• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Views/Analysis»Book Review: नेपालका त डन होइनन्, फ्याउरा नै रहेछन्
    Views/Analysis

    Book Review: नेपालका त डन होइनन्, फ्याउरा नै रहेछन्

    गौरव पोखरेलBy गौरव पोखरेलSeptember 14, 2024Updated:August 26, 2025No Comments10 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौंका गुण्डा भनिएकाहरुलाई कुनै बेला रमेश खरेलले भनेका थिए – ती डन होइनन्, फ्याउराहरु हुन् । सबका नाडी छामिसकेको भन्दै ‘एसपी खरेल’ उनीहरुलाई ‘मुसा’ भन्थे, आफूलाई चाहिँ तिनलाई तह लगाउने बिरालो ।

    प्रहरी प्रमुख बन्न नपाएपछि डीआईजीबाटै स्वेच्छिक अवकाशको बाटो रोजेका खरेलको बुझाइमा, तिनीहरु अनेक आवरणमा जोगिँदै आएका मामुली अपराधी मात्र हुन् । मुम्बई अन्डरवर्ल्डका इन्साइक्लोपीडिया हुसेन जाहिदीको पुस्तक ‘डोङ्ग्री टू दुबई : सिक्स डिकेड्स अफ मुम्बई माफिया’ पढ्ने हो भने लाग्छ – खरेलले ठिकै भनेका थिए ।

    झण्डै ६ दशकदेखि मुम्बईमा राज गरेका अन्डरवर्ल्ड नाइकेहरुको कथा पढ्दा लाग्छ, नेपालका डन त के डन ! बलिउडदेखि फोर्ब्स म्यागजिनको विश्व शक्तिशाली व्यक्तिसम्म, मुम्बईदेखि कराचीसम्म। प्रहरीभित्रै घुसपैठदेखि डनहरुको आफ्नै इन्टलिजेन्स संयन्त्रसम्म ।

    हाजी मस्तान, करिम लाला, बर्द राजन, छोटा राजन, अबु सलिमदेखि अमेरिकाले अन्तर्राष्ट्रिय आतंकवादी घोषणा गरेका दाउद इब्राहिमसम्म । मुम्बई माफियाका साना-ठूला खेलाडीहरुको इतिवृत्तान्त कुनै काल्पनिक ‘डार्क थ्रिलर’ सिनेमाभन्दा कम लाग्दैन । अनि, फेरि नेपालका ‘फ्याउरा’हरुलाई सम्झिने हो भने लाग्छ, ‘धन्न, त्यो तहको डनराज यहाँ छैन ।’

    आपराधिक पृष्ठभूमिका मनोज पुन, समिरमान सिंह बस्न्यात लगायतले नेपालमा अन्डरवर्ल्ड शैली पछ्याउने प्रयास नगरेका होइनन् । तर, पुन र उनका साथी सोम आले प्रहरी ‘मुठभेड’मा मारिए । बस्न्यात पक्राउ परेर केन्द्रीय कारागारको गोलघरमा छन् ।

    डनका रुपमा चिनिएका अर्का व्यक्ति रमेश बाहुन थुनामुक्त भएर दुबईतिर छन् । सार्वजनिक जानकारीमा भएको तथ्यलाई मान्ने हो भने उनी त्यहीँ ‘व्यवसाय’मा भुलिरहेका छन् ।

    अन्डरवर्ल्ड रिपोर्टरको सनसनीपूर्ण खोज

    पुस्तकका लेखक हुसेन जाहिदी पूर्वपत्रकार समेत हुन् । उनले यस्तो बेला पत्रकारिता थालेका थिए, जतिबेला मुम्बईमा अन्डरवर्ल्डको जगजगी थियो । राजनीतिदेखि बलिउडसम्म पकड जमाएर आतंक फैलाइरहेको अन्डरवर्ल्डसामू पत्रकार ‘मामूली’ कुरा थिए ।

    खबर छापेकै कारण पत्रकारहरुले बीच बजारमा लखेटिएर मारिनु परेको घटना सतहमा आइरहन्थे । यस्तो बेला जाहिदीले ‘एसियन एज’ अखबारका लागि अपराध मामिलामा रिपोर्टिङ थालेका थिए ।

    हुसेन जाहिदी

    त्यसबेला अन्डरवर्ल्डबारे लेख्न जति जोखिम थियो, त्योभन्दा कयौं गुणा बढी रुचिकर विषय पनि थियो । मुम्बई विष्फोटपछि दाउद इब्राहिमको स्कुप अन्तरर्वार्ता होस् या छोटा राजनका गतिविधि समेटिएको सामग्री – हप्तौंसम्म जाहिदीले लेखेका विषयहरु ‘टक अफ दी टाउन’ बनिरहन्थे ।

    पाठक मात्र होइन, प्रहरीका लागि पनि अखबारबाट नयाँ सूचनाहरु मिल्थे । जाहिदीले त्यहीं अवसर देखे र सन् १९९५ देखि अन्डरवर्ल्डका गतिविधिहरु पछ्याउन थाले ।

    हुन त उनलाई अखबारी लेखन थालेको दुई वर्षमै एक जना साथीले अन्डरवर्ल्डको अन्तरकुन्तर केलाएर पुस्तक लेख्न सुझाएका थिए । यद्यपि, दिनैपिच्छेका ‘ग्याङ वार’ पस्कँदै उनलाई पुस्तकका लागि अनुसन्धान थाल्न थप आठ/नौं वर्ष लाग्यो ।

    सन् २००४/५ देखि मुम्बई माफियाको खुनखराबीको इतिहास खोज्न थालेका जाहिदीको खोजले पुस्तकको रुप पाउन अझै ७/८ वर्ष लियो । अनि  सन् २०१२ मा छपियो, मुम्बई माफियाका ६ दशकको कथा – डोंग्री टू दुबई ।

    इमान्दार प्रहरीका ‘आतंकवादी‘ छोरा

    अवैध मदिरा, वेश्यावृत्ति, महंगा सामानका तस्करी लगायतमा कहलिएका बर्द राजन अनि त्यहीबेला त्रासको अर्को नाम बनेको पठान ग्याङसम्मका कथा पुस्तकमा समेटिएका छन् । फिल्मका सौखिनदेखि क्लासिक साहित्य पढेर अपराध गर्ने डनका थ्रिलर वृत्तान्त पनि पुस्तकमा छन् ।

    सन् १९५० को बम्बईमा रामपुरी चक्कु प्रयोग गरेर लुट मच्याउने रामपुरी र कानपुरी समूहदेखि आफूलाई बम्बईको बादशाह भन्ने हाजी मस्तानसम्मका वृत्तान्त समेटिए पनि पुस्तकको केन्द्रमा डि-कम्पनीका नाइके दाउद इब्राहिम नै छन् ।

    रोचक के छ भने यस्ता कुख्यात अन्डरवर्ल्ड नाइकेका बुबा भने एक इमान्दार र कर्तव्यनिष्ठ प्रहरी थिए । त्यही इमान्दारीका कारण अन्डरवर्ल्ड नाइकेहरुले पनि श्रद्धा गर्ने व्यक्ति बनेका थिए, उनका बुबा इब्राहिम कस्कर ।

    प्रहरी-प्रशासन र प्रणालीलाई अन्डरवर्ल्डका सदस्यहरु सधैं दुस्मन मान्थे । तर, मुम्बई क्राइम ब्रान्चका हवल्दार कस्कर भने तिनले पनि श्रद्धा गर्ने पात्र थिए ।

    कुख्यात बासु दादा उर्फ अहमद खानले एकपटक उनलाई भनेका थिए, ‘अगर आप पुलिसमे नहीं होते, तो मेरे साथ होते (यदि तपाईं पुलिसमा हुनुहुन्थेन भने मसँग हुनुहुन्थ्यो ।)’

    जवाफमा कस्करले ‘भगवान ! मैले त्यस्तो दिन कहिल्यै देख्नु नपरोस्’ भनेका थिए ।

    दाउद इब्राहिमले १४ वर्षको उमेरमै पहिलो अपराध गरे । त्यसबेला उनले सडकमा बसेर नगद गनिरहेका व्यक्तिलाई लुटेर भागेका थिए । यसबारे थाहा पाएपछि उनका बुबा कस्करले एकदमै पिटे ।

    कस्करको स्वाभिमानप्रति अन्डरवर्ल्ड डनहरु नतमस्तक थिए । अरु सबै पैसामा बिक्दा पनि उनले त्यो बाटो रोज्न चाहेनन् ।

    जाहिदीको पुस्तकमा उल्लेख भए अनुसार, हाजी मस्तान र करिम लालाको दबदबा रहेका बेला उनीहरुको ‘दरबार’मा यदि कोही सिधै पुग्न सक्थ्यो भने त्यो कस्कर नै थिए । गाउँमा कुनै परिवारिक वा सामाजिक लफडा हुँदा पनि समन्वयकर्ताका रुपमा कस्कर नै बोलाइन्थे। उनी कहिलेकाहीँ अशक्तलाई खाना र नगद बाँडिरहेको पनि भेटिन्थे । अपांग र अनाथलाई सहयोग गरिरहेको देखिन्थे ।

    यस्ता व्यक्तिको कोखबाट जन्मिने दोस्रो सन्तान शक्तिशाली, चर्चित र धनी हुने एकजना धर्मगुरुले भविष्यवाणी गरेका थिए । त्यसैले २६ डिसेम्बर १९५५ मा दोस्रो सन्तानको जन्म हुँदा कस्कर औधी खुशी थिए ।

    धार्मिक स्वभाव भएकाले कस्करले त्यस्तो भविष्यवाणी गरिएका दोस्रो छोराको नाम दाउदबाहेक अरु सोचेनन् । ‘दाउद’ नामलाई कुरान र बाइबलमा भगवानको शक्तिशाली अवतार मानिन्छ ।

    जब एकदिन कस्करले जागिरबाट हात धुनुपर्‍यो, त्यसपछि घर चलाउन पनि धौधौ हुन थालेको थियो । अंग्रेजी माध्यमको स्कुल पढिरहेका दाउदले १० वर्ष हुँदाबाट औपचारिक पढाइ छाड्नुपर्‍यो । उनका बुबा इब्राहिम कस्करले गुजारा चलाउन सानोतिनो काम गर्न थाले ।

    परिवार आर्थिक संकटमा परेपछि उनले विद्यालय पनि छाड्नुपर्‍यो । त्यतिबेला उनी यति फुसर्दिला भए कि डोंग्री र जेजे क्षेत्रका अरु युवाहरुसँग मिलेर प्रायः क्रिकेट खेल्ने, डुल्ने गर्न थाले ।

    परिवार पाल्न कस्कर विभिन्न काम गरिरहेका बेला दाउद खराब संगतमा परे । १४ वर्षको उमेरमै उनले पहिलो अपराध गरे । हुसेन जाहिदीको पुस्तकमा उल्लेख भए अनुसार, उनले त्यसबेला सडकमा बसेर नगद गनिरहेका व्यक्तिलाई लुटेर भागेका थिए । पीडितले उनलाई चिने र प्रहरीमा उजुरी पनि दिए ।

    यो थाहा पाएपछि त्यो दिन कस्करले दाउदलाई एकदमै पिटे । तर, दाउद रोकिने वाला थिएनन् । उनले छोटो समयमै स्थानीय स्तरमा आफूलाई अपराधको क्षेत्रमा चिनाउँदै लगेका थिए ।

    पुस्तकमा उल्लेख भएअनुसार, त्यसबेला छोराको अपराधबारे सुन्दा कस्कर प्रहरी र बुबा दुवै रुपमा एकदमै लज्जित भएका थिए । उनका बुबाले मुम्बई क्राइम ब्रान्चमा पनि काम गरे । त्यतिबेला उनले छोरालाई पर्याप्त ध्यान दिन पाएनन् । त्यही कारण दाउद अपराधिक दुनियाँमा सानै उमेरदेखि आफ्नो पकड जमाउन थाले ।

    आमाले सधैँ बुबाको इज्जतका लागि भएपनि सबै कुरा छाडिदे भन्दै सम्झाउँथिन् । तर, उनले ‘देखुंगा माँ’ मात्र भन्थे । सायद, त्यसबेलै भविष्यका कुख्यात डनका रुपमा उनले आफूलाई कल्पना गरिरहेका थिए । सन् १९७२-७३ देखि उनी फिरौती असुलीमा पनि सक्रिय हुन थालेका थिए ।

    केही मानिसहरुको भावनामा खेल्ने, केहीलाई त्रासमा राख्ने संसारभरिका डनहरुको समान रणनीति नै हो ।

    डनका समान चरित्र

    नेपालमा केही डनहरु यस्ता थिए/छन्, जसको दुईवटा पाटो छन् । एकातिर उनीहरु निश्चित ठाउँमा समाजसेवी चरित्रमा देखिन्छन्, अर्कातिर एउटा खुंखार पात्र लुकेको छ ।

    जस्तै, काठमाडौं प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका बेला डन दावा लामाले कोभिडका कारण दुःखमा परेकाहरुलाई सिन्धुपाल्चोकमा सहयोग गरिरहेको भिडियो एउटा टेलिभिजन च्यानलमार्फत सार्वजनिक भएको थियो ।

    प्रहरी ‘मुठभेड’मा मारिएका दिनेश अधिकारी ‘चरी’ले पनि थुप्रै सामाजिक संस्थालाई सहयोग गरेका थिए । डोंग्री टू दुबई पढ्दा लाग्छ – यो विश्वभरिका डनहरुमा पाइने समान चरित्र हो ।

    उनीहरु समाजमा डर पैदा गराएर असुली गर्न एउटा समूहमाथि गम्भीर अपराध गर्छन् । फेरि अर्कोतिर कसैलाई सहयोग गरेजस्तो गरेर मानिसहरुको भावनामा खेल्छन् । अर्थात्, केही मानिसहरुको भावनामा खेल्ने, केहीलाई त्रासमा राख्ने संसारभरिका डनहरुको समान रणनीति नै हो ।

    पुस्तकमा दाउदको यस्तै चरित्रबारे उल्लेख छ । दाउदले हानिफ कुता र सयद राजीलाई प्रयोग गरेर लुटेको रकममध्ये केही गरिब परिवारको विवाह र मृत्यु संस्कारमा खर्च गरेको समेत पुस्तकमा उल्लेख छ ।

    दाउदको समूहले आफूलाई चाहिने सूचना संकलन गर्न स्थानीय स्तरमा ‘छुट्टै माफिया इन्टलिजेन्स नेटवर्क’ पनि बनाएको थियो । सन् १९७४ तिर त्यही नेटवर्कमार्फत उनले एउटा ‘टिप’ पाए, जसमा हाजी मस्तान समूहको ५ लाख रुपैयाँ एउटा क्याबमा आउँदैछ भनिएको थियो ।

    दाउद इब्राहिम

    हुण्डी कारोबार गर्ने व्यक्तिहरुले त्यो रकम लिएर आउन लागेको भन्ने सूचना थियो । त्यसपछि दाउद समूहले बाटोबाटै गाडी लुट्ने योजना बनायो । त्यतिबेला ५ लाख भनेको असाध्यै धेरै रकम थियो । उनीहरुले त्यतिञ्जेल त्यति धेरै रकम देखेका पनि थिएनन् ।

    योजना अनुसार, उनीहरु स्थानीय स्तरमा बनेका कट्टा, छुरीलगायत लिएर बाटो छेकेर बसेका थिए । उनीहरु क्याबबाट ४ लाख ७५ हजार रुपैयाँ लुटपाट गर्न सफल पनि भए ।

    तर, पछि थाहा भयो – त्यो रकम हुण्डी वा हाजी मस्तान समूहको नभइ मेट्रो कोअपरेटिभ बैंकको रहेछ । भोलिपल्ट पत्रपत्रिकामा छ्याप्छ्याप्ती समाचार आयो, ‘बैंकको झण्डै पाँच लाख रुपैयाँ हतियार देखाएर लुटियो ।’

    दाउदका बुबा छोराको कारनामा सुनेर स्तब्ध भए । यो घटना हुँदा दाउद जम्मा १९ वर्षका थिए ।

    यो पनि पढ्नुहोस

    ‘रअ हिटम्यान’को पडकास्टले सम्झाएको जमिम शाह हत्याकाण्ड

    जब डन प्रेममा पर्छन्…

    ‘डोंग्री टू दुबई’ पढ्दै जाँदा कतिपय बलिउड सिनेमाका दृश्यहरु सत्यमा आधारित रहेछन् भन्ने लाग्छ । जस्तै, धेरै भारतीय सिनेमामा प्रहरी चौकीमा चिया लिएर जाने बच्चा खलपात्रबाट प्रभावित रहेको देखाइन्छ ।

    दक्षिण भारतीय फिल्म ‘केजीएफ’मा पनि ‘रकी’ चौकीमा आएको संकेत पाउने बित्तिकै चिया लिएर आउने बच्चा पैसा लिएर निस्किन्छन् । उनलाई लाग्छ, ‘रकी आएपछि त्यहाँ कोही बाँकी रहँदैनन्, त्यसैले तत्कालै पैसा लिनुपर्छ ।’

    दाउदलाई छोरीले नछाडे बुबाआमा दुवैले छतबाट हाम फाल्ने बताएपछि खुँखार डनको केही चलेन । सुजाता केही बोल्न सकिरहेकी थिइनन् । अनि दाउद नै अघि सरे, ‘हामी एकसाथ हुन सक्दैनौं ।’ यसको धेरै समयसम्म दाउदले दिलिप कुमार अभिनित हिन्दी सिनेमा ‘दिल दिया, दर्द लिया’को गीतहरु सुनिरहन्थे भनिन्छ

    यो पुस्तकमा पनि अन्डरवर्ल्डका त्यस्ता सत्य कथाहरु छन्, जसमा चौकीमा चिया लिएर जानेहरुले नै डनहरुका लागि सुराकीको काम गरेका छन् । पुराना सिनेमाहरुमा अक्सर मुख्य पात्र युवतीसँग प्रेममा पर्दा परिवार बाधक बनेको देखाइन्छ । दाउदको जीवनमा पनि उस्तै घटना भएको पुस्तकमा उल्लेख छ ।

    मुसाफिरखानास्थित दाउदको घर नजिकै सुजता नाम गरेको युवती दैनिक हिँडिरहेको हुन्थिन् । मनिष मार्केटमा उनी हिँड्दा सुजाताको एक झलक पाउन दाउद सधैँ आतुर हुन्थे । अग्लो कद र मिलेको जिउडाल भएकी उनलाई हेर्न उनी घन्टौंसम्म बस स्टपमा बसिदिन्थे ।

    पछि सुजाता पनि उनीसँग प्रेममा परिन् ।

    दुई वर्षसम्म उनीहरुको सम्बन्ध ठिकठाकै चल्यो । जतिबेला मानिसहरुले दाउदको एकदमै क्रुर र हिंसात्मक रुप मात्र देखेका थिए, त्यतिबेला सुजाता मात्र एउटा यस्तो पात्र थिइन्, जसले त्यस्ता व्यक्तिको रोमान्टिक अवतार देखेको थियो । त्यतिबेला दाउदको मायालु पक्ष देख्ने उनी एक्ली पात्र थिइन् ।

    पछि उनका बुबाले सुजाताले दाउदसँग डेट गरिरहेका छन् भन्ने थाहा पाए । त्यसपछि उही सिनेमामा देखाइने दृश्यहरुमा झैँ सुजातालाई बुबाआमाले घरबाट बाहिर निस्किनै प्रतिबन्ध लगाए ।

    यसबारे थाहा पाएपछि दाउद रिसाउँदै चक्कु लिएर उनको घरमा गए । बुबालाई थर्काउँदै ‘उसले कसलाई विवाह गर्न चाहन्छिन्, उसैलाई छान्‍न दिनुस्’ भने । त्यतिबेला सुजाताको घरमा भएको होहल्लाका सुनेर छरछिमेकहरु समेत भेला भएका थिए । बुबाले ‘उसले आफ्नो निर्णय लिन सक्छिन्, तर तिमीसँग विवाह गरी भने अनाथ हुन्छे’ भनिदिए ।

    दाउदलाई छोरीले नछाडे बुबाआमा दुवैले छतबाट हाम फाल्ने बताएपछि खुँखार डनको केही चलेन । सुजाता समेत दोधारमा परिन् । केही बोल्न सकिरहेकी थिइनन् । अनि दाउद नै अघि सरे, ‘हामी एकसाथ हुन सक्दैनौं, म तिमीसँग विवाह गर्न चाहदिनँ ।’

    यसको धेरै समयसम्म दाउदले दिलिप कुमार अभिनित हिन्दी सिनेमा ‘दिल दिया, दर्द लिया’को गीतहरु सुनिरहन्थे भनिन्छ । गीतमा भनिएको छ, ‘गुज्रे हे आज इश्क मे, हम उस माखम से, नफरत सी हो गई हे, मोहब्बत के नाम से ।’

    पुस्तकमा सिनेमासँग जोडिएका यस्ता थुप्रै प्रसंगहरु छन् । कतिपय कथाहरु पढ्दै जाँदा सिनेमाका केही दृश्यहरु याद आउँछन् । कतिपयमा खण्डमा ‘डार्क थ्रिलर’ दृश्यहरु दिमागमा आउँछन्, कतिपयमा डनका कहिल्यै नसुनिएका पाटोका पर्दा उघारिन्छन् । प्रहरी र अन्डरवर्ल्ड नेक्ससको कथा त आउने भइ नै हाल्यो ।

    नेपालमा पनि गुण्डा, प्रहरी र नेताबीचको नेक्सस ‘ओपन सेक्रेट’ जस्तै हो । प्रहरी मुठभेड भनिएका घटनामा आपराधिक पृष्ठभूमिका व्यक्ति मारिँदा नेपाली नेताहरुबाट आउने प्रतिक्रियाले पनि त्यसको धेरथोर पुष्टि गर्छ ।

    फेरि रमेश खरेलतिरै फर्किँदा, त्यस्तो नेक्सस तोड्न थुप्रै इमान्दार प्रहरीहरु चाहिने स्थिति छ । यद्यपि, अन्डरवर्ल्ड डनका कथा पढ्दा खरेलले भने जस्तै नेपालका डनहरु मामुली अपराधी नै हुन् भन्ने लाग्छ । आखिर उनले भनेकै छन्, ‘यी गुण्डा होइनन्, फ्याउरेहरु हुन् । मैले सबैको नाडी छामिसकेको छु ।’

    अनलाइनखबर डटकममा २०८१ भदौ २८ गते २०:५७ मा प्रकाशित

    यो पनि पढ्नुहोस

    उपत्यकाका २०० गुण्डाको राजनीतिक कुण्डली

    हाईलाइट्स
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    लखनऊमा लुक्दै आएका गुड्डु कसरी आइपुगे काठमाडौं ?

    March 4, 2025

    गणतन्त्रका युवराजहरू

    April 25, 2024

    ५ अर्बका कपाली तमसुकको वैधानिकतामा प्रश्न

    March 11, 2024
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 202535 Views

    Book Review: नेपालका त डन होइनन्, फ्याउरा नै रहेछन्

    September 14, 202434 Views

    No Meeting, No Mention, No Hope: Bhutanese Refugees Disheartened by King’s Quiet Visit

    December 11, 202432 Views

    Type above and press Enter to search. Press Esc to cancel.