• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Nepal Army»ती पूर्णचन्द्र, यी प्रभुराम
    Nepal Army

    ती पूर्णचन्द्र, यी प्रभुराम

    गौरव पोखरेलBy गौरव पोखरेलAugust 4, 2021Updated:August 7, 2021No Comments5 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली सेनाको ३०० वर्षभन्दा पुरानो इतिहासमा पहिलो पटक ब्राह्मण समुदायबाट प्रधासेनापति नियुक्ति हुने पक्का भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिन सिफारिस गर्ने निर्णय गरेको हो ।

    हालका सेनापति पूर्णचन्द्र थापाले २५ भदौमा अवकाश पाउनेछन् । तर अवकाशको एक महीना अघि विदा बस्ने परम्परा अनुरुप थापाले २४ साउनबाट जंगीअड्डा छाड्नेछन् । त्यसपछि लागू हुने गरी सरकारले शर्मालाई कामु सेनापतिको जिम्मेवारी दिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।

    सरकारले शर्मालाई कामु सेनापतिको जिम्मा दिन अहिले सिफारिस गरे पनि जंगीअड्डामा नेतृत्व हस्तान्तरण प्रक्रिया तीन महीना अघिबाटै सुरु भइसकेको थियो । सेनापति थापाले २३ जेठमा पत्रकारसँग अन्तरक्रिया गर्दै नेतृत्व हस्तान्तरण थालेको घोषणा गरेका थिए ।

    शर्माले २६ भदौपछि औपचारिक रुपमा प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन् ।

    ती थापा, यी प्रभुराम

    पूर्णचन्द्र थापाको कार्यकालमा सेनाको अराजनीतिक चरित्रमाथि प्रश्न उठ्ने खाल्का गतिविधि भए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राजनीतिक संकट आउँदा नेपाली सेनाले द्वन्द्वकालको झल्को दिने गरी बख्तरबन्द गाडी सडकमा निकाल्यो । त्यही कारण कतिपयले संकटकालको आशंका समेत गरे ।

    सेनाका सबै विभाग र जिम्मेवारीबारे नजिकबाट नियालेको ज्ञान भएकाले सेनाले अनुभवी र व्यवसायिक अभिभावकत्व पाएको छ ।

    जंगीअड्डाका सैनिक अधिकृत

    ओलीले पहिलो पटक गरेको संसद विघटनको निर्णय अघि सेनापति थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेटे, त्यसले पनि सेनाको भूमिकाप्रति प्रश्न उठायो । भलै त्यसले कुनै प्रभाव पारेको नतिजाबाट देखिएन ।

    नेपाली सेनाको कमाण्ड सम्हाल्ने तयारीमा रहेका शर्मासामू अराजनीतिक चरित्रबाट बाहिर गएको देखिने काम हुन नदिने चुनौती रहेको अधिकृतहरु बताउँछन् ।

    कोरोना महामारीका क्रममा औषधि खरिद प्रकरणमा हात हाल्दा पनि सेनाले विवादित हुनुपरेको छ ।

    जंगीअड्डाका जर्नेलहरुको असहमतिका बीच सेनापति थापाले औषधि खरिदको जिम्मा लिएका थिए । जिम्मवारीबाट पछि हट्दा ‘नागरिक नियन्त्रणबाट बाहिर’ गएको आरोप लाग्ने बताउँदै थापाले औषधि खरिद प्रक्रिया अघि बढाएका थिए । तर स्वास्थ्य सामग्री चलनचल्तीभन्दा महँगोमा खरिद भएको भन्दै प्रश्न उठेपछि सेनाले जिम्मेवारीबाट बाहिरिने निर्णय गर्‍यो ।

    सेनालाई व्यवसायिक चरित्रबाट बाहिर जान नदिन शर्माले भूमिका खेल्नुपर्ने एक वरिष्ठ सैन्य अधिकृत बताउँछन् । ‘थापाको कार्यकाललाई नजिकबाट हेरेकाले पनि उहाँले ती गल्ती दोहोर्‍याउनु हुन्न भन्ने अपेक्षा छ’ ती अधिकृत भन्छन्, ‘विगतका गल्तीबाट पाठ सिक्दै सेनाको छविलाई उच्च बनाउनुपर्छ ।’

    नयाँ संविधान जारी गरेपछि भारतले लगाएको नाकाबन्दी हटाउने वेला सैन्य कूटनीतिले महत्वपूर्ण भूमिका खेलेको भनिन्छ । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरालार्ई समेटेर नयाँ नक्सा जारी गरेपछि नेपाल र भारतबीच देखिएको तिक्तता कम गर्न सैन्य कूटनीतिले भूमिका खेल्नसक्ने कतिपयले बताएका थिए ।

    भारतले पनि भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेलाई नेपाल पठाएको थियो । तर गुप्तचर निकाय ‘रअ’का प्रमुख सामन्त गोयलले नेपाल आएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटपछि नेपाल भारत सम्बन्ध नयाँ मोडमा पुगेको विश्लेषकहरु बताउँछन् ।

    सिपाहीको पक्षमा काम गर्ने अपेक्षा

    पुरानो गोरख पल्टनका शर्मालाई ‘सिपाही’को चरित्र भएको अधिकृतको रुपमा चित्रित गर्ने गरिन्छ । जंगीअड्डाका एक अधिकृत भन्छन्, ‘उहाँ सिपाहीसँग घुलमिल हुने र मनमा लागेको कुरा स्पष्टसँग बताउने व्यक्ति हुनुहुन्छ ।’

    पुरानो गोरख पल्टन मगर जातिको पल्टन हो । ‘मगर पल्टनमा अधिकृतहरु जवानसँगै खाने, खेल्ने र भिज्ने गर्थे’ पल्टनकै अर्का अधिकृत भन्छन्, ‘उहाँले पनि जवानसम्मको मनोविज्ञान बुझ्नुहुन्छ र उनीहरुको पक्षमा काम गर्नुहुन्छ भन्ने अपेक्षा छ ।’

    वर्तमान सेनापति पूर्णचन्द्र थापाले पनि आफ्नो कार्यकालमा जवानका पक्षमा काम गर्ने प्रयास गरेका थिए । उनले जवानको पेन्सन अवधि १६ वर्ष बनाउने निर्णय गराए । सिपाहीसँग जवानले प्रत्यक्ष संवाद गर्ने परम्परा सुरुवात गरे । शर्माले आफ्नो कार्यकालमा सिपाहीका लागि के गर्छन्, त्यो चाहिँ भविष्यले नै बताउनेछ ।

    शर्मासँग जंगीअड्डाको हरेक विभागमा बसेर काम गरेको अनुभव छ । ३७ वर्षको सैनिक सेवामा उनले गुल्म, गण, बाहिनी र पृतनामा काम गरेका छन् । जंगीअड्डमा सैनिक सचिव, भर्ना छनौट, नीति तथा योजना, सह–बलाध्यक्ष, युद्धकार्य, सम्भाररथी, बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालेका छन् ।

    हालका सेनापति थापासँग युद्धकार्य महानिर्देशनालयमा काम गरेको अनुभव थिएन । जंगीअड्डाका एक अधिकृत भन्छन्, ‘सबै विभाग र जिम्मेवारीबारे नजिकबाट अनुभव र ज्ञान भएकाले सेनाले अनुभवी र व्यवसायिक अभिभावकत्व पाएको छ ।’

    थापाले भारतबाट राष्ट्रिय प्रतिरक्षा, अमेरिकाबाट आतंकवाद तथा सुरक्षा, थाइल्याण्ड तथा पाकिस्तानबाट प्रतिरक्षा सम्बन्धी तालिम प्राप्त गरेका छन् । भावी सेनापति शर्मासँग बंगलादेशमा तीन वर्ष सैनिक सहचारीको रुपमा काम गरेको अुनभव छ । शर्माले संयुक्त राष्ट्र संघीय शान्ति मिसनका क्रममा पूर्वी टिमोरमा गुल्म र कंगोमा गणको अन्तर्राष्ट्रिय कमाण्ड गरेका छन् । शर्मा भारतमा भएको नेपाल भारत द्वीपक्षीय सल्लाहकार समूहको भेलामा पनि सभागी भएका छन् ।

    बंगलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम गरेका शर्माले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा एमफिल गरेका छन् ।

    यो पनि पढ्नुहोस् सेनापति र रक्षामन्त्रीबीच विवादका श्रृंखला

    आधुनिकीकरण गर्ने चुनौती

    सेनामा प्रधानसेनापति एक्लैले चाहँदैमा सुधार सम्भव हुँदैन । अधिकृतहरुका अनुसार सेना पद्धतिले चल्ने हो, त्यसैले नेतृत्व परिवर्तनसँगै धेरै ठूलो परिवर्तनको अपेक्षा गर्न सकिँदैन । तर थापा र शर्माको कार्यकालमा सेनाको आन्तरिक जीवनमा केही भिन्नता हुने जंगीअड्डामा अपेक्षा गरिएको छ ।

    हालका सेनापति थापाले तीन वर्षे कार्यकालभरि आर्थिक सुशासनमा जोड दिए । सम्भवतः इतिहासमै सबैभन्दा बढी सैन्य अधिकृत थापाको कार्यकालमा कारबाहीमा परे । ‘विगतमा पनि कारबाही हुन्थे, तर थापा सा’बको पालामा धेरै हल्ला गरिए’ एक अवकाश प्राप्त उपरथी भन्छन्, ‘त्यसलाई चिर्ने चुनौति नयाँ सेनापतिसमक्ष छ ।’

    सेनालाई आधुनिक हतियार र स्रोत साधनले सुसज्जित गराउने चुनौति पनि शर्मासँग छ । थापाको कार्यकालको अन्त्यमा सेना ‘तीन जोड एक कमाण्ड’ अवधारणामा गएको छ । यसको कार्यान्वयन शर्माको नेतृत्वमा हुनेछ । ‘नयाँ संरचनामा जनशक्ति व्यवस्थापन, पल्टन दरबन्दी समायोजन, नयाँ कार्यालयहरु स्थापनाका लागि स्रोत, साधनको व्यवस्थापन लगायत पनि उहाँको चुनौति हो’ जंगीअड्डाका एक अधिकृत भन्छन् ।

    बदलिँदो राजनीतिक परिवेशमा पनि शर्मासँग थप चुनौति पनि हुने अधिकृतहरु बताउँछन् । काठमाडौं तराई/मधेश द्रुत मार्गको जिम्मेवारीमा थापाको कार्यकालमा खासै उपलब्धी भएन । यद्यपि, नीतिगत तहमा अलमलिनु पर्दा ढिलाइ भएको अधिकृतहरु दाबी गर्छन् ।

    तोकिएको अवधिमा राष्ट्रिय गौरवको द्रुत मार्ग निर्माण सम्पन्न गर्नुपर्ने चुनौति पनि शर्मासँग हुनेछ । सेनाभित्र वृत्ति विकासको पक्षलाई पनि उनले ध्यान दिनुपर्ने छ । त्यसबाहेक राष्ट्रिय चुनातिलाई सामना गर्दै प्रतिरक्षा गर्ने नियमित चुनौति त शर्मासँग छँदैछ ।

    छुट्टै राज्य माग गर्दै आएको सीके राउत समूह शान्तिपूर्ण राजनीतिमा आएको छ । संसदीय व्यवस्था विरोधी एजेण्डा लिएर हिंसात्मक गतिविधिमा होमिएको विप्लव समूह पनि मुलधारमा आइसकेको छ । त्यसैले राष्ट्रिय सुरक्षाका केही चुनौति कम भएका छन् ।

    तत्काललाई नेपाल बाह्य शक्तिबाट चुनौति नरहेको अधिकृतहरु बताउँछन् । तर दुई ठूला छिमेकी मुलुक भारत र चीनबीच प्रतिष्पर्धा भइरहेका वेला क्षेत्रीय परिवेशमा नेपाली सेनालाई सन्तुलितरुपमा अघि बढाउनुपर्ने चुनौति चाहिँ शर्मासामू हुनेछ ।

    २०७८ साउन १२ गते २२:०१ मा प्रकाशित

    नेपाली सेना प्रभुराम शर्मा
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    भावी प्रधानसेनापतिका रुपमा अघि सारिएका पाण्डेको जन्ममितिमा केरमेट

    November 8, 2023

    प्रेम शाहीसहित ३ सैनिकको रिहाइसँगै उठेका प्रश्नहरु

    March 7, 2023

    अनियमितताको आरोपमा दुई महिना थुनेर सैनिक विद्रोहको गम्भीर मुद्दा

    March 7, 2023
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 202535 Views

    Book Review: नेपालका त डन होइनन्, फ्याउरा नै रहेछन्

    September 14, 202434 Views

    No Meeting, No Mention, No Hope: Bhutanese Refugees Disheartened by King’s Quiet Visit

    December 11, 202432 Views

    Type above and press Enter to search. Press Esc to cancel.