मिक्लाजुङ घटना: विप्लव समूह व्यक्तिहत्याको बाटोमा
मोरङको पहाडी गाउँ मिक्लाजुङमा मंगलबार बिहान विप्लव समूहले एक निहत्था शिक्षकको घाँटी रेटेर हत्या गर्यो । विगतमा शिक्षक मुक्तिनाथ अधिकारीकै झल्को आउनेगरी गरिएको यो हत्याको जिम्मेवारीसमेत विप्लव समूहले लिएको छ । यो घटनासँगै अब विप्लव समूह ‘व्यक्तिहत्याको राजनीति’तर्फ लागेको संकेत देखिएको सुरक्षा निकायको विश्लेषण छ । नख्खुमा भएको एनसेल बम प्रकरण र वर्षको सुरुवातमा भएका श्रृंखलावद्ध ‘आत्मघाती’ विष्फोटमा चारजना […]