• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Miscellaneous»छापामार शैलीमा चिनियाँ नेताको भ्रमण !
    Miscellaneous

    छापामार शैलीमा चिनियाँ नेताको भ्रमण !

    गौरव पोखरेलBy गौरव पोखरेलJanuary 4, 2021Updated:February 21, 2021No Comments4 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

     सामान्यतयाः कुनै पनि देशबाट हाई–प्रोफाइल पाहुना आउने तयारी सुरु भएलगत्तै नेपालस्थित दूतावासले सुरक्षा समन्वयका लागि गृह मन्त्रालयलाई खबर गर्छ । गृहको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले सुरक्षा प्रबन्ध मिलाउँछ । तर, यो नियमित प्रक्रिया आइतबार चिनियाँ कम्युनिष्ट पार्टीको टोली काठमाडौं आउँदा पालना भएन ।

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सिर्जित संकटका बीच नेपाल आएका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली नेपाल आउनुअघि न प्रहरीले कुनै जानकारी पायो, न आइसकेपछि नै ।

    उनीहरुको भेटघाटको सूचीलाई पनि चिनियाँ पक्षले गोप्य राखेको छ ।

    बरु प्रहरीले चाहिँ पाहुनाको सुरक्षामा कुनै कमी देखिए प्रश्न उठ्न सक्ने भन्दै अनौपचारिक सूचनाकै भरमा बिहान ११ बजेदेखि २ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडा पार्‍यो । तिब्बतीहरुले कालो झण्डा देखाउन सक्ने भएकाले सादा पोशाकका प्रहरी पनि व्यापकरुपमा परिचालन गरियो ।

    स्रोतका अनुसार येचौको सुरक्षाका लागि प्रहरीले एउटा गाडीसहित पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) नै पठाएको थियो । तर, निर्धारित समयभन्दा केही घण्टा ढिलो काठमाडौं अवतरण गरेको चिनियाँ टोलीले त्यसलाई अस्वीकार गर्‍यो ।

    प्रहरी मुख्यालयबाट प्राप्त निर्देशनअनुसार चिनियाँ पक्षले सुरक्षामा खट्न नदिएपछि प्रहरी टोलीसमेत अलमलमा परेको थियो । स्रोत भन्छ, ‘सुरक्षा नचाहिने भने पनि दूतावाससम्म पुगेर टोली फर्किएको थियो ।’

    प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार सुरक्षा चुनौतिको विश्लेषणका आधारमा भीआईपी सुरक्षाका लागि आवश्यकताअनुसार टोली परिचालन गर्ने गरिएको छ ।

    त्यसो भए यसपालिको भ्रमणमा चिनियाँ पाहुना येचौलाई सुरक्षा थ्रेट नभएको हो ? जवाफमा ती अधिकृतले भने, ‘थ्रेट नहुने होइन । उहाँहरुले दूतावासमै रहेका सहचरीलगायतबाट सुरक्षा लिनुभएको छ ।’

    नेपाल प्रहरीको टोलीलाई सुरक्षार्थ खटाउन नमान्नुका पछाडि येचौको भेटघाटलाई गोप्य राख्ने उद्देश्यसमेत हुन सक्ने सुरक्षा अधिकारीहरु बताउँछन् । स्रोतले भन्यो, ‘प्रहरी सुरक्षामा खटिएपछि कुनै पनि भेटघाट गोप्य नरहने भए, त्यसैले सुरक्षा नलिइएको हुन सक्छ ।’

    त्रिभुवन विमानस्थलमा ओर्लिएलगत्तै नेपालस्थित दूतावास गएको चिनियाँ टोलीले ४ः४८ मा शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको थियो ।

    टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधव नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतलाई भेट्ने कार्यक्रम छ । विपक्षी दलका केही नेतासँग पनि भेटघाट गर्ने भनिए पनि हालसम्म सार्वजनिक गरिएको छैन ।

    यद्यपि, नेकपा नेताहरु चाहिँ चिनियाँ कम्युनिस्ट पार्टीका नेताको यो भ्रमण सरकारी स्तरको नभएर पार्टीस्तरको राजनीतिक भ्रमण मात्र भएको बताउँछन् । दुई साताअघि भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौं आएजस्तै चिनियाँ नेता येचौ पनि सरकारी स्तरको भ्रमणमा नभएर पार्टीगत भेटघाटका लागि मात्र आएको नेकपाका नेताको तर्क छ ।

    यो पनि पढ्नुहोस चिनियाँ चासो : नेकपा, सहमति कार्यान्वयन र राजनीतिक अस्थिरता

    नेकपाको विभाजनप्रति चिन्ता

    अधिकारीहरुका अनुसार चीनले पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आएको विभाजनप्रति चिन्ता व्यक्त गर्दै आएको छ । प्रधानमन्त्री ओलीले संसद विघटनको निर्णय लिएलगत्तै नेकपा ओली र प्रचण्ड–माधव नेपाल समूहमा विभाजित भएपछि चिनियाँ अधिकारीहरुले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

    विभाजनपछि चिनियाँ राजदूत होउ यान्छीले पनि नेताहरुसँग भेटघाटलाई तीब्र बनाएकी थिइन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, स्थायी कमिटी सदस्य कृष्णबहादुर महरा, वर्षमान पुन लगायतलाई भेट गरेर पछिल्लो घटनाक्रमबारे चासो व्यक्त गरेकी थिइन् । त्यसक्रममा उनले चीनले नेकपा एकजुट भएको हेर्न चाहेको भनेकी थिइन् ।

    चीनले औपचारिकरुपमा भने नेकपा विवादबारे प्रतिक्रिया दिएको छैन ।

    राजदूत यान्छीको दौडधुप तीब्र भएकैबेला चिनियाँ कम्युनिष्ट पार्टीका नेता येचौसहितको टोली काठमाडौं आएर भेटघाट बढाएको हो । उनीहरुको भेटलाई नेकपाको पार्टी विवादसँग जोडेर हेरिएको छ ।

    येचौ ०७४ फागुनमा पनि नेपाल आएका थिए । त्यसको तीन महिनापछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो ।

    यसलाई संयोग नै मान्नुपर्छ, पार्टी एकीकरणअघि नेपाल आएका उनै विदेशी पाहुना अहिले पार्टी फुटेपछि फेरि नेपाल आएका हुन् ।

    को हुन् उपमन्त्री येचौ ?

    सन् १९६६ मा हुआन जियाङसु प्रान्तमा जन्मेका येचौले मानविकी विषयमा स्नातक गरेका छन् । उनी बेइजिङस्थित विदेश मामिलासम्बन्धी अध्ययन गर्ने विश्वविद्यालयमा सन् १९८३ मा भर्ना भए । र, १९८७ देखि कम्युनिस्ट पार्टीको विदेश विभागमा काम गर्न थाले । र, उनी १९९३ देखि चिनियाँ कम्युनिस्ट पार्टीको सदस्य बने ।

    कम्युनिस्ट पार्टीको विदेश विभागमा डेपुटी डिभिजन डाइरेक्टर, डिभिजन डाइरेक्टर र महानिर्देशक हुँदै उनी सन् २०१४ देखि चिनियाँ कम्युनिस्ष्ट पार्टीको विदेश विभागको उपमन्त्री (उपसचिव) भएका हुन् ।

    येचौ बुल्गेरियाका पूर्वराजदूत पनि हुन् ।

    सङ ताओको नेतृत्वमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तरराष्ट्रिय विभागमा ७ जना नेता छन् । तीमध्ये यचौ दोस्रो बरियताका नेता हुन् । यस विभागमा चार जना उपमन्त्री र दुईजना सहायकमन्त्रीहरु कार्यरत छन् ।

    गत वर्ष विदेश विभागका प्रमुख सङ ताओले नेपालमा आएर नेकपाका नेताहरुलाई प्रशिक्षणसमेत दिएका थिए । त्यसबेला सङ ताओले दुई पार्टीवीच सहयोग आदान–प्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरसमेत गरेका थिए । केपी ओलीको उपस्थितिमा नेकपाका तर्फबाट विदेश विभाग प्रमुख माधवकुमार नेपालले सो समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

    २०७७ पुष १२ गते २१:१५ मा प्रकाशित

    कुटनीति चिनियाँ नेता नेपाल भ्रमण राजनीति
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    सौन्दर्य प्रतियोगिताका नाममा यसरी हुन्छ यौन हिंसा

    May 19, 2022

    मेचीपारिको गाउँ : नेताले भोट देखे, दुःख देखेनन्

    April 21, 2022

    आइसोलेसनमा देउवा सरकार !

    January 27, 2022
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 202535 Views

    Book Review: नेपालका त डन होइनन्, फ्याउरा नै रहेछन्

    September 14, 202434 Views

    No Meeting, No Mention, No Hope: Bhutanese Refugees Disheartened by King’s Quiet Visit

    December 11, 202432 Views

    Type above and press Enter to search. Press Esc to cancel.