• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Don't miss it!»२६ वर्षदेखि चोरको पछिपछि…
    Don't miss it!

    २६ वर्षदेखि चोरको पछिपछि…

    गौरव पोखरेलBy गौरव पोखरेलMarch 31, 2020Updated:June 4, 2022No Comments6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    १३ वैशाख, काठमाडौं । बाल्यकालमा ‘चोर–पुलिस’ नखेल्ने कमै होलान् । तर, नेपाल प्रहरीमा यस्ता पनि अफिसर छन्, जो झण्डै तीन दशकदेखि ‘चोर–पुलिस’ गरिरहेका छन् ।

    उपत्यकाभित्र हुने जघन्य प्रकृतिको अपराध अनुसन्धान गर्ने निकाय ‘केरकार’ (हाल महानगरीय अपराध अनुसन्धान महाशाखा) मातहत चोरी हेर्ने छुट्टै शाखा छ । ‘पिल्लर २’ नाम दिइएको शाखामा करिब २० जना प्रहरी काम गर्छन् ।

    उनीहरु मध्ये एक हुन् प्रहरी निरीक्षक भरत थापा, जो २६ वर्षदेखि निरन्तर चोरलाई पछ्याइरहेका छन् । हाल पिल्लरका प्रमुख रहेका थापा चोरीको प्रकृति हेरेर घटनामा संलग्न हुनसक्ने सम्भावित समूहबारे बताइदिन सक्छन् । यही खासियतका कारण महाशाखाको नेतृत्वमा जो आए पनि थापालाई अन्यत्र जान दिँदैनन् ।

    ख्याख्यालमै प्रहरी

    चाँगुनारायण, भक्तपुरका थापाले ०४७ सालमा रत्नराज्य लक्ष्मी क्याम्पसबाट १२ कक्षा उत्तीर्ण गरेर बसेका थिए । साथीभाइबाट उनले थाहा पाए, प्रहरीमा जागिर खुलेको रहेछ ।

    निर्दलीय पञ्चाती व्यवस्थाविरुद्ध आन्दोलन चर्किरहेका वेला उनले साथीभाइकै लहलहैमा प्रहरी सहायक निरीक्षक (असई) को परीक्षा दिए । ‘मैले गम्भीर भएर केही सोचेकै थिइनँ’, थापा सम्झन्छन्, ‘अहिले जस्तो धेरै प्रतिष्पर्धा पनि हुँदैनथ्यो । नाम निस्किहालेछ ।’

    उनका अनुसार सँगै पढेका ३ जनाले आवेदन दिएका थिए । सबैले प्रहरीमा नाम निकाले । महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानमा एक वर्ष तालिम लिएपछि उनीहरुको फरकफरक ठाउँमा पोष्टिङ भयो । थापा क्षेत्रीय प्रहरी कार्यालय, दिपायल पुगे ।

    सुदूरपश्चिममा एक वर्ष काम गरेपछि वडा प्रहरी कार्यालय, सिंहदरबारमा सरुवा भए । ०५० सालतिर लेखासम्बन्धी तालिम लिएपछि उनी कमलपोखरी प्रहरीमा लेखापालको रुपमा काम गर्न थाले । कमलपोखरीमै काम गर्दैगर्दा उनको जागिरे जीवनले यूटर्न लियो ।

    प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रबहादुर सिंह (एआईजीबाट अवकाश प्राप्त) केरकारको प्रमुख भएर आएपछि उनले उपत्यका अनुसन्धान शाखा गठनका लागि पहल गरे । त्यसक्रममा उपत्यकाका विभिन्न युनिटमा रहेका युवा र सूचनामा पहुँच राख्ने प्रहरीको खोजी भयो । कमलपोखरीमै रहेका वेला थापा सिंहको नजरमा परे ।

    त्यही बेला अपराध महाशाखाको चोरी हेर्ने शाखामा पुगेका उनी अहिलेसम्म त्यहीँ छन् ।

    कति समातिए चोर ?

    झण्डै तीन दशक अपराध महाशाखाको चोरी पक्राउ गर्ने युनिटमा विताएका थापाले अहिलेसम्म कति चोर समाते होलान् ? यो प्रश्न गर्दा उनी केहीवेर अक्मकिए, ‘ओ..हो…!’

    चोरी र डकौतीको विगविगी हुँदा दैनिक दुई/तीन वटा समूह समातिएको उनलाई स्मरण रहेछ । तर, कति चोर समातियो भन्ने कुनै लेखाजोखा उनीसँग छैन ।

    प्रारम्भिक दिनमा शाखासँग रहेको सोको भ्यान लिएर निस्किएपछि वेलुका मात्र फर्किन्थे । ‘त्यतिवेला त सबैभन्दा ठूलो इस्यू भनेकै चोरी थियो’, उनले अनलाइनखबरसँग भने, ‘तर, चोरी भने पृथक हुन्थ्यो । त्यतिवेला टीभी, फ्रिज, खाट, भाँडाकुँडा, लत्ताकपडा जेजे भेट्यो, त्यहीँ चोर्थें ।’

    हातको दाग देखाउँदै थापा ।

    उनका अनुसार त्यसबेला विद्युतीय सामग्रीहरु चोरी गर्ने व्यक्ति आफैंले प्रयोग गर्थें भने अन्य सामग्री भने विक्री गर्थें ।

    चोरीको सामान खरिद गर्ने छुट्टै समूह हुन्थ्यो । ‘चल्तीका पसलेले त किन्ने भएनन्’, उनी भन्छन्, ‘त्यतिवेला विशेष गरी कवाडी संकलन गर्नेले चोरीका सामान बढी किन्ने गरेको भेटिन्थ्यो ।’ सस्तोमा पाउँदा कतिपय व्यक्तिले पनि खरिद गर्थे ।

    चोरकै पछि दगुर्दै गर्दा उनको शरीरमा एउटा निशानी बनेको छ । ‘एउटा मुर्ती चोरिएको घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न बौद्ध पुगेको थिएँ’, आफ्नो दाहिने हत्केला देखाउँदै उनले भने, ‘समात्ने क्रममा दुर्घटनामा यस्तो भयो । त्यसवेला ६/७ वटा टाँका लगाउनु पर्‍यो । त्यसका बाबजुद पनि मुर्ती चोर भने पक्राउ गरिछाडेँ ।’

    पक्राउ परेका व्यक्तिबारे भने उनले भन्न चाहेनन् । भने, ‘अहिले जनप्रतिनिधि भइसकेको छ, नाम नभनौं ।’

    पहिले र अहिले

    दुई दशक अघिसम्म काठमाडौंमा वस्ती कम थियो । चोरी गर्ने समूह निश्चित थियो । शैली निश्चित थियो । प्रविधिको प्रयोग त्यतिधेरै हुँदैनथ्यो ।

    ‘पहिले एउटै चोर पटकपटक चोरीमा संलग्न हुन्थे । झ्यालको ग्रिल उप्काएर घरभित्र छिर्ने समूहले हरेक घटनामा त्यही शैली प्रयोग गर्थ्यो’, थापा सुनाउँछन्, ‘त्यसवेला ट्वाइलेटको भ्याण्डिलेसन, भान्सालगायतबाट छिर्ने गरेको देखिन्थ्यो ।’

    अहिले चोरीको शैली फेरिएको छ । ‘आजभोलि रातको समयमा फाइनान्स कम्पनी, सहकारी, सुनचाँदी र मोबाइल पसल रोजाइमा पर्छन्’, उनी भन्छन्, ‘सेफै उठाउने, गाडी नै लिएर चोरीमा जाने र सीसीटीभी क्यामरालाई पहिल्यै नष्ट गर्ने गरेको देखिन्छ ।’

    त्यसो त अहिले प्रविधिले चोरी, डकौतीसम्बन्धी घटनाको अनुसन्धानका लागि पनि सहयोग गरेको प्रहरी निरीक्षक थापाको अनुभव छ ।

    यो पनि पढ्नुहोस जयविष्णु नेपाली : जसले प्रहरीको सोको अफिसर उत्पादनमा १७ वर्ष विताए

    मोबाइल, सीसी टीभी लगायतका कारण अनुसन्धान ‘पिन पोइन्ट’ मा पुग्नसक्छ । आजकलको चोरीमा देखिएको नयाँ कुरा भनेको भारतीय समूहको संलग्नता पनि भएको उनी बताउँछन् ।

    ‘पहिलेपहिले चोरीमा सिन्धुपाल्चोक, रामेछाप, दोलखा, धादिङ, मकवानपुर लगायतको जिल्लाका व्यक्ति सेल्टर लिएर बसेरै चोरीमा संलग्न हुन्थे’, थापाले भने, ‘अहिले भने भारतीयको समूह राजधानी आएर चोरी गर्ने र लगत्तै उतैतिर लाने बढी देखिन्छ । त्यसैले थुप्रै चोरीको घटनामा सामानको बरामद दर न्यून छ ।’ भारतीयको समूहमा ५ देखि १२ जनासम्म संलग्न हुने गरेको उनको अनुभव छ ।

    उपत्यकामा हुने चोरीमो अरु समूह पनि संलग्न देखिन्छ । पहिलो समूहमा मध्यवर्गका युवा संलग्न छन् भने दोस्रो समूह भने बोरा बोकेर कवाडी सामान खोज्दै हिँड्ने आवरणमा सक्रिय छन् । तेस्रो चाहिँ योजनाबद्ध तरिकाले ठूलो चोरीमा संलग्न हुन्छन् ।

    सर्वसाधारणले ध्यान दिनुपर्ने कुरा

    प्रहरी निरीक्षक थापाका अनुसार पहिलेको तुलनामा आजभोलि निकै कम चोरीका घटना हुन्छन् । ‘अहिले मानिसले पैसा कम बोक्छन्’, उनले सुनाए, ‘दुई/चार हजार हराएको घटनामा त प्रहरीसम्म उजुरी नै आउँदैन ।’
    तर, विद्यालय, कलेज वा हस्पिटलतिर पैसा बुझाउन नगद लिएर जाँदा चोरी हुने गरेको देखिन्छ ।

    विहान घरका सबै जना मर्निङ वाकमा निस्किएका वेला पनि चोरी भएको स्मरण गर्दै उनी भन्छन्, ‘घरमा ठूलो चाबी चलाएको छ भन्दैमा सुरक्षित हुने होइन । घर छाडेर जाँदा आफन्त वा छिमेकीलाई रेखदेख गर्न भन्नु आवश्यक छ ।’

    क्षेत्रपाटी, असन लागयतका ‘कोर’ एरियामा यो समस्या देखिएको उनको भनाइ छ । विहान ९ देखि ११, ३ देखि ४ बजेसम्म जस्ता अफिस जाने–आउने, बच्चा स्कुल पुर्‍याउन जाने–आउने लगायतका समयमा चोरी गर्ने समूह सक्रिय हुने गरेको देखिएको छ ।

    घरको वरिपरि ठूलो पर्खाल लगाएर भित्र के छ देख्न नसकिने बनाएको अवस्थामा पनि चोरीबाट बच्न सकिन्छ । घर आसपास सीसीटीभी क्यामरा राख्न पनि उनी सुझाउँछन् ।

    ‘कतिपयले सीसी टीभी त राख्नु हुन्छ तर, दृश्य बुझ्नै नसकिने हुन्छ’, प्रहरी निरीक्षक थापाले भन्छन्, ‘राम्रो क्वालिटीको क्यामरा राख्नु पनि जरुरी छ । यसले अरु किसिमको अपराध अनुसन्धानमा पनि सघाउ पुर्‍याउँछ ।’

    उनले गरगहना, नगदलगायतका बहुमुल्य सामग्री बैंकमा राख्ने त्यसबाटै कारोबार गर्न पनि सुझाव दिए ।

    चोरी शाखामा छैन आकर्षण

    थापाले आफ्नो प्रहरी जागिरे जीवनको अधिकांश समय चोरी हेर्ने शाखामा काम गरे । ३० वर्षे सेवा अवधि रहिरहे सम्भवतः अबको दुई वर्षपछि यही शाखाबाटै उनले अवकाश पाउनेछन् ।

    तर, नयाँ पुस्ताका प्रहरीमा चोरी सम्बन्धी अपराध अनुसन्धानमा कम रुची देख्छन् । उनी भन्छन्, ‘चोरी/डकौतीको अनुसन्धानमा दुःख धेरै छ । मेहनत धेरै गर्नुपर्छ तर, जस पाइँदैन, त्यसैले पनि होला ।’

    उनी स्वयंमलाई पनि एक पटक त्यस्तै भएको थियो । ०६७ सालमा प्रहरी निरीक्षकमा बढुवा भएपछि बाजुरा गए । ‘त्यहाँ करिब एक वर्ष बस्दा एउटा हत्या र लुटपाटको घटनाको सफल अनुसन्धान गरेपछि डीआईजी गणेश राईले पुरस्कृत पनि गर्नुभयो’, उनले भने, ‘एक वर्ष जति भएपछि फेरि चोरी शाखामै फर्किनु पर्‍यो ।’

    यो पनि पढ्नुहोस‘क्राइम सिन फोटोग्राफी’मा २९ वर्ष

    उनको अनुभवमा चोरी घटनाको अनुसन्धान भने सजिलो छैन । हत्या, बलात्कार जस्ता घटनामा कुन न कुनै प्रमाण भेटिन्छ तर, चोरीका कतिपय घटनामा चोर चिन्नै पर्छ, अरु प्रमाण हुँदैन ।

    चोरीको अनुसन्धानका लागि विगत घटनाको विश्लेषण पनि अतिआवश्यक हुने थापाको अनुभव छ । ‘हामीले अहिलेसम्म भएका हरेक चोरीको रेकर्ड राख्ने गरेका छौं’, उनी भन्छन्, ‘शैलीबाटै पनि संदिग्ध व्यक्ति पत्ता लगाउने पर्ने भएकाले यो काम महत्वपूर्ण हुन्छ ।’

    पहिले ढड्डामा रेकर्ड राखिने गरिएको भएपनि हाल कम्प्युटरमै विवरण राख्ने गरिएको छ ।

    तस्वीरहरूः चन्द्र आले/अनलाइनखबर

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    गौशाला २६ – ‘श्रीमान् ! यो कस्तो न्याय ?’

    May 23, 2024

    रामबहादुर बम्जन : धर्मको आडमा अनुयायीमाथि ज्यादती

    January 27, 2024
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 202535 Views

    Book Review: नेपालका त डन होइनन्, फ्याउरा नै रहेछन्

    September 14, 202434 Views

    No Meeting, No Mention, No Hope: Bhutanese Refugees Disheartened by King’s Quiet Visit

    December 11, 202432 Views

    Type above and press Enter to search. Press Esc to cancel.