• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Don't miss it!»कुनै वेलाका मोस्ट वान्टेड, जसलाई अहिले प्रहरी सुरक्षा दिन्छ
    Don't miss it!

    कुनै वेलाका मोस्ट वान्टेड, जसलाई अहिले प्रहरी सुरक्षा दिन्छ

    गौरव पोखरेलBy गौरव पोखरेलMay 2, 2021Updated:June 4, 2022No Comments6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    टोले गुण्डादेखि मन्त्रीसम्म दिपक मनाङको यात्रा

    २०५० देखि ७५ सालसम्म काठमाडौं प्रहरी प्रमुखमा जो प्रमुख भएर आए, हरेकको सूचीमा हुन्थे राजीव गुरुङ उर्फ दिपक मनाङ्ग । चुनाव हुँदा होस् या ‘गुण्डा समूह’सँग जोडिएका जुनसुकै घटना हुँदा होस्, उनी पक्राउ पर्नु सामान्य बनिसकेको थियो ।

    पक्राउ परेनन् भने चाहिँ उनी आफैं कनिष्ठ प्रहरीहरुसँग सोध्थे, ‘मलाई … (प्रहरी प्रमुखको नाम) दाइले किन समातेनन् ?’ अधिकारीहरुका अनुसार प्रहरीले पक्राउ नगर्दा उनी छायाँमा परेको महसुस गर्थे, आफ्नो गतिविधि जारी रहेको छनक दिन पनि हिरासत पुग्नुपर्छ भन्ने मान्थे ।

    तर मनाङ्गबाट स्वतन्त्र प्रदेशसभा सदस्यका रुपमा गण्डकी प्रदेशसभामा प्रवेश पाएका उनी शुक्रबार मन्त्री समेत बनेका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर मनाङ्गेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

    २०४० बाटै अपराध यात्रा आरम्भ

    प्रहरीको रेकर्डअनुसार मनाङ्गे काठमाडौंको पुरानो गुण्डामध्येमा पर्छन् । २०४६ सालको जनआन्दोलनपछि नेपालमा गुण्डागर्दी मौलाएको हो । उनी पनि त्यसपछि नै ठमेलमा गुण्डाको रुपमा उदाएका हुन् । काठमाडौं प्रहरीमा लामो समय काम गरेका एक अधिकृतका अनुसार मनाङ्गेले ठमेलमा टाउको उठाउँदै गर्दा उपत्यकामा अर्का गुण्डा चक्रे मिलेन मात्रै थिए । ठमेलमा डान्स बार र रेष्टुरेन्टहरु खुल्दै जाँदा मनाङ्गले हप्ता असूली गर्न थालेका थिए ।

    प्रहरी अधिकृतहरुका अनुसार उनी ‘सलामी’ भन्दै रकम उठाउँथे । नदिनेहरु उनको समूहको निशानामा परिहाल्थे । उनले होटलहरुमा जम्मा हुने वियरको खाली बोतल समेत छोड्दैनथे । खाली बोतल संकलन गरेर विक्री गर्दा राम्रो कमाई हुने देखेपछि त्यसमा हात हालेका उनले महिनामा १०/१२ लाखसम्म कमाएको एक प्रहरी अधिकृत सुनाउँछन् ।

    ०५९ सालमा ठमेलको एक्सजोन डिस्कोमा नेपाली सेनाका एकजना मेजरलाई कुटपिट गरेपछि चाहिँ उनी चर्चामा आए । आफू पनि कारबाही गर्ने डरले मेजरले उजुरी त दिएनन्, तर प्रहरी प्रतिवेदनकै आधारमा सार्वजनिक अपराध ऐनअनुसार कारबाही प्रक्रिया अघि बढेको थियो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनलाई एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला पनि सुनायो ।

    Deepak-manange

    तर आफू दिपक मनाङ्गे नभए राजीव गुरुङ भएको दाबी गर्दै सर्वोच्च अदालत गए र उनी रिहा पनि भए । पुनरावेदनमा उच्च अदालत, पाटनले भने दिपक मनाङ्ग र राजीव गुरुङ एउटै भएको प्रहरीको प्रमाणलाई स्वीकार गर्‍यो र, पुनः एक वर्ष कैद सजायको फैसला भयो ।

    त्यही बेला राजधानीमा अरु गुण्डा समूहहरु जन्मिए, मनाङ्गेको प्रभाव कमजोर हुँदै गयो । महाराजगञ्ज क्षेत्रका मिलन चक्रे र चाबहिलका राजु गोर्खालीले गिट्टी बालुवा र जग्गा व्यवसायमा हात हाल्न थाले । मनाङ्गेको रजगज चाहिँ ठमेल क्षेत्रमै सीमित थियो, झगडा मिलाइदिने र हप्ता असूलीले मात्र नपुग्ने भएपछि उनले चक्रेको क्षेत्रतिर हात हाल्ने कोसिस गरे । डिस्कोमा काम गर्ने बाउन्सर गणेश लामालाई पनि उनले आफ्नो समूहमा सामेल गराए ।

    काठमाडौंको गुण्डागर्दी दुनियाँमा पकड बढाउने क्रममा उनको समूहको बानेश्वरका मिलन सेक्सीसँग पनि झगडा हुन थाल्यो । पानीपोखरीको चुफाङ रेष्टुरेन्टमा मनाङ्गेको समूहले २१ वैशाख २०६१ मा चक्रे मिलनलाई आक्रमण गर्‍यो । मिलनको देब्रे हात छिन्यो, मनाङ्गेसहित उनका समूहका रवत कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामाविरुद्ध किटानी जाहेरी पर्‍यो । घटनामा १८ चैत २०६१ मा उनी पक्राउ परे, कुटपिट कसूरमा उनी दोषी ठहरिए । जिल्ला अदालत, काठमाडौंले २ वर्ष कैद सजायको फैसला सुनायो ।

    सजाय काटेर २८ माघ २०६३ मा उनी थुनामुक्त भए । तर जिल्लाको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय उच्च अदालत, पाटन गयो । अदालतले ज्यान मार्ने उद्योग ठहर गर्दै ५ वर्ष जेल सजाय सुनायो, अरुलाई सफाइ दियो । त्यसविरुद्ध सरकारी वकिलको कार्यालय सर्वोच्च गयो । अदालतमा मनाङ्गेको तर्फबाट कुनै दाबी प्रस्तुत नभएको र पुनरावेदनको समय पनि सकिएको भन्दै जेल जानुको विकल्प नभएको आदेश भएको थियो । ६ वैशाख २०७५ मा उनलाई काठमाडौं प्रहरीले स्वयम्भुबाट पक्राउ गरेको थियो ।

    प्रहरी अधिकृतहरुका अनुसार पछिल्लो समय उनका अपराधिक गतिविधि देखिएका थिएनन् । यद्यपि प्रहरीले उनीमाथि निगरानी छाडेको थिएन, हाल उनी यार्सागुम्बा लगायतका जडिबुटीको व्यवसायी गरिरहेको प्रहरी रेकर्डले देखाउँछ ।

    मनाङ्गे मन्त्री बन्नुले समग्र राजनीतिक प्रणाली कस्तो छ भन्ने देखाउँछ

    – हेमन्त मल्ल, पूर्वडीआईजी

    राजनीतिक यात्रा

    नेपालमा गुण्डागर्दीमा संलग्नहरुले प्रहरीबाट बच्न राजनीतिक फेरो समात्ने गरेका छन् । मनाङ्गे पनि ०४७ सालदेखि ०६८ सालसम्म अधिकांश समय राप्रपासँग जोडिएका थिए । तर, ०६२/०६३ को आन्दोलनपछि राप्रपा कमजोर बन्दै जाँदा उनले अन्य दलहरुको फेरो समात्न थाले ।

    २०६६ फागुन ५ मा उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा प्रवेश गरे, ०६८ सालतिर संघीय समाजवादी पार्टी प्रवेश गरे । ०७३ सालमा राप्रपा प्रवेश गरेका उनी एक वर्षपछि एमालेमा प्रवेश गरे ।

    मनाङ्गको प्रदेशसभा क्षेत्र नं. ‘ख’बाट उनलाई २०७४ सालमा एमालेले टिकट दिने निर्णय गर्‍यो । तर सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा व्यापक विरोध भएपछि पार्टी निर्णयबाट पछि हट्यो । मनाङ्गेले स्वतन्त्र उम्मेदवारी दिए, एमालेले कसैलाई उठाएन ।

    चुनावमा विजयी भए पनि अदालतको आदेशपछि उनले सपथ लिन पाएनन् । नख्खु कारागारबाट ६ महीनापछि थुनामुक्त भएसँगै उनले १५ पुस २०७५ मा सपथ ग्रहणको माग गर्दै प्रदेशसभामा निवेदन दिए ।

    उनले सपथ लिन पाउने वा नपाउने विवादकै बीच १४ माघमा सपथ ग्रहण गरे । माननीय बनेपछि पनि मनाङ्गेको शैली भने फेरिएन । २०७६ माघ पहिलो साता मनाङ्गेले कास्की फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई झापड हाने ।

    पोखराको भण्ढारढिकमा भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनको तयारी भइरहेका वेला उनले गुरुङलाई झापड हानेका थिए । कुटपिटमा संलग्न भएको भन्दै प्रहरीले उनलाई ९ माघमा पक्राउ गर्‍यो । तर, मनाङ्गेले भ्रष्टाचार मौलाएको र आफूले व्यक्तिमाथि नभइ प्रवृत्तिमाथि प्रहार गरेको दाबी गरे ।

    ‘जनता हेर्‍यो त्यतै भ्रष्टाचार छ, न काम गर्ने अधिकार छ, न समितिले केही गर्न सक्छ’ भन्दै ७ असार २०७७ मा प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएपछि पनि उनी चर्चामा आएका थिए ।

    रमेश खरेल भन्छन् – राजनीतिमा अपराधीकरणको पराकाष्ठ

    मनाङ्गे मन्त्री बनेपछि पहिले उनलाई पक्राउ गर्ने अधिकृतहरु चाहिँ के सोचिरहेका होलान् ? उनलाई दुईपटकसम्म पक्राउ परेका एक अधिकृत यो प्रश्नमा हाँस्छन् मात्र । भन्छन्, ‘यो देशमा गुण्डागर्दीले कुन तहसम्म जरा गाडेको छ भन्ने प्रमाण हो ।’

    मनाङ्गेहरुलाई डन नभई ‘फ्याउरे भएको’ सार्वजनिक अभिव्यक्ति दिने पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेल पनि उनलाई मन्त्री बनाइनुले देशका माथिल्लो तहमा बस्ने पनि गुण्डागर्दी र भ्रष्टाचारमा संलग्न छन् भन्ने देखिने बताउँछन् । ‘यो राजनीतिमा अपराधीकरणको पराकाष्ठ हो’, खरेलले अनलाइनखबरसँग सुनाए, ‘दिपक मनाङ्गले एउटा क्षेत्र तर्साउँथ्यो, नेताहरु देशै तर्साइरहेका छन् । त्यसैले दुईबीच फरक देखिन्न ।’

    अर्का एकपूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चाहिँ बहालवाला थुप्रै सांसदहरुको पनि आपराधिक पृष्ठभूमि भएको उल्लेख गर्दै ‘को कति एक्सपोज भए’ भन्ने मात्र फरक रहेको सुनाउँछन् ।

    पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी पनि मनाङ्गे मन्त्री बन्नुले समग्र राजनीतिक प्रणाली कस्तो छ भन्ने देखाएको सुनाउँछन् । उनी भन्छन्, ‘अहिले राजनीतिमा जुन किसिमका घटनाहरु देखिइरहेका छन्, त्यसले समग्र व्यवस्थाप्रति नै वितृष्ण पैदा गराइरहेको छ ।’

    काठमाडौं प्रहरीका अर्का एक अधिकृतका अनुसार मनाङ्गे भन्थे, ‘पुलिस नेतादेखि डराउँछ, नेता गुण्डादेखि डराउँछ, गुण्डा पुलिसदेखि डराउँछ ।’ तर गुण्डागर्दीमा संलग्नहरु आफैं राजनीतिज्ञ बन्न थालेपछि मनाङ्गेले सुनाउने गरेको नेता–प्रहरी–गुण्डाको चक्र पनि अब असान्दर्भिक हुँदै जानेछ ।

    २०७८ वैशाख १६ गते २२:०० मा अनलाइनखबर डटकममा प्रकाशित

    अपराध ग्यांगस्टर दिपक मनाङ्गे नेपाल प्रहरी
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    लखनऊमा लुक्दै आएका गुड्डु कसरी आइपुगे काठमाडौं ?

    March 4, 2025

    Book Review: नेपालका त डन होइनन्, फ्याउरा नै रहेछन्

    September 14, 2024

    भुटानी शरणार्थी प्रकरणमा हाई–प्रोफाइल कनेक्सनको ‘च्याप्टर क्लोज’

    August 15, 2024
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 202535 Views

    Book Review: नेपालका त डन होइनन्, फ्याउरा नै रहेछन्

    September 14, 202434 Views

    No Meeting, No Mention, No Hope: Bhutanese Refugees Disheartened by King’s Quiet Visit

    December 11, 202432 Views

    Type above and press Enter to search. Press Esc to cancel.