• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Features»जयविष्णु नेपाली : जसले प्रहरीको सोको अफिसर उत्पादनमा १७ वर्ष विताए
    Features

    जयविष्णु नेपाली : जसले प्रहरीको सोको अफिसर उत्पादनमा १७ वर्ष विताए

    गौरव पोखरेलBy गौरव पोखरेलMarch 31, 2020No Comments5 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    १९ माघ, काठमाडौं । फौजी संगठनमा प्रवेश गर्ने हरेकको इच्छा हुन्छ, बढुवासँगै राम्रो ठाउँमा पोष्टिङ होस् । तर, स्याङ्जाका जयविष्णु नेपाली भने नेपाल प्रहरीको एउटै युनिटमा १७ वर्ष बिताउने अपवाद अफिसर बने ।

    २०३५ सालमा प्रहरी सहायक निरीक्षक (असई) बाट सेवामा प्रवेश गरेका उनले एसपी भएर ०६६ सालमा अवकास लिए । तर, अवकास पाउनुपूर्वका १७ वर्ष प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत् उनी सिन अफ क्राइम (सोको) अफिसर उत्पादनमा जुटिरहे । उनको बेला बखत दरबन्दी नफेरिएको पनि होइन तर, हरेक पटक काजमा प्रतिष्ठानमै ल्याइए ।

    त्यसको खास कारण थियो, जयविष्णु ‘सिन अफ क्राइम’ अफिसरको तालिम लिने नेपाल प्रहरीका पहिलो दुई अधिकृतमध्ये एक थिए । पहिलो पुस्ताका सोको अफिसर र अभियुक्तको बयान लिने शैलीका विज्ञ थिए । नेपाल प्रहरीभित्रका करिब एक दर्जन ब्याचलाई सोको अफिसर तालिम दिएर उपकरणसहित ७५ वटै जिल्लामा फैलाउने काममा जयविष्णुसँगै हालका प्रहरी नायब महानिरीक्षक (डीआईजी) महेशविक्रम शाहको योगदान रह्यो ।

    बेलायतमा तालिम

    २०४९ सालसम्म नेपालमा अपराध हुने वित्तिकै खटाइने प्रहरीलाई ‘घटनास्थल विशेषज्ञ’ भनिन्थ्यो । विशेषज्ञ त भनिन्थ्यो तर, उनीहरुसँग उपकरणहरु हुँदैनथ्यो । सैद्धान्तिक ज्ञान त थियो तर, प्रयोगात्मक सिप थिएन ।

    असनमा सामग्रीहरु किनेर ‘किट बक्स’ बनाइएको थियो । अपराधस्थललाई सुरक्षित राख्न डोरीले घेरा हालिन्थ्यो । त्यो अवस्थामा नेपाल प्रहरीले बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआईडी) को एउटा परियोजना पायो ।

    परियोजनाका ‘कन्सल्ट्यान्ट’ स्टेफेन जेम्स नेल्स् प्रहरी एकडेमीमा बसेका थिए । त्यसक्रममा उनले अपराध अनुसन्धान ‘विज्ञ’हरुको दुःख बुझे र अपराधस्थलको अनुसन्धानसम्बन्धी तालिमका लागि ‘प्रपोजल’ बनाए । बेलायतको ‘इन्स्टिच्यूट अफ क्रिमिनलोजी एन्ड फरेन्सिक साइन्स’मा दुई जनालाई सोको अफिसर तालिमको अवसर मिल्यो । अपराधस्थलको काम प्राविधिक प्रकृतिको भएकाले विज्ञान संकाय अध्ययन गरेका प्रहरीहरु प्राथमिकतामा परे ।

    २०४६ सालमा प्रहरी निरीक्षक बनेर एकडेमीमै कार्यरत प्रहरी निरीक्षक जयविष्णु नेपाली र महेशविक्रम शाह उपयुक्त ठहरिए ।

    सोको अफिसरको मुख्यतः तीन किसिमका जिम्मेवारी हुन्छन्– ‘क्राइम सिन फोटोग्राफी’, ‘फरेन्सिक एभिडेन्स कलेक्सन’ र ‘फिङ्गर प्रिन्ट सर्च एन्ड एक्जामिनेसन ।’

    राम्रो तालिम पाएका नेपालीले बेलायतका प्रहरीसँग प्रयोगात्मक शिक्षा लिने अवसर पनि पाए ।

    बेलायतबाट फर्किएपछि उनी सोको अफिसर उत्पादनमा खटिए । ‘नेपालमा पहिलो पटक पाठ्यक्रम पनि तयार पार्‍याैं’, उनी सम्झन्छन्, ‘अपराधस्थलमा काम गर्न रुची र विज्ञान पृष्ठभूमि भएका सई र प्रहरी निरीक्षकहरुलाई तालिममा प्राथमिकता दियौं ।’ प्रहरी निरीक्षकलाई सोको तालिम दिनु पछाडि प्रशिक्षक उत्पादन गर्ने उद्देश्य भएको उनी बताउँछन् ।

    एउटा ब्याचमा १५ जना हुन्थे । नेपालमा त्यस्तो जनशक्ति नभएकोले एउटा ब्याचको तालिम सकिँदा नसकिँदै अर्को टोली आइहाल्थ्यो । पूर्वएसपी नेपाली सम्झन्छन् , ‘सिन अफ क्राइममा साइन्टिफिक सपोर्ट गर्ने जनशक्ति उत्पादन गरिरहँदा पुलिस एकडेमीमै सेवा अवधि सकिएको पत्तै भएन ।’

    उनी तीन पटक राष्ट्र संघीय शान्ति मिसनमा पनि गए । तर, फर्किएपछि फेरि एकडेमीमै रहे । ‘दरबन्दी त कहिले केन्द्रीय विधि विज्ञान प्रयोगशाला, कहिले प्रहरी प्रधान कार्यालयको सवारी शाखामा पनि भयो’, नेपाली भन्छन्, ‘तर, संगठनले पनि मेरो आवश्यकता एकडेमीमै देख्यो ।’

    प्राविधिक विषय पढाउने मान्छेको कमी भएकाले आफूलाई पनि त्यसैमा सन्तुष्टि भएको उनी बताउँछन् । सधैं एकै ठाउँ रहँदा उनलाई वाक्क नलागेको होइन । एक पटक अन्यत्र पोष्टिङको अनुरोध पनि गरे । तर भनियो, ‘तिमी जहाँ छौं, तिम्रो खाँचो त्यहीँ छ ।’ त्यसपछि उनी पनि त्यहीँ रमाउन थाले ।

    बेलायतमा तालिम लिने क्रममा ।

    सोको अफिसरको जिम्मेवारी

    सोको अफिसरलाई क्राइम सिन इन्भेन्टिगेटर पनि भनिन्छ । नेपाली भन्छन्, ‘कुनै पनि फौजदारी अपराध भएको स्थानमा गएर आरोप प्रमाणित गर्न सक्ने सबुतको खोजी, सङ्कलन र सुरक्षित गरेर जाँच्न पठाउने काम नै उनीहरुको जिम्मेवारी हो ।’

    पछिल्लो समय कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा भएको लापरबाहीका कारण प्रहरीको निकै आलोचना भइरहेको छ । घटनास्थललाई सुरक्षित गर्नु त त परै छाडौं, प्रमाण समेत नष्ट गरिएको सरकारी अध्ययनले देखाएको छ । ‘त्यहाँको अपराधस्थलमा खटिएका सोको अफिसरहरु व्यवसायिक भइदिएको भए यो अवस्था सिर्जना हुने थिएन’, जयविष्णु भन्छन् ।

    सोको अफिसरको जिम्मेवारी कति गम्भीर हुन्छ भन्ने यही घटनाले देखाउने उनी बताउँछन् । ‘पीडितको कपडा नै जलाइएको भन्ने कुरा सुन्दै अचम्म लाग्दो छ’, उनी भन्छन्, ‘त्यहाँ कि सोको अफिसर नखटिएको हुनुपर्छ किन त निकम्मा हुनुपर्छ । नत्र, यस्तो गल्ती हुनैसक्दैन ।’निर्मला पन्तको शव भेटिएको स्थान उखुबारीको बीचमा पानीभित्र भएकाले अपराधस्थल निकै जटिल थियो तर, राम्रोसँग एरिया कर्डनिङ गरेको भए धेरै मानिस त्यहाँ जान पाउँदैनथे र, प्रमाण बच्न सक्थ्यो

    अपराधस्थलबाट प्रमाण सङ्कलन गरिसकेपछि जाँचका क्रममा पनि सोको अफिसरको उपस्थिति हुनुपर्ने उनी बताउँछन् । ‘जस्तो, निर्मलाको घटनामा भेजाइनल स्वाबको कुरा आइरहेको छ’, उनी भन्छन्, ‘सोको अफिसरले यो कुरा पहिल्यै अन्दाज गरेर चिकित्सकलाई सर्जिकल कटनमा चार/पाँच वटा नमूना निकाल्न लगाउनुपर्थ्यो ।’

    उनका अनुसार, पोस्टमाटम गर्ने डक्टरलाई प्रहरी अनुसन्धाना के–के चाहिन्छ भन्ने नहुनसक्छ । त्यसैले घटनास्थलमा ‘इन्भेस्टिगेटिङ’ अफिसरसँगै सोको अफिसरको पनि उपस्थिति जरुरी हुन्छ ।

    निर्मलाको कपडा पखाल्नुको साटो सिधा घाम नपर्ने ठाउँमा हावाले सुकाउनु पर्थ्यो। त्यसो गरेको भए सबुतका रुपमा २० औं वर्षसम्म काम लाग्ने थियो ।

    सोको अफिसरले अपराधस्थलमा ज्यादै संवेदनशील भएर हरेक सबुत सङ्कलन गर्नुपर्ने पूर्वएसपी नेपाली बताउँछन् । ‘त्यसक्रममा नचाहिने चिज सङ्कलन भएछ भने त्यसलाई पछि हटाउन सकिन्छ’, उनले भने, ‘तर, सामान्य चिज भनेर नजरअन्दाज गर्दा दुष्परिणाम निम्तिन्छ ।’

    त्यसो त निर्मलको शव भेटिएको स्थान उखुबारीको बीचमा पानीभित्र भएकाले निकै जटिल भएको उनी पनि स्वीकार गर्छन् । यद्यपि, ‘एरिया कर्डनिङ’ राम्रोसँग गरेको भए धेरै मानिस त्यहाँ जान पाउँदैनथे र, प्रमाण बच्न सक्थ्यो ।

    पुनर्ताजगी तालिमको अभाव

    अहिलेका सोको अफिसरहरुको एउटै गुनासो हुने गरेको छ– समय सापेक्ष तालिम र स्रोत–साधनको अभाव ।

    पूर्वएसपी नेपाली पनि यो स्वीकार्छन् । ‘उनीहरुलाई चाहिने पुनर्ताजगी तालिम, समय अनुसारका उपकरण र खर्च भएर जाने सामान परिपूर्ति गर्ने काम संगठनको हो’, उनी भन्छन्, ‘यसमा प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले पनि ध्यान दिनु पर्ने हो ।’

    जागिर छोड्दाको तितो अनुभव

    समग्र जागिरे जीवनबाट उनी सन्तुष्ट छन् । तर, अवकाशको वेलामा चाहिँ उनको एउटा नमिठो अनुभव रह्यो । ३० वर्षे सेवा हदका कारण घर जानु पर्दा उनको दरबन्दी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा थियो । काम भने प्रहरी एकडेमीमै गर्थें ।

    झण्डै दुई दशक काम गरेको ठाउँबाट विदा हुँदा औपचारिक रुपमा विदाइ समेत भएन । ‘दरबन्दी प्रयोगशालामा थियो । उसले हाम्रोमा काम गरेको छैन भन्यो होला’, नेपाली भन्छन्, ‘एकडेमीले पनि दरबन्दी अन्यत्र भएपछि आफ्नो मान्छे मानेन होला ।’

    नेपाल प्रहरी फरेन्सिक
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    लखनऊमा लुक्दै आएका गुड्डु कसरी आइपुगे काठमाडौं ?

    March 4, 2025

    भुटानी शरणार्थी प्रकरणमा हाई–प्रोफाइल कनेक्सनको ‘च्याप्टर क्लोज’

    August 15, 2024
    Leave A Reply Cancel Reply

    काठमाडौंका सीडीओसँग बातचित
    https://youtu.be/PEfv2YGdOsM
    फरक क्षमता भएका विद्यार्थीबारे बिराट विशेष

    मेरो बारे

    गाैरव पोखरेल अनलाइनखबर डटकमका लागि सुरक्षा र सैनिक सम्बन्धी मामिलामा रिपोर्टिङ गर्छन् ।

    A young news reporter, writes on Crime, Security & Military/Defense.

    फेसबुकमा पछ्याउनुस्

    Type above and press Enter to search. Press Esc to cancel.