• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Features»४० वर्षसम्म छोरा मात्रै हराएनन्, आमाको सपना पनि हरायो
    Features

    ४० वर्षसम्म छोरा मात्रै हराएनन्, आमाको सपना पनि हरायो

    गौरव पोखरेलBy गौरव पोखरेलJune 14, 2021Updated:March 17, 2022No Comments6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    घरमा आमा धनमाया तिम्सिना । तस्वीरः शंकर गिरी/अनलाइनखबर
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    ११ चैत, इलाम । २०३७ सालमा एकतप्पाबाट हराउनुअघि दुर्गाप्रसाद तिम्सिना भन्ने गर्थे, ‘अब जमिन जोडेर घर बनाउनुपर्छ, काम गर्न जान्छु, फर्किएपछि सुख हुन्छ ।’

    सोमबार इलामको माई नगरपालिका– १०, लुम्बाकमा भेटिंदा ८६ वर्षीया आमा धनमाया तिम्सिना ती पुराना कुरा सम्झिइरहेकी थिइन् ।

    ‘त्यसबेला यही साइँलोको त भर थियो, तोरी बेच्न हिंडेको छोरो कहाँ हरायो, हरायो’, उनले अनलाइनखबरसँग भनिन् । आफन्त धीरेन्द्ररमण शर्माका अनुसार २०२४ सालमा बुबा चम्पाखर बिते, बिफरको महामारीले एक महिनाभित्रै दुई छोरा र एक छोरीको ज्यान गयो ।

    क्षतिपूर्तिबाट थोरै रकम आए जीविकोपार्जनका लागि खर्च गर्ने र अलि धेरै पैसा आए दाइको अस्तित्व सधैं रहिरहने गरी उहाँ जस्तै बेपत्ता भएका व्यक्ति खोज्ने ट्रष्ट खोलिदिने इच्छा छ

    प्रकाशचन्द्र तिम्सिना, आफन्त

    परिवारमा आइलागेको आपतबाट तंग्रिन खोज्दै थिइन् । एक दिन धनमायालाई गाईले हातमा हान्यो, घाइते भइन् । स्थानीय एक वैद्यले जडीबुटी लगाइदिए । तर, धेरै समय जडीबुटी बाँधेपछि उनको हात नै चुँडियो ।

    दाजुहरुको मृत्युपछि परिवार धान्ने जिम्मेवारी दुर्गाप्रसादको काँधमा आएको थियो । ‘बुबा खसेपछि घरमा दुःख भयो बाहिर जान्छु, कमाएर आउँछु भन्ने गरेको रहेछन्’ शर्माले सुनाए, ‘१९ वर्षको छँदा मंगलबारेमा तोरी बेचेर आएको पैसा बोकेर दार्जीलिङतिर काम खोज्दै गएछन् ।’

    त्यसबेला मंगलबारेमा दुर्गाप्रसादका भिनाजुको घर थियो । उनीहरुले दुर्गाप्रसादलाई मंगलबारे बजारमा देखेका थिए । तर, अरु बेला पनि खासै नबोल्ने उनी त्यसदिन किन हो छलिंदै हिंडेका थिए । अहिले जस्तो सञ्चार सुविधा थिएन । एक, दुई दिन घर नआएपछि परिवारका सदस्यले भारततिर कमाउन गयो होला भन्ने ठानेर खोज्न छाडे ।

    त्यसबेला पूर्वी नेपालको सीमापारि भारतमा गोर्खाल्याण्ड आन्दोलन थियो । नेपाली मूलका व्यक्ति मारिएको खबर सुन्दा वारि परिवारका सदस्यहरु झस्किरहन्थे । तर, धनमाया चाहिं छोरा घर फर्किने आशमा बसिरहिन् । अदुवा, आलु रोपेर आएको पैसाले जसोतसो गुजारा चलाइन्, छोराछोरी हुर्काइन् । ‘एकदिन त छोरा आइहाल्छ भन्ने थियो’, ४० वर्षपछि अनुहारमा मुजा पार्दै धनमायाले भनिन्, ‘कमाउन गएको थियो, आयो ।’

    उनलाई आश थियो, छोरा आएपछि परिवारको दुःख हटेर जानेछ, सुख मिल्नेछ । यही सोचमा चार दशक बिताएकी आमाले सोमबार दुर्गाप्रसादलाई देखिन् । तर, सोचेझैं दुर्गाप्रसाद सुख बोकेर आएका थिएनन् । बरु आफैं अरुको सहारामा बाँच्नुपर्ने अवस्थामा घर फर्किएका थिए । र, चार दशकपछि दुर्गाप्रसाद घर आउँदा उनले पहिले देखेका सपनाहरु मरिसकेका थिए ।

    काम्दै गरेको अवस्थामा सोमबार अपरान्ह दुर्गाप्रसादलाई देखेपछि धनमायाले भनिन् ‘खोइ बोल्दैन, बिरामी पो भएछ कि क्या हो !’

    जिम्मेवारी १९ वर्षे गोपालको काँधमा

    लुम्बाकको घिमिरे गोलाइ चोक मुन्तिर रहेको तिम्सिना निवासमा हाल आमा धनमाया, छोरी पविमाया, धनमायाको कान्छा छोरा धर्मानन्द, बुहारी ठाकुरकुमारी र नाति गोपाल तिम्सिना (१९) बस्दै आएका छन् ।

    आमा धनमायाको एउटा हात चल्दैन, कान राम्रोसँग सुन्दिनन् । धर्मानन्द मुटु रोगी छन् । ‘कान्छा छोरा बिरामी भएपछि केहीअघि मात्रै विराटनगर लगेर उपचार गराएर ल्याएका थियौं’, प्रदेशसभाका सांसदसमेत रहेका आफन्त शर्मा भन्छन्, ‘अहिले उहाँको बोली पनि स्पष्ट छैन ।’

    धर्मानन्द र उनका छोरा गोपाल तिम्सिना ।

    उनकी जेठी श्रीमती यामकुमारीको २०५८ साल जेठमा मृत्यु भयो । एक जना छोरा गोपाल जन्मिएको एक वर्षमै यामकुमारीको मृत्यु भएपछि धर्मानन्दले दोस्रो बिहे गरेका थिए । तर, उनको दोस्रो बिहे समेत राम्ररी अघि बढेन । कान्छी श्रीमतीले अदालतमा छुट्टिन माग गर्दै अंश मुद्दा हालेकी छन् ।

    यो घरका सदस्य अहिले चार समूहमा बाँडिएका छन्, उनीहरुका छुट्टाछुट्टै भान्सा छ । आमा धनमायाको चुलो घरमुनिको बारीमा खुला आकाशमुनि छ, दुर्गाप्रसादका भाइ धर्मानन्द र उनका छोरा गोपाल घरको भुइँतलामा र धर्मानन्दकी कान्छी श्रीमती यामकुमारी आँगनमा खाना पकाउँछिन् । दुर्गाप्रसादकी बहिनी पविमाया घरको बायाँतिरको पिंढीमा खाना पकाउँछिन् ।

    लुम्बाक गाउँमा दुर्गाप्रसादको परिवारको २२/२४ रोपनी पाखो जमिन छ । तर, अदालतमा मुद्दा परेपछि जग्गा रोक्का भएको छ । अम्लिसो, अदुवालगायतका खेती गर्न सक्ने अवस्था त छ तर, घरमा काम गर्न सक्ने अवस्थामा कोही पनि छैनन् ।

    दुर्गाप्रसाद र धर्मानन्दका बहिनी पविमाया पनि बौद्धिक अपाङ्ग छिन् । त्यसकारण अहिले घरको सबै जिम्मेवारी धर्मानन्दका छोरा गोपाल तिम्सिनाको काँधमा आएको छ ।

    ‘करफोक विद्या मन्दिरमा जसोतसो कक्षा १२ सम्म पढियो, योभन्दा अघि बढ्न गाह्रो छ’, उनले अनलाइनखबरसँग भने, ‘अब के गरेर परिवार धान्ने हो, अलमलमा छु ।’

    उनका बुबा धर्मानन्द चाहिं आफ्नो दाइ दुर्गाप्रसादलाई दुःख–सुख गरेर पाल्ने बताउँछन् । उनी भन्छन्, ‘खेत सबै बाँझो छ, अब दुःख–सुख केही गर्नुपर्ला ।’ तर, उनी आफैं नियमित औषधि लिइरहेका छन् र थप उपचार गर्नुपर्ने अवस्थामा छन् ।

    धर्मानन्दका अनुसार बिहे भएर गएकी जेठी छोरीले ३ लाख र माइली छोरीले २ लाख रुपैयाँ उपचारका लागि सहयोग गरेका थिए । ‘दाइलाई ल्याउँदा पनि केही पैसा खर्च गर्‍यौं, अरु आफन्तले पनि अलिअलि सहयोग गरेकाले उहाँलाई यहाँसम्म ल्याउन सम्भव भयो’, धर्मानन्दले भने ।

    उनका अनुसार दाइ दुर्गाप्रसाद आउने भएपछि अन्य आफन्तहरुले २ हजारदेखि सक्नेसम्म सहयोग गरेका थिए ।

    आफन्त प्रकाशचन्द्र तिम्सिनाका अनुसार काँकरभिट्टासम्म आइपुग्दा दुर्गाप्रसाद एकसरो कपडामा मात्रै थिए । त्यसैले उनका लागि त्यहीं कपडा किनिएको थियो । फिक्कल आइपुगेपछि आफन्त धीरेन्द्रले ज्याकेटसहितका अन्य कपडा किनिदिएका थिए ।

    गाँसबासको टुंगो छैन

    जीवनको उर्बर समय भारतीय कारागारमा बिताएर दुर्गाप्रसाद त फर्किए तर, लुम्बाकस्थित घरमा उनलाई गाँसबासकै समस्या रहेको आफन्तहरु बताउँछन् । ‘उहाँ आउनुभएको छ, खुशीको कुरा हो’, एक आफन्तले अनलाइनखबरसँग भने, ‘तर, परिवारको स्थिति हेर्दा उहाँ यहीं बसिरहनु भए अवस्था झन् नाजुक हुनसक्छ ।’

    त्यही कारण आफन्तहरुले पनि पालैसँग नजिकै रहेका नातेदारहरु कहाँ निश्चित समयका लागि दुर्गाप्रसादलाई राख्न सुझाएका छन् । गाउँघरमा घुलमिल भए उनको अवस्था सुध्रिंदै जाने भएकाले पनि आफन्तहरुले यो सुझाव दिएका हुन् ।

    मंगलबार प्रदेश १ सरकारले उनको उपचारका लागि सहयोग गर्ने निर्णय गरेपछि चाहिं परिवार केही हदसम्म खुशी भएको छ । भारतमा दुर्गाप्रसादको पक्षमा कानूनी लडाइँ गरेका व्यक्तिहरुको पनि उपचारमै चिन्ता थियो ।

    ‘उपचार त हुनेभयो, अन्य कुरामा पनि सहयोग भएदेखि धेरै सहज हुनेथियो’ गोपाल भन्छन्, ‘बुबाकै उपचारमा पनि ७ लाख रुपैयाँ परिवारलाई ऋण लागिसकेको छ ।’

    कमजोर पारिवारिक अवस्थाबारे थाहा पाएपछि उच्च अदालत, कोलकाताका अधिवक्ता हिरक सिन्हा, प्रदीप मण्डल, मलाय भट्टाचार्य, शुभ्रज्योति घोषलगायतले बहस पनि निःशुल्क गरिदिएका थिए ।

    दुर्गाप्रसादको घर ।

    क्षतिपूर्तिको आश

    उच्च अदालत, कोलकाताले सोमबार दुर्गाप्रसादको मुद्दामाथि सुनुवाइ गर्दै परिवारले मागे क्षतिपूर्ति उपलब्ध गराउन भनेको छ । दुर्गाप्रसाद र परिवार आर्थिकरुपमा कमजोर रहेको उल्लेख गर्दै चार दशकको जेल जीवनले उनको परिवारमाथि थप सामाजिक चुनौती आइलागेको अदालतको ठहर छ ।

    मुख्य न्यायाधीश थोट्टाथिल बी राधाकृष्णम् र न्यायाधीश अनिरुद्ध रोयको इजलासले क्षतिपूर्तिबारे बोलेसँगै परिवारमा उत्साह जागेको छ । भतिजा गोपाल भन्छन्, ‘क्षतिपूर्ति आए, राम्रो घरमा ठूलोबुबालाई राख्न र परिवार चलाउन सहज हुन्थ्यो कि !’

    कोलकाताबाट दुर्गाप्रसादलाई नेपाल ल्याउन भूमिका खेलेका छिमेकी भाइ प्रकाशचन्द्र तिम्सिना चाहिं क्षतिपूर्ति कति आउँछ, त्यसका आधारमा के गर्ने भन्ने निर्णय गर्ने बताउँछन् ।

    ‘थोरै भए, जीविकोपार्जनका लागि मुद्दती खातामा राखेर खर्च गर्ने व्यवस्था मिलाइदिनुपर्ला’ उनले अनलाइनखबरसँग भने, ‘अलि धेरै पैसा आए चाहिं चल्ने रकम राखेर दाइको अस्तित्व सधैं रहिरहने गरी उहाँ जस्तै बेपत्ता भएका व्यक्ति खोज्ने ट्रष्ट खोलिदिने इच्छा छ ।’

    सबै तस्वीरः शंकर/अनलाइनखबर

    २०७७ चैत १२ गते ६:०० मा प्रकाशित

    भिडियो मस्टरिड
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    गौशाला २६ – ‘श्रीमान् ! यो कस्तो न्याय ?’

    May 23, 2024

    रामबहादुर बम्जन : धर्मको आडमा अनुयायीमाथि ज्यादती

    January 27, 2024
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Politics Behind The Bar

    August 17, 202261 Views

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 202560 Views

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 202543 Views

    Type above and press Enter to search. Press Esc to cancel.