• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»APF»तस्वीर नै बोल्छ : कृष्णमोहनलाई बादलको सलाम !
    APF

    तस्वीर नै बोल्छ : कृष्णमोहनलाई बादलको सलाम !

    गौरव पोखरेलBy गौरव पोखरेलApril 10, 2020No Comments4 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । भनिन्छ, राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन् । मंगलबार दिउँसो सशस्त्र प्रहरी बलको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा एउटा यस्तै रोचक दृश्य देखियो ।

    मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको कार्यक्रम आरम्भ भएलगत्तै दिवंगत सशस्त्र प्रहरीका कर्मचारीमाथि माल्यार्पण गर्ने कार्यक्रम थियो । ओलीसहित अन्य अतिथिहरुले क्रमशः शालिकमा माल्यार्पण र सलाम गर्दै गए । त्यहाँ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि उपस्थित थिए ।

    जब गृहमन्त्री बादलले स्व. सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठको शालिक छेउमा गएर भावुक हुँदै सलाम गरे, तब केही अतिथिले मुखामुख गरेको देखिन्थ्यो । श्रेष्ठ तिनै सुरक्षा अधिकारी हुन्, जो तत्कालीन विद्रोही माओवादीको गोलीबाट मारिएका थिए । र, अहिले स्व. कृष्णमोहनको शालिक अगाडि उभिएर सलाम गर्ने गृहमन्त्री बादल त्यतिबेला विद्रोही पक्षका उच्च कमाण्डर थिए ।

    आफ्नै कार्यकर्ताहरुबाट हत्या गरिएका व्यक्तिको शालिक मुनि उभिएर यसरी सलाम गर्नुपर्ला भनेर माओवादी नेताहरुले शायदै सोचेका थिए होला । यद्यपि, यो दृश्यले विगतको द्वन्द्वको घाउ दुबै पक्षले बिर्सन थालेको सकारात्मक सन्देशसमेत दिएको छ ।

    ललितपुरको बागडोलमा ०५९ माघ १२ गते ‘मर्निङ वाक’मा हिँड्दै गर्दा श्रेष्ठसहित उनकी पत्नी एवं सशस्त्र प्रहरी महिला संघकी संस्थापक अध्यक्ष नुडुप र श्रेष्ठका अंगरक्षक सशस्त्र प्रहरी नायब निरीक्षक सूर्यप्रसाद रेग्मीलाई माओवादी छापामारले गोली हानेर मारेका थिए । घटनाको दुई दिनपछि सरकार र विद्रोही पक्ष माओवादीबीच दोस्रोपटक युद्धविरामका लागि सहमति भएको थियो ।

    ३ फागुन २००३ मा संखुवासभाको चैनपुरमा जन्मिएका श्रेष्ठ ०२७ सालमा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए भने १९ माघ ०५७ मा सशस्त्र प्रहरीको महानिरीक्षक बनेका थिए ।

    माओवादी द्वन्द्व चर्किँदै गएको अवस्थामा तत्कालीन दरबारले सेना परिचालनमा सहयोग नगरेपछि सेना र नेपाल प्रहरीबाट केही जनशक्ति ल्याएर ०५७ सालमा सशस्त्र प्रहरी बलको गठन भएको थियो । त्यसबेला बलको उद्देश्य माओवादी द्वन्द्वलाई निस्तेज पार्नु थियो ।

    दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा

    यसैबीच, मंगलबारको सोही कार्यक्रमकै अवसरमा प्रधानमन्त्री ओलीले सोमबार बसेको मन्त्रिपरिषद बैठकले दुई हजार ८ सय ७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको सार्वजनिक गरे । यसअघि २२ माघ ०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले सशस्त्र द्वन्द्वका क्रममा शहादत प्राप्त गरेका सुरक्षाकर्मी, निजामती कर्मचारी र शिक्षकलाई शहीद घोषणा गर्ने निर्णय गरेको थियो ।

    तर, त्यसवेला संख्या पनि तोकिएको थिएन र कोको समेटिने भन्ने पनि यकिन थिएन । पुनः अहिले ओली सरकारले उनीहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।

    प्रधानमन्त्री ओलीले बताएअनुसार शहीद घोषणा गरिएकाहरु मध्ये सबैभन्दा धेरै नेपाल प्रहरीबाट एक हजार ४४८ जना, नेपाली सेनाका एक हजार १८, सशस्त्र प्रहरीका ३१८ जना र राष्ट्रिय अनुसन्धानका २३ जना रहेका छन् ।

    देशका लागि कर्तव्य पालनका क्रममा ज्यान दिनेहरुप्रति असमान व्यवहार भएको गुनासो आएकोले त्यसको सम्बोधनका लागि सुरक्षाकर्मीहरुलाई शहीद घोषणा गरेको प्रधानमन्त्री ओलीले स्पष्ट पारेका थिए ।

    मातहतको कुनै निकायमा भ्रष्टाचार हुन दिन्नः बादल

    समारोहमा सम्बोधन गर्दै गृहमन्त्री थापाले आफ्नो मन्त्रालय मातहतको कुनै पनि निकायमा भ्रष्टचार हुन नदिइने बताए ।

    उनले सशस्त्रका अधिकारीहरुलाई निर्देशन दिँदै भने, ‘भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलतालाई व्यवहारमा उतार्नुस् । गृहमातहतको कुनै निकायमा भ्रष्टाचार हुन दिन्न । यसमा मन्त्रालय संवेदनशील छ ।’

    मुलुकमा सङ्घीयताको कार्यान्वयनपछि नयाँ परिस्थिति सिर्जना भएको बताउँदै उनले सशस्त्र प्रहरीको काँधमा चलायनमान सुरक्षा निकायको रुपमा अह्म भूमिका बहन गर्नुपर्ने जिम्मेवारी रहेको पनि बताए ।

    ‘सशस्त्र प्रहरी बल जनताको नजरमा भरोसा लाग्दो सुरक्षा सङ्गठनका रुपमा स्थापित हुँदै गएको छ’, उनले भने, ‘समय अनुकुल जनशक्ति विस्तारै गर्दै सीमामा हुने चोरी, निकासी र सीमा अपरधा नियन्त्रणका लागि बोर्डर आउटपोष्टलाई पनि बढाउँदै लग्नुपर्छ ।’

    उनले १७ जिल्लाका अस्थायी गूलमलाई स्थायीमा परिणात गरिसकेको स्मरण गराउँदै भने, ‘उच्च पहाडी तथा हिमाली क्षेत्रमा हुने खोज तथा उद्दारलाई लक्षित गरेर उच्च शिखर खोज तथा उद्दार शिक्षलय स्थापना गर्नेतर्फ पनि तयारी भइरहेको छ । यही वर्षबाट जग्गा र भवनको काम थालिनेछ ।’

    महजोडीलाई सम्मान

    स्थापना दिवसका अवसरमा समाजमा कलाको माध्यमबाट योगदान दिएको भन्दै हास्य कलाकारद्वय मदकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मान पनि गरिएको छ । यद्यपि, कार्यक्रममा आचार्य भने उपस्थित थिएनन् ।

    स्वास्थ्यका कारण उनी उपस्थित हुन नसकेपछि उनको कदर पत्र पनि प्रधानमन्त्री ओलीले श्रेष्ठलाई नै हस्तान्तरण गरेका थिए ।

    हरेक वर्ष प्रदान गरिने ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्ड भने पूर्वसशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र पूर्वसशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रोहित थापालाई प्रदान गरियो । सोही अवसरमा संस्थापक आईजीपी स्व. श्रेष्ठ र पूर्वआईजीपी स्व.सहवीर थापालाई मरणोप्रान्त सम्मान गरिएको थियो ।

    श्रेष्ठको सम्मान पत्र उनकी बहिनीलाई प्रदान गरिएको थियो भने थापाको श्रीमती कल्पना थापाले लिएकी थिइन् । सोही अवसरमा रुपन्देहीको ५ नं. बाहिनीलाई उत्कृष्ट बाहिनी अवार्ड प्रदान गरियो । बाहिनीकातर्फबाट प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक चिरञ्जीवि अधिकारीले अवार्ड लिएका थिए ।

    तस्वीरहरुः चन्द्र आले/अनलाइनखबर

    २०७५ माघ १५ गते २०:५९ मा प्रकाशित

    कृष्णमोहन श्रेष्ठ रामबहादुर थापा ‘बादल’
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    महामारीमा अब्बल सशस्त्र प्रहरी अस्पताल

    January 27, 2021

    सरकार सीमामा बीओपी राख्छ, सुविधा दिँदैन

    November 23, 2020

    नेपाल प्रहरी र सशस्त्रको क्षेत्राधिकार विवाद बल्झियो

    March 31, 2020
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Politics Behind The Bar

    August 17, 202261 Views

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 202560 Views

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 202543 Views

    Type above and press Enter to search. Press Esc to cancel.