सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई छेऊमा राखेर प्रधानसेनापति थापाले छाङरुस्थित बोर्डर आउट पोष्ट (बीओपी) मा रहेका फौजलाई भने, ‘जुन सुरक्षा निकाय भए पनि हाम्रो उद्देश्य एउटै हो, दुवै निकायबीच सदैव सहकार्य रहन्छ । उच्च मनोबलका साथ सरकारले दिएको जिम्मेवारी पूरा गर्नुस् ।’