• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Views/Analysis»सेनाध्यक्ष नरभानेको नेपाल भ्रमण : नाकाबन्दीमा जस्तै भूमिका सेनाले निर्वाह गर्न सक्ला ?
    Views/Analysis

    सेनाध्यक्ष नरभानेको नेपाल भ्रमण : नाकाबन्दीमा जस्तै भूमिका सेनाले निर्वाह गर्न सक्ला ?

    गौरव पोखरेलBy गौरव पोखरेलOctober 21, 2020Updated:November 10, 2020No Comments6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

     सीमा विवादका कारण दुई देशको सम्बन्धमा एक वर्षदेखि चिसोपन आइरहेको समयमा भारतीय सेना प्रमुख मनोज मुकुन्द नरभाने कात्तिक महिनामा नेपाल भ्रमणमा आउने तय भएको छ ।

    भारतीय सेना प्रमुख नेपाली सेनाको मानार्थ महारथीको उपाधि लिनका लागि नेपाल आउने लागेका हुन्, जुन एउटा नियमित भ्रमण नै हो । सेना प्रमुखको पदभार सम्हाले लगत्तै एक अर्काको मुलुकको भ्रमण गरेर मानार्थ महारथीको उपाधि दिने सन् १९५० देखिकै पुरानो प्रचलनको निरन्तरता हो ।

    तर दुई देशबीचको सम्बन्ध विग्रिएका वेला भने यो सम्मान दिइएको छैन । अहिले सीमा सम्बन्धी वार्ता सुरु हुन नसकिरहेको वेला नरभानेको भ्रमण हुन लागेकाले यसलाई ‘अर्थपूर्ण’ रूपमा हेरिएको छ ।

    गत वर्ष नोभेम्बरमा दुई देशबीचमा सीमा विवाद उत्पन्न भएपछिको यो पहिलो उच्च तहको भ्रमण पनि हो ।

    गत नोभेम्बरमा भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीच उच्च स्तरको भ्रमण भएको छैन । दुई देशका प्रधानमन्त्रीबीच केही औपचारिक टेलिफोन सम्वाद र नयाँ दिल्लीस्थित नेपाली दूतावास र काठमाडौंस्थित भारतीय दूतावासका केही नियमित भेटघाट र गतिविधिबाहेक दुई देशको बीचमा खासै संवाद हुन सकेको छैन ।

    Rajendra Chhetri
    भारतीय स्थल सेनाका प्रमुखबाट उच्च स्तरीय भ्रमणको सुरुवात हुनुले दुई देशबीच संवादहीनताको अन्त्य गर्न सक्छ – राजेन्द्र क्षेत्री, पूर्वप्रधानसेनापति

    यो पृष्ठभूमिमा हुन लागेको भारतीय सेना प्रमुखको भ्रमण सीमा विवादमा भारतले के सोचिरहेको छ भन्ने उच्च तहबाट जान्ने महत्वपूर्ण अवसर हुने सरकारी अधिकारीहरु बताउँछन् ।

    साथै, नरभानेमार्फत नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे आफ्नो धारणा स्पष्ट रुपमा राखेर दिल्लीको राजनीतिक तहमा सन्देश पठाउन सक्नुपर्ने अधिकारीहरुको भनाइ छ । यसले दुई देशबीच सीमा लगायत अन्य विषयमा वार्ताको थालनी गर्न वातावरण बनाउन भूमिका खेल्ने सरकारी अधिकारीहरुको बुझाइ छ ।

    अवकाश प्राप्त प्रधानसेनापति राजेन्द्र क्षेत्री पनि दुई देशको बीच संवादहीनता रहेको अवस्थामा उच्च स्तरीय भ्रमणको सुरुवात भारतीय स्थल सेनाका प्रमुखबाट हुनु सकारात्मक विषय भएको बताउँछन् । ‘यसबाट सीमा विवादसम्बन्धी समस्या समाधानका लागि बाटो खुल्न सक्छ’, क्षेत्रीले अनलाइनखबरसँग भने ।

    हालै मात्र एक भारतीय कूटनीतिज्ञले पनि नेपालले भारतीय सेना प्रमुख नरभानेलाई सकेसम्म छिटो भ्रमणमा बोलाएर विश्वासको वातावरण बनाउन सहयोग गर्नसक्ने धारणा राखेका थिए ।

    नेपाली सेनाका पूर्व उपरथी विनोज बस्न्यात नेपाल र भारत सम्बन्धमा सैन्य कूटनीति अरु देशसँग भन्दा भिन्न रहेको बताउँछन् । ‘यतिवेला यो भ्रमण हुनुलाई राष्ट्रिय स्तरमा महत्वपूर्ण मान्नुपर्छ । यसले दुई देशको विचमा थप संवादको बाटो खोल्छ’, उनले अनलाइनखबरसँग भने ।

    नेपाली सेना एक अवकाश प्राप्त रथी पनि नरभानेको भ्रमणले दुई देशबीच विग्रिएको सम्बन्धलाई गाँठो फुकाउने प्रयास गरेको जस्तो देखिने बताउँछन् । ‘दिल्लीमा नरभानेले दिएको अभिव्यक्तिबीच विग्रिएको सम्बन्ध फुकाउने यो एउटा प्रयास हुनसक्छ’, उनले अनलाइनखबरसँग भने, ‘यो अवसरमा नेपालले आफ्नो कुरा स्पष्ट राख्नुपर्छ र दिल्लीसम्म पुर्‍याउनुपर्छ ।’

    विगतमा भारतको अघोषित नाकाबन्दी हटाउन सेनाले उल्लेखनीय भूमिका खेलेको पृष्ठभूमि समेत रहेको अवस्थामा कालापानीमा देखिएको विवाद समाधानका लागि दुवै देशका सैन्य नेतृत्वले भूमिका खेल्नसक्ने बताइन्छ ।

    भारतीय सेनाले कालापानी क्षेत्रलाई रणनीतिक महत्व दिएको छ । त्यसैले सीमा विवाद समाधानका लागि नेपाली सेना र भारतीय सेनाको समझदारी महत्वपूर्ण हुनसक्ने विश्लेषकहरु बताउँछन् । अर्काेतर्फ भारतीय सेनापतिको भ्रमणको आधिकारिक घोषणा भएकै दिन ईश्वर पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालय प्रधानमन्त्री आफैँले लिएका छन् ।

    नाकाबन्दीमा सेनाले खेलेको थियो महत्वपूर्ण भूमिका

    दुई देशको सेनाको बीचमा एकदमै निकटको सम्बन्ध रहेको छ । संविधान जारी भएपछि भारतले ६ असोज २०७२ बाट लगाएको नाकाबन्दी हट्नुमा पनि नेपाली सेनाको भूमिका महत्वपूर्ण थियो ।

    हालको जस्तै राजनीतिक र कुटनीति तहमा संवादहीनता रहेका वेला तत्कालीन सेनापति राजेन्द्र क्षेत्रीले समकक्षी भारतीय सेनाध्यक्ष दलविर सिंहसँग निरन्तर संवाद गरेका थिए ।

    क्षेत्री निकट एक सैनिक अधिकृतका अनुसार क्षेत्रीले नाकाबन्दी नहटे दुई देशमा आइपर्न सक्ने सुरक्षा चुनौती र दुई मित्रराष्ट्रको सम्बन्धमा पर्ने असरबारे सिंहसँग छलफल गरेका थिए ।

    स्रोतका अनुसार लामो संवादहीनताका बीच उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री भीम रावलको अनुमति लिएर सैन्यस्तरमा छलफल अघि बढाएका थिए ।

    अनौपचारिक संवादमा गोर्खा राइफल्सको पूर्वकमाण्डर समेत रहेका भारतीय सेनापति सिंहले नेपालको नाकाबन्दीप्रति असन्तुष्टि जनाएका थिए । त्यसपछि क्षेत्रीले आफ्ना दूतका रुपमा जंगीअड्डाका युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापाको नेतृत्वमा महासेनानी अनुपजंग थापा (हाल सहायक रथी) लगायत सम्मेलित गोप्य टोली नयाँ दिल्ली पठाएका थिए ।

    टोलीले गरेको छलफलपछि दिल्लीले सेनापति क्षेत्रीलाई भारत भ्रमणका लागि निम्तो दिएको थियो । भारत गएर क्षेत्रीले तत्कालीन रक्षामन्त्री निर्मला सितारमण, गृहमन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायतसँग भेटवार्ता गरेका थिए ।

    त्यसक्रममा सितारमण र डोभाल नाकाबन्दी हटाउने पक्षमा नदेखिएको सेनापति क्षेत्रीसँग भारत गएका टोलीका सदस्यहरु बताउँछन् । पछि तत्कालीन भारतीय सेनाध्यक्ष सिंह आफैंले प्रधानमन्त्री नरेन्द्र मोदीलाई नाकाबन्दी हटाउने विषयमा कन्भिन्स गराएको सैनिक स्रोतको भनाइ छ ।

    स्रोतका अनुसार हाल रक्षामन्त्री रहेका सिंहले नेपाली टोलीसँग भेटवार्ताकै बीच सीमा सुरक्षा बल (एसएसबी) का अधिकारीलाई फोन गरेर दशगजा क्षेत्रमा ‘क्लियर’ गर्न निर्देशन दिएका थिए । त्यसपछि दुई देशबीच राजनीतिक संवादको बाटो पनि खुलेको थियो भने प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिइएको थियो ।

    त्यो आपत्तिजनक अभिव्यक्ति

    नेपाल भारत सीमा विवादमा भारतीय अडान बुझ्न सेना प्रमुख नरभाने यस कारण पनि उपयुक्त पात्र हुन्, उनले नेपालले भारतीय सीमा अतिक्रमणबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

    नयाँ दिल्लीको सुरक्षा तथा रणनीतिक मामिलाका थिंक ट्यांक मनोहर पर्रिकर रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आईडीएसए) ले आयोजना गरेको वेबनारमा उनले भनेका थिए, ‘लिपुलेकमा विगतमा कुनै समस्या थिएन, त्यही भएर अहिले यो मुद्दा कसैको इसारामा उठाइएको भन्नेमा विश्वास गर्ने आधार देखिन्छ र त्यसको बढी सम्भावना पनि छ ।’

    नरभानेको यो अभिव्यक्तिलाई सैन्य मामिलाका जानकारहरुले अस्वभाविक भनेका थिए भने नागरिकस्तरबाट नेपाली सेनाले जवाफ फर्काउनु पर्ने माग उठेको थियो । तर सेनापति पूर्णचन्द्र थापाले नरभानको अभिव्यक्तिप्रतिको जवाफ ‘उपयुक्त मञ्च र समयमा’ दिइने प्रतिक्रिया दिएका थिए ।

    प्रकरणपछि सरकारबाट पनि भारतीय सेना प्रमुख नरभानेको भ्रमणलाई अघि नबढाउन नेपाली सेनालाई संकेत दिइएको थियो । तर, अहिले भ्रमणका लागि औपचारिक निमन्त्रण पठाउने प्रक्रिया थालिनुले राजनीतिक स्तरमा पनि संवाद हुनसक्ने विषयलाई संकेत गरेको जानकारहरु बताउँछन् ।

    यो पनि पढ्नुहोसभारतीय सेना प्रमुख उत्तेजक हुँदा नेपाली सेना नबोल्नु ‘अर्थपूर्ण’

    प्रधानसेनापति थापालाई अवसर

    दिल्लीकै योजना अनुसार नरभानेको भ्रमण तय भएको हुनसक्ने एक सैनिक अधिकृत बताउँछन् । उनको बुझाइमा पनि यो भ्रमणबाट भारतले संवादहीनताको अन्त्य गर्न खोजेको सन्देश दिएको छ ।

    हालका प्रधानसेनापति पूर्णचन्द्र थापाका लागि नरभानेको यो भ्रमण अवसर भएको अधिकृतहरुको बुझाइ छ ।

    जानकारहरुका अनुसार सेनापति थापाले नरभानेसँग एकपक्षीय भेटवार्ताका क्रममा सीमा समस्याबारे छलफल गर्न सक्छन् र राजनीतिक छलफलको वातावरण बनाउन भूमिका खेल्न सक्छन् ।

    ‘राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटघाटका कार्यक्रम तय भएपनि ती मैत्रीपूर्ण भेटमा मात्र सीमित हुने भएकाले अनौपचारिक कुराकानी नहुन सक्छ’, एक सैनिक अधिकृत भन्छन्, ‘त्यसैले यो सेनापति थापाका लागि नै परिस्थितिलाई सहज र सौहार्द बनाउने मौका हो ।’

    यो पनि पढ्नुहोसआर्थिक सुशासनमा आक्रामक, ‘राष्ट्रिय महत्वको विषय’मा विवादित

    अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुस्

    २०७७ असोज २८ गते २१:५२ मा प्रकाशित

    नेपाली सेना भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभाने राजेन्द्र क्षेत्री
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    Book Review: नेपालका त डन होइनन्, फ्याउरा नै रहेछन्

    September 14, 2024

    Opinion | How Did the Ceremonial President Become a ‘Power Centre’ in Nepal?

    March 25, 2023

    प्रेम शाहीसहित ३ सैनिकको रिहाइसँगै उठेका प्रश्नहरु

    March 7, 2023
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 202559 Views

    Politics Behind The Bar

    August 17, 202258 Views

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 202543 Views

    Type above and press Enter to search. Press Esc to cancel.