शु–कभर लगायतका व्यक्तिगत सुरक्षा सामाग्री प्रयोग गरेर कठायतहरुले कोभिड–१९ का विरामी ओसारिरहेका छन् भन्ने सबैलाई थाहा भएको छ । अहिले त सामाजिक दूरी कायम गरे कोभिडबाट बचिन्छ भन्ने सबैले बुझेको बताउँदै कडायत भन्छन्, ‘सुरुमा छिःछिः दुरदुर सहँदै गरेको कामले हामीलाई आत्मसन्तुष्टि नै दिएको छ ।’

    ०००

    नागरिक विरामी हुँदा एम्बुलेन्स बोलाउन सहज होस् भनेर सरकारले व्यवस्था गरेको नम्बर हो १०२, जुन अहिले ‘नेपाल एम्बुलेन्स सेवा’ नामक गैरसरकारी संस्थाको संयोजनमा चलिरहेको छ । एम्बुलेन्स सेवा प्रयोग गरेर नै उपत्यकाका एक हजार कोरोना संक्रमित विभिन्न अस्पताल पुगेका छन् ।

    उदयपुरका डबल तामाङ यहीँका एम्बुलेन्स चालक हुन् ।

    कोरोना संक्रमितलाई ओसार्न थालेको थाहा पाएपछि उनलाई बौद्धस्थित कोठामा जान पनि समस्या छ । ‘परिवारका सदस्यहरुलाई त सम्झाइयो तर, वल्लोपल्लो कोठामा बस्नेहरुको भनाइ सुन्न बडा गाह्रो हुन्थ्यो’, उनी भन्छन्, ‘अहिले एम्बुलेन्स सेवाले पद्मकन्या विद्यालयमा राखिदिएपछि भने राहत भएको छ ।’

    सरकारले भदौ १ बाट विद्यालय भर्ना अभियान सुरु गर्ने भनेपछि उनीहरुलाई त्यहाँबाट हट्न भनिएको थियो । विद्यालय भर्ना रोकिएसँगै उनीहरु पनि त्यही छन् र, कोरोना संक्रमितहरुलाई अस्पताल पुर्‍याउन खटिएका छन् ।

    तामाङको भनाइमा, महामारीका बेला संक्रमितहरुको सेवा गर्न पाउँदा मिल्ने आत्मसन्तुष्टिका अगाडि छरछिमेकीले गर्ने टिप्पणीको कुनै अर्थ छैन । ‘कोरोना पाजेटिभ भन्नेबित्तिकै अस्पतालले पनि छुनै नहुने जस्तो गर्छन्’, उनी भन्छन्, ‘बिरामीलाई स्टेचरमा राखेर आईसीयूसम्मै पुर्‍याउन हामी नै हुन्छौं ।’

    १०२ का कर्तव्य परायणहरुले अनौठो–अनौठो समस्याको सामना गरिरहनु पर्छ । केहि हप्ताअघि हस्त कठायत र एम्बुलेम्स चालक कलंकीको एउटा होटलमा बसेका एकजना कोरोना संक्रमितलाई लिन गएका थिए । चालक पार्किङमै छाडेर कठायत संक्रमितलाई लिन गए । तर, बिरामीलाई मानसिक समस्या पनि रहेछ । उनी न मास्क लगाउन मान्थे न त ह्वील चियरमा बस्न ।

    त्यहाँ बिरामीका श्रीमती र पीपीई लगाएकी स्वास्थ्य प्राविधिक पनि थिइन्, तर बिरामी लैजान सघाएनन् । कडायत भन्छन्, ‘बिरामीका श्रीमतीले पनि आफैं लैजाउ भन्नुभयो ।’

    ०००

    पोखरा घर भएका एम्बुलेन्स चालक धर्मबहादुर रिमाल आफू सुरक्षित रहन हरदम प्रयासरत हुन्छन् । आफूलाई सरेपनि निको हुने सम्झेर रातदिन खटिरहन्छन् ।

    चैतदेखि घर पनि गएका छैनन् ।

    घरमा वयोवृद्व आमा र बालबालिका पनि भएकाले जोखिम नउठाएको उनी बताउँछन् । ‘मेरो रोग प्रतिरोधी शक्ति ठिक होला तर, आमा र केटाकेटीको नहुन सक्छ’, रिमाल भन्छन्, ‘त्यसैले घर जाने कुरा अहिलेलाई थाती राखेर खटिरहेको छु ।’

    उपत्यकाका संक्रमित ओसार्न तीन एम्बुलेन्स

    १०२ एम्बुलेन्स सेवामा कार्यरतहरुका अनुसार सुरुमा कोरोना संक्रमण देखिएका बेला अरु जस्तै उनीहरु पनि त्रासमा थिए । काम गर्न अगाडि सार्नेहरु कम थिए ।

    ‘अहिले त आवश्यक परे ५२ जनै कर्मचारी खट्न तयार छौं’, १०२ का कार्यकारी अधिकृत अमित जोशी भन्छन् । उनका अनुसार, एम्बुलेन्समा खट्ने सबैको हरेक १५ दिनमा पीसीआर जाँच गरिन्छ । अहिलेसम्म कसैलाई संक्रमण देखिएको छैन ।

    अमित जोशी

    जोशीका अनुसार १०२ सँग १० एम्बुलेन्स छ । त्यसमध्ये तीनवटा कोरोना संक्रमितहरुलाई अस्पताल लैजान प्रयोग गरिएको छ । ५ वटा एम्बुलेन्स हरदर तम्तयार अवस्थामा रहन्छ । टोलीमा कसैलाई कोरोना पोजिटिभ देखिए सेवा प्रभावित नहोस् भनेर ५ वटालाई स्ट्याण्ड बाई राख्ने गरिएको हो ।

    हरेक एम्बुलेन्समा दुई जना स्वास्थ्यकर्मी र चालक हुन्छन् । हरेक एम्बुलेन्समा बिरामीको अवस्था अनुसार चाहिने अक्सिजन, सकलगायतका सुविधा छन् । संक्रमितलाई अस्पताल पुर्‍याएपछि हरेक एम्बुलेन्स पद्मकन्या विद्यालयको स्टेसनमा फर्किन्छ र एम्बुलेन्सलाई ‘डिसइन्फेक्टेड’ गरिन्छ ।

    दैनिकसंक्रमितको विवरण आउने वित्तिकै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुबाट नाम नम्बर र ठेगानासहितको विवरण १०२ को ‘डिस्प्याच सेन्टर’मा पुग्छ । त्यही अनुसार विरामीसँग सम्पर्क गरेर टेकु वा अन्य कोभिड–१९ अस्पतालमा विरामीलाई पुर्‍याउने गरिएको जोशी बताउँछन् ।

    संक्रमितसँगै बढ्दो छ व्यस्तता

    काठमाडौं उपत्यकामा अहिले दैनिक डेढ सय हाराहारी कोरोना संक्रमित थपिइरहेका छन् । यसले एम्बुलेन्स चालकहरुको व्यस्तता बढाएको छ । ‘बिहान ७ देखि राति ११ बजेसम्म विरामी ओसार्नुपर्छ’, कडायत भन्छन्, ‘एउटै क्षेत्रको संक्रमित भए एकपटकमा ६ जनासम्मलाई बोक्ने गरेका छौं ।’

    प्रहरी प्रधान कार्यालय, नक्सालका संक्रमित प्रहरीहरुलाई यसरी नै बलम्बु अस्पताल पुर्‍याइएको थियो ।

    चालकहरुका अनुसार संक्रमितसम्म एम्बुलेन्स पुग्न २ घन्टादेखि ३ घन्टासम्म कुर्नुपर्ने अवस्था छ ।

    संक्रमणको दर बढ्दै जाँदा एम्बुलेन्स थपिनुपर्ने उनीहरुको भनाइ छ । नियमित तलबबाहेक सरकारले जोखिम भत्ता दिने भनेको छ, तर उनीहरुले हालसम्म पाएका छैनन् ।

    तस्वीर/भिडियोः शंकर गिरी/अलनाइनखबर

    एम्बुलेन्स कोरोना भाइरस लकडाउन समाजसेवा
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    सौन्दर्य प्रतियोगिताका नाममा यसरी हुन्छ यौन हिंसा

    May 19, 2022

    मेचीपारिको गाउँ : नेताले भोट देखे, दुःख देखेनन्

    April 21, 2022

    आइसोलेसनमा देउवा सरकार !

    January 27, 2022
    Leave A Reply Cancel Reply

    काठमाडौंका सीडीओसँग बातचित
    https://youtu.be/PEfv2YGdOsM
    फरक क्षमता भएका विद्यार्थीबारे बिराट विशेष

    मेरो बारे

    गाैरव पोखरेल अनलाइनखबर डटकमका लागि सुरक्षा र सैनिक सम्बन्धी मामिलामा रिपोर्टिङ गर्छन् ।

    A young news reporter, writes on Crime, Security & Military/Defense.

    फेसबुकमा पछ्याउनुस्

    Type above and press Enter to search. Press Esc to cancel.