• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Don't miss it!»अपराधमा संलग्न सैनिकमाथि कसरी हुन्छ अनुसन्धान ?
    Don't miss it!

    अपराधमा संलग्न सैनिकमाथि कसरी हुन्छ अनुसन्धान ?

    गौरव पोखरेलBy गौरव पोखरेलMarch 31, 2020Updated:June 4, 2022No Comments5 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    १८ पुस, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा घटनास्थल नजिकै रहेको नेपाली सेनाको २५ नम्बर बाहिनीले अनुसन्धानमा सहयोग नगरेको नेपाल प्रहरीका अधिकारीहरुले आरोप लगाए । पन्तको बलात्कार र हत्या भएको दिन बाहिनीबाट बाहिर निस्किएका अधिकारीहरुको सूची माग्दा सेनाले नदिएको उनीहरुको आरोप थियो ।

    सहायक रथीको नेतृत्वमा रहेको त्यस बाहिनीबाट निर्मलाको हत्या भएको दिन १६ जना बाहिर निस्किएका जनाइएको थियो । उनीहरुलाई प्रहरीले शंकास्पदको सूचीमा राखेको भए पनि अनुसन्धान गर्न नसकिएको अधिकारीहरुले दाबी थियो ।

    पछिल्लो समय भने घटनास्थल नजिकै घर भएका केही सैनिक जवानको डीएनए परीक्षणका लागि प्रयोगशाला पठाइएको प्रहरी बताउँछ । तर, उनीहरु २५ नम्बर बाहिनीका होइनन् ।

    के साँच्चै सेनाले प्रहरीको अनुसन्धानमा असहयोग गरेको हो त ? यो प्रश्न उठिरहेका बेला सैनिक उच्च अधिकारीहरु भने औपचारिकरुपमा आवश्यक सहयोग माग हुँदा सहयोग गर्न कुनै रोकावट नहुने बताउँछन् । बरु उल्टै सेनाले आफैं अनुसन्धानसमेत गर्ने उनीहरुको भनाइ छ ।

    त्यसोभए सैनिक अधिकारी संलग्न घटनाको अनुसन्धान सेनाले कसरी गर्दै आएको छ त ? यसबारे अनलाइनखबरले जान्ने प्रयास गरेको छ ।

    के हो सैनिक प्रहरी ?

    फाइल फोटो

    सैनिक अधिकारीहरु संलग्न घटनाको अनुसन्धानका लागि सेनाभित्र एउटा छुट्टै निकाय छ, सैनिक प्रहरी गण । जसले सेनाभित्रका अधिकारीहरुले गरेको अपराधको अनुसन्धान गर्ने गर्छ ।

    ‘सेनाभित्रका अधिकारीहरु संलग्न घटनाको अनुसन्धानमा सैनिक प्रहरी गणले काम गर्दै आएको छ’, सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारी भन्छन्, ‘अनुसन्धानपछि सैनिक अदालतबाट हुने आदेश अनुरुप कारवाही हुन्छ ।’

    सैनिक अधिकारीहरुमा अनुशासन, सुरक्षा र सुव्यवस्था कायम गर्ने उद्देश्यले सैनिक प्रहरी गण सैनिक राखिएको भण्डारी बताउँछन् । सैनिक ऐन, २०६३ को दफा ७८ मा उल्लेखित ‘प्रोभोष्ट मार्सल’को अधिकार कार्यान्वय गर्ने अंग सैनिक प्रहरी गण भएको अधिकारीहरुको भनाइ छ ।

    सैनिक प्रवक्ता भण्डारीका अनुसार सेनाभित्रका अधिकारीहरु जोडिएका घटनाको अनुसन्धानसँगै विपद व्यवस्थापन, यूनएन मिसन लगायतमा पनि सैनिक प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

    शान्ति स्थापना भइसकेपछि अहिलेको समयमा सैनिक प्रहरीले अनुसन्धानसँगै सेरमोनियल ड्युटीमा पनि काम गर्दै आएको छ ।

    मुलुकभित्र आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समारोहहरुसहित सेनाले गर्ने फूलपाती, शिवरात्री, घोडेजात्रा, गणतन्त्र दिवस, इन्द्रजात्रा लगायतका ३८ कार्यक्रममा सहभागी हुने भीआईपीहरुको सुरक्षा र व्यवस्थापमा पनि यो खटिने गरेको छ ।

    संयुक्त राष्ट्र संघको मिसन अन्तरगत भने यो वर्ष कंगो, माली, सुडान, इराक, सिरिया, लिबिया, लेबलान लगायतमा सैनिक प्रहरी कार्यरत छ ।

    नेपाली सेनाको इतिहासमा १ फागुन ०३९ सालदेखि नेपाली सेनामा सैनिक प्रहरी खडा भएको भेटिन्छ । त्यसवेला सेनाभित्रको कानुनी विषय हेर्ने निकाय प्राड विवाकको नेतृत्वमा सैनिक प्रहरी सञ्चालन हुने गरेको थियो । त्यसपछि १४ पुस ०४३ मा केन्द्रीय सैनिक प्रहरी गुल्मको रुपमा रुपान्तरण हुँदै १५ साउन ०६३ देखि सैनिक प्रहरी गणमा परिणत भएर कार्य गर्दै आएको छ ।

    ९ महिनामा ३०३ जनामाथि अनुसन्धान

    नेपाली सेनाभित्र रहेको सैनिक प्रहरी गणले ९ महिनाको अवधिमा ३ सय ३ जना सैनिक अधिकारीलाई अनुसन्धान र कारबाहीको दायरामा ल्याएको छ । यो वर्ष पुससम्मको अवधिमा अबाञ्छित गतिविधिमा संलग्न उनीहरुलाई अनुसन्धानको दायरामा ल्याइएको हो ।

    नेपाली सेनाको जङ्गी अड्डाका अनुसार सेनाभित्र रहेको सैनिक प्रहरी गणले गरेको अनुसन्धानमा पर्नेमा सबैभन्दा बढी अनुशासन तथा आचारण विपरित गतिविधि गरेकाहरु छन् । यो वर्ष आचारण विपरित गतिविधि गर्ने १ सय ८७ जनामाथि अनुसन्धान भइसकेको सैनिक प्रवक्ता भण्डारीले अनलाइनखबरलाई बताए । त्यसमा लाइन्सेन्स र बिलबुक नबोकी मोटरसाइकल कुदाउने अधिकारीहरु पनि कारवाहीमा परेका छन् ।

    सेनाका अधिकारीहरु प्रहरीको चेकजाँचमा परेर कारबाही भोग्नुभन्दा अघि सेनाले नै आफ्ना अधिकारीहरुमाथि आकस्मिक परीक्षण गरेर कारबाही गर्दै आएको छ ।

    ‘अनुसन्धानको दायरामा ल्याइएका मध्ये मादक पदार्थ सेवनमा ४० जना, भ्रष्टाचार, चोरी, आर्थिक लेनदेनमा २५ जना र कीर्ते, ठगी, कुटपिट र लुटपानमा संलग्न भएको अरोप लागेका १० जना छन्’, उनी भन्छन्, ‘सवारी दुर्घटनामा पनि यो वर्ष १० जनामाथि अनुसन्धान भएको रेकर्ड छ ।’

    भण्डारीका अनुसार वैदेशिक रोजगारी सम्बन्धी घटनामा ५, बहुविवाहमा ४, साइबर अपराधमा ३ जना र जबरजस्तीकरणी र यौन दुव्र्यवहारमा एक जनामाथि कारबाही भएको छ । त्यस्तै, अन्य विभिन्न कसुरमा अधिकारीहरुमाथि सोधपुछ र अनुसन्धान भएको भण्डारीको भनाइ छ ।

    नयाँ प्रधानसेनापति पूर्णचन्द्र थापा आएपछि सिभिलबाट पनि सैनिक सम्बन्धी उजुरी र गुनासाहरु आउने क्रम बढेको छ । आर्थिक लेनदेनका विषयमा आउने उजुरीहरु बढेका हुन् । सिपाहीले पैसा लिएर फिर्ता नदिएको भन्ने खाल्का उजुरी बढी आउन थालेको छ । अधिकांश घटनामा सैनिक प्रहरीले अनुसन्धान थालेपछि ती रकम फिर्ता भएका छन् ।

    कसरी काम गर्छ सैनिक प्रहरीले ?

    सैनिक प्रहरीले विभिन्न निकायहरुसँग सहकार्य गरेर काम गर्ने गर्छ । सैनिक प्रहरी गणमा अधिकांश अवस्थामा नेपाल प्रहरीले पक्राउ गरेपछि थप अनुसन्धानका लागि जिम्मेवारी आउने गरेको छ ।

    नेपाल प्रहरीको अनुसन्धानका क्रममा पक्राउ परेका कतिपय अधिकारीहरुले भने आफ्नो परिचय लुकाउने गरेका छन् । यस पछाडि एउटै उद्देश्य हुन्छ, सेनाबाट प्राप्त हुने सुविधाहरु नकाटियोस् भन्ने । किनकि, कसुर अनुसन्धान मिसनमा जान नपाउने लगायतका प्रावधानहरु सैनिक अधिकारीहरुमाथि लागू हुन्छन् ।

    ‘त्यसकारण कतिपय सिभिल बनेर अनुसन्धानलाई चुपचाप सहयोग गर्छन्’, सैनिक अधिकारीहरु भन्छन्, ‘तर, कति घटनामा भने तीन/चार दिन पछि सैनिक हो भन्ने थाहा पाएपछि प्रहरीले हामीलाई जिम्मा लगाएको पनि छ ।’

    सैनिक प्रहरी स्रोतका अनुसार सैनिक प्रहरीले सेनाको प्राड विवाक, नेपाल प्रहरीको विभिन्न निकाय, नेपाल टेलिकलम, एनसेल, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, त्रिवि शिक्षण अस्पताल, फरेन्सिक मेडिकल विभाग, लागूऔषध नियन्त्रण ब्यूरो लगायतसँग सहकार्य गरेर काम गर्दै आएको छ ।

    यो युनिटले सैनिक व्यक्तिले दिएको उजुरी, गैरसैनिक व्यक्ति वा संस्थाले दिएको निवेदन, सैनिकका विभिन्न निकायबाट प्राप्त सूचना, अन्य सुरक्षा निकायले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसनधान विभागबाट प्राप्त सूचना अनुसार काम गर्दै आएको छ ।

    यसमा सूचना दिनका लागि १०६ टोलफ्री नम्बर पनि राखिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    भावी प्रधानसेनापतिका रुपमा अघि सारिएका पाण्डेको जन्ममितिमा केरमेट

    November 8, 2023

    अनियमितताको आरोपमा दुई महिना थुनेर सैनिक विद्रोहको गम्भीर मुद्दा

    March 7, 2023

    पदावधि थपको अधिकार स्वार्थ अनुकूल प्रयोग गर्छन् प्रधानसेनापतिहरू

    April 29, 2022
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Politics Behind The Bar

    August 17, 202269 Views

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 202562 Views

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 202543 Views

    Type above and press Enter to search. Press Esc to cancel.