• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Features»हेपिएको हेलम्बु
    Features

    हेपिएको हेलम्बु

    गौरव पोखरेलBy गौरव पोखरेलJune 29, 2021Updated:June 4, 2022No Comments6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    ५६९ जना विस्थापित छन्, १९ कार्टुन चाउचाउ झारेर हेलिकप्टर फर्कियो

    सभामुख अग्निप्रसाद सापकोटादेखि सरकारका मन्त्रीसम्मको लस्कर छ मेलम्ची बजारमा । तर, सबैभन्दा बढी मानवीय क्षति भएको हेलम्बु गाउँपालिकामा चाहिं कमैको नजर परेको छ ।

    अघिल्लो मंगलबार राति आएको बाढीले एक जनाको मृत्यु र १५ जना बेपत्ता बनाएको हेलम्बु गाउँपालिकामा अहिलेसम्म प्रशासनको पाइला परेको छैन । हेलम्बु–२, ज्यामिरेका डम्बरबहादुर भण्डारी भन्छन्, ‘हाम्रो लागि राज्य पनि मरिसक्यो ।’

    नेपाली सेना र केही निजी कम्पनीका हेलिकप्टर हेलम्बुको आकाशमा उडिरहन्छन् । तर, तिनमा आउने राहतले स्थानीयलाई गिज्याए झैं लाग्छ ।

    हेलम्बुका हस्त पण्डित सुनाउँछन्, ‘आइतबार १० वटा फर्म, १९ बक्सा चाउचाउ र केही स्वास्थ्य सामग्री झारेर एक निजी कम्पनीको हेलिकप्टर फर्कियो ।’ उनी प्रश्न गर्छन्, ‘सहयोग गरिएको सामग्रीको दाम कति ? हेलिकप्टरको भाडा कति ?’

    ज्यामिरेका भण्डारी आफूहरुको पीडाले सञ्चारमाध्यममा पनि स्थान नपाएको गुनासो गर्छन् । ‘सहयोग मात्रै होइन, मिडिया पनि मेलम्चीमा मात्रै केन्द्रित भयो,’ उनले भने, ‘कि हामी यो देशको नागरिक होइनौं भन्नुपर्‍यो, नभए राज्यले हाम्रो व्यवस्थापन गरिदिनुपर्‍यो ।’

    प्रहरी र सेनाले पनि आफूहरुलाई सहयोग गर्न नसकेको उनले बताए । हेलम्बुमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)को नेतृत्व हुने गरी ‘क’ वर्गको इलाका प्रहरी कार्यालय छ । तर, अहिले प्रहरी सहायक निरीक्षक (असई)ले कमाण्ड गरिरहेका छन् ।

    ‘प्रहरीले पानी बढेको छ/छैन टर्च बालेर हेर्ने बाहेक केही काम गरेको छैन,’ भण्डारी थप्छन्, ‘बेलुका देखेको घर बिहान उठ्दा हुँदैन, घरको सामान निकाल्न सहयोग गरिदिने कोही छैन ।’ माथि हेलिकप्टरको आवाज सुन्दै तल सुरक्षित ठाउँमा सुत्नुको विकल्प नभएको उनले गुनासो गरे ।

    त्यसो त हेलम्बुमा रहेको प्रहरीको कार्यालय पनि ढलेको छ भने प्रहरी अधिकारी आफैं असुरक्षित छन् ।

    यो पनि पढ्नुहोस ‘मेलम्चीमा भन्दा धेरै राहत हेलम्बुमा चाहिएको छ’

    खाद्यान्न सकिए

    हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार गाउँपालिकाका सातवटै वडा बाढी र पहिरोबाट अति प्रभावित छन् । गत साताको मंगलबार वडा नम्बर १ मा रहेको सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा पहिरो खस्यो । त्यसले लेदोसहितको बाढी ल्यायो ।

    गाउँपालिकाभरि नदी तटीय क्षेत्रमा बस्ती थिए । ‘नदीबाट निश्चित दूरीमा भए पनि छेउछाउमै बस्तीहरु थिए,’ शेर्पाले अनलाइनखबरसँग भने, ‘नदी उर्लिएर आउँदा एकैपटकमा सखाप बनायो ।’हेलम्बुको विकट क्षेत्रमा हेलिकप्टरबाट खाद्यान्न ढुवानी भइरहेको छ, एक घन्टाको डेढ लाख रुपैयाँसम्म खर्च लाग्छ

    नदीकै छेउमा खाद्यान्नका पसलहरु थिए । दुई दिनमै पसलमा भएका सामान सकिए । हेलम्बु–१ का वडाध्यक्ष मिङमार लामा भन्छन्, ‘पसल त रित्तिएको धेरै भइसक्यो, जिल्लाबाट आएको अलिअलि राहतको भरमा जसोतसो चलिरहेको छ ।’

    बाढीबाट वडा नम्बर १ को च्युरीखर्क, तिम्बु, हल्दे र आम्बाथाङमा गरेर १२६ घरपरिवारका ५६९ जना विस्थापित छन् । तीमध्ये २६ जनाको घर बगर बनेको छ ।

    विस्थापितलाई तिम्बु, हल्दे र च्युरीखर्कमा मन्दिर, पाल र विद्यालयमा राखिएको छ । ‘गाउँपालिकाले त्यहाँ खानेकुराको व्यवस्था गरेको छ,’ उनले थपे, ‘दुई दिनदेखि गाउँपालिकासम्म राहत आउन थालेको सुनिन्छ । यहाँसम्म त कोही आइपुग्दैनन् ।’

    वडा नम्बर २ का छिरिङ लामा (ह्याल्मो)का अनुसार सिन्धुपाल्चोकमा भएको क्षतिको ८० प्रतिशत हेलम्बुमा भएको हो । ‘समस्या हेलम्बुमा छ, मेलम्चीमा राहत रोकिएको छ,’ उनले भने, ‘यसलाई सहजीकरण गरिदिन जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकलाई ध्यानाकर्षण गराएका छौं ।’

    सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल पनि हेलम्बुमा राहत पुर्‍याउने गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट समन्वय भइरहेको बताउँछन् ।

    उनी भन्छन्, ‘मेलम्चीवासीले बजारमा आएको राहत सबै आफूहरुलाई हो कि भन्ने सोच्नु भएर समस्या भएको थियो । तर अहिले उहाँहरुको समेत समन्वयमा हेलम्बुमा राहत लैजान थालिएको छ ।’

    खाद्यान्न ढुवानीका लागि हेलिकप्टरको प्रयास भइरहेको छ । तर एकदमै खर्चिलो रहेको वडा नम्बर २ का लामा बताउँछन् । ‘घण्टामा हेलिकप्टरले डेढ लाख रुपैयाँसम्म लिंदो रहेछ,’ उनी भन्छन्, ‘जे भए पनि गाउँमा खान नपाउने अवस्था आउन दिनु भएन, व्यवस्थापन गरिरहेका छौं ।’

    सडक सञ्जाल छैन 

    मंगलबार आएको बाढी र पहिरोले गाउँपालिकाका अधिकांश क्षेत्रमा सडक सञ्जाल टुटाएको थियो । तर अहिले किउलमा रहेको गाउँपालिकाको कार्यालयसम्म गाडी आउने अवस्था बनेको वडा नम्बर ६ का वडाध्यक्ष सुकराम तामाङ बताउँछन् ।

    प्रमुख जिल्ला अधिकारी पोखरेल अझै पनि स्काभेटरको सहयोगले बाटो खुलाउने प्रयास भइरहेको बताउँछन् । उनी भन्छन्, ‘हिउँदको समयमा कतिपय क्षेत्रमा पहिले पनि बाटोमा गाडी गुड्न सक्दैनथे, सम्भव हुने ठाउँसम्ममा बाटो खुलाउने प्रयास गरिरहेका छौं ।’

    गाउँपालिकाको वडा नम्बर १ मा तीनवटा पक्की पुल बाढीले बगाएको थियो । ‘तिम्बु, दङ्तोम्बा, चोक्पु र मेलम्चीघ्याङ जोड्ने नवनिर्मित पुल बाढीले बगाएको हो,’ वडाध्यक्ष लामा भन्छन्, ‘वैकल्पिक बाटोबाट गाउँलाई जोड्ने प्रयास पनि जारी राखेका छौं ।’

    बाढीका कारण वडा नं. २ को चनौटे चुरेटारको पुल पनि उच्च जोखिममा छ । बाढीले किउल–तिम्बु–अम्बाथाङको ५ किलोमिटर सडकलाई पनि पूर्णरुपमा बगाएर बगरमा परिणत गरिदिएको छ ।

    चनौटे ।

    एउटाबाट अर्को वडामा जान प्रयोग हुने झोलुंगे पुल पनि बगाएको छ । स्थानीयका अनुसार वडा नं. १ मा च्याम्भेदो, वडा नं. ३ र ४ जोड्ने ग्याल्थुम तोरिश्वारा, वडा नं. २ र ७ जोड्ने चनौटे र वडा नं. १ र ६ जोड्ने चालिचे च्युरीखर्क झोलुंगे पुल बगाएको छ ।

    वडा नं. २ र वडा नं. ६ जोड्ने थापाटार र वडा नं. ४ र वडा नं. ३ जोड्ने सेराकुडुले झोलुंगे पुल पनि बाढीले बगाएको छ । गाउँपालिका अध्यक्ष शेर्पा भन्छन्, ‘मुख्य पुल र बाटो बगाए पनि हिंड्न सकिने गरी घोरेटो बनाउने प्रयास भइरहेको छ ।’

    यो पनि पढ्नुहोस मेलम्चीमा किन आयो लेदोसहितको बाढी ?

    विद्युत र सञ्चारविहीन

    तिम्बुका दोर्जे लामाले तीन दिनमा एकपटक मोबाइल चार्ज गर्न पाए । मंगलबार बाढी गएदेखि नै विद्युत पनि अवरुद्ध थियो । त्यसपछि हेलम्बु सञ्चार सम्पर्कविहीन भयो ।

    ‘बाढी आएदेखि बत्ती छैन, चार्ज गर्नलाई वडा कार्यालय, स्वास्थ्य चौकी जानुको विकल्प छैन,’ लामा भन्छन्, ‘तर त्यहाँ पनि चार्ज गर्नेको भीड हुन्छ । पालो आउन घन्टौं पर्खिनुपर्छ ।’

    लामाका अनुसार कहिलेकाहीं चार्ज गर्नलाई नेपाली सेना र नेपाल प्रहरीले पनि सहयोग गर्छ । तर पालो कतिबेला आउने हो, टुंगो हुँदैन ।

    च्युरीखर्ककी मीना थापा गाउँपालिकाको कार्यालयमा गएर मोबाइल चार्ज गर्छिन् । भन्छिन्, ‘पहिले त टावर पनि आउँदैनथ्यो, अहिले एनटीसी चाहिं टिप्न थालेको छ ।’

    सीडीओ पोखरेलका अनुसार अहिले गाउँमा मोबाइल चार्ज गर्नका लागि सोलारका केही उपकरण पनि पठाइएको छ ।

    नेपाल विद्युत प्राधिकरण मेलम्ची वितरण केन्द्रका प्रमुख माधव न्यौपाने हेलम्बुमा विद्युत सेवा सुचारु हुन कम्तीमा एक साता लाग्ने बताउँछन् । ‘पानीको बहाव आज एकातिर हुन्छ, भोलि अर्कोतिर हुन्छ, बनाउने बित्तिकै पोल ढालिहाल्छ,’ उनले अनलाइनखबरसँग भने, ‘तल्लो क्षेत्रमै लाइन बनाउने बित्तिकै बिग्रिहाल्ने भएकाले माथिल्लो भेगमा ध्यान दिन पाएका छैनौं ।’

    न्यौपानेका अनुसार मंगलबार आएको बाढीले विद्युत प्राधिकरणलाई कम्तीमा डेढ करोडको क्षति भएको अनुमान छ । तर अझै अधिकांश पोलहरु जोखिममा रहेकाले क्षति थप बढ्न सक्ने उनी बताउँछन् । भन्छन्, ‘यहाँको विद्युत काभ्रेको पाँचखालबाट इन्द्रावती नदीको तिरैतिर गएको थियो, अधिकांश नदी कटानले जोखिममा पार्‍यो ।’

    विद्युत प्रवाहका लागि परीक्षणको प्रयास थालिए पनि सोमबार मेलम्चीमा एकजनाको करेन्ट लागेर मृत्यु भएपछि तत्काललाई रोकिएको छ । ‘पहिले सबै जाँच नगरी विद्युत नछाड्ने भनेर साइटमा खटिएका छौं,’ न्यौपाने भन्छन् ।

    अनलाइनखबरमा प्रकाशित

    प्राकृतिक प्रकोप सिन्धुपाल्चोक हेलम्बु
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    गौशाला २६ – ‘श्रीमान् ! यो कस्तो न्याय ?’

    May 23, 2024

    रामबहादुर बम्जन : धर्मको आडमा अनुयायीमाथि ज्यादती

    January 27, 2024
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 202559 Views

    Politics Behind The Bar

    August 17, 202258 Views

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 202543 Views

    Type above and press Enter to search. Press Esc to cancel.