• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Nepal Police»आत्महत्याअघि कामदारले किन गरे मुनाको हत्या ?
    Nepal Police

    आत्महत्याअघि कामदारले किन गरे मुनाको हत्या ?

    गौरव पोखरेलBy गौरव पोखरेलMarch 31, 2020No Comments4 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    २७ माघ, काठमाडौं । हरेक साताझैं सोमबार बिहान पनि पूर्वसचिव अर्जुन कार्की पशुपति दर्शनका लागि निस्किएका थिए । सानेपा हाइटमा रहेको निजी निवासबाट प्रदेश–३–०१–०२२ च ०७०९ नम्बरको कारमा ७ बजेतिर निस्किएका कार्की चार घन्टापछि घर फर्किए ।

    तर, घरमा प्रवेश गर्नेवित्तिकै देखेको दृश्यले उनलाई अहिलेसम्म अचेतजस्तै बनाइदिएको छ । जब ११:२० मा कार्की घरभित्र छिरेर भर्‍याङ्ग छेउमा पुगे, घरेलु कामदार २२ वर्षीय विजय चौधरीलाई भुइँमा लडिरहेको अवस्थामा देखे ।

    भर्‍याङमा चुँडिएको नाइनलको आधा डोरी तुन्दुङ्ग झुण्डिरहेको थियो । बाह्र वर्षको छँदै आफ्नो साथमा राखिएका दाङ घर भएका चौधरीको शव देखेको केहीबेरमै कार्कीको नजर भुइँमा यत्रतत्र छरिएको रगतको टाटामा पर्‍यो । रगतको संकेत पछ्याउँदै जाँदा उनी भान्सासम्म पुगे, जहाँ श्रीमती मुना रगतको आहालमा ढलिरहेकी थिइन् ।

    सुरुमा उनले केही सोच्नै सकेनन् । यद्यपि, मुर्छित अवस्थामै प्रहरी कन्ट्रोल १०० मा फोनमा गरे । छिमेकी पनि गुहारे ।

    प्रहरी आइपुग्दा मुनाको शरीर चलमलाएजस्तो देखियो । प्रहरीले तुरुन्तै स्टार हस्पिटल पुर्‍याए । तर, अपराधस्थलमै उनको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरे ।

    भावविह्लल पूर्वसचिव कार्कीलाई सम्हाल्दै आफन्त ।

    हत्यापछि आत्महत्या ?

    घटना भएको घरमा कार्की दम्पत्तिसहित १२ वर्षीय छोरा, कामदार चौधरी र अर्की एकजना महिला कामदार बस्दै आएका थिए । अपराध भएको समयमा भने घरमा चौधरी र मुनामा मात्र थिए ।

    प्रहरीका अनुसार महिला कामदार कार्कीका छोरालाई स्कुल पुर्‍याउन गएकी थिइन् । त्यही मौका पारेर बिहान १०ः०८ देखि ११ः०० बजेभित्रको समयमा मुनाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    हत्यामा चौधरी नै संलग्न रहेको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेको एक उच्च प्रहरी अधिकृतले अनलाइनखबरलाई बताए । ती अधिकृतका अनुसार भान्सा बाहिर रहेको क्लोज सर्किट (सीसी) क्यामेरा फुटेजमा बिहान १० बजेर ८ मिनेट जाँदा मुना भान्सामै देखिन्छिन् ।

    बाहिर चौधरी हिँडिरहेको दृश्य कैद भएको अधिकृतहरुको भनाइ छ । केहीबेरमा चौधरीले मुनाको घाँटी अँठ्याएको फुटेजमा देखिन्छ ।

    डोरीले घाँटी च्याप्न खोजेपछि दुईजनाबीच तानातान भएको देखिने अधिकृतहरु बताउँछन् ।

    हात हालाहालकै बीच चौधरीले भान्सामा रहेको पिर्काले मुनाको टाउकोमा प्रहार गरेको फुटेजमा देखिने महानगरीय अपराध अनुसन्धान महाशाखाका एक अधिकृतले बताए । ती अधिकृतका अनुसार त्यसपछिको १० मिनेटसम्म उनीहरुको दृश्य देखिँदैन ।

    ‘क्यामराको फ्रेमबाट बाहिर भएकाले नदेखिएको हो’, ती अधिकृतले सुनाए, ‘त्यसपछि ११ बजेसम्म चौधरी विभिन्न फ्रेममा देखिएका छन् ।’

    के हुन सक्छ हत्याको कारण ?

    अनुसन्धानमा संलग्न अधिकृतले चौधरीको पाइन्टमा वीर्य भेटिएको बताएपछि जबरजस्तीकरणी भएको हुन सक्ने पनि आशंका गरिएको छ ।

    तर, फरेन्सिक विज्ञ भने मानिसको ज्यान जाँदा दिशा वा वीर्य झर्नु सामान्य प्रक्रिया भएको बताउँछन् ।

    प्रहरीले शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिसकेकाले चिकित्सकको रिपोर्टले नै जबरजस्ती करणीको भएको थियो/थिएन भन्ने निर्क्यौल गर्नेछ ।

    प्रहरीले अपराधस्थलमा फरेन्सिक विज्ञ चिकित्सको टोलीलाई पनि ल्याएको थियो । यद्यपि, मृत्युको कारणबारे प्रारिम्भक निष्कर्ष मंगलबार साँझसम्ममा मात्र आउनेछ । ‘शवको बाहिरी अवस्था हेर्दाचाहिँ जबरजस्ती करणी भएको हुन सक्ने संकेत देखिँदैन’, चिकित्सकलाई उधृत गर्दै एक प्रहरी अधिकृत भन्छन् ।

    हालसम्म हत्या पछाडि चौधरीको उद्देश्य के थियो भन्ने स्पष्ट भइसकेको छैन । ललितपुर प्रहरी परिसर, जावलाखेलका प्रमुख एसएसपी टेकप्रसाद राई भन्छन्, ‘कारण खोतल्ने प्रयास गरिरहेका छौं ।’

    सामान्यतः कामदार संलग्न हत्याका अधिकांश घटना पछाडिको कारण लामो समयसम्म तलब रोक्का गर्नु हुने गरेको छ । तर, यो प्रकरणमा भने प्रहरीले यस विषयको निर्क्र्यौल गरिसकेको छैन ।

    ‘सोमबार प्राविधिक पक्षको विश्लेषणमै व्यस्त रह्यौं’, ललितपुरकी एसपी दुर्गा सिंह भन्छिन्, ‘पूर्वसचिवज्यू पनि बोल्न सक्ने अवस्थामा हुनुहुन्नथ्यो । मंगलबारबाट वयानसहित अन्य प्रक्रिया सुरु हुन्छ, त्यसपछि मात्र यो विषय स्पष्ट हुनेछ ।’

    कार्की निवास

    घरमा बसेकी महिला कामदारको भनाइलाई आधार मान्ने हो भने चौधरीलाई कामको त्यति प्रेसर पनि थिएन । तलबमा पनि त्यति समस्या थिएन ।

    ‘लुगा धुने र बाहिर बढार्न हामी छुट्टै थियौं । ड्राइभर पनि बेग्लै राखिएको थियो’, उनले भनेकी छन्, ‘घरको सामान यताउता सार्ने, तरकारी काट्ने र भाँडा माझ्ने काम मात्रै उसले गर्दै आएको थियो ।’

    ती महिला कामदारका अनुसार पछिल्लो समय चौधरीले पनि गाडी चलाउन सिकिसकेका थिए ।

    अनुसन्धान अधिकृतका अनुसार घटना पछाडि हुन सक्ने अर्को प्रबल कारण भनेको क्षणिक आवेग पनि हो । ‘अरु सम्भावित कारण पछाडि बलियो क्लू देखिँदैनन्’, अनुसन्धानमा संलग्न अधिकृतहरु भन्छन्, ‘कुनै विषयमा आवेगमा आएर पनि घटना भएको हुन सक्छ ।’

    यदि त्यस्तो हो भने कारण खोज्न कठिन पर्न सक्ने प्रहरी अधिकृतहरु बताउँछन् । किनकि, प्रकरणमा संलग्न दुबै पक्षको मृत्यु भइसकेको छ ।

    काठमाडौंको बबरमहलमा ४ भदौ २०७५ मा हत्या गरिएका पूर्वराजदूत केशव झाको हत्यामा पनि कामदार कान्छाराज तामाङ संलग्न थिए ।

    सुरक्षागार्डसँगै सेफको रुपमा पनि काम गर्दै आएका उनी एकदशकदेखि झाको घरका काम गरिरहे पनि तलबबाट सन्तुष्ट थिएनन् ।

    तस्वीरहरुः विकाश श्रेष्ठ/अनलाइनखबर

    अपराध
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    लखनऊमा लुक्दै आएका गुड्डु कसरी आइपुगे काठमाडौं ?

    March 4, 2025

    भुटानी शरणार्थी प्रकरणमा हाई–प्रोफाइल कनेक्सनको ‘च्याप्टर क्लोज’

    August 15, 2024

    रामबहादुर बम्जन : धर्मको आडमा अनुयायीमाथि ज्यादती

    January 27, 2024
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 202535 Views

    Book Review: नेपालका त डन होइनन्, फ्याउरा नै रहेछन्

    September 14, 202434 Views

    No Meeting, No Mention, No Hope: Bhutanese Refugees Disheartened by King’s Quiet Visit

    December 11, 202432 Views

    Type above and press Enter to search. Press Esc to cancel.