• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Views/Analysis»मैले देखेको दिलशोभा प्रकरण
    Views/Analysis

    मैले देखेको दिलशोभा प्रकरण

    गौरव पोखरेलBy गौरव पोखरेलMarch 18, 2014Updated:November 24, 2022No Comments5 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    गौरव पोखरेल (setopati.com मा प्रकाशित विचार)

    “१५ सय जति पैसा दिने, बेलुका पकाएर ख्वाउने एक छाक। बिहान ख्वाउनु परेन। तपाईंलाई माया लाग्छ भने एक कप चिया ख्वाएर पठाउनु। बेलुका आएर तपाईलाई पकाएर ख्वाउँछे, रातभरि तपाईंसगैँ सुत्छ। माया गरेर बस्छ।”

    माथि उल्लखित एक तर्फी संवाद समाजसेवी दिलशोभा श्रेष्ठको टेलिफोन वार्ता उनकै कर्मचारीले रेकर्ड गरी सार्वजनिक गरे पश्चात दिलशोभा प्रकरणले सम्पूर्ण संचार जगतमा नै उधुम मच्चायो।

    आज नेपालका राष्ट्रियदेखि लिएर स्थानीय  सम्पूर्ण विद्युतिय तथा छापा सञ्चार माध्यमहरुमा यस प्रकरणको बबण्डर चरम उत्सर्गमा पुगेको छ।

    समाजसेवी दिलशोभा श्रेष्ठमाथि यौन दुराचार, देहव्यापार, मानवबेचविखन जस्ता विभिन्न आरोप लगाइएको छ। 

    – को हुन् त दिलशोभा श्रेष्ठ?

    दिलशोभा प्रकरणका मुख्य पात्र दिशोभा श्रेष्ठ मदर टेरेसासँग तुलानात्मक दृष्टिकोणले हेरिने निष्कामसेवी समाजसेवी हुन्।

    उनी आमाको घर सेवा आश्रमकी अध्यक्ष हुन् जुन आश्रम काठमाडौंस्थित रविभवनमा छ।

    आफू श्रीमानबाट पीडित भएकै हेतुले समाजसेवाको बाटो रोजेकी श्रेष्ठ आमाको घरको माध्यमबाट अनाथ, असाहय तथा गरिब बालबालिका तथा व्यक्तिहरुको शिक्षा–दिक्षा, लालन–पालन र हेरचाहमा विशेष सेवा गरिन्। समाजका अपहेलित वर्गको रुपमा रहेकाहरुको पक्षमा वकालत गर्दै उनीहरुलाई आश्रय दिदैँ लामो संघर्षका साथ प्रगतिथुम्की तर्फ दिलशोभा अघि बढिरहेकी थिइन्।

    समयको बहावसँगै उनको समाजसेवी कदमको कदर र प्रशंसास्वरुप नेपाली मिडियाले पनि उनलाई रातारात चर्चित बनाइदियो। मिडियामा पनि बाक्लै रुपले छाउन थाले पछि दिलशोभालाई स्वदेशी तथा विदेशी, नेपाली तथा अन्य व्यक्तिहरुले संस्थामा सहयोग हस्तान्तरण गर्न थालेका थिए। 

    – कसले गर्‍यो दिलशोभाको टेलिफोन संवाद रेकर्ड?

     गत पुस १८ गते आमाको घर सेवा आश्रमको कर्मचारीका रुपमा नियुक्त भएकी महिला अप्सरा गुरुङले दिलशोभाको उक्त टेलिफोन संवाद रेकर्ड गरेकी थिइन्। दिलशोभाका भनाइ अनुसार तीन वर्षअघि उनको अप्सरासँग चिनजान भएको थियो। एक दिन अप्सरा आएर पहिला ५० हजार तलबसम्ममा काम गरेको तर वर्तमान समयमा खाली भएको कुरा दिलशोभा समक्ष राखिन्।

    उधार हृदयकी खानी दिलशोभाले अप्सराको मञ्जुरीमा ८ हजार तलब दिने सर्तमा उनलाई संस्थामा नियुक्त गरिएको थियो। 

    – कसरी सुरु भयो दिलशोभा प्रकरण?

    बालबालिकाको क्षेत्रमा रहेर लामो समयसम्म काम गरिसकेकी अप्सरा गुरुङले आमा घरमा काम गर्न थालेको प्रारम्भिक चरणबाट नै दिलशोभासँग संस्थालाई व्यवस्थित गरे लगभग प्रति व्यक्ति वार्षिक दुई लाखसम्म सहयोग जुटाउन सकिने बताउदैँ आएकी थिइन्।

    यस्तो कुरा गर्दै गए पछि दिलशोभा पनि अप्सराबाट प्रभावित हुदैँ गइन्। दिलशोभा र अप्सरा दुवै क्रिश्चियन धर्मावलम्बी भएकाले पनि उनीहरुबीचको क्षणिक सम्बन्ध नितान्त प्रगाढ हुन पुगेको थियो।

    अप्सराले संस्थाको विभिन्न पक्षमा सुधार गर्दै लानु पर्ने कुरामा जोड दिदैँ गइन्। समय बित्दै गयो। गत माघ महिनाको एक दिन दिलशोभा कोहीसँग फोनमा कुराकानी गर्दै थिइन्।

    दिलशोभाको कोठा नजिकै रहेकी अप्सरा र अर्की कर्मचारी संगीता राईलाई उक्त टेलिफोन वार्ता शंखास्पद लागेपछि उनीहरुले सो टेलिफोन वार्ता रेकर्ड गरेका थिए। तत्पश्चात पनि अप्सराले संस्थामा खानपिनको गुणस्तर, लालनपालनको उचित व्यवस्था, तथा आर्थिक पारदर्शिताको विषयमा आवाज बुलन्द गरी रहिन्।

    अन्ततः दिलशोभाको मनको अन्तर मष्तिस्कमा कता कता चिसो पस्न थालेको थियो। उनले सोचिन्, “कुनै संस्थाले आमा घर र आफ्नो बारेमा जासुसी गर्न अप्सरालाई पठाएको हो।” मायालु स्वभाव भएकी अप्सराले संस्थामा भएका सम्पूर्ण बालबच्चा तथा अन्य वृद्ध तथा वयस्यक व्यक्तिहरुलाई अगाडिबाट नै सबैलाई बालगृहको मापदण्डको बारेमा सचेत तथा सजग गराएकी थिइन्।

    तब क्रमशः दिलशोभा र अप्सराबिचको मनमुटाब चर्कियो। अनि अप्सराले अलग्गै भान्सा कोठाको व्यवस्था गरी बस्न थालिन्। अनि भ्याएसम्म र सकेसम्मको दिलशोभाको संवाद र भिडियो रेकर्ड गर्न सुरु गरिन्। अन्त्यमा दिलशोभाले अप्सरालाई कामबाट हटाइन्। संस्थाबाट निस्किए पछि अप्सराले आफूसँग भएका रेकर्डहरु विभिन्न व्यक्तिहरुलाई देखाउन थालिन्।

    ती व्यक्तिहरुको भनाइ र उनी स्वयम्को व्यक्तिगत सोच अनुसार दिलशोभाको त्यस दिनको टेलिफोन वार्ता देह व्यापारमा संलग्नताको बलियो सबुद, प्रमाण भएको भन्दै जिल्ला प्रशासन कार्यालय, केन्द्रिय बालकल्याण समिति तथा विभिन्न सञ्चार गृहहरुलाई सो रेकर्ड सम्प्रेषण गरियो। अन्ततः यस विषयमा नेपालका राष्ट्रिय दैनिकहरु नागरिक, कान्तिपुर, अन्य अनलाइन मिडिया तथा स्थानिय सञ्चार माध्यमहरुमा  प्रकाशन तथा प्रशारण भए। तत् पश्चात दिलशोभा प्रकरणले उग्र रुप लियो। 

    अब जिल्ला प्रशासन कार्यालय, बालकल्याण कार्यालय आदिमा एकतर्फी टेलिफोन संवादको टेपले सबैको ध्यानाकर्षण गरायो। यस विषयमा सम्बन्धित निकायको बैठकमा समेत पटक–पटक छलफल गरिए। निष्कर्ष निस्कियो– देह व्यापारको संका। अनि उनी माथि बालबालिका राख्ने अनुमति नलिएको र बालगृहको दुर्व्यवस्थित भएको आरोपमा मुद्दा लगाइयो। अब त सञ्चारमाध्यमहरुमा दैनिक रुपमा दिलशोभा प्रकरणको विषयमा समाचार मूलक सामग्रीहरु प्रशारण तथा प्रकाशन हुन थाले।

    यस बिषयमा धेरै समाचार, प्रतिक्रिया तथा लेख रचना प्रकाशित तथा प्रशारित भई सके पछि दिलशोभाले पत्रकार सम्मेलन गरिन्। पत्रकार सम्मेलनमा उनले त्यस दिन टेलिफोनमा क्यान्सर पीडित ७० वर्षिया राधिका मानन्धरसँग वार्ता गरेको वताइन्। संवादलाई एक तर्फी मात्र रेकर्ड गरिएकाले सो टेपलाई मात्र आधार मानेर उनी माथि यौन दुराचारको आरोप लगाउनु सरासर मुर्खता शिवाय अरु केहि पनि होइन। यो लेख तयार पार्दासम्ममा अनुसन्धानबाट पनि यौन दुराचारलाई पुष्टी गर्ने प्रमाण एउटा टेप बाहेक अरु केहि पनि फेला नपर्नुले पनि श्रेष्ठलाई लगाइएको यौन दुराचारको आरोप गलत ठहर्‍याउँछ। यता प्रेस काउन्सिलले पनि दिलशोभा श्रेष्ठको विषयमा प्रकाशित समाचारहरुको छानबिन गर्न रामकृष्ण तिमल्सेना (सर्वोच्च अदालतको पूर्व रजिष्ट्रार) को संयोजकत्वमा आम सञ्चारका प्राध्यापक प्रबलराज पोखरेल र प्रेस इन्स्टिच्युटका अध्यक्ष शोभा गौतम सदस्य रहेको छानबिन समिति गठन गरेको छ।

    आम नेपाली जनमानसमा कौतुहलको विषय रहेको यस दिलशोभा प्रकरणको यथाशीघ्र अनुसन्धानबाट सत्य तथ्य कुरा बाहिर ल्याउनु आजको आवश्यकता हो। नेपाली सडकमा दुर्दशा वेहोर्दै आएकै बालबच्चा तथा व्यक्तिहरुलाई आफ्नै घरमा आश्रय दिदैँ आएकी दिशोभाले दिलशोभा प्रकरणको बारेमा रुदैँ रुदैँ “यस प्रकरणको चाँडो भन्दा चाडो छिनोफानो हुनु पर्ने बताइन्।” उनको नयनबाट बहेका अश्रुधाराको सही तथा सच्चा मूल्याङ्कन गर्दै निष्पक्ष अनुसन्धान गरेर सत्य कुरालाई बाहिर निकाल्न जरुरत छ।

    मदर टेरेसा जस्तो व्यक्तित्वसँग तुलना गरिने दिलशोभाको समाजले देखेको स्वच्छ रुप जस्तै उनको हृदय पनि स्वच्छ नै छ भन्ने यो पंक्तिकारको ठम्याइ छ। तर पनि हामीले अनुसन्धानको नतिजा कुर्नु शिवाय अन्य कुनै विकल्प छैन।

    यदि अनुसन्धानको परिणामले उनी दोषी ठहरिन् भने उनलाई कडा भन्दा कडा कारबाही हुन जरुरी छ। तर यदी उनी दोषी ठहरिइनन् भने??? उनको मान प्रतिष्ठा र इज्जत माथि खेलवाड गर्ने वा ह्रास ल्याउने अभिप्रायले कसैले उनलाई आरोप मात्र लगाएको अनुसन्धानले बताए के गर्ने?

    यस विषयमा पनि सम्बन्धित निकायले सोच्दै गर्न नितान्त जरुरी छ। एउटा घर बनाउन धेरै परिश्रम, मेहनत र दुःख गर्नु पर्छ। अनि मात्र लामो समय पछि त्यो घर तयार हुन्छ तर त्यसलाई भत्तकाउन केहि सेकेण्डनै काफी हुन्छ। अंग्रेजीमा पनि भनाइ छ, It takes too much time to build a house but second to destroy it.यही भनाइको मुल आशय वा तात्पर्यले भने झैँ दिलशोभाको मान प्रतिष्ठामा आँच पुर्‍याउने कार्य मात्र गर्न खोजिएको हो भने अरु समाजसेवीहरुलाई पनि आफ्नो निष्कामसेवी समाज सेवाको बाटोमा धक्का पुग्ने निश्चितप्राय छ। 

    प्रकाशित मिति: 2014-03-08 18:35:41

    दिलशोभा श्रेष्ठ विचार
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    Book Review: नेपालका त डन होइनन्, फ्याउरा नै रहेछन्

    September 14, 2024

    Opinion | How Did the Ceremonial President Become a ‘Power Centre’ in Nepal?

    March 25, 2023

    प्रेम शाहीसहित ३ सैनिकको रिहाइसँगै उठेका प्रश्नहरु

    March 7, 2023
    Leave A Reply Cancel Reply

    काठमाडौंका सीडीओसँग बातचित
    https://youtu.be/PEfv2YGdOsM
    फरक क्षमता भएका विद्यार्थीबारे बिराट विशेष

    मेरो बारे

    गाैरव पोखरेल अनलाइनखबर डटकमका लागि सुरक्षा र सैनिक सम्बन्धी मामिलामा रिपोर्टिङ गर्छन् ।

    A young news reporter, writes on Crime, Security & Military/Defense.

    फेसबुकमा पछ्याउनुस्

    Type above and press Enter to search. Press Esc to cancel.