• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Nepal Police»कपडाको मास्ककै भरमा खटिन्छन् सुरक्षाकर्मी
    Nepal Police

    कपडाको मास्ककै भरमा खटिन्छन् सुरक्षाकर्मी

    गौरव पोखरेलBy गौरव पोखरेलMarch 31, 2020No Comments3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    १६ चैत, काठमाडौं । नयाँबानेश्वर चोकमा खटिएका ट्राफिक प्रहरी जवान रामेश (नाम परिवर्तन) लाई लकडाउन अघि सवारी नियम उल्लंघन गर्नेहरुको निगरानी गर्न भ्याइनभ्याई हुन्थ्यो ।

    विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नफैलियोस् भनेर सरकारले लकडाउनको घोषणा गरेपछि धेरै मानिस घरमा छन् ।

    तर, उनलाई भने उस्तै चटारो छ । लकडाउन उल्लंघन गर्दै हिड्नेहरुको निगरानी गर्न सडकमै खटिएका छन् । ‘मास्क त लगाएका छौं तर मान्छे हिँड्न छाड्दैनन्’, उनी भन्छन्, ‘अझै कतिपय त मास्क पनि नलगाई हिँडिरहेका छन् ।’

    सर्जिकल वा कपडाको मास्कको भरमा सुरक्षाकर्मीहरुले दैनिक १२ घण्टासम्म ड्युटीमा गर्नुपर्छ । त्यसैले उनीहरु सकेसम्म सर्वसाधारणको नजिक जानु नपरोस् भन्ने चाहन्छन् । ‘तर, ड्यूटी हो नगएर पनि हुँदैन’, उनी भन्छन् ।

    बानेश्वर चोकमै खटिएका नेपाल प्रहरीका एक हवल्दार भने ‘बुझेका’हरुबाट आजित छन् । उनकाअनुसार बिहानको समयमा ‘मर्निङ वाक’को नाममा त्यस्ता व्यक्ति प्रायः निस्किन्छन् ।

    ‘सम्झाउन खोज्दा उल्टै अनेक भनेर हामीलाई तल देखाउन खोज्छन्’, उनले दुखेसो पोखे, ‘कोही सुगर त कोही प्रेसर छ, मर्निङ वाक नहिँडिहुन्न भन्न समेत भ्याउँछन् ।’

    बिजुलीबजारमा खटिएका अर्का प्रहरी अधिकृतले चाहिँ तरकारी किन्ने बाहानामा एउटै व्यक्ति पटकपटक निस्किने गरेको गुनासो गरे । ‘कहिले चार वटा लसुनको पत्ता लिएर आउँछन् । कहिले चारवटा कागती लिएर आउँछन्’, उनले अनलाइनखबरसँग सुनाए, ‘तरकारी लिन आएको भन्छन्, पक्राउ गर्न पनि मिलेन ।’

    खाद्यान्न, तरकारी जस्ता खाद्य वस्तु किन्नका लागि एउटा परिवारको एक जना एक पटक मात्र बाहिर निस्किए लकडाउन कार्यान्वयनमा सहज हुने उनी बताउँछन् । भन्छन्, ‘एकपटक निस्किँदा पनि २/३ दिनका लागि ल्याउन सकिन्छ नि ।’

    कपडाको मास्कको भरमा सशस्त्र

    जनस्वास्थ्यका विज्ञहरुका अनुसार कोरोना रोकथामका लागि फ्रण्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरु मात्र होइन, सुरक्षाकर्मीलाई पीपीईलगायतका व्यक्तिगत सुरक्षा उपकरण चाहिन्छ ।

    तर, विभिन्न स्थानमा खटिएका सुरक्षाकर्मीहरुसँग सर्जिकल मास्कसमेत उपलब्ध छैन ।

    बानेश्वर चोकमा खटिएका सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरुले कपडाको मास्क लगाएका थिए । सशस्त्र प्रहरीका एक अधिकृत भन्छन्, ‘कपडाको मास्कले हुँदैन भन्ने त थाहा छ । तर, नलगाउनुभन्दा केही त होला भनेर प्रयोग गरिएको हो ।’

    पछिल्लो समय महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले ‘म्यान क्याचिङ डिभाइस’ प्रयोगमा ल्याएपनि यो पर्याप्त छैन । यो मोबाइल गाडीमा मात्र हिँडाइने गरिएको छ र सडकमा खटिएकाहरुसँग यो डिभाइस छैन ।

    नेपाल प्रहरीका प्रवक्ता उमेशराज जोशीले पनि सुरक्षाका लागि पर्याप्त सामग्री नभएको स्वीकार गरे । आफू सुरक्षित भएर अरुलाई पनि सुरक्षित राख्नुपर्ने सुरक्षाकर्मीको दायित्व बताउँदै उनले भनेका छन्, ‘केही थान पीपीई हामीले अत्यावश्यक स्थानमा खटिएका सुरक्षा अधिकृतहरुलाई दिएका छौं ।’

    कतिपय युनिटले भने आफ्नै आवश्यक सामग्री जुटाउन थालेका छन् ।

    महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख टेकप्रसाद राई भन्छन्, ‘हामीले एउटा गार्मेन्टसँग सम्झौता गरेर पीपीई बनाइरहेको छौं । पहिलो चरणमा ५० वटा तयार भएको छ ।’

    त्यसमध्ये ललितपुर प्रहरी मातहतका मुद्दा चल्ने प्रहरी इकाईमा पीपीई बाँडिएको छ भने सशस्त्र प्रहरी बललाई पनि १० वटा दिइएको छ ।

    ब्यारेकमा जोखिम

    सुरक्षाकर्मीहरुलाई कार्यक्षेत्रमा मात्र होइन, ब्यारेकहरुमा पनि उत्तिकै जोखिम देखिएको छ ।

    भौतिक संरचनाको अभावमा एक/डेढ सय जनासम्म सुरक्षाकर्मी एकै ठाउँ सुत्छन्, मेस पनि एउटै छ । लकडाउन कार्यान्वयनका लागि फ्रण्टलाइनमा खटिएका प्रहरीमा संक्रमण देखियो भने त्यसले शान्तिसुरक्षामै असर पर्ने अवस्था आउनसक्छ ।

    नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआइजी) देवेन्द्र सुवेदी पनि सुरक्षाकर्मी बढी जोखिममा रहेको बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘पीपीई लगायतको कुरा परै छाडौं, प्रहरीमा सामाजिक दुरी कायम राख्नसक्ने अवस्था पनि देखिएन ।’

    तस्वीरहरुः चन्द्र आले/अनलाइनखबर

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    भुटानी शरणार्थी प्रकरणमा हाई–प्रोफाइल कनेक्सनको ‘च्याप्टर क्लोज’

    August 15, 2024

    सरकारी वकिल VS CIB : संगठित अपराधमा ६२ दिन थुनेर किर्तेमा मुद्दा

    August 29, 2023

    शरणार्थी प्रकरण अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई हटाउन देउवाको दबाब

    August 18, 2023
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 202535 Views

    Book Review: नेपालका त डन होइनन्, फ्याउरा नै रहेछन्

    September 14, 202434 Views

    No Meeting, No Mention, No Hope: Bhutanese Refugees Disheartened by King’s Quiet Visit

    December 11, 202432 Views

    Type above and press Enter to search. Press Esc to cancel.