• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Nepal Police»अर्बपतिको अपराध : लोभले लाभ, लाभले विलाप !
    Nepal Police

    अर्बपतिको अपराध : लोभले लाभ, लाभले विलाप !

    गौरव पोखरेलBy गौरव पोखरेलApril 8, 2020Updated:May 8, 2020No Comments4 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । नेपाल एयरलाइन्सको चार्टर्ड विमानमा स्वास्थ्य सामग्री लिनका लागि शनिबार चीनको ग्वान्झाओतर्फ उड्यो । प्रारम्भमा विमानले २२ टन स्वास्थ्य सामग्री ल्याउने भनिए पनि फर्किँदा ७.५ टन सामान मात्र आयो ।

    जसमा मंगलबार दिउँसो पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवालसहित चौधरी ग्रुप, नर्भिक अस्पताल र अन्य मेडिकल सप्लायर्सका सामग्री थिए । यद्यपि, अधिकांश सामग्री शंकर ग्रुपकै थियो ।

    ती सामग्री आउने बित्तिकै कालोबजारी गरेर बिक्री हुनसक्ने आशंका सुरक्षासम्बद्ध अधिकृतहरुले गरेका थिए । जसअनुसार प्रहरीका विभिन्न इकाइ चनाखो बनेका थिए ।

    यहीबीच आइतबार महानगरीय अपराध अनुसन्धान महाशाखाले शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई नयाँ नम्बरबाट सम्पर्क गरेर ‘थर्मल गन’ खरिदका लागि प्रस्ताव गर्‍यो ।

    अग्रवालले ‘ग्रीन सिग्नल’ दिएपछि महाशाखाले प्रहरी उपरीक्षक (एसपी) हृदय थापाको कमाण्डमा एउटा टोली नै तयार ग¥यो । जसले हाइ–प्रोफाइल व्यवसायीको कालोबजारी धन्दाको पटाक्षेप गरेको छ ।

    टोलीकै कोभर्ट अपरेशन (छद्म भेषमा गरिने प्रहरी कारबाही) पछि अग्रवाल अहिले हिरासतमा पुगेका छन् । उनको साथबाट प्रहरीले ६८ वटा थर्मल गन (थर्मोमिटर) बरामद गरेको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापा बताउँछन् ।

    अग्रवालको घर र कार्यालयमा पनि छापा हानिए पनि केही नभेटिएन थापाले अनलाइनखबरलाई बताए ।

    नक्कली परिचय पत्रको भर पर्दा

    सामान बिक्री गर्ने संकेत पाएर व्यापारीको भेषमा डिल गर्न थालेका प्रहरीसँग प्रारम्भमा अग्रवालले शंका गरेका थिए । छद्म भेषधारी प्रहरीले विभिन्न गाउँपालिका र नगरपालिकाका लागि स्वास्थ्य सामग्री चाहिएको भनेका थिए । तर, अग्रवाल सजिलै आश्वस्त भएनन् । उनले स्वास्थ्य सामग्री विक्रेता भएको आधार मागे ।

    अनुसन्धान अधिकृतले पनि केहीवेरमै कम्प्युटरबाट ‘मेडिकल किट सप्लायर्स’ लेखिएको परिचय पत्र डिजाइन गरे । ह्वाट्स एपमा परिचय पत्र पठाएपछि अग्रवालसँग खरिदकर्ताको भेषमा प्रहरीले थप बार्गेनिङ थालेका थिए ।

    उनले फोनमै १६ हजारको दरले थर्मल गन दिने बताएका थिए । तर, भुक्तानी नगदमै हुनुपर्ने अग्रवालको भनाइ थियो ।

    ‘हामीले महँगो भयो भनेपछि एक हजार रुपैयाँसम्म घटाउन सक्ने भनेका थिए’, अनुसन्धानमा संलग्न एक अधिकृतले अनलाइनखबरसँग भने, ‘त्यसपछि सामानको कम्पनी, प्रकृति र स्याम्पल फोटो पनि मागेका थियौँ ।’ उनका अनुसार प्रारम्भमा चेकमार्फत रकम दिने भनिएको थियो । तर, अग्रवालले मानेनन् ।

    त्यसैले, सोमबार हुने भनिएको खरिद प्रहरीले मंगलबारलाई सारेको स्रोत बताउँछ । एक सय वटा थर्मल गन मागे पनि पर्याप्त नगद देखाउन नसकेकाले प्रहरीको अपरेसन रोकिएको थियो ।

    यो प्रकरणले मुलुकका ठूलो व्यापारिक घरानाप्रति समाजको धारणा नकारात्मक त बनायो नै साथमा काउन्सिलरको छविलाई पनि धमिल्याएको छ

    हेमन्त मल्ल ठकुरी, अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक

    स्रोतका अनुसार मंगलबार १० लाख रुपैयाँ जम्मा गरेर प्रहरी अधिकृतले थप रकम चेकमा दिने गरी बार्गेनिङ गरेका थिए । तर, अग्रवालले स्वीकार गरेनन् । अन्तिममा ६८ वटा मात्र थर्ममिटर खरिद गर्ने टुंगो लाग्यो । एक सय वटा खरिदका लागि अग्रवालले १५ लाख रुपैयाँ मागेका थिए ।

    ‘अग्रवालले हामीलाई नक्साल बाल मन्दिर अगाडि बोलाए । उनको कार्यालय पनि त्यहीँ थियो’, महाशाखा स्रोतले भन्यो, ‘हामी पनि सिभिल गाडीमा प्लस चिन्ह लगाएर मेडिकल सप्लायर्स लेखेर गएका थियौँ ।’

    अग्रवालभन्दा अगाडि प्रहरी उनले बोलाएको ठाउँमा पुगिसकेको थियो । जब उनले थर्मल गन निकाले तब अधिकृतहरुले प्रहरी भएको बताए । त्यसपछि अग्रवाल झस्किए ।

    हडवडीमा उनले आफू कुटनीतिक नियोगको मानिस भएको बताउँदै आफूलाई प्रहरीले कारबाही गर्न नसक्ने बताए । प्रहरीलाई गाली गर्न थाले । त्यसक्रममा प्रहरी अधिकृत आएको गाडीको सिसा पनि उनले फुटाइदिएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

    गलत व्याख्या गरेर नीलो नम्बर प्लेटको दुरूपयोग

    अग्रवालसँग डिलिङ भइरहँदा उनी कुटनीतिक नियोगसँग पनि सम्बन्धित व्यक्ति हुन् भन्ने थाहा नभएको अनुसन्धान अधिकृतहरुको दाबी छ ।

    उनी नीलो नम्बर प्लेटमा २०९ एचसीसी १ लेखिएको गाडीमा चढेर आउलान् भन्ने पनि अधिकृतले कल्पना गरेका थिएनन् ।

    सामान्यतयाः कुटनीतिक नियोगको गाडीमा सुरक्षाकर्मीले चेकजाँच गर्दैनन् । यही कुराको फाइदा उठाएर उनले नीलो नम्बर प्लेटको गाडीबाटै कालोबजारी गर्ने प्रयास गरेका थिए ।

    तर, एउटा कानुनी प्रावधानमा भने प्रहरी पनि जानकार देखिँदैनन् ।

    परराष्ट्र मन्त्रालयका ‘चिफ अफ प्रोटोकल’ गहेन्द्रराज भण्डारीका अनुसार अवैतानिक वाणिज्य दूत भनेको सम्बन्धित राष्ट्रले सिफारिस गरेर दिने पद हो । र, यो पदधारण गरेका व्यक्तिले वाणिज्य दूत जस्तो सुविधा पाउँदैनन् ।

    उनका अनुसार गाडीमा एचसीसी (अनरी) लेखिएको सवारी चलाउनले व्यक्तिले कुनै कूटनीतिक छुट प्राप्त गर्दैनन् । निजी सवारीसाधनलाई नै आफ्नो कार्य अवधिसम्म एचसीसी लेखेर नीलो प्लेट राख्न पाइन्छ । पूर्ण कुटनीतिक सुविधा प्राप्त गर्नेको गाडीमा सीडी उल्लेख हुने भण्डारी बताउँछन् ।

    अग्रवाल भने एचसीसी लेखिएको नम्बर प्लेटको गाडी लकडाउनका वेला पनि सवारी पासविनै चलाइरहेका थिए ।

    परराष्ट्र स्रोतका अनुसार अग्रवाललाई कीर्गिस्तानले अवैतानिक महावाणिज्य दूतको पद दिएको सन् २०१९ अगस्ट १९ मा हो । उनलाई तीन वर्षे कार्यकालका लागि यो सुविधा दिइएको हो। यो पदको धारण गरेपछि उनले नेपालमा समस्यामा पर्ने कीर्गिस्तानी नागरिकलाई सहयोग र समन्वय गर्छन् ।

    नेपाल प्रहरीका अवकाश प्राप्त नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी कुटनीतिक नियोगको गाडी दुरूपयोग भएको घटनाले विभिन्न आवरणमा हुने अपराधको एउटा प्रवृत्ति उजागर गरेको बताउँछन् ।

    ‘यसले मुलुकका ठूलो व्यापारिक घरानाप्रति समाजको धारणा नकारात्मक त बनायो नै साथमा काउन्सिलरको छविलाई पनि धमिल्याएको छ’, ठकुरीले अनलाइनखबरसँग भने ।

    यसअघि २०६३ सालमा कुटनीतिक नियोगको नम्बर प्लेट प्रयोग गरेर रक्तचन्दन तस्करी हुने गरेको भेटिएको थियो । त्यसयता विभिन्न समयमा कुटनीतिक निकोगको गाडी दुरूपयोग हुनसक्ने आशंका गरिए पनि प्रहरीले यथेष्ट प्रमाण फेला पार्न सकेको थिएन।

    अनलाइनखबरमा प्रकाशित

    अपराध नेपाल प्रहरी
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    लखनऊमा लुक्दै आएका गुड्डु कसरी आइपुगे काठमाडौं ?

    March 4, 2025

    भुटानी शरणार्थी प्रकरणमा हाई–प्रोफाइल कनेक्सनको ‘च्याप्टर क्लोज’

    August 15, 2024

    रामबहादुर बम्जन : धर्मको आडमा अनुयायीमाथि ज्यादती

    January 27, 2024
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 202535 Views

    Book Review: नेपालका त डन होइनन्, फ्याउरा नै रहेछन्

    September 14, 202434 Views

    No Meeting, No Mention, No Hope: Bhutanese Refugees Disheartened by King’s Quiet Visit

    December 11, 202432 Views

    Type above and press Enter to search. Press Esc to cancel.