• About WordPress
    • WordPress.org
    • Documentation
    • Learn WordPress
    • Support
    • Feedback
  • Log In
Close Menu
    What's Hot

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram
    Gaurav Pokharel
    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Nepal Army
    • Nepal Police
    • APF
    • NID
    • Views/Analysis
    • Miscellaneous
    • Features
    ENGLISH
    Gaurav Pokharel
    Home»Nepal Army»CCMC: राजनीतिक नेतृत्व असफल भएपछि पूर्व सैनिक
    Nepal Army

    CCMC: राजनीतिक नेतृत्व असफल भएपछि पूर्व सैनिक

    गौरव पोखरेलBy गौरव पोखरेलJune 15, 2021Updated:June 15, 2021No Comments6 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बारम्बार भन्थे, ‘उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रभावकारी समन्वय गर्ने हो भने कोरोना महामारी धेरै हदसम्म नियन्त्रणमा लिन सकिन्छ । यसले जनताको जीवन रक्षा त हुन्छ नै, पोखरेलको राजनीतिक जीवनमा पनि ठूलो फड्को मार्न सक्छ ।’

    उच्चस्तरीय समन्वय समिति र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको संयोजक गरी पोखरेल झण्डै १५ महिना कोरोना महामारी नियन्त्रण गर्ने मुख्य निकायको नेतृत्वमा रहे ।

    ईपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख समेत रहेका डा. मरासिनीको निष्कर्ष छ, ‘पोखरेलले ठूलो अवसर गुमाए ।’

    कोरोना महामारीको दोस्रो लहरमा संक्रमित नागरिकलाई बेड (शय्या) र अक्सिजन दिन पनि असफल भएपछि सिंगो सरकार आलोचित भयो । र, कोरोना नियन्त्रणको प्रयास थप प्रभावकारी बनाउन कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश ल्याउँदा पोखरेलको जिम्मेवारी खोसिएको छ ।

    कोरोना भाइरसले विश्व आतंकित भएका बेला आफू मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुपर्ने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले १७ फागुन २०७६ मा उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बनाएका थिए ।

    सफल प्रत्यारोपणबाट काममा फर्किएका प्रधानमन्त्री ओली पोखरेलको काममा सन्तुष्ट हुन सकेनन् । १६ चैतमा कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) गठन गरेर उनले नीतिगत निर्णय मन्त्रिपरिषद्‍बाटै गराउन थाले ।

    पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समिति, सीसीएमसीका प्रस्तावहरु मन्त्रिपरिषद्सम्म पुर्‍याउने संयन्त्र जस्तो मात्र बन्यो । २०७७ असारमा समन्वय समिति नै खारेज भयो र सीसीएमसी निर्देशक समिति बन्यो । प्रधानमन्त्रीले फेरि उपप्रधानमन्त्री पोखरेललाई अवसर दिए ।

    तर, झण्डै एक वर्ष निर्देशक समितिको संयोजक रहेका पोखरेल त्यहाँबाट पनि हटाइएका छन् । कोरोना महामारीको दोस्रो लहरमा संक्रमित नागरिकलाई बेड (शय्या) र अक्सिजन दिन पनि असफल भएपछि सिंगो सरकार आलोचित भयो । र, कोरोना नियन्त्रणको प्रयास थप प्रभावकारी बनाउन कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश ल्याउँदा पोखरेलको जिम्मेवारी खोसिएको छ ।

    प्रधानमन्त्रीकै अध्यक्षमा कोभिड–१९ निर्देशक समिति बनेको छ भने अधिकारसम्पन्न सीसीएमसीको प्रमुखमा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरिएको छ । विपद् व्यवस्थापनमा काम गरेको अनुभव भएका शर्माको नेतृत्वमा कोभिड–१९ विरुद्धको प्रतिकार्यमा काम गर्न सहज हुने सीसीएमसीका अधिकारीहरुको विश्वास छ ।

    • सम्बन्धित सामग्री
    • सीसीएमसी र स्वास्थ्य मन्त्रालयबीच टकराव
    • कांग्रेस र माओवादीले किन उठाए सीसीएमसी खारेजीको प्रश्न ?
    • प्रधानमन्त्रीको नेतृत्वमा कोभिड-१९ निर्देशक समिति, ईश्वर पोखरेल सदस्य मात्रै

    प्रतिकार्यलाई कमाण्ड गर्ने भूमिका

    ६ जेठमा जारी ‘कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश’ अनुसार शर्माको नेतृत्वमा सीसीएमसीमा स्वास्थ्य सेवाका बाह्रौं तहका अधिकृत, नेपाली सेनाका उपरथी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) तथा गृह र उद्योग मन्त्रालयका सहसचिव सदस्य छन् । सीसीएमसीले आवश्यक प्राविधिक तथा अन्य कर्मचारी करारमा राख्न पाउनेछन् ।

    सीसीएमसीले कोभिड–१९ संक्रमण दर नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि रणनीति बनाउने कार्यको नेतृत्व गर्नेछ । निर्देशक समितिले गर्ने निर्णय र आदेश कार्यान्वयन गराउने जिम्मेवारी पनि शर्मालाई छ । त्यसका लागि एकीकृत कार्ययोजना बनाएर अघि बढ्ने शर्माको तयारी छ ।

    सीसीएमसीका प्रमुखको आदेशमा कोरोना अति प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको द्रुत प्रतिकार्य टोली परिचालन पनि हुनसक्छ । त्यसका लागि सीसीएमसीले केन्द्रीय अस्पतालसँग समन्वय गर्नेछ । शर्मासँग कोरोना भाइरसको रोकथाम, नियन्त्रण, निदान र उपचारको व्यवस्थापनमा देखिएका समस्याको पहिचान र समाधान गराउने जिम्मेवारी पनि छ ।

    प्रदेश, स्थानीय तह, सम्बन्धित मन्त्रालय, निकाय तथा सरोकारवालासँग समन्वय गराउने जिम्मा पनि उनकै काँधमा छ ।

    औषधि, अक्सिजन, स्वास्थ्य सामग्री, अन्य स्वास्थ्य उपकरण, खाद्य सामग्री तथा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा देखिएका समस्या समाधान गरी सहज आपूर्तिको व्यवस्था मिलाउने कार्य पनि शर्माकै नेतृत्वमा हुनेछ ।

    कोरोना भाइरस रोकथाम, नियन्त्रण, निदान र उपचारसँग सम्बन्धित जुनसुकै निकाय वा संस्थाको अनुगमन तथा निरीक्षण गर्ने विषय पनि शर्माको नेतृत्व हुनेछ । सीसीएमसी सचिवालयका एक पदाधिकारी भन्छन्, ‘सीसीएमसीको क्षेत्राधिकार कानूनीरुपमै स्पष्ट र फराकिलो भएको छ, खासमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र थप शक्तिशाली बनेको छ ।’

    विपद व्यवस्थापनका विज्ञ

    सीसीएमसीको प्रमुखमा नियुक्त भएका पूर्वरथी शर्मा नेपाली सेनाभित्र ‘विपद् व्यवस्थापन’ र रणनीतिक विषयका विज्ञ मानिन्थे । इतिहासमा स्नातकोत्तर गरेका शर्माले ‘स्ट्याटेजिक स्टडिज’ अध्ययन गरेका छन् । शर्माले सेनामा रहँदा नेपाल र विभिन्न मुलुकबाट विपद् व्यवस्थापनको तालिम लिएका थिए ।

    सेनामा ३९ वर्ष सेवा गरेका उनले उच्च पदमा रहँदा रणनीतिक योजना निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन् । जंगीअड्डाका एक उच्च अधिकृत भन्छन्, ‘सेनाको नीति र योजना बनाउने कुरामा आफनो समयमा उहाँको महत्वपूर्ण योगदान छ ।’

    सैनिक कमाण्ड एण्ड स्टाफ कलेजका पूर्वप्रशिक्षकसमेत रहेका उनले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा फोर्स कमाण्डरका रुपमा सन् २००४ मा लेबनानमा काम गरेका थिए । यूएन मिसनको महत्वपूर्ण भूमिका फोर्स कमाण्डर बन्ने नेपाली सेनाका शर्मा दोस्रो उच्च अधिकृत हुन् । तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजन तथा पुनर्स्थापना विशेष समितिको सचिवालय संयोजक पनि बनेका थिए ।

    सन् २०१३ मा शर्मासहितको टोलीले इन्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिज (आईसीएमएस) खोलेको थियो । त्यहाँ ७ वर्ष प्रिन्सिपल रहेका उनलाई पछिल्लो समय चाहिँ सरकारले प्रतिरक्षा विश्वविद्यालयको प्रमुखको जिम्मेवारी दिएको थियो । विश्वविद्यालयका लागि भौतिक पूर्वाधार निर्माण, कानून र पाठ्यक्रम बनाउने कार्य भइरहेका बेला पूर्वरथी शर्मालाई सरकारले सीसीएमसी प्रमुखको जिम्मेवारी दिएको छ ।

    सशस्त्र प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) सुवोध अधिकारी पनि सीसीएमसीमा पूर्वरथी शर्माको विज्ञताको प्रयोगले महामारी नियन्त्रणमा स्रोत, साधनको उचित परिचालनमा सहयोग पुग्ने बताउँछन् । विपद् व्यवस्थापनका जानकार अधिकारी भन्छन्, ‘यो राइट म्यान इन राइट प्लेस हो । राजनीतिक दबाबविना काम गर्न दिए राम्रो नतिजाको अपेक्षा गर्न सकिन्छ ।’

    यो राइट म्यान इन राइट प्लेस हो । राजनीतिक दबाबविना काम गर्न दिए राम्रो नतिजाको अपेक्षा गर्न सकिन्छ

    पूर्वएआईजी सुवोध अधिकारी , सशस्त्र प्रहरी

    चुनौती

    सबैले सहज स्वीकार गर्ने र व्यवस्थापन क्षमता भएका पूर्वरथी शर्मा सीसीएमसीको नेतृत्वमा आउँदा जति सकारात्मक अपेक्षा छ, उनको जिम्मेवारी त्यति नै चुनौतीपूर्ण पनि छ ।

    सेना समायोजनका क्रममा खेलेको भूमिका कारण उनले राजीतिक नेतृत्व मात्र होइन, कर्मचारी प्रशासनको पनि उच्च तहको विश्वास आर्जन गरेका छन् । यो उनका लागि निकै सकारात्मक पक्ष मानिएको छ ।

    तर बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक विपद र सरुवा रोग, त्यसमा पनि तीव्र गतिमा फैलिने कोभिड–१९ को महामारीमा फरक हुने जनस्वास्थ्यविद् मरासिनी बताउँछन् ।

    हालसम्म सीसीएमसीमा समन्वयको अभाव नै सबभन्दा ठूलो समस्या देखिएको उनको विश्लेषण छ । अहिलेसम्म गृह मन्त्रालयले सहयोग गरेको देखिए पनि अरु मन्त्रालय, प्रदेश र स्थानीय सरकार, निजी अस्पतालहरुसँग प्रभावकारी समन्वय हुन नसकेको भन्दै डा. मरासिनी भन्छन्, ‘यही अवस्थामा कोभिड–१९ को व्यवस्थापन गर्न निकै कठिन छ ।’

    नेपाली सेनाका पूर्वउपरथी विनोज बस्न्यात पनि सरकारले पछिल्लो अध्यादेशमा समेटका विषय कार्यान्वयनमा ल्याउन सजिलो नभएको बताउँछन् । उनी भन्छन्, ‘पहिले भएका चारवटा क्लस्टर अन्तर्गतका संरचनालाई निरन्तरता दिन सके अझै प्रभावकारी हुन्छ, नभए समस्या देखिनसक्छ ।’

    पहिले सीसीएमसी सचिवालय अन्तरगत स्वास्थ्य सेवा तथा उपचार समूह, औषधि, उपचार तथा अन्य स्वास्थ्य सामग्री आपूर्ति कार्य समूह, शान्ति सुरक्षा समूह र सूचना तथा प्रविधि समूह गरेर चार समूह थिए ।

    त्यसमा स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सूचना तथा सञ्चारप्रविधि मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु सहभागी हुन्थे ।

    स्वास्थ्य समूहले ट्याकिङ, ट्रेसिङ, टेस्टिङ, क्वारेन्टिन, आइसोलेसन र शव व्यवस्थापनको क्षेत्र हेर्न जिम्मेवारी लिएको थियो । त्यसमा चिकित्सकहरुको टोली रहन्थ्यो । आपूर्ति कार्य समूहले योजना, डेटाबेस निर्माणसँगै स्वास्थ्य सामग्रीको अवस्था, आपूर्तिको व्यवस्थापन र बन्दोबस्ती हेर्ने गरेको थियो ।

    शान्ति, सुरक्षा समूहले लकडाउन/निषेधाज्ञा कार्यान्वयनको अवस्था र सूचनाप्रविधि समूहले सामाजिक सञ्जाल र अन्य सञ्चारमाध्यममा सूचना प्रवाहको विषय हेर्ने गरेको थियो । ‘अहिले चिकित्सदेखि प्राविधिकहरुको उपस्थिति सीसीएमसी सचिवालयमा कानूनीरुपमा देखिएको छैन, क्लस्टरबारे पनि बोलिएको छैन’ सीसीएमसीको नेतृत्व गरिसकेका एकजना सचिव भन्छन्, ‘फेरि नयाँ नेतृत्वले अर्को संरचना बनाउन थाल्यो भने समस्या देखिनसक्छ, पुरानै संरचना जुन स्थानीय स्तरसम्म थियो, त्यसलाई निरन्तरता दिएर प्रभावकारी बनाउन सके राम्रो हुन्छ ।’

    त्यसो त अध्यादेशले सीसीएमसीका प्रमुखलाई आवश्यकताअनुसार योजना बनाएर आवश्यक प्राविधिकसहित अन्य कर्मचारी राख्नसक्ने अधिकार पनि दिएको छ । ती सचिव भन्छन्, ‘बालानन्द सरको सुरुवाती परीक्षा नै उहाँले टिम कसरी बनाउनुहुन्छ, संरचना फेर्नुहुन्छ वा के गर्नुहुन्छ भन्नेबाट सुरु हुन्छ ।’ सीसीएमसीका नयाँ प्रमुख शर्मा चाहिँ आफू एकीकृत कार्ययोजना बनाएर अघि बढ्ने बताउँछन् ।

    २०७८ जेठ १२ गते Onlinekhabar.com मा प्रकाशित

    कोभिड १९ नेपाली सेना मस्टरिड सीसीएमसी
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    गौरव पोखरेल

    गौरव पोखरेल सुरक्षा, अपराध र सैनिक मामिलामा कमल चलाउने पत्रकार हुन् । उनी अहिले अनलाइनखबर डटकममा आबद्ध छन् । कुनै प्रतिक्रिया भए gauravpkh@gmail.com मा ईमेल गर्नुहोला ।

    Related Posts

    गौशाला २६ – ‘श्रीमान् ! यो कस्तो न्याय ?’

    May 23, 2024

    भावी प्रधानसेनापतिका रुपमा अघि सारिएका पाण्डेको जन्ममितिमा केरमेट

    November 8, 2023

    प्रेम शाहीसहित ३ सैनिकको रिहाइसँगै उठेका प्रश्नहरु

    March 7, 2023
    Leave A Reply Cancel Reply

    LATEST UPDATES

    डंकी रुटको वृत्तान्त: ‘७० लाख बुझाएँ, डोरीमा झुन्डिएर अमेरिका झर्ने बित्तिकै समातिएँ’

    August 26, 2025

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 2025

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 2025

    सलमान खान धम्क्याउने विश्नोई समूहको नेपाल कनेक्सन

    May 9, 2025

    विशिष्टको देशः २ हजार ‘भीआईपी’लाई राज्यको अतिरिक्त सुविधा

    March 9, 2025
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram

    This is digital archive of Kathmandu based journalist Gaurav Pokharel.

    New Baneshwor, Kathmandu
    Permanent: Kanakai Municipality-3, Jhapa
    Contact: +977 9862751449
    gauravpkh@gmail.com
    pokharelgaurav80@gmail.com

    Facebook X (Twitter) Instagram Pinterest YouTube

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Most Popular

    Nepal’s airport, India’s market, Thailand’s supply: Inside a South Asian Thai cannabis smuggling nexus

    May 24, 202553 Views

    Politics Behind The Bar

    August 17, 202253 Views

    बर्माको विपद्‌मा नेपालको साथ

    May 9, 202537 Views

    Type above and press Enter to search. Press Esc to cancel.