• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Features»‘सरकार ! तिम्रो क्वारेन्टाइनमा रोगले होइन, चिसोले ज्यान जाने भो !’
    Features

    ‘सरकार ! तिम्रो क्वारेन्टाइनमा रोगले होइन, चिसोले ज्यान जाने भो !’

    गौरव पोखरेलBy गौरव पोखरेलApril 21, 2020No Comments6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    ९ वैशाख, काठमाडौं । थानकोटस्थित त्रिभुवन पार्कको खुला कटेरो । माथिल्लो तलामा कालो म्याट बिछ्याइएको छ । तर, ओढ्ने लुगा छैन । पानी नछिरोस् भनेर एउटा त्रिपालले माथिल्लो भाग बार्ने प्रयास गरिएको छ, तर तीनै तिरको भाग ह्वाङ्गै छ ।

    ‘राति पानी पसेर सुत्नै पाइएन । हावाले पनि हान्दो रहेछ । बडो समस्यामा परियो’, त्यही कटेरोमा रात बिताएका सल्यानका बेलबहादुर बुढाथोकीले दुःख बिसाए, ‘ओछ्याउने त भयो तर, ओढ्ने छैन । ज्याकेटले पनि नधान्ने रहेछ ।’

    पैदल  हिँडेर घरतर्फ जान लागेका उनीजस्तै एक सय ७६ जनालाई थानकोटमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘पैदल हिँडेर जान नदिनू । जहाँ छन्, त्यही बस्ने खाने व्यवस्था मिलाउनू’ निर्देशन दिएपछि पैदल हिँडेर गाउँ फर्किन खोजेका उनीहरूलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चन्द्रागिरि कमिटीले रोकेर राखेको हो ।

    तर, हरेक रात पानीमा रुझ्दै बिताउन बाध्य छन् उनीहरू । ‘बरु पैदल हिँड्दा सहज थियो’, दोलखाको शैलुङ गाउँपालिकादेखि हिँडेर काठमाडौं आइपुगेका बुढाथोकीले अनलाइनखबरसँग सुनाए, ‘यतिबेला गाउँ पनि पुगिन्थ्यो होला । यहाँ चिसोले मात्र होइन, किरा र लामखुट्टेले टोकेर हैरान पारिसक्यो ।’

    आफूसहित १४ जना बसेको कटेरोमा सद्धे मान्छे बसे पनि बिरामी हुने अवस्था आएको बुढाथोकीले गुनासो गरे ।

    ‘यस्तै पाराले त कति दिन बस्न सकिएला र !’ बुढाथोकीसँगै आएका अर्का एक जनाले लामो सुस्केरा हाले ।

    पैदल हिँडेर आइतबार बिहान ५ बजेतिर थानकोट पुग्दा ड्युटीमा खटिएका प्रहरीले गाडीमा पठाइदिन्छन् भनेर पार्कतिर जान सुझाएको उनी सम्झन्छन् । ‘अरू साथीहरू गाउँ पुगिसके, भक्तपुरबाट पनि रोल्पा, सल्यान कताकता पठाइसकेको सुन्छु’, उनले अनलाइनखबरसँग भने, ‘गाउँमा गहुँ काट्ने, अदुवा रोप्ने बेला भइसक्यो । बुढी पनि एक्लै छे । हामी चाहिँ यहाँ बन्दी भयौँ ।’

    उनले भागेर जाने पनि नसोचेका होइनन् । तर, शनिबार राति पार्कबाट निस्किन खोज्ने १४ जना मजदुरलाई जताबाट आएको त्यतै फर्काइएको दृश्य देखेपछि उनी झस्किए ।

    ‘हामीलाई यो कटेरोबाट अर्कोतिर हिँड्नै दिँदैनन्’, उनले भने, ‘त्यसैले अरुसँग सल्लाह गर्न पाइएको छैन । तर, १४ जना भए पनि केही सोच्नुपर्ने स्थिति आइसक्यो ।’

    पार्कमा कति दिन बस्नुपर्ने हो भन्ने पनि स्पष्ट नबताइएको गुनासो गर्दै उनले गाउँ पुगेर पनि क्वारेन्टाइनमा बस्नुपर्छ भनेको सुनेको बताए । ‘यहीँ कहिलेसम्म राख्ने हो थाहा छैन । गाउँ गएर पनि यसरी राख्यो भने खेती उठाउने समय जान्छ’, उनले दुःख पोखे, ‘यसरी अर्को वर्ष पनि हामी भोकै हुन्छौँ ।’

    ०००

    बुढाथोकीसहित १२ जना दोलखामा नाली निर्माणको काम गर्थेँ। ठेकदारले खाना खुवाएर ७ सय रुपैयाँ ज्याला दिने भनेका थिए । तर ११ चैतमा लकडाउन घोषणा भएपछि काम रोकियो । ‘लकडाउन अघि काम गरेको पनि हामीलाई पैसा दिएको थिएन’, बुढाथोकीले अनलाइनखबरसँग भन्छन्, ‘काम नभए पनि खान पाइराख्दा आशैआशमा बसियो । अन्तिममा झन् धेरै दुःख पाइयो ।’

    ठेकदारले एक पटक सबैलाई एक हजार रुपैयाँ दिएको थियो । त्यसपछि बैङ्कबाट ननिस्किएको भन्दै दिएनन् । भन्छन्, ‘लकडाउनपछि त पैसा भएपनि बहाना बनाउन सजिलो भइहाल्यो ।’

    पैसा नपाइने भएपछि कति दिन कुरेर बस्नु ? शनिबार बिहानै सबै कामदार गाउँ जान निस्किए । शुक्रबारै शैलुङ गाउँपालिकाबाट १५ दिनलाई हिँड्न मिल्ने व्यहोरासहित पत्र बनाइसकेका थिए । ‘हिँडेरै जानु परे पनि १२ देखि १४ दिनमा सल्यान पुगिन्छ भन्ने लागेको थियो’, समूहका एक वृद्ध मजदुर बोले, ‘तर ठाउँठाउँमा गाडी चढ्न पाइएकाले एक रात, एक दिनमै काठमाडौं आइपुगियो ।’

    शैलुङबाट पैदल निस्किएका उनीहरूलाई शिलढुंगामा स्थानीय नगरपालिकाले गाडीमा चढाइदियो । खाडीचौरसम्म आएपछि प्रहरीले अर्को गाडीमा हालिदिने आश्वसन दियो । तर, गाडी पाएनन् । हिँडेरै अघि बढ्नुको विकल्प थिएन ।

    दोलालघाट पुगेपछि भने बनेपासम्म आउने पिकअप भेटियो । ‘बनेपाबाट हिँडेर भक्तपुरको साँगासम्म आइपुगेको थियौँ’, बुढाथोकीले सम्झिए, ‘आलु बोकेर कालीमाटी आउन लागेको ट्रक भेट्यौँ, त्यसैले चढाएर काठमाडौंसम्म ल्याइदियो ।’

    ओर्लिँदा १२ बजिसकेको थियो । त्यसैले सडक पेटीमा उनीहरू केही घण्टा ढल्किए । तर, चिसोमा के निन्द्रा पर्थ्यो र ! दुई घण्टामा फेरि पैदल यात्रा सुरु गरे । पाँच बजे कलंकी हुँदै उकालो लागे । तर, थानकोट पुगेपछि भने प्रहरीले रोके ।

    ‘प्रहरीले गाडी मिलाइदिने भयो भन्ने लागेको थियो’, बुढाथोकी भन्छन्, ‘त्यही भनेको पनि थियो । साँझ एक्कासी केही दिन यहीँ बस्नुपर्छ भनेपछि झसंग भयौँ ।’ उनीहरूले सल्यानको कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर केसीलाई पनि उद्दार गरिदिन भन्दै पटकपटक फोन गरेका छन् । तर, जति पटक सम्पर्क गरे पनि आश्वसनबाहेक केही नपाएको बुढाथोकी सुनाउँछन् ।

    ०००

    यही कटेरोमा बनेपा-१० बाट आएका दुई जना मजदुर पनि छन् । सल्यान जान भनेर हिँडेका मजदुर पूर्णबहादुर ठकुरी कटेरोबाट अलिक वरै टुक्रुक्क बसेका थिए ।

    ‘कहाँबाट आउनुभयो ? मसिनो स्वरमा उनले जवाफ फर्काए, ‘बनेपा १० नम्बर वडाबाट.‍..।’

    ‘वडाध्यक्षले चन्द्रागिरिबाट गाडीमा पठाइदिन्छन् भनेपछि आएँ । घरबेटीले पनि आठ वटा गाडीमा गाउँतिर गइरहेको छ भन्ने सुनाएपछि एउटा झोला बोकेर हिँडेको थिएँ ।’

    तर, थानकोट आएपछि फरक परिस्थितिको सामना गर्नुपर्‍यो । ‘अझै कति दिन हो ? जो पनि आउँछन्, सोध्छन्, जान्छन् मात्रै’, ठकुरीले दिक्दारी मान्दै भने, ‘हिँडेर जाने पनि आँट छ । तर, बाटोमा पुलिसले भित्र हाल्दिने पो हो कि भन्ने डर लाग्छ ।’

    उनले बनेपामा खानै नपाउने स्थिति आइसकेकाले पनि हिँड्नु बाध्यता बनेको सुनाए । ‘यहाँ खान त पाइयो । तर, चिसोले एकदमै सतायो’, उनले सुनाए ।

    ०००

    सरकारले कोरोना भाइरसबाट बच्न सामाजिक दुरी कायम गर्न भनिरहेको छ । तर, सत्तारुढ पार्टीकै ईकाईले बनाएको भनेको यो क्वारेन्टाइनको कटेरोमा बुढाथोकी, ठाकुरसहित १४ जना एकैठाउँ लस्करै सुतेर दुई रात काटिसके ।

    जनप्रतिनिधि भने आरोप प्रत्यारोपमा छन् । मेयर घनश्याम गिरी मजदुरलाई यसरी नगरमा राख्दा कुनै समस्या आए संघीय सांसदले जिम्मेवारी लिनुपर्ने बताउँछन् । सांसद अञ्जना विशुंखे, प्रदेश सांसद रमा आले मगर लगायत भने मजदुरलाई १५ दिन यहीँ राखेर स्वास्थ्य जाँचपछि मात्रै पठाउने अडानमा छन् ।

    ०००

    यहाँदेखि तीन सय मिटर माथि रहेको अर्को कटेरो बेड कभर र सलले बेरिएको थियो । भुइँमा दुई वर्षका अमिर पुन र १४ महिनाकी सोनिया पुन खेलिरहेका थिए ।

    ‘यिनीहरूलाई बाँधेर लानुस् है.. सर !’ दुवैले खाना खान नमानेपछि आमा विमला पुनले भनिन् । छोराछोरीलाई फकाउँदै उनले काभ्रेको पाँचखालबाट हिँडेर आएको सुनाइन् । ‘यहाँ मेरोसहित ४ जना बच्चा छन्’, विमलाले सुनाइन्, ‘धन्न बाटोमा चाहिएला भनेर बर्खीहरू बोकेको थिएँ । नत्र, गाह्रो हुने रहेछ ।’

    आफूहरूले जसोतसो रात काटे पनि बच्चालाई न्यायो बनाउन समस्या हुने विमलाले सुनाइन् । ‘पानी पूरै पसेर अफ्ठ्यारो हुन्छ, ओड्ने पनि पर्याप्त भएन’, उनले भनिन्, ‘आफ्नोभन्दा पनि बच्चाकै चिन्ताले रातभर निन्द्रा पर्दैन ।’

    बच्चालाई बोकेर काभ्रेबाट हिँडेकी विमलाले दुई दिनमा थानकोट आइपुगेको सुनाइन् । यसैगरी दाङको घोरोहीसम्मै पुग्ने आँट बोकेर उनी हिँडेकी थिइन् । तर, थानकोटमा प्रहरीले गाडी पाइन्छ भनेपछि उनी रोकिइन् । यद्यपि क्वारेन्टाइन भनिएको ठाउँमा राखेर बस्ने पनि राम्रो व्यवस्था नहुँदा विमलाहरू सरकारकै छातामुनि बिचल्लीमा परेको गुनासो गरिरहेका छन् ।

    तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर


    २०७७ वैशाख ९ गते १०:३१ मा प्रकाशित

    मजदुर
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    गौशाला २६ – ‘श्रीमान् ! यो कस्तो न्याय ?’

    May 23, 2024

    रामबहादुर बम्जन : धर्मको आडमा अनुयायीमाथि ज्यादती

    January 27, 2024
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 202559 Views

    Politics Behind The Bar

    August 17, 202258 Views

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 202543 Views

    Type above and press Enter to search. Press Esc to cancel.