• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Nepal Army»सेना-सशस्त्रमा किन मागेजति अधिकृत उत्तीर्ण हुँदैनन् ?
    Nepal Army

    सेना-सशस्त्रमा किन मागेजति अधिकृत उत्तीर्ण हुँदैनन् ?

    गौरव पोखरेलBy गौरव पोखरेलApril 10, 2020No Comments6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    सैनिक मुख्यालय, जंगीअड्डा
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

     काठमाडौं । नेपाली सेनाले २०७५ सालमा दुई हजार ९१६ क्याडेटका लागि दर्खास्त आह्वान गर्दा ७७३ जना मात्र छनौट परीक्षामा उत्तीर्ण भए । यो संख्या मागभन्दा ८० प्रतिशत कम हो ।

    लेखा, मेडिकल, सिग्नल, चालक लगायतका लागि गरिएको दरखास्त आह्वानमा आवेदक संख्या पनि ११ हजार ९३१ मात्र थियो । त्यसअघि २०७४ सालमा सेनाले चार हजार ४५२ क्याडेटका लागि दरबन्दी खुलाउँदा ४९ हजार १६० जनाले दर्खास्त दिएका थिए । त्यो बेला पनि उत्तीर्ण संख्या भने चार हजार ४५२ मात्र थियो ।

    त्यस्तै, २०७५ सालमा ४३ जना पदिक क्याडेटका लागि सेनाले गरेको विज्ञापनमा मागभन्दा कम दर्खास्त परेको थियो । जंगी अड्डा स्रोतका अनुसार, पदिकतर्फ कुल ३६ वटा दर्खास्त परेकोमा उत्तीर्ण संख्या जम्मा १० थियो । त्यसअघि २०७४ सालमा ८५ पदिक/हुद्दा क्याडेट माग गर्दा १२१ जनाले आवेदन दिएकामा चार जना मात्र छनौट भएका थिए ।

    २०७५ सालमा २०० अधिकृत क्याडेट माग भएकामा १५४ जना मात्र उत्तीर्ण हुन सकेका थिए । आवदेन चाहीँ तीन हजार ७७३ परेको थियो । २०७४ सालमा ३०० अधिकृत क्याडेटका लागि विज्ञापन आह्वान हुँदा छ हजार १२ वटा आवेदन परेकामा ती मध्ये १४४ जना मात्र पास भएका थिए ।

    सशस्त्रमा पनि उस्तै

    सशस्त्र प्रहरी बलको भर्नामा पनि सेनाको जस्तै अवस्था छ । १९ असोज २०७५ मा सशस्त्रले रिक्त ४३ वटा इन्स्पेक्टर दरबन्दी पूर्तीका लागि विज्ञापन गर्दा कुल ५२१ वटा आवेदन पर्‍यो । तिनमा पनि छनौट परीक्षा उत्तीर्ण गर्ने २९ जना मात्र भए ।

    त्यसअघि २०७३ असोजमा ५४ जना इन्स्पेक्टरको लागि खुलाइएको विज्ञापनमा ७४७ जनाले दरखास्त दिएका थिए । तीमध्ये परीक्षा उत्तीर्ण हुने ५३ जना मात्र थिए । त्यस्तै, २०७१ भदौमा ४० जना इन्स्पेक्टरको माग हुँदा ५०३ जनाले दरखास्त दिएकामा २३ जना उत्तीर्ण भएका थिए ।

    ३६ जना सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) का लागि २०७३ असोजमा विज्ञापन खुल्दा दुई हजार ३६३ जनाले आवेदन दिएकामा जम्मा १७ जना उत्तीर्ण भएका थिए ।

    २०७५ असोजको असई भर्तीमा पनि यस्तै समस्या भएको सशस्त्र प्रहरी बल, हल्चोकले उपलब्ध गराएको विवरणले देखाउँछ । विवरण अनुसार, त्यसबेला २३९ जना असईका लागि विज्ञापन गर्दा दुई हजार ३९२ वटा दरखास्त परेकामा ३८ जनाले मात्र छनौट परीक्षा उत्तीर्ण गरेका थिए ।

    जवान भर्नामा पनि माग भएभन्दा कम उत्तीर्ण हुने गरेको सशस्त्र प्रहरी बलको तथ्यांकले देखाउँछ । २०७५ भदौमा एक हजार ९३६ जना सशस्त्र प्रहरी जवानको विज्ञापन निकाल्दा एक हजार २१२ जना मात्र उत्तीर्ण भएका थिए । दर्खास्त भने १९ हजार १३३ जनाको परेको थियो ।

    त्यसको अघिल्लो वर्ष २३ सय जवान माग्दा दुई हजार ९२ जनाले छनौट परीक्षा पास गरेका थिए । अनुत्तीर्ण हुनेको संख्या २५ हजार ३३५ थियो ।

    सशस्त्र प्रहरीका डीआईजी सुरज श्रेष्ठका अनुसार यो पटक २९ जना मात्रै प्रहरी निरीक्षक पदमा पास भएका थिए ।

    लोक सेवाको परीक्षा ‘फलामको चिउरा’

    २०७२ सालमा नयाँ संविधान जारी भएपछि नेपाल प्रहरीसहित देशका तीन वटै फौजी संगठनलाई वार्षिक रुपमा आवश्यक पदपुर्ति गर्ने काम संवैधानिक निकाय लोक सेवा आयोगले गर्न थालेको छ ।

    तर, नयाँ संवैधानिक व्यवस्थासँगै सुरक्षा निकायहरुमा पदपुर्ति गर्न हम्मे पर्न थालेको सम्बन्धित अधिकृतहरु बताउँछन् । फौजमा जागिर खान चाहनेहरुका लागि लोक सेवा आयोगको परीक्षा नै फलामको चिउरा बनेको एक सैनिक अधिकृत बताउँछन् ।

    सैन्य क्याडेटतर्फ लोक सेवाको परीक्षा नै मुख्य समस्या भएको उनले बताए । उनका अनुसार, सैन्यतर्फ कक्षा ५ र कक्षा ८ पास गरेका पनि भर्ना हुन पाउने व्यवस्था छ, तर उनीहरुलाई लोक सेवाका परीक्षामा गर्नुपर्ने नेपाली–अंग्रेजी भावानुवाद जस्ता विषय फलामको चिउरा बनेको छ ।

    यो समस्या अधिकृत क्याडेटतर्फ पनि रहेको ती सैनिक अधिकृत बताउँछन् । ‘नयाँ संवैधानिक व्यवस्था अनुसार २०७३ सालमा प्रश्नपत्रको शैली परिवर्तन भएपछि २५० अधिकृतको भर्ती खुल्दा ७१ जना मात्र पास भए’, उनी भन्छन्, ‘जबकी, सात हजार ५५५ जनाले परीक्षा दिएका थिए ।’

    रक्षा मन्त्रालयका प्रवक्ता बाबुराम गौतम भने कानुनतः परीक्षा उत्तीर्ण गर्नुपर्ने बताउँछन् । ‘यस्तो समस्या छ भन्ने अहिलेसम्म आधिकारिक जानकारी आएको थिएन’, सह–सचिव गौतमले अनलाइनखबरसँग भने, ‘सेनाले केही तयारी गरिरहेको हुनसक्छ ।’

    आकर्षण नै घट्यो किः अध्यक्ष मैनाली

    लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली आयोगले लिने परीक्षा सामान्यतः कठिन नै हुने बताउँछन् । अझ सेना–प्रहरी भर्तीको परिक्षामा त सम्बन्धित सुरक्षा संगठनले तयार पारेको पाठ्यक्रमकै आधारमा आयोगले प्रश्न तयार पार्ने उनले बताए ।

    ‘सुरक्षा निकायहरुमा जागिरको आकर्षण नै कम भएको पो हो कि ?’ आयोग अध्यक्ष मैनालीले अनलाइनखबरसँग भने, ‘कडा अनुशासनमा काम गर्नुपर्ने र वैदेशिक रोजगारीमा जाँदा सुरक्षा निकायमा भन्दा बढी आम्दानी हुने भएकाले तल्लो तहमा आवेदन नै कम परेर उत्तीर्ण संख्या घटेको पनि हुनसक्छ ।’

    फौजी संगठनहरुमा जनशक्ति परिपुर्तिका लागि सम्बन्धित संगठनले पाठ्यक्रम सरल बनाउन सक्ने उनले बताए । ‘प्रश्न पत्र सजिलो बनाएर मात्र चाहीँ हुँदैन’, अध्यक्ष मैनाली भन्छन्, ‘फौजमा जागिरको आकर्षण नै घटेको हो भने यो समस्या रही रहन्छ ।’

    सशस्त्रमा पाठ्यक्रम फेरिँदै

    अधिकृतहरुका अनुसार सुरक्षा निकायका लागि योग्यता पुगेका व्यक्तिका लागि सशस्त्र प्रहरी बल तेस्रो रोजाइमा पर्ने गरेको छ । अर्थात्, उनीहरुको पहिलो प्रयास नेपाली सेनामा जोडिने हुन्छ ।

    सेनामा नभए, नेपाल प्रहरीमा प्रयास गर्छन् । त्यसपछि मात्र सशस्त्रमा निवेदन हाल्छन् । दर्खास्त दिएका मध्ये कतिपय तालिममै सहभागी नहुनुले यो पुष्टि हुने सशस्त्र प्रहरीका एक अधिकृत बताउँछन् ।

    त्यसमा पनि लोक सेवा आयोगको कठिन परीक्षाले पदपुर्ती गर्नै समस्या देखिएपछि सशस्त्र प्रहरी बलले पाठ्यक्रम नै परिवर्तन गर्ने तयारी थालेको छ । वैशाख पहिलो साता हल्चोकमा आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उक्त जानकारी गराएका थिए ।

    नेपाल प्रहरीमा आवेदन नै कम

    नेपाल प्रहरीले असोज २०७५ मा ५२ जना प्रहरी निरीक्षकको माग गर्दै विज्ञापन जारी गर्‍यो । जसमा दुई हजार ६८० जनाले दर्खास्त दिए ।

    त्यस्तै, प्रहरी सहायक निरीक्षक पदका लागि २८३ जना माग हुँदा १४ हजार ३ सय ७७ जनाको मात्र दर्खास्त पर्‍यो । त्यही वर्ष निजामती सेवातिर ३९० शाखा अधिकृत पदका लागि गरिएको विज्ञापनमा २४ हजार २१२ आवेदन परेको देखिन्छ ।

    साउन २०७४ मा ४९ प्रहरी निरीक्षक माग्दा दुई हजार ५३७ दर्खास्त परेको थियो । त्यही वर्ष निजामतीतर्फ भने नायब सुब्बा पदमा ४५८ जना माग हुँदा ७६ हजार ३९९ दर्खास्त परेको रेकर्ड छ ।

    यो आँकडाले नेपाल प्रहरीमा आकर्षण नै कम भएको देखाउँछ । यसको मुल कारण प्रहरी अधिकृतको असुरक्षालाई मानिएको छ ।

    यो पनि पढ्नुहोस प्रहरीका अनुसन्धान अधिकृतहरु नै एम्बुसमा !

    ‘एकातिर सही काम गर्दा पनि अपजस आइलाग्ने अर्कोतिर माथिल्लो तहका अफिसरबाट संरक्षण नहुनुले निराशा सिर्जना गरेको छ’, एक जना प्रहरी निरीक्षक भन्छन्, ‘यस्तै स्थिति रहे भोलि आवेदन नपर्ने स्थिति आउन सक्छ ।’

    उनका अनुसार संयुक्त राष्ट्र संघको मिसनको सुनिश्चितता नहुनुले पनि प्रहरीमा आकर्षण कम भएको हो ।

    ‘सेनामा मिसनको निश्चित कोटा हुन्छ । त्यहाँका अफिसरलाई आफ्नो पालो कहिले आउँछ भन्ने पहिल्यै थाहा हुन्छ’, उनले भने, ‘तर, हामी कहाँ पहुँच हुने पटकपटक मिसन गएका छन्, कोही एक पटक पनि जान पाएका छैनन् ।’

    २०७६ जेठ १७ गते १९:०१ मा प्रकाशित

    क्याडेट भर्ना
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    भावी प्रधानसेनापतिका रुपमा अघि सारिएका पाण्डेको जन्ममितिमा केरमेट

    November 8, 2023

    अनियमितताको आरोपमा दुई महिना थुनेर सैनिक विद्रोहको गम्भीर मुद्दा

    March 7, 2023

    पदावधि थपको अधिकार स्वार्थ अनुकूल प्रयोग गर्छन् प्रधानसेनापतिहरू

    April 29, 2022
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Politics Behind The Bar

    August 17, 202269 Views

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 202562 Views

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 202543 Views

    Type above and press Enter to search. Press Esc to cancel.